नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘मलाई मन परेको फोटो’ Category

लौन ! अब त केहि सिकौं !!

Posted by नेपाली मुटु on July 29, 2010

यो फोटो मोबाइलबाट खिचिएको हो । यसैले स्तरियतालाई भन्दा बढि भावलाई अर्थ दिन अनुरोध गर्दछु । र, यो अलिक पहिलेको फोटो पनि हो । देश बनाउँने भनेर चुनिएकाहरु कुर्सीका लागि लुछाचुडि गरिरहेको समयमा पशुपतीका यी बाँदरहरुको आत्मियताले केहि सन्देश दिन्छ कि भनेर ब्लगमा राखेको हुँ । जब म यो फोटो हेर्छु प्रश्न जाग्छ, फोटोमा निदाइरहेको बाँदर जत्तिकै निष्फिक्री हुन सक्ने दिन कहिले आउला ? तपाईलाई चै कस्तो लाग्यो नि ? Continue Reading लौन ! अब त केहि सिकौं !! >>

Posted in मलाई मन परेको फोटो | 6 Comments »

अवज्ञा संस्कार

Posted by नेपाली मुटु on July 15, 2010

मलाई केहि भन्नु छैन यो बारेमा । तस्बिर आफैले हाम्रो नैतिकता र ब्यबहार देखाईरहेको छ । नेपालीको बुद्धि नै यस्तै भन्दै आफु चै पानी माथिको ओभानो हुने संस्कार जताततै पाईन्छ । यो क्षम्य हो या अक्षम्य । र यो अवज्ञालाई कानुनका किताबमा कति सजाय तोकिएको छ यो अलग कुरा हो । यस्तो अवज्ञा जतासुकै देख्न सकिन्छ । जेब्राक्रस बाहेकका ठाउँबाट वा आकाशेपुल मुनीबाट बाटो काट्नु, आन्दोलनका नाममा सडकका रेलिङ भाच्नु, फोहोर जताततै फाल्नु । धेरै के भनिरहनु । तपाई नठाटी भन्नुहोस त, आज तपाईले कहाँ के अवज्ञा गर्नु भयो ? Continue Reading अवज्ञा संस्कार >>

Posted in मलाई मन परेको फोटो | 4 Comments »

आम्मामा !!! कस्तो भोक प्रचारको

Posted by नेपाली मुटु on July 1, 2010

Image and video hosting by TinyPic
Continue Reading आम्मामा !!! कस्तो भोक प्रचारको >>

Posted in मलाई मन परेको फोटो | Leave a Comment »

पुराना जुत्ता सभासदको माला

Posted by नेपाली मुटु on May 21, 2010


Continue Reading पुराना जुत्ता सभासदको माला >>

Posted in मलाई मन परेको फोटो | Leave a Comment »

सुरक्षामा सम्झौता ? म गर्नै सक्दिन !!!

Posted by नेपाली मुटु on April 20, 2010

देश काल यस्तो छ कि यहाँ जे पनि हुन सक्छ । हरेक संगठनको सेना छ । के थाहा कुनै बेला कसैको विरोधमा पो बोलिएको छ कि । यसैले आफ्नो सुरक्षा आफै गर्दा ठिक हुने देखिन्छ । सरकारको विश्वासमा परियो भने धेरै भए शहिद घोषणा । यो देशको जनसंख्या भन्दा बढि शहिद भएको देशमा यो पनि उपलब्धि मुलक देखिदैन । अतः यो तस्विरले भन्छ, जहाँ जे छ, त्यही अनुसार आफ्नो सुरक्षाको बन्दोबस्ती आफैले गरौं । थाहै होला नी, अनिकालमा बिउ जोगाउनु, भिडभाडमा जिउ । Continue Reading सुरक्षामा सम्झौता ? म गर्नै सक्दिन !!! >>

Posted in मलाई मन परेको फोटो | Leave a Comment »

फेसबुकबाट

Posted by नेपाली मुटु on April 8, 2010

मान्छेको सोचाइ के–के मा मात्र चल्दैन । अब केहि नपाएर मान्छेले एउटा कुखुरालाई नारेर खेत जोत्न भनेर घरबाट निस्केला त ? अनि हलीले चाही घरबाट हिड्दा के भन्ला ? एक छिन है म अनुमान लगाउँछु, “ए बुढी ! भुटेको मकैको खाजा चाही लिएर नआइज है, फेरि कुखुराले खाईदिन्छ, म सक्दिन नि तानेर फेरि जोत्न ।” अथवा “ ए बुढी ! सानो नातीलाई मेरो खाजा बोकाएर ले अनि मैले दुई बोरा मकै छोडाएर ठिक्क पारेको छु । कसैलाई बोकाएर त्यो पनि खेतमा ले । खाजा भेटेन भने त कुखुरो जोत्दा–जोत्दै बस्छ नि फेरि ।” Continue Reading फेसबुकबाट >>

Posted in मलाई मन परेको फोटो | 1 Comment »