नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘चुप लाग्न नसक्दा’ Category

चुनाव नै कि अर्को उपाय गर्ने हो ?

Posted by नेपाली मुटु on July 28, 2010

कार्टुन साभार: नागरिक द्धैनिक

आज १२ गते पनि भइसक्यो । तर दलहरु सबै आ–आफ्नै डम्फु बजाएर बेसुरा गीत गाउँन छाडेका छैनन् । एमाले र मधेसी दलहरु पुनः हुने चुनावमा पनि मत नहाल्ने अड्डि कसरै बसेका छन् । तिनीहरुलाई टसको मस पार्ने कुनै उपाय देखिएको छैन ।

यस्तो स्थितीमा अझै कति बसिरहने हो देश कामचलाउ प्रधानमन्त्रीलाई शिरमा बोकेर । अब नियमावली परिवर्तन गरेर पुनः नेतृत्वको खोजी गर्नु पर्दछ भन्नेको पनि आवाज बाक्लिदै आउँदैछ । तपाई के भन्नुहुन्छ ? पुरानै उम्मेदवारबाट जति पटकमा भए पनि प्रधानमन्त्री छान्ने हो कि नियमावली परिवर्तन गरेर नयाँ उम्मेदवारी खोज्ने हो ? आफ्नो कुरा लेख्नुहोस् है । Continue Reading चुनाव नै कि अर्को उपाय गर्ने हो ? >>

Posted in चुप लाग्न नसक्दा | 7 Comments »

हिजो बुद्ध जयन्ती : आज क्रुद्ध सन्तती

Posted by नेपाली मुटु on May 28, 2010

अहिले रातको १२ बजिसकेको छ । आफ्नो काम गर्ने समय केहि बचाएर यो आधारातमा म कम्प्युटरको किबोर्ड बजार्दैछु । मलाई यो रात केहि लामो भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ । तर समय मेरो वास्ता गरेर मेरो लागि रोकिने होइन । मलाई अहिले आफ्नो सानो काम भन्दा देशको हालतको बढि चिन्ता लागिरहेको छ । अब हाम्रो सपना उम्रने साझा थलो संविधान सभाको समयअवधि सकिन २४ घण्टा पनि बाँकी रहेन । यो काउन्टडाउन सँगै सँधै शान्तिमा रमाउँन खोज्ने नेपालीमनको सपना धुलिषाद हुन लागिरहेको छ । यो सोचेर मलाई निदाउँन गा¥हो भइरहेको छ । कसैलाई लाग्ला यो बेकारको संवेदना हो, तर अशान्तिको त्यो ताण्डव र आफ्नाबाट आफ्नै मारिएको सुनेर तर्सिनु पर्ने भयावह समय फेरि आउला कि भन्ने डर त पक्कै बेकार नहोला । आधारातमा आएको सर्चमा आफ्नै नाम भन्न पनि भक्भकाउँनु पर्ने दिनको त्रासदी पक्कै पनि बेकार नहोला । यही डरमा म अनिदो छु । भोली उठ्न अलिक ढिलो भयो भने बन्दुकको कुन्दा ज्यानमा बर्जिन नपाओस् भनेर कम सुत्ने रिहर्सल गर्दैछु । मेरो भविष्य लेख्छु भनेर काटमाण्डौको भिडमा हराएका मेरा नेताहरु पनि म जस्तै अनिदो नै होलान् र ? Continue Reading हिजो बुद्ध जयन्ती : आज क्रुद्ध सन्तती >>

Posted in चुप लाग्न नसक्दा | 1 Comment »

के गर्लान् महासघंहरुले ?

Posted by नेपाली मुटु on May 17, 2010

गएको मास नेपाली राजनितीमा एउटा तरङ्ग दौडिएको स्पष्ट देखियो । बिभिन्न कोणबाट अनेक दृष्टिकोणहरु छापामा र जनमानसमा देखिन थाल्यो । यो ध्रुविकरणको सुरुवात हो भनेर अड्कल काट्नेहरु पनि प्रशस्त देखिन थाले । देशमा कुनै अनिष्टको भय मडारिन थाल्यो । सरकार पक्ष र विपक्षमा बाँडिन थालेको स्थितीमा नेपाली राजनितीमा मझधारको नेतृत्व गर्दै देखा प¥यो, उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग बाणिज्य महासघं र अरु सघं सस्थाहरु । माओबादीले गरेको अनिश्चितकालिन आमहडतालको विरोध र सहमतीको सरकारका लागि गरिएको भनिएको शान्ति सभाबाट सरकार धेरै खुसी भएको थियो । सरकारले यही खुसीमा सार्वजनिक घोषणा ग¥यो, ‘आमहडताल माओबादीले फिर्ता लिए हामी राजिनामा दिन तयार छौं ।’ उसको यो घोषणाले माओबादीलाई आमहडताल फिर्ता लिन दबाब दियो । जनताका बिरुद्धमा जनता उतारिने अबश्था बढ्न थाल्यो । अन्ततः माओबादीले आमहडताल नैतिक जिम्मेदारी भन्दै स्थगीत ग¥यो र बल सरकारको कोर्टमा रहेका जानकारी दियो । Continue Reading के गर्लान् महासघंहरुले ? >>

Posted in चुप लाग्न नसक्दा | 1 Comment »

