लौ ! आज गाइजात्रा !!!
Posted by नेपाली मुटु on August 25, 2010
नेपालमा गाइजात्रा बर्षै भरि मनाइन्छ । संबिधानसभा भवन बानेश्वर त गाइजात्राका लागि विश्वभर नै प्रसिद्ध भइसक्यो । त्यो बाहेक नेपाल सरकार, कर्मचारी, व्यापारी, बिद्यार्थी, कलाकर्मी आदि इत्यादि सबै बर्ष भरि नै दिक्क लाग्दो गाइजात्रा देखाएर हामीलाई रुञ्चे हासो हसाईरहन्छन् । नहेरौ भन्यो हेर्नु पर्छ, नसुनौ भन्यो सुन्नु पर्छ । एकापट्टीको गाइजात्रा देखेर अर्को तिर फर्कियो, उतै तिर घमासान गाइजात्रा भइरहेको हुन्छ । यसैले गाइजात्रा हाम्रो लागि खासै नयाँ त होइन । तर पनि आज केहि फरक छ । आजको गाइजात्रा अरु समयको भन्दा विशेष र सुन्दर हुन्छ । आजको गाइजात्रा हाम्रो संस्कृति भित्र पर्छ, अरु बेलाको हाम्रो कुकृतिमा । यो संस्कृतिले अरु कुकृतिलाई हटाउँन सकोस्, मनमा रहेका पीर र वेदनालाई पखाल्न सकोस्, सबैलाई गाइजात्राको मिठो शुभकामना ।
बर्ष भरि मरेका आफन्तको नाममा गाइजात्रा निकालिन्छ । गाइजात्रा मनका पीर बाड्नलाई सुरु गरिएको भनिए पनि आजभोली यो यत्तिमै चाँही सिमीत छैन है । मनको रिस पोख्ने र सके सम्म अरुलाई ब्यङग्य गर्ने राम्रो थलो भएको छ यो गाइजात्रा । कतिपय ठुला भनिएकाहरुको नराम्रा कुरालाई तिर हान्दा यसको विशेषता अझ बढे जस्तो लाग्छ । तर आजभोली यो गाइजात्रा अलिक अश्लिल र गाली प्रधान बन्दै गरेकोमा मलाई दुख लाग्छ ।
ठिक हो । आफ्ना कुरा भन्न पाउँनु पर्छ । मनका डाहाहरु पोख्न पाउँनु पर्छ । तर यसले अरुको व्याक्तिगत सम्मानमा आँच पु¥याउँनु हुदैन । यस तर्फ सबैले विचार पु¥याइदिनुहोस् है । अनि हसाउँने नाममा अभद्र र अश्लिल कुरा गर्ने पनि राम्रो होइन ।
यसैले अन्त्यमा गाइजात्रा सभ्य बनोस् । परिवारसँग बसेर हेर्न र सुन्न सकिने गाइजात्रा नै आखिरमा दिगो र सभ्य हुनेछ । फेरि पनि सबैलाई शुभकामना ।
keshav mainali said
its our culture and i always appreciate this. save our culture .coz without culture we are nothing…..
suraj said
बर्ष भरि नै गाइजात्रा हुने देशमा एकदिनको गाइजात्रा के बिशेष होला र, खै
rabin gorshane said
गाइजात्रा साच्चै नै अलिक बन्दै गएको छ । यसलाई रोक्न नसके त घर परिवारसँग बसेर हेर्न पनि सकिन्न । कडा नियम बनाएर भए पनि यसलाई रोक्नै पर्दछ ।
ghanshyam said
gai jatra is turning to gay jatra hai……..ha ha ha