नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for August, 2010

एमालेका घुस्याहा सभासद हिरासतमा

Posted by नेपाली मुटु on August 31, 2010

बिशेष अदालतमा उपस्थित हुदै कार्की

नयाँ संबिधान बनाउँलान् र नेपाललाई विकशीत तुल्याउँलान् भनेर संबिधानसभामा चुनिएका सभासदहरु बिभिन्न नौटकीबाज र चरित्रहिन सन्दर्भमा जोडिन थालेका छन् । विश्वकै सबैभन्दा समावेशी भनिने ६०१ को त्यो मण्डलीमा सनकी, अल्छि, अर्धचेत कमिशनखोरका रुपमा त बेला–बेला देखिएकै थिए । अब अर्का सभासद घुस लिदा–लिदै रङ्गे हात पक्राउ परेका छन् । एक दृष्टिबिहिन साधु ुस्वामी एक हजार आठु ब्रहमानन्द उदासिनलाई सहयोगी बनाएर उनले पुलिसमा भर्ना गरिदिने भन्दै धेरैबाट नगद पैसा घुस स्वरुप लिएको आरोप छ । उनलाई आजै विशेष अदालतले तिस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अख्तियारलाई अख्तियारी दिइसकेको छ । Continue Reading एमालेका घुस्याहा सभासद हिरासतमा >>

Posted in समाचार/सन्दर्भ | 7 Comments »

‘तँ आँट्, म पुरा गर्छु’

Posted by नेपाली मुटु on August 30, 2010

Like this at Facebook!

मानिसको आँटलाई देवताले पनि पछ्याँउछन् रे । यसैले देवताले भन्छन् रे तँ आँट्, म पुरा गर्छु । यो आँटको, हिम्मतको कुनै सिमाना हुदैन । र, अवसर दिए सबैको हिम्मत र चाहनाले मुर्तरुप लिन सक्छ । यसैले त अब disable हैन differently able भनिनु पर्ने कुरा आइरहेको छ । उसुका राष्ट्रिय खेलाडी समी लामाको सहयोगमा नेपाल स्पाइनल कर्ड इन्ज्युरी स्पोर्टस् एसोसिएसनले मेरुदण्ड पक्षघात भएकाप्रति सामाजित दृष्टिकोण सकारात्मक पार्ने उद्देश्यले पौडी प्रतियोगिता आयोजना गरेको थियो । महिला र पुरुष दुइ बिधामा भएको प्रतिस्प्रधामा दश जना पक्षघातबाट पिडितहरुले सहभागिता जनाएर आफ्नो आँट र सक्षमताको उदाहरण दिएका छन् । Continue Reading ‘तँ आँट्, म पुरा गर्छु’ >>

Posted in आफ्ना मान्छेहरु | 1 Comment »

यसरी गर्न सकिन्छ जिमेलबाट सित्तैमा फोन

Posted by नेपाली मुटु on August 29, 2010

Like this at Facebook!

सुचना प्रविधीले मानिसको जीवन दिन प्रतिदिन सहज हुँदै गइरहेको छ । सुचना र प्रविधीले नै गर्दा आजको विश्व एउटा सानो कोठा भएको छ भनिन्छ । विश्वको जुनसुकै ठाँउमा आफन्तहरु भए पनि तपाई हामी सहज रुपमा आफ्नो सन्देश पठाउँन सक्छौं । अब यसले अलिकति फेरि फड्को मारेको छ । यो सहजता अरु धेरै सहज बनेको छ । कारण थाहा छ तपाईलाई ? तपाई घरबाटै इन्टरनेटका पहुँचमा विश्वभरका आफन्तहरुलाई सम्पर्क गर्न सक्नुहुन्छ । र, अहिले त अमेरिका र क्यानडामा सित्तैमा कल गर्न सकिन्छ । यही बुधबार देखि जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यो सुबिधा ल्याएको छ । अब जिमेल एकाउण्टबाट अमेरिका तथा क्यानडामा जुनसुकै टेलिफोन वा मोबाइलमा सित्तैमा कुरा गर्न सकिन्छ । यो सुबिधा एक बर्षसम्मका लागि भनिएको छ । परिक्षणकाल भनेर जिमेलले केहि प्रयोगकर्ताहरुका लागि मात्र यो सुबिधा ल्याएको हो । मेरो एकाउण्टबाट त हुने रहेछ । तपाई पनि जानी राख्नुहोस् । तरिका थाहा पाउँन पुरा पढ्नुहोस् । Continue Reading यसरी गर्न सकिन्छ जिमेलबाट सित्तैमा फोन >>

