नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘बिचित्र संसार’ Category

जर्मनी अक्टोपसले देखायो, ‘जर्मनी र स्पेनमा कस्ले जित्छ ?’

Posted by नेपाली मुटु on July 6, 2010

“भविष्य हेर्दै अक्टोपस (फोटो- सीएनएन)”

हात हेरेर भाग्य बताउँने कु्रामा कतिको विश्वास गर्नुहुन्छ ? ज्योतिषीमा विश्वास गर्ने र नगर्नेको वादविवाद राख्ने हो भने कछुवाको आयूले पनि त्यो प्रतियोगिताको अन्त्य थाहा पाउँन सक्दैन होला । मान्छेमा यो भाग्यवाद विश्वास र अविश्वास दुबै छ । विश्वास गर्नेहरु हदै सम्मन् विश्वास गर्छन् र, नगर्नेहरु त यो कुरा भन्दा अर्को वाहियात केहि छैन भनेर कुर्लन्छन् । तर पनि भाग्यवाद र भविष्य हेर्ने कुरा सँधै चासोको बिषय रहि आएको छ । आज हुने जर्मनी र स्पेनको खेलको पनि भविष्य हेरिएको छ । कस्ले हे¥यो भविष्य सुन्नुहुन्छ ?, समुद्रमा पाउँने अक्टोपसले यो खेलको भविष्य हेरेको छ । अचम्म त यो छ कि आज सम्मन् यसले गरेको भविष्यवाणी सबै मिलेको छ । Continue Reading जर्मनी अक्टोपसले देखायो, ‘जर्मनी र स्पेनमा कस्ले जित्छ ?’ >>

Posted in बिचित्र संसार | Leave a Comment »

जति धेरै आलु फलाउन सक्यो उति गतिली बुहारी

Posted by नेपाली मुटु on May 18, 2010

तपाईं पनि छोरीचेलीको विवाह गर्दै हुनुहुन्छ? छोरी दिने घरमा के के सुविधा छन्, अनि सम्पत्ति कति छ भनेर हेर्नुहुन्छ होला। तर पर्वतको भोकसिङ्गमा छोरी दिनेले भने आलुको भकारी हेर्न थालेका छन्। जति धेरै आलु फलाउन सक्यो भोक्सङ्गवासीले उति नै गतिली बुहारी भित्र्याउने गरेका छन् ।

कस्को वजन बढ़ी छ ?

सदरमुकाम कुस्माबजारबाट दक्षिणपूर्वमा पर्ने भोकसिङ्गमा कृषकले आलुसँग धान साटेर वर्षभरि भात खाने भएकाले छोरी दिने आलुको भकारी हेर्न थालेका हुन्। भोकसिङ्ग गाविसमा आलुमात्र उत्पादन हुने गर्दछ। ‘हामीले जति धेरै आलु फलायो उति नै गतिली बुहारी भित्रिन्छन् ‘ – कृषक रुद्रबहादुर क्षत्रीले भने। जिल्लाको प्रमुख आलु उत्पादन पकेट क्षेत्रका रूपमा रहेको भोकसिङ्गका कृषकले वर्षमा १५ मुरीदेखि ३०० मुरीसम्म आलु फलाउने गर्दछन्। उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन् ।

यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लागेको छ। छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आएका दीनानाथ शर्माले भने-‘हामीले रोजीरोजी धान दिन्छौँ, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई।’ Continue Reading जति धेरै आलु फलाउन सक्यो उति गतिली बुहारी >>

Posted in बिचित्र संसार | Leave a Comment »

फरक छुट्याउनुहोस्

Posted by नेपाली मुटु on April 13, 2010

एक पटक ध्यान दिएर यो तस्विर हेर्नुहोस् त । केहि फरक त पक्कै छ । कि देख्नु भएन ? देख्नु भए त ठिकै छ । के देख्नु भयो बिचार बाढ्नुहोला । होइन भने एक पटक गएर कि रेखा थापालाई सोध्नुहोस् अथवा विश्व हिन्दु महासंघमा सम्पर्क गरे पनि हुन्छ । Continue Reading फरक छुट्याउनुहोस् >>

Posted in बिचित्र संसार | Leave a Comment »