नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘अनौपचारिक’ Category

खेल भित्रको खेल: MATCH FIXING

Posted by नेपाली मुटु on June 19, 2010

खेलाडीमा कुनै उत्साह छैन । न त राम्रो फुटबल खेल्ने प्रयास नै गर्छन् । गोल गर्ने खेलाडीको मुहार पनि उज्यालो देखिँदैन । नत त उनीहरू आफूले गरेका गोलको खुसी नै मनाउँछन् । गोलकिपरलाई छक्याएर खाली पोस्टमा पुर्‍याएको बल पनि गोल लाइनबाट आफैं फर्काउँछन् । अनि आफ्नै गोलपोस्ट वरिपरि रहेका विपक्षी खेलाडीलाई पास दिने गर्छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो चरणको पछिल्ला खेलका विशेषता हुन्, ती । जहाँ कुनै उत्साह छैन । फुटबलको रोमाञ्चकता पाइँदैन । न त स्वाभाविक प्रतिस्पर्धा नै देखिन्छ । यस्तो स्थितिमा ब्वाइज युनियन र जावलाखेलको खेल दशरथ रंगाशालामा हेरिरहेको भेटिएका चाबहिलका दीपक ढकालले अचम्म मानिरहेका थिए । ‘कस्तो खेल ?,’ अनुहार खुम्च्याएर उनले भने, ‘खेलाडीमा जोस खै ? बलका लागि संघर्ष गरिरहेजस्तो लाग्दैन । कुनै खेलाडीको नियन्त्रणमा रहेको बल खोस्ने प्रयाससमेत गरेजस्तो देखिँदैन ।’
Continue Reading खेल भित्रको खेल:MATCH FIXING >>

Posted in अनौपचारिक | Leave a Comment »

हेरौला विश्वकप : LOADSHEDDING मा

Posted by नेपाली मुटु on June 12, 2010

अपडेटः

नेपाल बिद्युत प्राधिकरणको गनगन

मनसूनको अपेक्षित समय १० जून (जेष्ठ २७) पछि सबै उत्पादन केन्द्रहरुले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने छ भन्ने अनुमान अनुसार १३ जून (३० जेष्ठ) देखि १५ दिनका लागी कुलेखानी प्रथम र दोस्रो विद्युत केन्द्रहरु मर्मतका लागी पूरै बन्द गर्ने ब्यवस्था मिलाईएको थियो र सोही अनुसार विदेशी प्राविधिकहरुको आगमन तय भैसकेको छ । तर हालसम्म मनसून आई नसकेको हुंदा र कुलेखानी विद्युत केन्द्र मर्मतका लागि बन्द हुने निश्चित भैसकेको अवस्थामा साविकको लोडसेडिङ्गमा केही परिवर्तन गरी मिति ०६७/०२/३१ गते सोमवार देखि तपसिलको तालिका बमोजिम लोडसेडिङ्ग हुने ब्यहोरा समस्त ग्राहक बर्गमा अनुरोध छ । मर्मत कार्य १५ दिन अगाबै सम्पन्न भएमा वा मनसून आगमन भई अन्य विद्युत केन्द्रहरुमा अपेक्षा गरे अनुसार विद्युत उत्पादन बृद्धि भएमा तत्काल यस लोड सेडिङ्गमा कटौती गरी साविक अनुसारको लोडसेडिङ्ग कायम गरिने छ । Continue Reading हेरौला विश्वकप : LOADSHEDDING मा >>

Posted in अनौपचारिक | Leave a Comment »

तपाईंलाई ब्रस गर्न आउँछ ?

Posted by नेपाली मुटु on June 8, 2010

मुलुकका ९० प्रतिशतभन्दा बढी नागरिकलाई शरीरका लागि उपयुक्त हुने गरी मुख धुने प्रक्रियाबारे सही जानकारी छैन । यही जानकारीको अभावमा दाँतमा कीरा लाग्ने, गिजाबाट रगत आउने, मुख गन्हाउने र दाँतको रंग बिग्रनेजस्ता समस्याले जोकोही पीडित भइरहेका हुन्छन् ।

‘उचित रूपमा वैज्ञानिक पद्घतिअनुसार दिनहँु ब्रस मात्र गरियो भने मुलुकमा ५० प्रतिशतभन्दा बढी दाँतको समस्या देखिने छैन,’ प्राध्यापक डा.प्रवीण मिश्र भन्छन्, ‘नेपाल मात्र नभई अधिकांश अमेरिकी नागरिकलाई समेत कति समय दिनहुँ ब्रस गर्नुपर्छ भन्नेबारे जानकारी छैन ।’

राम्ररी र उचित रूपमा दाँत माभmने र हरेक ६ महिनामा नियमित दन्त परीक्षण गराउँदा दाँतसम्बन्धी रोगलाई केही हदसम्म सिरियस हुनबाट रोक्न सकिने प्राडा. मिश्र बताउँछन् Continue Reading तपाईंलाई ब्रस गर्न आउँछ ? >>

