नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for May, 2010

उधारो सहमती र भोलीको युद्ध

Posted by नेपाली मुटु on May 28, 2010

सोचे जस्तै भयो आखिर । हुन पनि हाम्रा नेताहरु हामीद्धारा चुनिएका हाम्रा प्रतिनिधीहरु हाम्रो सोचाई भन्दा पर जाने त कुरै भएन । यसैले हामीले सोचे जस्तै समय सकिन एक घण्टा बाँकी रहदै सहमतीमा संविधानसभाको म्याद थपिने भयो । एक किसीमको यो सहि नै हो । हाम्रा नेताहरु झगडा गर्ने र भत्ता पचाउँने प्लेटफर्म अझै बाँकी नै रह्यो तर उधारो सहमतीमा । भोली गरिहाल्ने भनेर भएका सहमती यि दलहरुले दुई बर्ष अगाडिबाट नै गर्नेछौं भनेर हजार पटक बाचा–बन्धन र संकल्प गरेका हुन तर भयो के हाम्रो अगाडि घाम जत्तिकै झर्लङ्ग छ ।

अन्त्यमा सबै दलले भने जस्तै माओबादीले आफ्नो संविधानसभा प्रतिको मोह पुष्टि गरेरै छाड्यो । माधवकुमारहरुले तन, मन र वचनले पुष्टि गरिदिए कि संविधानसभाको लागि माओबादी जे गर्न पनि तयार छ Continue Reading उधारो सहमती र भोलीको युद्ध >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

हिजो बुद्ध जयन्ती : आज क्रुद्ध सन्तती

Posted by नेपाली मुटु on May 28, 2010

अहिले रातको १२ बजिसकेको छ । आफ्नो काम गर्ने समय केहि बचाएर यो आधारातमा म कम्प्युटरको किबोर्ड बजार्दैछु । मलाई यो रात केहि लामो भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ । तर समय मेरो वास्ता गरेर मेरो लागि रोकिने होइन । मलाई अहिले आफ्नो सानो काम भन्दा देशको हालतको बढि चिन्ता लागिरहेको छ । अब हाम्रो सपना उम्रने साझा थलो संविधान सभाको समयअवधि सकिन २४ घण्टा पनि बाँकी रहेन । यो काउन्टडाउन सँगै सँधै शान्तिमा रमाउँन खोज्ने नेपालीमनको सपना धुलिषाद हुन लागिरहेको छ । यो सोचेर मलाई निदाउँन गा¥हो भइरहेको छ । कसैलाई लाग्ला यो बेकारको संवेदना हो, तर अशान्तिको त्यो ताण्डव र आफ्नाबाट आफ्नै मारिएको सुनेर तर्सिनु पर्ने भयावह समय फेरि आउला कि भन्ने डर त पक्कै बेकार नहोला । आधारातमा आएको सर्चमा आफ्नै नाम भन्न पनि भक्भकाउँनु पर्ने दिनको त्रासदी पक्कै पनि बेकार नहोला । यही डरमा म अनिदो छु । भोली उठ्न अलिक ढिलो भयो भने बन्दुकको कुन्दा ज्यानमा बर्जिन नपाओस् भनेर कम सुत्ने रिहर्सल गर्दैछु । मेरो भविष्य लेख्छु भनेर काटमाण्डौको भिडमा हराएका मेरा नेताहरु पनि म जस्तै अनिदो नै होलान् र ? Continue Reading हिजो बुद्ध जयन्ती : आज क्रुद्ध सन्तती >>

Posted in चुप लाग्न नसक्दा | 1 Comment »