Posted in सूचना प्रबिधि | 4 Comments »

ढोगाईको सर्त

Posted by नेपाली मुटु on August 28, 2010

Like This!

एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए ।

“यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म तिमीलाई ढोग्छु होला ?” गरिबले भन्यो ।

“यदि मैले मेरो आधा सम्पती दिए भने नी ?” धनीले फेरि भन्यो । “आधा सम्पती पाए पछि त म पनि तिमी बराबरको भइहाल्छु नि, अनि मैले तिमीलाई किन ढोग्नु र ?” गरिबले जवाफ दियो ।

“यदि मैले मेरो सबै सम्पती तँलाई दिए भने मलाई ढोग्छस् त ?” धनीले मुसुक्क हास्दै सोध्यो । Continue Reading ढोगाईको सर्त >>

Posted in शनिबार बसिबियालो | 6 Comments »

बरु भोकै–नाङ्गै बसिन्छ, राजनीति छाडिदैन

Posted by नेपाली मुटु on August 27, 2010

Like This!

हामी नेपाली, विर नेपाली । हाम्रो पहिचान स्वरुप विश्वभर यही आउँछ तर सायद अब हाम्रो पहिचान फेरिदैछ । हामी हरेक नेपाली राजनीतिज्ञका रुपमा विश्वभर प्रसिद्ध हुदैछौ । हामीलाई भोकै नाङ्गै भए पनि राजनीति गर्ने शोख छ । यसैले सायद हाम्रो राजनीति पनि आफ्नो मात्र भोक हर्ने र आङ ढाक्ने स्वरुपमा अगाडी बढिरहेको छ । जस्तो सुकै होस्, हामीलाई राजनीति प्यारो छ । हलो जोत्दै गरेका बेलामा होस् या बाली उठाउँदै गरेका बेलामा होस् । चिया पसल र साना ठुला क्याफे सबै तिर राजनीतिले जति चर्चा केहिले पाउँदैन । हाम्रो नसा–नसामा राजनीति छ । हामी घर परिवार छोडेर जहाँ पुग्न सक्छौ तर राजनीतिको आँगन सम्म छाड्न सक्दैनौ । यसको ज्वलन्त उदाहरण हो, मलेसियामा नेपालीहरुको संगठनको संख्या । मलेसियामा राजनीतिक र सहयोग संगठनका नाममा ७३ वटा संस्था क्रियाशील छन्। यसैले नेपाली कामदारहरु राजनीतिमा लागेको भनेर मलेसियामा नेपाली कामदार लिन अस्विकार भइरहेको छ । Continue Reading बरु भोकै–नाङ्गै बसिन्छ, राजनीति छाडिदैन >>

Posted in समाचार विश्लेषण | 10 Comments »

लौ ! आज गाइजात्रा !!!

