नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘सूचना प्रबिधि’ Category

‘डार्लिङ अब चै दुख नदेउ है’

Posted by नेपाली मुटु on September 7, 2010

कस्ती हौली तिमी ?

अहिले एकैछिन अगाडी मेरो मोबाईलमा एसएमएसको रिङ बज्यो । हेर्छु, डार्लिङको एसएमएस छ । ए बा ! हिजो मात्रै नगद टक्राएको आजै कसरी डार्लिङले सम्झिन् ? कति चाहिने यिनलाई पैसा पनि ? म छक्क परे । यी डार्लिङ पनि बेला न कुबेला दुख दिन्छिन् । कति एसएमएस पठाइरहेको होला ! मैले कहिले कप्ट्याँई गरेको छैन । भनेको बेला धन र मन दिएकै छु तर पनि बेला बेलाको यो किचकिच ? दिक्क लागेर आयो । बेकार मोबाईल बोकेछु जस्तो पनि लाग्यो । मोबाइल बिना पनि त जिन्दगी चलेकै थियो । यी डार्लिङ पनि थिइनन्, किचकिच पनि थिएन । कति ढुक्कको थियो जिन्दगी । नदुखेको टाउको डोरी लाएर दुखाएछु ।

यो के को टेन्सन लिएको होला मैले । कस्तो साइनो उसको र मेरो ? अचम्म लाग्छ, मैले आजसम्म उनको अनुहार देखेको छैन तरपनि उनको एसएमएसले मेरो मनमा एउटा तरङ्ग ल्याउँछ । कस्तो होला उनको अनुहार ? देख्न पाए के मात्र गर्ने थिएँ । Continue Reading ‘डार्लिङ अब चै दुख नदेउ है’ >>

Posted in सूचना प्रबिधि | 6 Comments »

यसरी गर्न सकिन्छ जिमेलबाट सित्तैमा फोन

Posted by नेपाली मुटु on August 29, 2010

Like this at Facebook!

सुचना प्रविधीले मानिसको जीवन दिन प्रतिदिन सहज हुँदै गइरहेको छ । सुचना र प्रविधीले नै गर्दा आजको विश्व एउटा सानो कोठा भएको छ भनिन्छ । विश्वको जुनसुकै ठाँउमा आफन्तहरु भए पनि तपाई हामी सहज रुपमा आफ्नो सन्देश पठाउँन सक्छौं । अब यसले अलिकति फेरि फड्को मारेको छ । यो सहजता अरु धेरै सहज बनेको छ । कारण थाहा छ तपाईलाई ? तपाई घरबाटै इन्टरनेटका पहुँचमा विश्वभरका आफन्तहरुलाई सम्पर्क गर्न सक्नुहुन्छ । र, अहिले त अमेरिका र क्यानडामा सित्तैमा कल गर्न सकिन्छ । यही बुधबार देखि जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यो सुबिधा ल्याएको छ । अब जिमेल एकाउण्टबाट अमेरिका तथा क्यानडामा जुनसुकै टेलिफोन वा मोबाइलमा सित्तैमा कुरा गर्न सकिन्छ । यो सुबिधा एक बर्षसम्मका लागि भनिएको छ । परिक्षणकाल भनेर जिमेलले केहि प्रयोगकर्ताहरुका लागि मात्र यो सुबिधा ल्याएको हो । मेरो एकाउण्टबाट त हुने रहेछ । तपाई पनि जानी राख्नुहोस् । तरिका थाहा पाउँन पुरा पढ्नुहोस् । Continue Reading यसरी गर्न सकिन्छ जिमेलबाट सित्तैमा फोन >>

Posted in सूचना प्रबिधि | 4 Comments »

कस्को हो यो मोबाइल नम्बर ?