हिङ नभए पनि हिङ बाँधेको टालो हुँ – ज्ञानेन्द्र

Posted by नेपाली मुटु on May 25, 2010

बुढापाकाहरुले त्यसै भनेका होइनन् रहेछन् । हिङ नभए पनि हिङ बाधेको टालोको पनि सँधै मुल्य हुन्छ । यो उखान त पुर्वराजा ज्ञानेन्द्र शाहमा अझ लागु हुन्छ । उनको शिरबाट ताज खोसिएको निकै समय भइसक्यो तर उनी अझै हिङ बाँधेको टालो हुँ भनेर डिङ हाक्न सक्षम छन् । लाग्छ उनमा केहि फेरिएको छैन, बोलिमा अझै उहि सुस्तता । नचाहिने कुरामा जनताको नाम । पुर्खाको ब्याज खाने लोभ । अझ उनी त नारायणहिटीबाट खेदेर आफुलाई न्याय नगरेको सम्म भनिरहेका छन् । आफ्नो जाने र आउँने भइराख्ने भन्दै राजसंस्था सकिएको हाइपोथेटिकल मात्र हो भन्ने ज्ञानेन्द्रलाई अहिले लोडसेडिङले अलिक दुख दिएको छ रे । उनको कुरा सुन्दा थाहा भयो । ज्ञानेन्द्र शाहमा पुर्वराजामा हुनु पर्ने धङधङी अझै रहेछ । उनमा आफ्नो बेला फेरि आउँनेमा अझै पनि आशा छ । भन्छन् “अहिले समय छैन तर चाँडै नै केहि गर्ने समय आउँन सक्छ । हुन त मलाई कसै कसैले दिवास्वप्न देख्न थाल्यो पनि भने र धमिलो पानीमा माछा मार्न थाल्यो पनि भने । तर मलाई केहि गर्न अनुरोध गर्नेको संख्या पनि कम छैन ।” उनले नेपालकै एउटा एफ.एम सँग कुरा गर्दै भने “राजसंस्था जानुमा मेरो छोरो पारसको केहि हात छैन । उसले जे ग¥यो त्यो उसको महानता हो । तर परिवारको ठुलो सदस्य हुनुको हैसियतमा सबै गुण र अवगुणको जिम्मेदारी म आफु नै लिन चाहान्छु ।” तर उनले आफ्नो छोराको महानता चै स्पष्ट पारेनन् ।

उनले आफ्नो जिन्दगी आम मानिसको तरह नै भएको र यसलाई आफुले रमाइलो तरिकाबाट बिताईरहेको भन्न पनि छुटाएनन् । नागार्जुन बस्दा देखि उनले कुकुर पाल्न थालेका छन् रे । बिहान बिहान त्यही कुकुरलाई कसरत गराउछन् रे । राजनितीक प्रश्नमा उनले भने “बिरगञ्जमा सा¥है गर्मीको अनुभव गरें ।” तर त्यो गर्मी राजनितीको थियो वा के को थियो उनले भन्न चाहेनन् । सदा झै सबै कुरा जनतामा निर्भर छ भन्दै उम्कन चाहे पनि आफुले गरेको कामबाट निराश मात्र भएको र पछुतो नभएको कारण समय मिलेमा केहि गर्न सकिने भन्न छुटाएनन् । उनले अहिले आफ्नो राजनितीक भुमिका केहि नभएको प्रस्ट्याउँन रा.प्र.पा. नेपाल सँग पनि आफ्नो समन्ध नभएको तथा आफ्नो कुनै आधिकारीक पार्टी पनि नरहेको बताए ।

पटक पटक जनताको हवाला दिदै जनता अहिलेको नेताहरुसँग सन्तुष्ट नभएको पनि बताइरहे । उनको संवाद र बोली हेर्दा उनमा फेरि केहि हुनेमा अलिक बढि नै आशा भए झै लाग्छ । तर के एक पटक काम नलाग्ने भनेर फालिसकेको राजतन्त्रको बोझ बोक्न फेरि नेपाली नागरिक अघि बढ्लान् त ? सँधै साना साना कुरामा अल्झिएर देशका मुल मुद्धाबाट टाढिने हाम्रा नेताहरुका लागि पुर्वराजाको यस्ता व्यक्तव्य पक्कै पनि आवश्यक हुन्छ । यसले आमनागरिकमा पनि गणतन्त्रमा रहने अठोट अझ बलियो बनाउँछ । आखिर हामी सबैलाई थाहा छ, नेपालबाट राजतन्त्रले बिदा लिनुमा सबै भन्दा ठुलो कारण ज्ञानेन्द्र आफु नै त थिए नी ।

अन्तर्वार्ताको पूर्ण विवरण- Continue Reading हिङ नभए पनि हिङ बाँधेको टालो हुँ – ज्ञानेन्द्र >>

Posted in अनौपचारिक | Leave a Comment »

खुल्यो बाटो संविधान संशोधनको तर….

