नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘Uncategorized’ Category

जरुरी सुचना

Posted by नेपाली मुटु on March 12, 2011

तपाई जानेर वा नजानीकन यहाँ आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद छ । यो मेरो पुरानो ब्लग हो । यहाँ तपाईले खोज्नु भएको सामग्री नहुन सक्छ । यसैले कृपया यहाँ क्लिक गरेर नयाँ ब्लगमा आउँनु न है । नयाँ ब्लगमा तपाईको खाँचो छ । कृपया नयाँ ब्लगमा तपाईले आफ्ना रचना पठाएर सहयोग गर्न सक्नुहुन्छ ।

Posted in Uncategorized | Leave a Comment »

यो आन्दोलन, सपना र मेरा नजर

Posted by नेपाली मुटु on May 6, 2010

प्रा.डा. अभि सुवेदी

आन्दोलन सपनाधारीहरूले अनुशासनमा रहेर आफ्नो निश्चित उद्देश्यप्राप्तिका लागि सहरी क्षेत्रमा सञ्चालन गर्ने दबाबमूलक गतिविधि हो। तर, आन्दोलन दिशाहीन र हिंसापूर्ण गतिविधि भने होइन। मूलतः आन्दोलन सहर र सकडमै हुन्छ। आन्दोलनको पनि विभिन्न रूप हुन्छन् र यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । एउटा मान्छेभित्रै पनि आन्दोलन भइरहेको हुन्छ । एउटा मान्छेले आफ्नै जीवन भोगाइमा घटित कुनै घटना या दुर्घटनाको कारण असहमति महसुस गर्छ । ऊभित्रका चेतनाबीच अन्तरविरोध पैदा हुन्छ । सामूहिक रूपमा आन्दोलित हुनुका धेरै कारण हुन सक्छन् । तर, समग्रमा कुनै समूहले जब आफ्नो समाज या देशमा आफ्नो समूह दमित र सीमान्तकृत भएको बोध गर्छ, त्यस देशको सत्ता या सरकारसँग असहमति उत्पन्न हुन्छ । त्यसवेला त्यो दमित समूह आन्दोलित हुन पुग्छ । Continue Reading यो आन्दोलन, सपना र मेरा नजर >>

Posted in पहुनाको पालो, Uncategorized | Tagged: | Leave a Comment »

वातावरण मैत्रि आन्दोलन

Posted by नेपाली मुटु on May 4, 2010

सन्दर्भहरु जे पनि हुन सक्छन्, राजनितीक होस् या आर्थिक, सामाजिक होस् या व्यक्तीगत । जे कारण भएपनि आफ्नो कुरालाई स्थापित गराउँन नेपालमा आन्दोलन नै सबै भन्दा राम्रो, उत्पादक र सजिलो बाटो बनेको छ । जसले दैनिकी बदल्ने गरि आन्दोलन गर्न सक्छ उसको बिषय र बिचारले प्राथमिकता पाउँछ । उसको बिचार नै सर्वमान्य बन्ने गरेको छ । ठुला–ठुला राजनितीक परिवर्तन हुन् या कुनै शैक्षिक समस्या आन्दोलनबाट मात्र सम्बोधन हुने गरेको छ । यसैले हामीले आन्दोलनलाई आफ्नो अनिवार्य सामाजिक तत्वका रुपमा अपनाई सक्यौं भन्दा पनि फरक नपर्ला । तर आन्दोलनले जति बिषयहरुलाई सम्बोधन गराएको छ, त्यती कम किसीमका आन्दोलन नेपालमा देखिएका छन् । रचनात्मक र ब्यङ्गयात्मक आन्दोलनको एकदम कमि छ, हाम्रो दिमागमा । अतः समर्थनमा होस् या बिरोधमा, बिजयमा होस् या पराजयमा, जुलुस धर्ना र टायर नै हाम्रो रोजाइ हुने गर्दछ । अहिलेको बिषय हो, टायर बाल्ने प्रवृतिको । Continue Reading वातावरण मैत्रि आन्दोलन >>

Posted in सूचना प्रबिधि, Uncategorized | Tagged: | 2 Comments »

आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ?

Posted by नेपाली मुटु on February 25, 2010

आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ? किताबका पाना–पानामा पढेर नसकिने गरि लेखिएका छन् पानीका लागि हजारौं कविता, गीत र लेखहरु तर कहिले भेटिन्छ अञ्जुली भर पानी ? विश्वको दोस्रो जलसम्पदामा धनी देश । हिमालका कोखबाट कहिलै नरित्तिने गरि बगिरहेका सयौं नदिनालाहरु । मनै हर्ने सुन्दरताका धनी ताल र पोखरीहरु । यस्ता मिठा–मिठा उपमाहरु सुन्दा लाग्छ यो खाली कितावका पानाहरुमा सुहाउछ, वास्तविकता यो हो कि हामीबाट ति सम्पदाहरुको उपस्थितीमा खाली प्रश्न चिन्हमात्र लाग्नेछ ।
एकपटक हाम्रो धरातल हेर्ने हो भने सबै कति फिक्का, औपन्यासिक र केटौले लाग्छन् । मलाई बुझ्न भई रहेछ हाम्रो वास्तविकता के हो ? हामी धनी हौ कि गरिब हौ ? म अहिले सम्पुर्ण बिषयको उत्तर चाहन्न, मेरो प्रश्न केवल पानीसँग समन्धित छ । मलाई गणितिय तथ्याकं र अनेक प्रमाणिक विवरणहरु चाहिएको छैन, मलाई नेपालका नदिनालाबाट प्रत्येक सेकेण्डमा कति घनमिटर पानी बग्दछ जान्नु छैन, म केवल यत्ति जवाफ चाहन्छु कि निर्धक्कसँग अञ्जुलीभर पानी घरमै थाप्न कहिले पाईन्छ ? Continue Reading आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ? >>

Posted in मेरो भन्नु, Uncategorized | Tagged: | 1 Comment »