Posted by नेपाली मुटु on August 25, 2010

नेपालमा गाइजात्रा बर्षै भरि मनाइन्छ । संबिधानसभा भवन बानेश्वर त गाइजात्राका लागि विश्वभर नै प्रसिद्ध भइसक्यो । त्यो बाहेक नेपाल सरकार, कर्मचारी, व्यापारी, बिद्यार्थी, कलाकर्मी आदि इत्यादि सबै बर्ष भरि नै दिक्क लाग्दो गाइजात्रा देखाएर हामीलाई रुञ्चे हासो हसाईरहन्छन् । नहेरौ भन्यो हेर्नु पर्छ, नसुनौ भन्यो सुन्नु पर्छ । एकापट्टीको गाइजात्रा देखेर अर्को तिर फर्कियो, उतै तिर घमासान गाइजात्रा भइरहेको हुन्छ । यसैले गाइजात्रा हाम्रो लागि खासै नयाँ त होइन । तर पनि आज केहि फरक छ । आजको गाइजात्रा अरु समयको भन्दा विशेष र सुन्दर हुन्छ । आजको गाइजात्रा हाम्रो संस्कृति भित्र पर्छ, अरु बेलाको हाम्रो कुकृतिमा । यो संस्कृतिले अरु कुकृतिलाई हटाउँन सकोस्, मनमा रहेका पीर र वेदनालाई पखाल्न सकोस्, सबैलाई गाइजात्राको मिठो शुभकामना । Continue Reading लौ ! आज गाइजात्रा !!! >>

Posted in कला संस्कृति | 4 Comments »

अग्नी एअर दुर्घटनास्थल (फोटो र भिडियो सहित)

Posted by नेपाली मुटु on August 25, 2010

अग्नी एअरको दुर्घटित विमान : निल्यो १४ जनालाई

दुर्घटनामा कोही पनि बाँच्न सकेनन् । विमान उत्तरपूर्वबाट आएर एक्कासी त्यहाँ बज्रिएको थियो। डेढ सय मिटर परसम्म विमानका भग्नावशेषहरु छरपष्टिएका थिए। दुर्घटना यति डरलाग्दो भयो कि कसैको लाश पनि सग्लो थिएन । उद्धार टोली घटना भएको चार घण्टा पछि मात्र घटनास्थल पुगेको थियो । घटनास्थलका कुनै पनि फोटो साँझसम्म सार्वजनिक भएका थिएनन्। साँझ नेपाली सेनाले केही फोटोहरु प्रेस विज्ञप्तिसँगै पठाएको थियो। हेर्नुहोस् घटनास्थलका केहि तस्विर र भिडियो : Continue Reading अग्नी एअर दुर्घटनास्थल (फोटो र भिडियो सहित) >>

Posted in समाचार/सन्दर्भ | 10 Comments »

अनलक्की पाइलट लक्की शाह

Posted by नेपाली मुटु on August 24, 2010

आज रक्षाबन्धनको दिन सबेरै दुर्घटनाको खबरले मन चसक्क छोयो । काठमाण्डौबाट लुक्ला तर्फ उडेको अग्नी एअरको विमान खराब मौसमका कारणले लुक्लामा अवतरण गर्न नसके पछि काठमाण्डौ फर्कदै गर्दा मकवानपुरमा दुर्घटनाग्रस्त भएको रहेछ । विमानका चालक सदस्य तिन सहित १४ जनाको मृत्यु भएको खबर सुन्नु प¥यो । मृत्यु हुने चालक सदस्यमा पाइलट लक्की शाह, को पाइलट सोफिया सिंह र एयर होस्टेज सारा शेर्पा छन् । यसबाहेक मृत्यु हुनेमा ५ नेपाली, ४ अमेरिकी अनि जापानी र बेलायती एक जना रहेको समाचार आएको छ । विमान मकवानपुरको बस्तीपुरमा बज्रिएर खाल्डो परेको छ रे। विमान टुक्राटुक्रा भएको र सामानहरु पनि छरपस्ट अवस्थामा छ भनेर प्रत्यक्षदर्शीहरुले बताएका छन्। Continue Reading अनलक्की पाइलट लक्की शाह >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

लगाउँनु भयो त जनै ?