Posted by नेपाली मुटु on May 24, 2010

राजनीतिक सहमतिबाट संविधानसभाको म्याद थप्न वैधानिक अड्चन नभएको निचोड निकाल्दै सर्वोच्च अदालतले अन्तरिम संविधान संशोधनको बाटो खुला गरिदिएको छ।

न्यायाधीश खिलराज रेग्मी र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासले आइतवार राजनीतिक सहमतिबाट अन्तरिम संविधान जारी भएको स्मरण गराउँदै सुविधा सन्तुलन र अपुरणीय क्षतिको दृष्टिकोणले पनि म्याद थप्न सकिने निर्णय दिएको हो।
संविधानको धारा ६४ ले दुई वर्षभित्रै संविधान बनाइसक्नुपर्ने परिकल्पना गरेकाले संविधान संशोधन गर्नु असंवैधानिक हुने र त्यो अधिकार राजनीतिक दललाई नभएको दाबी गर्दै बैशाख २ गते भरत जङ्गमले रिट दायर गरेका थिए। रिटमा सरकारले अवैध रुपले संविधान संशोधनका लागि संसदसमक्ष विधेयक प्रस्तुत गर्न लागेकाले उक्त कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको थियो। इजलासले अन्तरिम संविधान निर्माणको पृष्ठभूभी र दिशा नर्देशको व्ष्याख्या गर्दै रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश जारी हुने अवस्था नरहेको निर्णय सुनाएको छ । Continue Reading खुल्यो बाटो संविधान संशोधनको तर…. >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

संविधानसभाको पक्षमै नभएका प्रधानमन्त्री

Posted by नेपाली मुटु on May 22, 2010

एक पटक विचार गर्नुहोस् त पौडिन नजान्ने मान्छेलाई करौडौको हिरा नदि पारी लगिदे भनेर दियो भने के हुन्छ ? मान्छे डुब्छ, हिरा हराउँछ, उद्देष्य प्राप्ती हुदैन । त्यस्तै भयो हामीसँग । हामी पीर गरेर बसिरहेका छौं किन बनेन हाम्रो संविधान भनेर । हामी नेपालीको साझा सपना हो संविधान । यसका लागि भनेर धेरै नेपालीको रगत र पसिना बगेको छ । तर यो समयमा नबन्ने नै भयो । किन थाहा छ ? हामीले पौडिन नजान्ने मान्छेलाई हिरा दिएर नदि पारी लगि’दे भनेछौं ।
माओवादीको सरकार ढल्ने बित्तिकै देशमा संविधान बनाउँछु भनेर प्रधानमन्त्रि भएका माधवकुमार नेपालले संविधान जारी गरिसक्नु पर्ने समय ६ दिन मात्र बाँकी रहदा भने, ‘म त संविधानसभाको पक्षमा भएको मान्छे नै होइन । खाली माओवादीलाई खुसी पार्न मञ्जुर भएको हुँ । मलाई त संविधान अर्कै तरिकाबाट बनाउँन मन थियो Continue Reading संविधानसभाको पक्षमै नभएका प्रधानमन्त्री >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

पुराना जुत्ता सभासदको माला

Posted by नेपाली मुटु on May 21, 2010


Continue Reading पुराना जुत्ता सभासदको माला >>

Posted in मलाई मन परेको फोटो | Leave a Comment »

