नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for April, 2010

सुरक्षामा सम्झौता ? म गर्नै सक्दिन !!!

Posted by नेपाली मुटु on April 20, 2010

देश काल यस्तो छ कि यहाँ जे पनि हुन सक्छ । हरेक संगठनको सेना छ । के थाहा कुनै बेला कसैको विरोधमा पो बोलिएको छ कि । यसैले आफ्नो सुरक्षा आफै गर्दा ठिक हुने देखिन्छ । सरकारको विश्वासमा परियो भने धेरै भए शहिद घोषणा । यो देशको जनसंख्या भन्दा बढि शहिद भएको देशमा यो पनि उपलब्धि मुलक देखिदैन । अतः यो तस्विरले भन्छ, जहाँ जे छ, त्यही अनुसार आफ्नो सुरक्षाको बन्दोबस्ती आफैले गरौं । थाहै होला नी, अनिकालमा बिउ जोगाउनु, भिडभाडमा जिउ । Continue Reading सुरक्षामा सम्झौता ? म गर्नै सक्दिन !!! >>

Posted in मलाई मन परेको फोटो | Leave a Comment »

गजल

Posted by गणेश कार्की on April 20, 2010

जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ
हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ ।

सा¥है नै रहर ग¥यौ, डाँडा गई सुर्याेदय हेर्ने
भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।।
Continue Reading जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ >>

Posted in गजल | 1 Comment »

पशुपतिमा एक बिहान

Posted by नेपाली मुटु on April 19, 2010

उनको नाम मनमाया र उमेर ६५ बर्ष भयो रे । उनको घर सुन्दरीजल तिर भन्थिन् । शनिबार र सोमबार पशुपतिनाथको दर्शन गर्न जादैहुनुहुन्छ भने गेट छेउको देब्रे कुनामा याद गर्नुहोस्, उही मनमाया तपाइलाई चप्पल जुत्ता फुकालेर जान भन्दै हुन्छिन् । तपाईले जुत्ता चप्पल राख्ने बेलामा एक पटक सोध्नुहोला, “जुत्ता चप्पल राखेको कति दिनु ?” हासोको फोहोरा छोड्दै उनी भन्छिन्, “दिनुहोस् न, हजार बा¥ह सय ।” अब हास्नु भन्दा अर्काे बिकल्प तपाइसँग कहाँ रहन्छ र ? मैले उनलाई सँधै यही यसरी नै बस्नुहुन्छ भनेर सोधें, उनले जवाफ दिइन्, “शनिबार र सोमबार चैं सँधै नै बस्छु ।” अरु दिन उनी पसल गर्छिन् रे । के को पसल गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै उनले भनिन्, “तपाइ जस्ता तन्नेरीलाई एक छाक हुने आलु र अलिकति खोर्सानी र थोरै मुठ्ठा साग ।”

बाँच्न जानेकी एक बुढ़ी आमै

Continue Reading पशुपतिमा एक बिहान >>

Posted in अनौपचारिक | Leave a Comment »

लौ ! त्रि. वि. को वेभसाइट पनि रहेछ ।।।

Posted by नेपाली मुटु on April 17, 2010

फुर्सदमा हुनुहुन्छ भने www.tuexam.edu.np मा click गरेर हेनुहोस्, यो नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयको वेभसाइट हो । तर जब click गरेर त्यसको पेज खोल्नुहुन्छ तब तपाईलाई लाग्छ, साँच्चै त्रि.वि. पुरानो रहेछ । पुरानो भएर अब त बुढो पनि भएछ । Continue Reading लौ ! त्रि. वि. को वेभसाइट पनि रहेछ ।।। >>

Posted in सूचना प्रबिधि | Leave a Comment »

एम्.आर.पी. प्रकरण पछिका प्रश्नहरु

Posted by नेपाली मुटु on April 15, 2010

मिती २०६७ बैशाख २ गते नागरिक दैनिकमा प्रकाशित लेखको असम्पादित अंश

सम्पादकज्यू
म, नेपालको नागरिक अनि नेपाल, लोकतान्त्रिक गणतन्त्र भएको मुलुक । यसर्थ मसँग मेरो विचारहरु प्रकट गर्ने अधिकार छैन भन्ने आधार म देख्दिन । लोकतन्त्र मेरो लागि पनि हो भनेर पत्र लेख्दैछु । आशा छ विचारको सम्वाहन हुनेछ ।