आन्दोलनको प्रतिकारले देखाएको संकेत

Posted by नेपाली मुटु on May 6, 2010

आज एकिकृत ने.क.पा.(माओबादी)को आमहडतालको पाँचौ दिन । हिजो सम्म आन्दोलनमा जुन शान्ति थियो त्यो अब धेरै हदसम्म बद्लिएको छ । ठाउँ–ठाउँमा हडतालको ‘प्रतिरोध र प्रतिकार’ भन्दै झडपको सृजना गरिएकोे छ । यसबाट घाइतेको संख्या र जनमानसमा आक्रोस बढ्न थालेको छ । र, भर्खरै ए.माओबादीको स्थायी समितीको बैठक सकिएको छ । यो बैठकको निर्णयले अझ सन्त्रास थपेको छ । लौ ! अब के हुने हो भन्ने डरले नागरिकको मन ढक्क फुलेको छ । यसलाई सम्बोधन गर्नुको सट्टा सरकार पक्षिय दलहरु आफ्ना युवा संगठनलाई ‘प्रतिकार’का लागि उक्साइरहेका छन् । यसले पक्कै पनि नेपाली मनको शान्तिको चाहनालाई साकार पार्न सक्दैन । माओबादीको प्रतिकारको बिरुद्धमा डटेर लड्ने उदघोसले नेपालको आकाशमा भयको कालो बादल अझ घनिभुत भएको छ । यसलाई रोक्न कुनै पहल नगर्नु सरकारको शुन्यता र सत्तारूढ़ दलको अशफलता बाहेक केहि होइन । Continue Reading आन्दोलनको प्रतिकारले देखाएको संकेत >>

Posted in चुप लाग्न नसक्दा | Leave a Comment »

अब आतकंकारी भन्न मात्र बाँकी छ

Posted by नेपाली मुटु on May 6, 2010


“संसदमा हाम्रो सबै भन्दा ठुलो संख्या छ । अहिलेका सबै राष्ट्रिय एजेण्डाहरु हाम्रै बलमा स्थापित भएका छन् । हाम्रो माग सर्वमान्य छ, तर हामी चै अमान्य । यो हाम्रो अपमान हो । हामी जस्ता कथित तल्लो बर्गका मानिसहरुले कुनै राष्ट्रिय एजेण्डा ल्याउँन सक्दैनन् भनेर यिनीहरु पुष्टि गर्न खोज्दैछन् । हामी कदापी यो हुन दिने छैनौं । त्यसकारण यो अन्तिम युद्ध यो कारण पनि हो कि हामी यही आन्दोलनबाट हाम्रो शक्ति देखाउँन चाहन्छौ, परिवर्तन चप्पल लगाउँने र खाली खुट्टा हिड्नेबाट पनि सम्भव छ भनेर प्रमाण दिन चाहन्छौ, हाम्रा समस्याहरु काठमाण्डौलाई देखाउँन चाहन्छौं ।” रातो सर्टमा सजिएका एक आन्दोलनकारीले कुनै बरिष्ट नेताले बोल्ने शैलीमा भने । “राष्ट्रिय सहमतिका लागि हामी सडकमा छौं, सरकार हाम्रो विरुद्धमा सेना लगाउँने ध्वाँस दिन्छ भने यो जस्तो अलोकतान्त्रिक सरकार कहाँ छ ? के राष्ट्रिय सरकार अहिलेको आवश्यकता होइन ? संसदमा भोटिङ गरेर सहमतीको राष्ट्रिय सरकार बन्छ ? यसैले यो अलोकतान्त्रिक सरकारलाई नहटाइ हामी गल्दैनौं ।” उनले अझै थपे । उनले यसो भनिरहदा छेउमा रहेका प्रहरीहरु उनी तिर एकोहोरो हेरिरहेका थिए । उपस्थित भिडको संख्याले उनको जोस बढिरहेको थियो । Continue Reading अब आतकंकारी भन्न मात्र बाँकी छ >>

Posted in चुप लाग्न नसक्दा | Leave a Comment »

एम्.आर.पी. प्रकरण पछिका प्रश्नहरु

Posted by नेपाली मुटु on April 15, 2010

मिती २०६७ बैशाख २ गते नागरिक दैनिकमा प्रकाशित लेखको असम्पादित अंश

सम्पादकज्यू
म, नेपालको नागरिक अनि नेपाल, लोकतान्त्रिक गणतन्त्र भएको मुलुक । यसर्थ मसँग मेरो विचारहरु प्रकट गर्ने अधिकार छैन भन्ने आधार म देख्दिन । लोकतन्त्र मेरो लागि पनि हो भनेर पत्र लेख्दैछु । आशा छ विचारको सम्वाहन हुनेछ ।

म स्नातकोत्तरमा वातावरण व्यावश्थापन पढिरहेको छु । वातावरणको अध्ययन गर्नु र प्रदुषण हटाएर वातावरणलाई स्वस्छ र जिवित राख्न पहल गर्नु मेरो कर्तव्य मान्दछु । तर राजनितीक वातावरण र यस्को प्रदुषणले मेरो अन्य बिषयहरु फिक्का बनाईदिन्छ र, म राजनिती प्रति आक्रामक बन्न बाध्य हुन्छु । राजनितीक अस्थिरताका अगाडि कुनै पनि कुरा स्थिर रहदैन भन्ने सत्यलाई कसैले पनि नकार्न सक्दैन । तर राजनितीक अस्थिरताको फाइदा उठाएर हाम्रो राष्ट्रिय स्वभिमानमा, स्वतन्त्रतामा र स्वधिनतामा मुक्का प्रहार गर्न खोज्नेलाई जवाफ दिन संक्रमणकालको अन्त्य नै पर्खिनु पर्छ भन्ने कुरामा म विश्वास गर्दिन । यसैले एक सचेत नागरिक भएको हैसियतमा आफ्नो राष्ट्र प्रतिको कर्तव्य पुरा गर्न यो पत्र लेख्दैछु । Continue Reading एम्.आर.पी. प्रकरण पछिका प्रश्नहरु >>

Posted in चुप लाग्न नसक्दा | Leave a Comment »