वाह ! क्या बोल्छन् हाम्रा प्रधानमन्त्री

Posted by नेपाली मुटु on May 18, 2010

प्रधानमन्त्री माधवकुमार नेपालको छाला मात्र होइन बिचार पनि गैडाको नै भएको रहेछ । उनले माओबादीलाई पछार्ने गरि राष्ट्रवादी कुरा गर्न थालेका छन् । विदेशी प्रभुको सामू गलेको भन्ने आरोपलाई दुत्कार्ने मात्रै होइन उनले विदेशीलाई पनि तथानाम गाली गर्न थालिसकेका छन् । बेलायतको फाइनान्सियल टाइम्स पत्रिकामा हिजो छापिएको अन्तर्वार्तामा उनले नेपाललाई उपनिवेश बनाउन नखोज भनी चेतावनी दिएका छन्। हाम्रा लागि कुनै पनि प्रभु छैनन् भन्दै उनले आफूहरुलाई निर्देशन, हस्तक्षेप र कुटनीतिक मर्यादा विपरीतको भाषा नस्वीकार्ने बताएका छन्। आफ्नो काममा मात्र चासो राख्न् पनि उनले विदेशी कुटनीतिज्ञहरुलाई सुझाव दिएका छन्। Continue Reading वाह ! क्या बोल्छन् हाम्रा प्रधानमन्त्री >>

Posted in मेरो भन्नु | Leave a Comment »

जति धेरै आलु फलाउन सक्यो उति गतिली बुहारी

Posted by नेपाली मुटु on May 18, 2010

तपाईं पनि छोरीचेलीको विवाह गर्दै हुनुहुन्छ? छोरी दिने घरमा के के सुविधा छन्, अनि सम्पत्ति कति छ भनेर हेर्नुहुन्छ होला। तर पर्वतको भोकसिङ्गमा छोरी दिनेले भने आलुको भकारी हेर्न थालेका छन्। जति धेरै आलु फलाउन सक्यो भोक्सङ्गवासीले उति नै गतिली बुहारी भित्र्याउने गरेका छन् ।

कस्को वजन बढ़ी छ ?

सदरमुकाम कुस्माबजारबाट दक्षिणपूर्वमा पर्ने भोकसिङ्गमा कृषकले आलुसँग धान साटेर वर्षभरि भात खाने भएकाले छोरी दिने आलुको भकारी हेर्न थालेका हुन्। भोकसिङ्ग गाविसमा आलुमात्र उत्पादन हुने गर्दछ। ‘हामीले जति धेरै आलु फलायो उति नै गतिली बुहारी भित्रिन्छन् ‘ – कृषक रुद्रबहादुर क्षत्रीले भने। जिल्लाको प्रमुख आलु उत्पादन पकेट क्षेत्रका रूपमा रहेको भोकसिङ्गका कृषकले वर्षमा १५ मुरीदेखि ३०० मुरीसम्म आलु फलाउने गर्दछन्। उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन् ।

यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लागेको छ। छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आएका दीनानाथ शर्माले भने-‘हामीले रोजीरोजी धान दिन्छौँ, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई।’ Continue Reading जति धेरै आलु फलाउन सक्यो उति गतिली बुहारी >>

Posted in बिचित्र संसार | Leave a Comment »

माधव नेपाल त ‘गैँडा’ भइसके रे

Posted by नेपाली मुटु on May 17, 2010

माओवादीले अनिश्चितकालीन हड्ताल गर्ने भन्दा देशमा र विदेशमा एक किसिमको भय र आतंक फैलिएको थियो। मे दिवसको पूर्वसन्ध्यामा त चन्दा आतंक भन्दै काठमाडौँका केही व्यापारिक बजार दिउँसै बन्द भए। गुलेली र विस्फोटक पदार्थहरु प्रहरीले पक्रिएको खबर आएकोले भोलिदेखि के हुने हो कसो हुने हो भन्ने आतंक छाएको थियो। मन्त्रीहरुलाई प्रहरीले विशेष सुरक्षाको व्यवस्था गरेको थियो। आन्दोलन कै बेला प्रधानमन्त्रीका सल्लाहकारहरु पत्रकारहरुलाई सोध्थे- कति मान्छे थिए हँ आज फलानो चोकमा, ढिस्कानो चोकमा ? प्रधानमन्त्री माधवकुमार नेपालको मनमा चाहिँ त्यतिबेला के थियो होला हँ ? तपाईँलाई पनि चासो लागेको हुनुपर्छ। तपाईँलाई थाहा छ ? माओवादीले आन्दोलन गर्छु भनेको सुनेर उनी त मनमनै हाँस्नु हाँसेका थिए रे। उनले हिजो एमालेको युवा संघको एउटा कार्यक्रममा भने- माओवादीले आन्दोलन गर्ने बित्तिक्कै कतिपय मान्छेलाई आकाशै खस्ने लागेको थियो । म उनीहरुको कुरा सुनेर मनमनै हाँसिराखेको थिएँ। हेर्दै जालान् के हुन्छ। माओवादीको आन्दोलनका लागि मैले एक महिनाको तयारी गरेको थिएँ। मेरो छाला गैंडाको जस्तो भइसक्यो। ३५ वर्षदेखि निरन्तर राजनीतिमा लागेको मान्छे हुँ। कति घोचे कति। सबै सहन गर्ने बानीको विकास हुँदैछ।