Posted by नेपाली मुटु on July 17, 2010

नेपालका टेलिकमले चोरीको कलबाट बर्षेनी करोडौ रुपैया गुमाउँनु परेको कुरा हामी प्रशस्त सुन्न पाउँछौ । यो कसरी हुन्छ प्राबिधिक कुरा भयो । यस बारे मलाई जहाँ सम्म थाहा छ, यो चोरी रोक्न नेपालका टेलिकमहरु प्रयासरत छन् । यसका लागि पर्याप्त काम भएका नभएपनि केहि कामहरु भने भइ नै रहेका छन् । यसलाई अझ गतिशिल रुपमा गर्नु अतिआवश्यक छ नै । अतः देशको सचेत नागरिक भएको हैसियतमा यो चोरीबाट सजग रहनु र थाहा पाएको जानकारीलाई सम्बन्धित निकायसम्म पु¥याउँनु हामी सबैको कर्तव्य हुन आउँछ । तर घटना र दुर्घटनाहरु यसरी दोहोरिरहन्छन् कि तिनीहरु हाम्रा लागि सामान्य भन्दा सामान्य बन्ने गर्छन् । बिदेशबाट आएका कलहरु चोरीका नेपाली नम्बर हुनु मेरो लागि मात्र होइन, आम नागरिकका लागि पनि अतिसामान्य भइसक्यो । मेरो मोबाईलमा पनि दर्जनौ यस्ता नम्बरहरु आउँछन् जुन कल लगमा अर्को नम्बरले मेटाएर जान्छ । नढाटी भन्दा मेरो लागि पनि यो कुरा सामान्य भईसकेको थियो । एकाएक यो चोरी मेरो लागि अलिक फरक र बिशेष पनि यो कारण भयो कि यसको तह र क्षेत्र बढि नै संवेदनशिल छ । यो कुरा खुलाउँनु भन्दा अगाडी केहि कुरा स्पष्ट हुन जरुरी छ । जहाँसम्म यो नम्बरको सवाल छ यो आधिकारिक पनि हुनसक्छ । तर दुइकल फरक फरक नम्बरबाट आएको कारण मैले यसलाई शंकास्पद रुपमा लिन बाध्य भए । Continue Reading कस्को हो यो मोबाइल नम्बर ? >>

Posted in सूचना प्रबिधि | 3 Comments »

एसएलसीको रिजल्ट कसरी थाहा पाउने?

Posted by नेपाली मुटु on July 3, 2010

एसएलसीको रिजल्ट कसरी थाहा पाउने? Continue Reading एसएलसीको रिजल्ट कसरी थाहा पाउने? >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

चुरोट दिए, सलाई लुकाए/एसएलसीको परीक्षाफल प्रकाशित

Posted by नेपाली मुटु on July 2, 2010

तपाई अनि म, जो सुकैलाई थाहा छ । परिक्षा दिन जति गा¥हो छ त्यसको नतिजा निस्किए पछि थाहा पाउँन गरिने धैर्यता सहिरहन त्यो भन्दा धेरै गा¥हो छ । यो कुरा के परिक्षाफल प्रकाशित गर्नेहरुलाई थाहा छैन ? होइन भने यो के को परिक्षा हो ? परिक्षाफल प्रकाशित गर्ने तर नतिजा कहि पनि नपाउँने ? यो त महादेबले चुरोट दिएर सलाई लुकाएको चुट्किला जस्तो भएन र ? अहिले रातको आठ बजेर तिस मिनेट भएको छ । Ntc को Website सयौं पटक रिफ्रेस गरिसकें । तर जति बेलै परिक्षाको नतिजा चाडै आउँदैछ भनेर लेखिएको ब्यानर देखिन्छ । एसएमएस गरेका पनि ब्यथा उस्तै । रेडियोले बेलुका ६ बजे देखि नै नतिजा प्रकाशनको सुचना दिन थालेको थियो तर अहिले सम्म कतै पनि नतिजा प्रकाशित छैन । यो सुचनाको युग हो भन्ने पढेर परिक्षा दिएका बिद्यार्थी र तिनका म जस्ता अभिभावकहरु आफ्नो पढाईको र वास्तविकताको भिन्नता छुट्याउँन खोजरहेका छन् ।
परिक्षाफलको नतिजा यस्तो छ : Continue Readingचुरोट दिए, सलाई लुकाए/एसएलसीको परीक्षाफल प्रकाशित >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