म स्नातकोत्तरमा वातावरण व्यावश्थापन पढिरहेको छु । वातावरणको अध्ययन गर्नु र प्रदुषण हटाएर वातावरणलाई स्वस्छ र जिवित राख्न पहल गर्नु मेरो कर्तव्य मान्दछु । तर राजनितीक वातावरण र यस्को प्रदुषणले मेरो अन्य बिषयहरु फिक्का बनाईदिन्छ र, म राजनिती प्रति आक्रामक बन्न बाध्य हुन्छु । राजनितीक अस्थिरताका अगाडि कुनै पनि कुरा स्थिर रहदैन भन्ने सत्यलाई कसैले पनि नकार्न सक्दैन । तर राजनितीक अस्थिरताको फाइदा उठाएर हाम्रो राष्ट्रिय स्वभिमानमा, स्वतन्त्रतामा र स्वधिनतामा मुक्का प्रहार गर्न खोज्नेलाई जवाफ दिन संक्रमणकालको अन्त्य नै पर्खिनु पर्छ भन्ने कुरामा म विश्वास गर्दिन । यसैले एक सचेत नागरिक भएको हैसियतमा आफ्नो राष्ट्र प्रतिको कर्तव्य पुरा गर्न यो पत्र लेख्दैछु । Continue Reading एम्.आर.पी. प्रकरण पछिका प्रश्नहरु >>

Posted in चुप लाग्न नसक्दा | Leave a Comment »

नयाँ बर्षको शुभकामना !!!

Posted by नेपाली मुटु on April 13, 2010

यस ब्लगका पाठकहरु र शुभचिन्तकहरुमा नयाँ बर्ष २०६७ सालको सुखद उपलक्ष्यमा सु–स्वास्थ्य, समृदी र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ बर्षले निकै आशा लिएर आउँछ र, नया बर्षमा सबै आफ्नो सपना पूरा होस भनेर त्यस्कै कुरा गर्छन । तर हाम्रा नेताहरुको शुभकामना सन्देशमा पनि घमण्ड, शंका, सन्देह र आन्दोलनले

आकार लिन सकुन सबैका सपनाहरुले !!!

छोडेन । पढ्नुहोस् शुभकामना सन्देशको केहि अंश –

माधबकुमार नेपाल – स्वाभाविक संवैधानिक प्रक्रिया अन्तर्गत आफू २२ राजनीतिक दलको सहमति र समर्थनमा प्रधानमन्त्री निर्वाचित भएको हुँ। अतिवादका सामू घुडा नटेकि लडिरहन्छु ।

राष्ट्रपति – नेपालको दुरगामी यात्रा बीचबाटोमै अल्मलिने हो कि भन्ने आशंकाले आम नेपालीलाई पिरोलिरहेको छ ।

कमरेड प्रचण्ड – सबैखाले प्रतिक्रान्तिकारी षड्यन्त्रहरूलाई परास्त गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न नयाँ वर्ष २०६७ ले सबैमा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु। Continue Reading नयाँ बर्षको शुभकामना !!! >>

Posted in अनौपचारिक | Leave a Comment »

फरक छुट्याउनुहोस्

Posted by नेपाली मुटु on April 13, 2010

एक पटक ध्यान दिएर यो तस्विर हेर्नुहोस् त । केहि फरक त पक्कै छ । कि देख्नु भएन ? देख्नु भए त ठिकै छ । के देख्नु भयो बिचार बाढ्नुहोला । होइन भने एक पटक गएर कि रेखा थापालाई सोध्नुहोस् अथवा विश्व हिन्दु महासंघमा सम्पर्क गरे पनि हुन्छ । Continue Reading फरक छुट्याउनुहोस् >>

Posted in बिचित्र संसार | Leave a Comment »

लुटेराले भने, “ माइन्ड नगर्नु होला ।”

Posted by नेपाली मुटु on April 11, 2010

यो लेख मिति २०६६ बैशाख १ को नागरिक दैनिकमा छापिएको छ

कुकुर जति नै बलियो होस्
घाटबाट कपडा ओसार्न गधा नै चाहिन्छ ।
गधा जति नै चनाखो होस्
राती भुक्न कुकुर नै चाहिन्छ ।।