सत्ताको मात लागेपछि मान्छेमा अहं भाव आउँदो रहेछ कि के हो, खुबै चर्का कुरा गरे प्रम माधव नेपालले त्यो कार्यक्रममा। उल्टो भएको छ अचेल। माओवादी अलि नरम कुरा गर्न लागेका बेला उनी भने चर्का कुरा गर्दै। हड्ताल कै क्रममा मिडिया समाजका मान्छेहरु भेट्न जाँदासमेत उनले माओवादीविरुद्ध चर्का कुरा गरेर सुन्नेहरुलाई वाल्ल पारेका थिए। व्यापारीहरु भेट्न जाँदा पनि त्यस्तै कुरा गरेर फर्काइदिए।

मिडिया समाजका मान्छेहरु भेट्न जाँदा प्रधानमन्त्रीले यस्तो खालको कुरा गरेका थिए रे प्रत्यक्षदर्शीले सुनाए अनुसार- Continue Reading माधव नेपाल त ‘गैँडा’ भइसके रे >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

के गर्लान् महासघंहरुले ?

Posted by नेपाली मुटु on May 17, 2010

गएको मास नेपाली राजनितीमा एउटा तरङ्ग दौडिएको स्पष्ट देखियो । बिभिन्न कोणबाट अनेक दृष्टिकोणहरु छापामा र जनमानसमा देखिन थाल्यो । यो ध्रुविकरणको सुरुवात हो भनेर अड्कल काट्नेहरु पनि प्रशस्त देखिन थाले । देशमा कुनै अनिष्टको भय मडारिन थाल्यो । सरकार पक्ष र विपक्षमा बाँडिन थालेको स्थितीमा नेपाली राजनितीमा मझधारको नेतृत्व गर्दै देखा प¥यो, उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग बाणिज्य महासघं र अरु सघं सस्थाहरु । माओबादीले गरेको अनिश्चितकालिन आमहडतालको विरोध र सहमतीको सरकारका लागि गरिएको भनिएको शान्ति सभाबाट सरकार धेरै खुसी भएको थियो । सरकारले यही खुसीमा सार्वजनिक घोषणा ग¥यो, ‘आमहडताल माओबादीले फिर्ता लिए हामी राजिनामा दिन तयार छौं ।’ उसको यो घोषणाले माओबादीलाई आमहडताल फिर्ता लिन दबाब दियो । जनताका बिरुद्धमा जनता उतारिने अबश्था बढ्न थाल्यो । अन्ततः माओबादीले आमहडताल नैतिक जिम्मेदारी भन्दै स्थगीत ग¥यो र बल सरकारको कोर्टमा रहेका जानकारी दियो । Continue Reading के गर्लान् महासघंहरुले ? >>

Posted in चुप लाग्न नसक्दा | 1 Comment »