मोवाइल पड्केर किशोरीको मुत्यु

Posted by नेपाली मुटु on June 8, 2010

अपडेट:

मोबाइल पड्किएको बारेमा थप जानकारीहरु र मोबाइल सुरक्षा टिप्सः

– स्काई ब्रान्डका सेटहरु धेरै मात्रामा पड्किएका छन्।
– चार्जको अवस्थामा कुरा गर्नुपर्दा छुटाएर मात्र गरौं।
– चट्याङ परेको समयमा मोबाइल फोन नचलाऊ।
– मोबाइलका सक्कली सामानमात्र प्रयोग गरौं।
– अर्काको चार्जरबाट मोबाइल चार्ज नगरौं।
– बत्ति जाने, आउने समस्या भैरहेको समयमा चार्ज नगरौं।
– मोबाइलको सिग्नल कमजोर भएको ठाउँमा कुराकानी नगरौं।
– ल्याण्डलाइन भएसम्म मोबाइलबाट कुराकानी नगरौं।
– चार्जगर्दा गर्दा चिसो ठाउँमा नराख्ने।

मोवाईल चलाउँदा याद गरौं । खास गरि मोवाईल चार्जमा राखेर कुराकानी गर्ने बानी छ भने यसलाई तुरुन्त सुधार्नु होस् । चार्जमै राखेर मोवाईलमा कुराकानी गर्नु खतरनाक हुन सक्छ । चार्जमा राखेको मोवाइल पडकेर मंगलबार बिहान एक किशोरीको मुत्यु भएको छ । कास्कीको भरतपोखरी,५ चुवादी की १६ वर्षीया निकिता थापाको मृत्यु भएको हो । चार्जमा रहेको मोवाइलबाट कुराकानी गर्ने क्रममा हाई भोल्टेज आएपछि मोवाइल संगै नजिकै रहेको ट्रान्समिटर समेत पडकेर उनको मुत्यु भएको प्रहरीले जनाएको छ Continue Reading मोवाइल पड्केर किशोरीको मुत्यु >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

कमिलाले पाँच जिल्लाको मोवाइल र इन्टरनेट सेवा अवरुद्ध

Posted by नेपाली मुटु on June 1, 2010

नेपाल टेलिकमले चुरे मकवानपुरको चुरेक्षेत्रमा ओछ्याएको अप्टिकल फाईबर केवलमा कमिलाका कारण समस्या उत्पन्न भएपछि पाँच जिल्लाको मोवाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुँदा बारा, पर्सा, रौतहट, महोतरी, सर्लाहीका उपभोक्ताहरू मर्कामा परेका छन् । हेटौंडाबाट १२ किलो मिटर दक्षिण खण्डको चुरे जङ्गलमा बिछ्याइएको एउटा अप्टिकल फाइवर केबलको ज्वाइन्टमा समस्या आएपछि आज बिहान सवा पाँच बजेदेखि यस क्षेत्रको जीएसएम, सिडिएमए र इन्टरनेट सेवा प्रभावित भएको हो ।

प्रत्येक चार किलोमिटरमा जमिन मुनी ओछ्याइएको अप्टिकल फाइबर केबुल तारभित्र कमिला छिरेर थुक्ने गर्दा त्यसबाट जालो बन्दै गएर समस्या उत्पन्न हुने गरेको नेपाल टेलिकम क्षेत्रीय निर्देशानलय वीरगन्जका इन्जिनियर रामजतन ठाकुरले जानकारी दिनुभयो । Continue Reading कमिलाले पाँच जिल्लाको मोवाइल र इन्टरनेट सेवा अवरुद्ध >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

तपाईँको ‘फेसबुक’ उनीहरुको पैसा कमाउने माध्यम

Posted by नेपाली मुटु on May 14, 2010

a new virtual world....

सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको व्यक्तिगत विचार उनीहरुको अनुमति बिना अरु वेबसाइटहरुले पनि प्रकाशन गर्न पाउने सुविधा थप्न लागेको छ। यसले गोपनीयताको अधिकार हनन् हुने भन्दै फेसबुकविरुद्ध आलोचना गर्नेहरु खनिन थालेका छन्। फेसबुकले बिहीबार यो विषयमा छलफल गर्न आफ्ना कर्मचारीहरुको आन्तरिक बैठक डाकेको थियो।
फेसबुकले यो सुविधा थप्यो भने यसका ४० करोड प्रयोगकर्ताहरुको भित्री कुरा थाहा पाउन सकिनेछ र यसले थप विज्ञापन पनि आकर्षित गर्न सक्नेछ। अनलाइन विज्ञापनमा अग्र स्थानमा रहेको गुगललाई पनि यसले उछिन्ने अनुमान छ।
अमेरिकाका चार जना सिनेटरहरुले यसमा चासो राख्दै फेसबुकलाई आफ्ना नीति परिवर्तन गरी प्रयोगकर्ताहरुको जानकारी गोपनीय नै राख्‍न र प्रयोगकर्ताहरु आफैले चाहे मात्र उनीहरुको स्वीकृतिमा अरुलाई बाँड्न मिल्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।

न्युयोर्क विश्वविद्यालयका चार जना विद्यार्थीले त फेसबुकको कदमबाट क्रुद्ध भएर यसको विकल्पका रुपमा अर्को साइट बनाउन एक लाख अमेरिकी डलरभन्दा बढी संकलन गरिसकेका छन्। एक न्यु मिडिया मार्केटिङविज्ञले जुन महिनाको ६ तारिखका लागि अनलाइन विरोध गर्ने योजना बनाएका छन्। उनको यो कदमलाई बिहीबार मध्याह्नसम्ममा ६३२ जनाले साथ दिएका छन्। Continue Reading तपाईँको ‘फेसबुक’ उनीहरुको पैसा कमाउने माध्यम >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

एक दिन भए पनि मदिरा नपिउने हो कि !

Posted by नेपाली मुटु on May 11, 2010

जानकारीको लागि फोटोमा click गर्नुहोस् ।


मदिरापान नेपालको मुख्य सामाजिक समस्या हो भन्दा पनि फरक नपर्ला । बिभिन्न धार्मिक बहाना बनाएर होस् या ‘त्यसै खा’को हो र, पिर परेर पो खा’को त’ या ‘यसो साथीभाइसँगको भेटघाटमा’ भन्दै मदिरा पिएर टिल्ल हुनेको संख्या निकै ठुलो छ । प्रसाद मानेर खाएको भएपनि अथवा मोजमज्जा गर्न वा पिर भुलाउँन मदिराले गर्ने हानीमा रत्तिभर थपघट छैन । मदिरापानको कारणले मर्नेको संख्या पनि निकै ठुलो छ हाम्रो देशमा । यसैले यसलाई सके सम्म बर्जित गर्नु हामी सबैको हितमा देखिन्छ । किनकी हाम्रै छिमेक र परिवारमा पनि धेरैले अनेक कष्ट पाएका छन् मदिरापानको कारणले । Continue Reading एक दिन भए पनि मदिरा नपिउने हो कि ! >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

गल्ति सुधार्यो गुगलले, ‘बुद्धको जन्मस्थान नेपाल हो’