Posted by नेपाली मुटु on August 24, 2010

आज जनै पुर्णिमा अथवा ऋषि तर्पणीलाई हिन्दु ब्राम्हण तथा क्षत्रियहरुले विशेष रुपमा मनाउँदै छन् । पुरानो जनै फालेर नयाँ जनै लगाउँने तथा ब्राम्हणहरुबाट पुजित डोरोलाई रक्षाबन्धनका रुपमा आज लगाउँने गरिन्छ । आज लगाएको डोरो गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिए वैतरणी नदि तरिने जनविश्वास रहेको छ ।

ज–जसले जनै पुर्णीमा मनाउँदै हुनुहुन्छ उहाँहरुलाई जनै पुर्णीमा र रक्षा बन्धनको शुभकामना । साथै खास गरि तराईमा मानिने राखीको पनि हार्दिक मंगलमय शुभकामना । Continue Reading लगाउँनु भयो त जनै ? >>

Posted in मेरो भन्नु | 1 Comment »

गजल

Posted by गणेश कार्की on August 23, 2010


पर्खनुमा कति पीडा छ ? तिमी पनि बुझ्छौ, म पनि बुझ्दछु
ढिलो नै सहि, आउँथ्यौ तिमी, अनि कुराईमा पनि मज्जा हुन्थ्यो ।।
दुख्थे म, सँगै हुन्थ्यौ तिमी, अनि दुखाईमा पनि मज्जा हुन्थ्यो
खस्थ्यो आँशु, पुछिदिन्थ्यौ तिमी, र रुवाईमा पनि मज्जा हुन्थ्यो ।
Continue Reading गजल >>

Posted in गजल | 7 Comments »

पोले पनि घामै राम्रो

Posted by नेपाली मुटु on August 23, 2010

काठमाण्डौ बसुञ्जेल काठमाण्डौलाई कति गाली गरिन्छ । छि ! फोहोर पानी, छि ! ढलको फोहोर, छि ! अस्तव्यस्त घरहरु, धुलो धुँवा ………….. आदि आदि । हुन पनि काठमाण्डौको विशेषता नै भनौं, यो सबै सहेर पनि काठमाण्डौं हामीलाई छत दिन्छ । भबिष्य दिन्छ । अवसर दिन्छ । यो काठमाण्डौको महानता हामी काठमाण्डौ बसुञ्जेल यादै गर्दैनौं तर जब हामी काठमाण्डौं छाडेर बाहिरिन्छौं, काठमाण्डौको निकै अभाव खट्किन्छ । हाम्रो बिडम्बना यो छ कि काठमाण्डौंमा जे पाईन्छ, नेपालको धेरै भुभागमा त्यो कोरा सपना जस्तो लाग्छ । भर्खरै मैले यो महशुस गरे । Continue Reading पोले पनि घामै राम्रो >>

Posted in मेरो भन्नु | 4 Comments »

उज्यालो तिर

Posted by नेपाली मुटु on August 6, 2010

कति नराम्रो कुरा मात्रै सुन्ने ? कति नराम्रो कुरा मात्रै लेख्ने ? अनि कति अँध्यारोको मात्र कुरा बाड्ने ? काँडाको आँखामा काडै संसार भने जस्तो हामी नै पो काँडा हौ कि जस्तो हुन थाल्यो । यो अति नै भईसक्यो । तर पनि हामी यसलाई रोक्न नसक्ने भएका छौ । हरेक समाचारहरु लास गन्न थाल्छन् । समाचार सुरु भए पछि डर लाग्न थाल्छ कि केहि नराम्रो सुन्न नपरोस् । यसैले केहि राम्रो लेखौं अनि राम्रो समाचार बाँडौ भन्ने विचार मनमा आइरहेको थियो । शुभ काममा ढिलाई किन ? यसैले आज शुक्रबार देखि नै यो साप्ताहिक स्तम्भको सुरुवात गर्ने निधो गरेको छु । यो स्तम्भमा तपाईको विचार बाढ्नु होस् । यसमा लागि यही कमेन्ट गरे पनि हुन्छ । अथवा nepaliheart1@gmail.com मा पठाउँनुहोस् । विकाश, सन्देश, संस्कृती वा जे पनि जसले राम्रो सुचना वा समाचार वा सन्देश दिन सकोस् । आउँनुहोस्, अब जाउ उज्यालो तिर । Continue Reading उज्यालो तिर >>

Posted in उज्यालो तिर | Leave a Comment »