हलिउड अभिनेत्रीको सम्पत्ति नेपालीलाई

Posted by नेपाली मुटु on May 14, 2010

साँचो नेपाली मनको पुरस्कार

वर्षौंको सेवा र वफादारीको इनाम के हुनसक्छ? नेपाली मूलका अमेरिकी इन्द्र तामाङ उदाहरण बनेका छन्। पहिले घरायसी कामदार रहेका तामाङ अहिले आफै लगभग एक करोड डलर मूल्यको धनसम्पत्तिका मालिक भएका छन्। उनलाई यी सबै सम्पत्ति गत वर्ष ९८ वर्षको उमेरमा निधन भएकी हलिउड फिल्म अभिनेत्री रुथ फोर्डबाट प्राप्त भएको हो। रुथको महल न्युयोर्क सिटीका भव्य महलहरूमा गनिन्थ्यो। रुथको महलसँगै उनका भाइ लेखक तथा फिल्मकर्मी चार्ल्स हेनरी फोर्डको पनि घर छ। सन् २००० मा निधन हुनुअघि चार्ल्सले उक्त घर रुथलाई सुम्पेका थिए। ती दुवै महलका बगैंचा, भान्सा र बैठकमा तामाङले ३५ वर्ष सेवा गरेका थिए र अहिले दुवै महलको स्वामित्व उनमा आएको छ। ‘म एकदम खुसी छु, आफूलाई सम्मानित महसुस गर्दैछु र मालिकहरूको उदारतादेखि निकै प्रभावित छु,’ तामाङले भने। लगभग एक करोड अमेरिकी डलरको मूल्यांकन गरिएको सम्पत्तिमा दुई घर र ती घरभित्र झुन्डिएका दुर्लभ चित्रहरू समावेश छन्।

सन् १९३७ मा बनाइएको रुथकै मुहारचित्र गत महिना १० लाख डलरमा बिकेको थियो। आफूले आफ्ना मालिकहरूसँग स्थापित गरेको दरिलो सम्बन्धका कारण सम्पत्ति पाएकोमा तामाङलाई आश्चर्य भने लागेको छैन। उनल भने, ‘यो मेरो लागि दोस्रो परिवारजस्तै हो र उहा”हरूले पनि मलाई परिवारकै हिस्सा ठान्नुभएको थियो।’

तर, सम्पत्तिसँगसँगै तामाङमाथि लाखौं डलरको करको जिम्मेवारी पनि सरेको छ। त्यसैले उनले दुईमध्ये एक भवनलाई बिक्री गर्ने सोच बनाइसकेका छन् र उनले अपेक्षा गरेको मूल्य हो, ४५ लाख डलर। तामाङ अहिले क्विन्सको छुट्टै घरमा १० वर्षीया छोरी र पत्नीसँग बस्छन्। ‘जहाँ तिम्रो छाना, खाना र नाना छ, त्यहीँ खुसी हुनुपर्छ,’ तामाङले भने। तामाङ नेपालका एक किसान परिवारबाट २२ वर्षको उमेरमा अमेरिकामा प्रवेश गरेका थिए। ‘मैले मेरो बुबाको घर र दुई बच्चालाई घरमा छाडेर अमेरिकामा आई काम गर्न थालेको हुँ,’ उनले सुनाए। Continue Reading हलिउड अभिनेत्रीको सम्पत्ति नेपालीलाई >>

Posted in अनौपचारिक | Leave a Comment »

तपाईँको ‘फेसबुक’ उनीहरुको पैसा कमाउने माध्यम

Posted by नेपाली मुटु on May 14, 2010

a new virtual world....

सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको व्यक्तिगत विचार उनीहरुको अनुमति बिना अरु वेबसाइटहरुले पनि प्रकाशन गर्न पाउने सुविधा थप्न लागेको छ। यसले गोपनीयताको अधिकार हनन् हुने भन्दै फेसबुकविरुद्ध आलोचना गर्नेहरु खनिन थालेका छन्। फेसबुकले बिहीबार यो विषयमा छलफल गर्न आफ्ना कर्मचारीहरुको आन्तरिक बैठक डाकेको थियो।
फेसबुकले यो सुविधा थप्यो भने यसका ४० करोड प्रयोगकर्ताहरुको भित्री कुरा थाहा पाउन सकिनेछ र यसले थप विज्ञापन पनि आकर्षित गर्न सक्नेछ। अनलाइन विज्ञापनमा अग्र स्थानमा रहेको गुगललाई पनि यसले उछिन्ने अनुमान छ।
अमेरिकाका चार जना सिनेटरहरुले यसमा चासो राख्दै फेसबुकलाई आफ्ना नीति परिवर्तन गरी प्रयोगकर्ताहरुको जानकारी गोपनीय नै राख्‍न र प्रयोगकर्ताहरु आफैले चाहे मात्र उनीहरुको स्वीकृतिमा अरुलाई बाँड्न मिल्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।