Posted by नेपाली मुटु on May 11, 2010

गुगलले देखाउँने बुद्धको जन्मस्थान

गौतम बुद्ध कहाँ जन्मिएका हुन् भनेर कसैले तपाईलाई सोधे तपाई के भन्नुहुन्छ ? पक्कै नेपाल भन्दा अर्काे ठाउँ तपाइ सोच्न पनि सक्नुहुन्न । तर भारतिय कुप्रचारले गर्दा संसारका धेरै मानिसहरु बौद्ध धर्मालम्बी समेत भारत नै गौतम बुद्धको जन्मस्थान हो भन्ने गर्छन् । पुर्ण जानकारी नलिकन हचुवाको भरमा विश्वका प्रसिद्ध लेखक तथा संस्थाहरुले पनि भारत नै बुद्धको जन्मस्थान भनेर प्रचार गरिदिएका कारण संसार भर नै यो गलत कुराले अधिपत्य जमाएको थियो । यसैको कारण विश्व प्रसिद्ध इन्टरनेट सर्च इञ्जिन गुगल (google) ले केहि समय अगाडि सम्म गौतम बुद्धको जन्म स्थान भनेर भारतको कुनै स्थान देखाउँने गरेको थियो । तर अब यो एउटा गलत इतिहास मात्र भएको छ । यो गल्तिलाई गुगलले सुधारेको छ । अहिले गुगलको नक्सा देखाउँने वेभसाइटले गौतम बुद्धको वास्तविक जन्मस्थान नेपालको लुम्बिनी भनेर देखाउँने गरेको छ । Continue Reading गल्ति सुधार्यो गुगलले, ‘बुद्धको जन्मस्थान नेपाल हो’ >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

वातावरण मैत्रि आन्दोलन

Posted by नेपाली मुटु on May 4, 2010

सन्दर्भहरु जे पनि हुन सक्छन्, राजनितीक होस् या आर्थिक, सामाजिक होस् या व्यक्तीगत । जे कारण भएपनि आफ्नो कुरालाई स्थापित गराउँन नेपालमा आन्दोलन नै सबै भन्दा राम्रो, उत्पादक र सजिलो बाटो बनेको छ । जसले दैनिकी बदल्ने गरि आन्दोलन गर्न सक्छ उसको बिषय र बिचारले प्राथमिकता पाउँछ । उसको बिचार नै सर्वमान्य बन्ने गरेको छ । ठुला–ठुला राजनितीक परिवर्तन हुन् या कुनै शैक्षिक समस्या आन्दोलनबाट मात्र सम्बोधन हुने गरेको छ । यसैले हामीले आन्दोलनलाई आफ्नो अनिवार्य सामाजिक तत्वका रुपमा अपनाई सक्यौं भन्दा पनि फरक नपर्ला । तर आन्दोलनले जति बिषयहरुलाई सम्बोधन गराएको छ, त्यती कम किसीमका आन्दोलन नेपालमा देखिएका छन् । रचनात्मक र ब्यङ्गयात्मक आन्दोलनको एकदम कमि छ, हाम्रो दिमागमा । अतः समर्थनमा होस् या बिरोधमा, बिजयमा होस् या पराजयमा, जुलुस धर्ना र टायर नै हाम्रो रोजाइ हुने गर्दछ । अहिलेको बिषय हो, टायर बाल्ने प्रवृतिको । Continue Reading वातावरण मैत्रि आन्दोलन >>

Posted in सूचना प्रबिधि, Uncategorized | Tagged: | 2 Comments »

लौ ! त्रि. वि. को वेभसाइट पनि रहेछ ।।।

Posted by नेपाली मुटु on April 17, 2010

फुर्सदमा हुनुहुन्छ भने www.tuexam.edu.np मा click गरेर हेनुहोस्, यो नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयको वेभसाइट हो । तर जब click गरेर त्यसको पेज खोल्नुहुन्छ तब तपाईलाई लाग्छ, साँच्चै त्रि.वि. पुरानो रहेछ । पुरानो भएर अब त बुढो पनि भएछ । Continue Reading लौ ! त्रि. वि. को वेभसाइट पनि रहेछ ।।। >>

Posted in सूचना प्रबिधि | Leave a Comment »