फेरि उस्तै, दिन मात्र फेरिएछ

Posted by नेपाली मुटु on August 6, 2010

चौथो पटक चुनाव भए पनि कथा उस्तै भएको छ । प्रचण्डले पहिलो स्थान हाशिल गर्न सके पनि उनको पक्षमा तिन सय मत पुगेन । पुनः चुनाव भाद्र २ मा हुने भएको छ ।

पौडेलको सम्भावना यसै थिएन उनले १ सय २२ मत मात्र पाए। Continue Reading फेरि उस्तै, दिन मात्र फेरिएछ >>

Posted in समाचार विश्लेषण | Leave a Comment »

श्यामशरणलाई कसले बोलायो ?

Posted by नेपाली मुटु on August 5, 2010

प्रधानमन्त्रीबाट प्रचण्डले राजिनामा दिए पछि भनेका थिए, “भारतको बिशेष दुतसँग कुरा गर्न चाहेको थिएँ, पाइएन ।” उनको भारत विरुद्धको पहिलेको अभिव्यक्तीसँग विपरित प्रतिक्रिया आए पछि धेरैले माओवादीले भारतसँगको सम्बन्ध सुधार्न चाहेको माने । तर बहुचर्चित बानेश्वर भाषणमा नोकर छोडेर मालिकसँग सिधै कुरा गर्ने’ प्रचण्डको उद्घोषले उनले कुन आधारमा भारतसँग बिशेष दुत मगाएका थिए भन्ने कुराको अर्को कोणबाट आंकलन गर्न थालियो । जुन सुकै कारण भए पनि अब भने प्रचण्डको भारतसँग सिधै कुरा गर्ने चाहना पुरा हुने देखिन्छ । हिजो मात्रै आफुलाई भारतिय प्रधानमन्त्री मनमोहन सिहंको बिशेष दुत बताउँदै पुर्व भारतिय राजदुत श्यामशरण नेपाल आएका छन् ।

नेपालमा भइरहेको सरकार निर्माणको ढिलाई हटाउँन सहजकर्ताको भुमिका निभाउँन उनलाई नेपाल पठाइएको बताउँछन् । नेपालको मामिलाले भारतलाई पनि अफ्ठ्यारो पार्ने भएकाले यो समाधान हुनु पर्ने उनको भनाइ छ । Continue Reading श्यामशरणलाई कसले बोलायो ? >>

Posted in समाचार विश्लेषण | 7 Comments »

नौटकी आमा-छोरी पनि थुनामा

Posted by नेपाली मुटु on August 4, 2010

आक्रोसको प्रतिफल

नेपालको गाउँ गाउँमा यो उखान प्रचलित छ, “प्रजातन्त्र आ’कै छ, जे भन्न नि पा’कै छ ।” सबैलाई यसै भन्ने लागेको थियो कि प्रजातन्त्र र लोकतन्त्रमा वाक स्वतन्त्रता हुन्छ । यही स्वतन्त्रताको आधार मान्दै यहाँ जसले जसलाई पनि गाली गर्ने गरिन्छ । अझ नेताहरु र सभाषदलाई त यति गाली गरिन्छ कि त्यसको कुनै लेखाजोखा नै गर्न सकिन्न । तर वाक स्वतन्त्रताको पनि कानुनी दायरा हुन्छ भनेर अदालत पुष्टि गर्न लागिरहेको छ ।

भर्खर मात्र हत्यारा शोभराजलाई कारवाही गरियो भनेर देशी तथा विदेशी सञ्चार माध्यम सामू अदालत र प्रधानन्यायधिसलाई तथानाम गाली गरियो । शोभराजकी वकिल तथा सासु शकुन्तला थापा र श्रीमती निहिता विश्वासले गरेको गाली बेइज्जती उपर अदालतमा प्रश्न उभ्याइएको थियो । यसैको सुनुवाई गर्ने क्रममा समय अपुग भए पछि आमा छोरीलाई नै थुनामा राखिएको हो । Continue Reading नौटकी आमा-छोरी पनि थुनामा >>

Posted in समाचार/सन्दर्भ | 4 Comments »