न्युयोर्क विश्वविद्यालयका चार जना विद्यार्थीले त फेसबुकको कदमबाट क्रुद्ध भएर यसको विकल्पका रुपमा अर्को साइट बनाउन एक लाख अमेरिकी डलरभन्दा बढी संकलन गरिसकेका छन्। एक न्यु मिडिया मार्केटिङविज्ञले जुन महिनाको ६ तारिखका लागि अनलाइन विरोध गर्ने योजना बनाएका छन्। उनको यो कदमलाई बिहीबार मध्याह्नसम्ममा ६३२ जनाले साथ दिएका छन्। Continue Reading तपाईँको ‘फेसबुक’ उनीहरुको पैसा कमाउने माध्यम >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

गजल

Posted by नेपाली मुटु on May 14, 2010

घनेन्द्र ओझा

तिमी जातका कुरा गर्र्छौ म त मान्छे एक भन्छु
परैबाट आँखा तर्र्छौ म त मान्छे एक भन्छु ।

त्रि्रोजस्तै रूप-रङ्ग, भावना छ तिमीजस्तै
अन्धविश्वासमात्रै छर्र्छौ म त मान्छे एक भन्छु ।
Continue Reading तिमी जातका कुरा गर्र्छौ म त मान्छे एक भन्छु >>

Posted in पहुनाको पालो | Leave a Comment »

बिबाहले गर्दा घरै छाडिन् बालिकाले

Posted by नेपाली मुटु on May 13, 2010

बालबिबाहको कारणले नेपालमा धेरै खालका समस्याहरु देखिन्छन् । सामाजिक सभ्यताको लागि यो एउटा कलकं हो भने बालबिबाहबाट ति बालबालिकाको मनस्थिती, जीवन र स्वास्थ्यमा पर्ने असर त अपुरणीय हुन्छ । यो विसङ्गतीबाट अहिले पनि प्रताडित हुनेको संख्या निकै नै ठुलो छ । भर्खर मात्र सुर्खेतमा यस्तै सभ्यतालाई चुनौती दिने घटना भएको छ । आफ्नो असामयिक बिबाहको तयारीबाट बच्न एउटी बालिकाले गरेको प्रयास तारिफ योग्य छ । तर उनको जस्तो समस्यालाई कसरी समाधान गर्ने समस्या हामीहरुको पनि हो । उनको यो ‘विद्रोह’लाई हामीहरुले समर्थन गर्न सकेमा र यसलाई सही हो भनेर समाजमा स्थापित गराउँन सकेमा मात्र यसले सही समाधान पाउँने छ । Continue Reading बिबाहले गर्दा घरै छाडिन् बालिकाले >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

एक दिन भए पनि मदिरा नपिउने हो कि !

Posted by नेपाली मुटु on May 11, 2010

जानकारीको लागि फोटोमा click गर्नुहोस् ।


मदिरापान नेपालको मुख्य सामाजिक समस्या हो भन्दा पनि फरक नपर्ला । बिभिन्न धार्मिक बहाना बनाएर होस् या ‘त्यसै खा’को हो र, पिर परेर पो खा’को त’ या ‘यसो साथीभाइसँगको भेटघाटमा’ भन्दै मदिरा पिएर टिल्ल हुनेको संख्या निकै ठुलो छ । प्रसाद मानेर खाएको भएपनि अथवा मोजमज्जा गर्न वा पिर भुलाउँन मदिराले गर्ने हानीमा रत्तिभर थपघट छैन । मदिरापानको कारणले मर्नेको संख्या पनि निकै ठुलो छ हाम्रो देशमा । यसैले यसलाई सके सम्म बर्जित गर्नु हामी सबैको हितमा देखिन्छ । किनकी हाम्रै छिमेक र परिवारमा पनि धेरैले अनेक कष्ट पाएका छन् मदिरापानको कारणले । Continue Reading एक दिन भए पनि मदिरा नपिउने हो कि ! >>

Posted in सूचना प्रबिधि | Leave a Comment »