बरु भोकै–नाङ्गै बसिन्छ, राजनीति छाडिदैन
Posted by नेपाली मुटु on August 27, 2010
हामी नेपाली, विर नेपाली । हाम्रो पहिचान स्वरुप विश्वभर यही आउँछ तर सायद अब हाम्रो पहिचान फेरिदैछ । हामी हरेक नेपाली राजनीतिज्ञका रुपमा विश्वभर प्रसिद्ध हुदैछौ । हामीलाई भोकै नाङ्गै भए पनि राजनीति गर्ने शोख छ । यसैले सायद हाम्रो राजनीति पनि आफ्नो मात्र भोक हर्ने र आङ ढाक्ने स्वरुपमा अगाडी बढिरहेको छ । जस्तो सुकै होस्, हामीलाई राजनीति प्यारो छ । हलो जोत्दै गरेका बेलामा होस् या बाली उठाउँदै गरेका बेलामा होस् । चिया पसल र साना ठुला क्याफे सबै तिर राजनीतिले जति चर्चा केहिले पाउँदैन । हाम्रो नसा–नसामा राजनीति छ । हामी घर परिवार छोडेर जहाँ पुग्न सक्छौ तर राजनीतिको आँगन सम्म छाड्न सक्दैनौ । यसको ज्वलन्त उदाहरण हो, मलेसियामा नेपालीहरुको संगठनको संख्या । मलेसियामा राजनीतिक र सहयोग संगठनका नाममा ७३ वटा संस्था क्रियाशील छन्। यसैले नेपाली कामदारहरु राजनीतिमा लागेको भनेर मलेसियामा नेपाली कामदार लिन अस्विकार भइरहेको छ ।
बहुराष्ट्रिय कम्प्युटर हार्डवयर कम्पनी जेसिवाइएसडिएम बिएचडीमा कार्यरत नेपालीले एक साताअघि एक नेपालीको मुत्युको विरोधमा तोडफोड गरेका थिए। उच्च ज्वरो आएका नेपाली कर्णबहादुर घर्तीमगरको उपचारमा ढिलाइ भएको भन्दै गरिएको हड्ताल हिंसात्मक बनेको थियो। जेसिवाइएसडिएम कम्पनीमा कार्यरत नेपाली अचानक हड्तालमा उत्रिएका थिए। उनीहरुले कानुनको पालना नगरी तत्काल प्रदर्शन गरेका थिए। आठ हजार कामदार रहेको यो कम्पनीमा तीन हजार नेपाली छन्।
प्रदर्शनकारीले उनीहरु बस्ने आवास गृहमा तोडफोड गर्नुका साथै सुरक्षा गार्डको क्वाटर भत्काइ दिएका थिए। उनीहरुले सिसाका बोतल, पानीका भाँडा, फलामे क्याबिन, जुत्ता र कुर्सी सडकमा फ्याँलेका थिए। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अंश्रुग्यास प्रहार गरेको थियो। हड्तालमा कम्पनीमा कार्यरत अन्य मुलुकका कामदारसमेत नेपालीको आन्दोलनमा सहभागी थिए। अन्य मुलुकका कामदारलाई नेपालीले उक्साएको आरोप छ। यसपछि यो कम्पनीले नेपाली कामदार लिन अस्वीकार गरेको छ।
अब तपाई आफै सोच्नुहोस् त, रेमिट्यान्समा रमाईरहेको नेपाली परिवार र नेपाल सरकारका लागि यो कति पिडादायक छ । यसैले कुरै नबुझी अथवा गैरकानुनी रुपमा विरोध गरेर नेपाली कामदारले आफ्नो पेटमा आफैले लात मारेका होइनन् त ? कानुनी प्रक्रियामा गएको भए कति राम्रो हुन्थ्यो ।
आमोद प्रसाद घिमिरे, दुवइ said
अधिकारका लागि आवाज उठाउँनु ठिकै हो । बलियो छु भनेर कमजोरलाई हेप्नु त दानवियता हो । सुरुमा केहि हिंसात्मक देखिए पनि म यो कदमको पक्षमा छु । हामी नेपालीहरु काम गर्न विदेशिन्छौ । काम गर्न जानु भनेको स्वभिमान बेच्न जानु होइन । हामी विर थियौ, छौ र रहिरहने छौ ।
megha said
its very shameful. we are being wild in the name of our right. we should at least careful about our future.
god bless us
निर्मोही कान्छो said
अधिकारका लागि आवाज उठाउँनु त नराम्रो होइन तर यो त विकृति हो साथी । यसलाई सही रुपमा सम्बोधन गर्नु नै सही हुन्छ होला । तोडफोड बाहेक अरु पनि धेरै तरिका छन् आफ्नो विचार राख्नेको ।
shrawan biswas said
नहुने बेलामा नाती देखि मर्दै आउँछ भन्ने सुन्थें, साँच्चै हो रहेछ क्यारे । बाबा यो के भको ? जहाँ गए पनि राजनीति मात्र ? कानुनी प्रक्रिया भन्दा बाहिर जान नेपालीलाई कसैले नभेट्ने भए ।
साथी हो राजनीतिले पेट भर्दैन । काम गरौं काम । पशुपतिनाथले सबैलाई सद्बुद्धि दिउन् ।
kalpana silwal said
I agree with the Nepali labor. This is human rights.
Samir Pradhananga said
बरु भोकै–नाङ्गै बसिन्छ, तर यो ६०० जना चोरहरुले जस्तै राजनीति गरिंदैन
Shanti Dangal said
ok nice
Nawaraj Poudel said
k garnu aru kunai kam chhaina kam vaye garna man chhaina ani tehita honi phohari rajniti kahile pani desko lagi sochena khali kursi ko lagi matra 6i 6iyehi sikaye ko hola nepal ka khate neta harule ramro kura sikou desbikas garou
अनिल पोख्रेल said
very nice sir!
Nawaraj Poudel said
thank you anil sir