यो कविता मैले कतै पढेको छु । यसको कथा पनि छ । कथा एकदम शिक्षाप्रद छ । मालिकले भोकै राखेको रिस पोख्न राती चोर आएको देखेर पनि कुकुर भुक्न नमाने पछि गधाले आफु कराएर चोर आएको सुचना दिन्छ तर आधा रातमा त्यसै कराउँने भनेर गधाले मालिकबाट नराम्ररी कुटाई खान्छ । कथाले भन्छ कि सबैको आ–आफ्नै काम हुन्छ । जब यो कार्यविभाजन हुदैन, विभिन्न दुष्परिणामहरु निस्कन्छन् । मलाई एक्कासी त्यो गधा र कुकुरको सम्झना भयो जब काठमाण्डौमा डिआइजीको घरमा डकैती भयो । डकैती भएको घरमा चार जना सुरक्षाकर्मी बस्ने गर्थे तर घरायसी कामको बोझले थकित उनीहरु घरका अरु मान्छेहरुसँगै निदाउन पुगे । परिणाम घरमा सुरक्षा दिन प्रहरीहरु हुदा–हुदै डकैती भयो । यसलाई कुकुरको काम गधाले गर्दा आउने परिणाम नभनेर के भन्ने ? अचम्म लाग्दो कुरा त ति डिआइजीले अलिकति पनि प्रतिकार गरेनन् वा आफ्नो चातुर्यता देखाएनन् । र, सुरक्षाका कारणले तत्काल प्रहरीमा खबरसम्म गर्न डराए । Continue Reading लुटेराले भने, “ माइन्ड नगर्नु होला ।” >>

Posted in मेरो भन्नु | Leave a Comment »

म काठमाडौंको मान्छे

Posted by नेपाली मुटु on April 10, 2010

By कर्मठ सुवेदी

म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ,
यहाँ पहिरोले मलाई केहि लर्छादैन,
भूकम्पले पनि साना टहरा भत्काउलान्
मेरो सिमेन्टले बनेको बलियो महल ढाल्दैन ।
हिजो जब डर र त्रासमा तिमीहरु
बाचेँको अभिनय गर्दै थियौ,
म निर्धक्क भएर सिनेमा हेरी रहेको हुन्थे,
तिमी जब भोकले रन्थनेर,
कुहिएको चामालको लागि तछाड मछाड गथ्र्यै,
म लाईन लागेर पाँथतारे होटलको पार्टीमा
गरम मेलामाइनका प्लेटहरु भर्दै हुन्थे,
तिमीले आफ्नो गोली लागेको छोराको लाश उठाउँदाको तस्वीर
हेरी रहेका मेरो बाबुको Mood On गर्न
गिलासमा हाली महँगो रक्सी पिलाएको छु मैले,
तिम्रो विदुवा बुहारीलाई जंगलमा लगि
ब्वाँसोहरुले लुछ्दै खाँदै गर्दा,
म मेरी प्रीयासँग मखमली ओछ्यानमा
योवन साट्दै गरेको हुन्थें,
तिमी तेल किन्न नसकी
ओभानो तरकारी खाँदा
म Petrol को लाईन बस्नु पर्याे
भनि गुनासो गर्दै थिएँ, Continue Reading म काठमाडौंको मान्छे >>

Posted in पहुनाको पालो | Leave a Comment »

फेसबुकबाट

Posted by नेपाली मुटु on April 8, 2010

मान्छेको सोचाइ के–के मा मात्र चल्दैन । अब केहि नपाएर मान्छेले एउटा कुखुरालाई नारेर खेत जोत्न भनेर घरबाट निस्केला त ? अनि हलीले चाही घरबाट हिड्दा के भन्ला ? एक छिन है म अनुमान लगाउँछु, “ए बुढी ! भुटेको मकैको खाजा चाही लिएर नआइज है, फेरि कुखुराले खाईदिन्छ, म सक्दिन नि तानेर फेरि जोत्न ।” अथवा “ ए बुढी ! सानो नातीलाई मेरो खाजा बोकाएर ले अनि मैले दुई बोरा मकै छोडाएर ठिक्क पारेको छु । कसैलाई बोकाएर त्यो पनि खेतमा ले । खाजा भेटेन भने त कुखुरो जोत्दा–जोत्दै बस्छ नि फेरि ।” Continue Reading फेसबुकबाट >>

Posted in मलाई मन परेको फोटो | 1 Comment »

गजल

Posted by गणेश कार्की on April 3, 2010

किरण भट्टराई

मेरो कथा के सुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ”
मनमा खै के गुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !

बिना संकोच पात झार्ने, पिपलको रुख जस्ती तिमी
पात मलाई चुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !!
Continue Reading मेरो कथा के सुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” >>

Posted in गजल | 3 Comments »

स्पष्टिकरण

Posted by गणेश कार्की on April 2, 2010

एकोहोरो बातले पर्छार्छौ भने
धित नमरुञ्जेल
आकाशबाट चट्टानमा पछार मलाई
दुखोस् यो तन
र,म बुझ्न सकुँ
म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु
धित मरिसके पछि पनि
पुषको ठिहीमा
हिउँले पुर मलाई
र, पखालियोस् सारा धब्बाहरु/दागहरु

के गर्छौ ?
तिम्रो रहरले मेरो बाध्यता रोक्न सकेन
तिम्रो इच्छाले मेरो परिस्थिती फेर्न सकेन
दुख्नु नै थियो – दुखिरहेछु
हार्नु नै थियो – हारिरहेछु
Continue Reading स्पष्टिकरण >>

Posted in कविता | 2 Comments »

राजनिती ! राजनिती !! राजनिती !!!

Posted by नेपाली मुटु on April 1, 2010

यो लेख मिति २०६६ चैत्र २९ को नागरिक दैनिकमा छापिएको छ

मेरो ब्लग खाली राजनीतिक मात्र बन्दै गईरहेको छ । राजनीतिक बिषयबस्तु भन्दा पर केहि चियाउँन खोज्छु तर जब कुरोको चुरो तिर बढ्न थाल्छु, राजनीतिको भयानक छायाँले सबै बिषय र अन्धकारहरु ढाकिदिन्छ । अनि म राजनीती नलेखेर के लेखौं ?

म अहिले राजनीतिको परिभाषालाई कुन विद्धानले के भनेका थिए भनेर खोज्न चाहान्न, न त शब्दकोष पल्टाएर अर्थ नै भेट्नु छ । खाली यो राजनीतिको फैलावटलाई नाप्ने कोशिश गर्दैछु ।

मेरो लागि वास्तवमा राजनिती सँधै चासोको बिषय रह्यो । अहिले म सम्झदैछु मेरो राजनिती कुन नेताले के भन्यो बाट सुरु हुन्छ र, देश विग्रीएर भताभुङ्ग भयो भन्दै अघि बढ्छ अनि भोली केहि होला कि भन्ने आशामा गएर टुङ्गिन्छ । यो मेरो राजनितीक सुझबुझको घेरा हो । यो भन्दा अगाडि गएर मैले आजसम्म सोचेको छैन ।

तर राजनितीको घेरा मेरो जिन्दगी वरिपरि रहेछ । मैले आफ्नै खेतमा आफ्नै मिहिनेतले फलाएको धानको दाना–दानामा राजनिती रहेछ, मैले धानको बोटमा छरेको मलमा राजनिती उर्वर हुदो रहेछ । जब मेरो खेतमा लहलाउदो धान फल्छ अनि म साईकलको बिचमा चेपेर एक बोरा धान बेच्न धान बेच्ने गोदाममा पुग्छु तब राजनिती भयानक भएर हुर्किसकेको हुदोरहेछ । म चिच्याउँछु, “मेरो धानको भाउ मेरो मिहिनेल भन्दा सस्तो भयो । मेरो धानको भाउ बजार पुगे पछि मैले थाहा पाउने होईन, मैले नै राख्न पाउनु पर्छ ।” मेरा छेउछाउकाले भन्छन्, “धानमा राजनिती गर्न थाल्यो ।” Continue Reading राजनिती ! राजनिती !! राजनिती !!! >>

Posted in मेरो भन्नु | 1 Comment »