नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for November, 2010

हातपात पनि भयो, अब हुन बाँकी के छ र ?

Posted by नेपाली मुटु on November 20, 2010

हामीले भर्खरै मात्र लोकतन्त्रको अभ्यास गरेको भए पनि के भयो र ? हामीले संसदिय व्यवश्थाको पुरापुर अनुभव लिइरहेकै छौ । संसद भित्र जति बबण्डर हुनु पथ्र्यो, हाम्रा नेताहरुले त्यो भन्दा बढि नै गरेका होलान् । संसदिय व्यवश्थाको सबै भन्दा ठुलो हतियार चुनावलाई मानिन्छ । प्रधानमन्त्रीको चुनाव सत्रौ पटक गरेर यसको पनि अभ्यास र अनुभव लिइरहेकै छौ । रातारात बैठक, सहमती अनि अरु अरु पक्रिया पनि चलिरहेकै छन् । हुन बाँकी यति थियो कि संसद भवन भित्र कुटाकुट भएको थिएन, अब त्यसको पनि अभ्यास पुरा भएको छ । बजेट भाषण गर्न उठेका सुरेन्द्र पाण्डेलाई माओवादी सभाषदहरुले हात नै हाले । बजेटको ब्रिफकेस नै तोडियो । हिजो हुने भनिएको बजेट भाषण बिथोलियो र, आकस्मिक रुपमा संसद अधिवेशन टुङयाईयो ।

हाम्रा नेताहरु मिल्दैनन् भन्ने त जगजाहेर नै छ । तर यसरी खुल्लमखुल्ला मुक्का हानाहानमा नै उत्रेलान् भनेर चाँही सोचिएको थिएन । हाम्रा नेताहरु यो कुरामा चै हामीले भने भन्दा बढ्ता नै रहेछन् ।

कहाँ बिग्रियो कुरा ?
हाम्रा नेताहरु गोप्य बैठक भन्दै कहाँ कहाँ जमघट जमाउँथे । ति बैठकमा के हुन्थ्यो थाहा भएन । तर अहिले आएर थाहा पाए अनुसार माओवादीले राष्ट्रपतीले बाधा अड्काउ फुकाएर ल्याउने बजेटमा हामी प्रतिपक्षमा बस्ने छौ भनेर जवाफ दिएको थियो रे । अर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन् , “सामान्य बिरोध होला भन्ने ठानेका थियौ तर अति नै भयो । ” Continue Reading हातपात पनि भयो, अब हुन बाँकी के छ र ? >>

Posted in समाचार विश्लेषण | Leave a Comment »

देशमा नै हेर्न पाइन्छ विदेशी नाटक

Posted by नेपाली मुटु on November 17, 2010

आजदेखि आरोहण गुरुकुलमा ‘काठमाण्डौ अन्तराष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ । यसको औपचारिक कार्यक्रममा के भयो, जान पाईन । तर जब म केहि साथीहरुसँग साँझमा गुरुकुल पुगे, गुरुकुलको मुहार पुरै फेरिएको थियो । पुरानो तरिकाले वर्णन गर्ने भए बेहुली झै सिंगारिएको थियो भने हुन्छ । आँगन भरि नेपाली र विदेशी अनुहारहरु मिसिएर उभिएका थिए । म पुग्दा फिनल्याण्डका एक निर्देशक आफ्नो घडि देखाउँदै नेपाली समय अनुसार उनको घडी मिलाइदिन अनुरोध गर्दै आए । समय मिलाइदिए पछि मैले उनको नाम मागें, उनले मुसुमुसु हास्दै भित्तामा झुण्डिएको पर्चामा आफ्नो नाम देखाए, ‘एडम ड्यारियस’ । मैले बधाई दिएँ । उनले नमस्ते पो गरे । सायद नमस्ते कति कति बेला गरिन्छ थाहा रहेनछ ।

उनी मात्र होइन, नेपाल र नेपालीका बारेमा जानेका वा नजानेका पन्ध्र देशबाट यो नाटक महोत्सवमा आएका रहेछन् । आज नेपाली नाटक ‘अग्नीको कथा’ देखाईयो । भोली २ मसिंरबाट २१ मसिंर सम्म नेपालबाहेक पन्ध्र वटा देशका २० वटा नाटक र मसिंर २० मा भने चर्चित नाटक ‘कर्णाली दख्खिन बग्दो छ’ का कलाकारहरुको अर्को नाटक ‘सुइना कर्णालिका’ देखाइने तालिका आरोहणले प्रकाशित गरिसकेको छ । नाटक प्रदर्शनीको तालिका हेर्न भित्र आउँनुहोस् >>

Posted in कला संस्कृति | 2 Comments »