Posted in अनौपचारिक | Leave a Comment »

हिङ नभए पनि हिङ बाँधेको टालो हुँ – ज्ञानेन्द्र

Posted by नेपाली मुटु on May 25, 2010

बुढापाकाहरुले त्यसै भनेका होइनन् रहेछन् । हिङ नभए पनि हिङ बाधेको टालोको पनि सँधै मुल्य हुन्छ । यो उखान त पुर्वराजा ज्ञानेन्द्र शाहमा अझ लागु हुन्छ । उनको शिरबाट ताज खोसिएको निकै समय भइसक्यो तर उनी अझै हिङ बाँधेको टालो हुँ भनेर डिङ हाक्न सक्षम छन् । लाग्छ उनमा केहि फेरिएको छैन, बोलिमा अझै उहि सुस्तता । नचाहिने कुरामा जनताको नाम । पुर्खाको ब्याज खाने लोभ । अझ उनी त नारायणहिटीबाट खेदेर आफुलाई न्याय नगरेको सम्म भनिरहेका छन् । आफ्नो जाने र आउँने भइराख्ने भन्दै राजसंस्था सकिएको हाइपोथेटिकल मात्र हो भन्ने ज्ञानेन्द्रलाई अहिले लोडसेडिङले अलिक दुख दिएको छ रे । उनको कुरा सुन्दा थाहा भयो । ज्ञानेन्द्र शाहमा पुर्वराजामा हुनु पर्ने धङधङी अझै रहेछ । उनमा आफ्नो बेला फेरि आउँनेमा अझै पनि आशा छ । भन्छन् “अहिले समय छैन तर चाँडै नै केहि गर्ने समय आउँन सक्छ । हुन त मलाई कसै कसैले दिवास्वप्न देख्न थाल्यो पनि भने र धमिलो पानीमा माछा मार्न थाल्यो पनि भने । तर मलाई केहि गर्न अनुरोध गर्नेको संख्या पनि कम छैन ।” उनले नेपालकै एउटा एफ.एम सँग कुरा गर्दै भने “राजसंस्था जानुमा मेरो छोरो पारसको केहि हात छैन । उसले जे ग¥यो त्यो उसको महानता हो । तर परिवारको ठुलो सदस्य हुनुको हैसियतमा सबै गुण र अवगुणको जिम्मेदारी म आफु नै लिन चाहान्छु ।” तर उनले आफ्नो छोराको महानता चै स्पष्ट पारेनन् ।

उनले आफ्नो जिन्दगी आम मानिसको तरह नै भएको र यसलाई आफुले रमाइलो तरिकाबाट बिताईरहेको भन्न पनि छुटाएनन् । नागार्जुन बस्दा देखि उनले कुकुर पाल्न थालेका छन् रे । बिहान बिहान त्यही कुकुरलाई कसरत गराउछन् रे । राजनितीक प्रश्नमा उनले भने “बिरगञ्जमा सा¥है गर्मीको अनुभव गरें ।” तर त्यो गर्मी राजनितीको थियो वा के को थियो उनले भन्न चाहेनन् । सदा झै सबै कुरा जनतामा निर्भर छ भन्दै उम्कन चाहे पनि आफुले गरेको कामबाट निराश मात्र भएको र पछुतो नभएको कारण समय मिलेमा केहि गर्न सकिने भन्न छुटाएनन् । उनले अहिले आफ्नो राजनितीक भुमिका केहि नभएको प्रस्ट्याउँन रा.प्र.पा. नेपाल सँग पनि आफ्नो समन्ध नभएको तथा आफ्नो कुनै आधिकारीक पार्टी पनि नरहेको बताए ।

पटक पटक जनताको हवाला दिदै जनता अहिलेको नेताहरुसँग सन्तुष्ट नभएको पनि बताइरहे । उनको संवाद र बोली हेर्दा उनमा फेरि केहि हुनेमा अलिक बढि नै आशा भए झै लाग्छ । तर के एक पटक काम नलाग्ने भनेर फालिसकेको राजतन्त्रको बोझ बोक्न फेरि नेपाली नागरिक अघि बढ्लान् त ? सँधै साना साना कुरामा अल्झिएर देशका मुल मुद्धाबाट टाढिने हाम्रा नेताहरुका लागि पुर्वराजाको यस्ता व्यक्तव्य पक्कै पनि आवश्यक हुन्छ । यसले आमनागरिकमा पनि गणतन्त्रमा रहने अठोट अझ बलियो बनाउँछ । आखिर हामी सबैलाई थाहा छ, नेपालबाट राजतन्त्रले बिदा लिनुमा सबै भन्दा ठुलो कारण ज्ञानेन्द्र आफु नै त थिए नी ।

अन्तर्वार्ताको पूर्ण विवरण- Continue Reading हिङ नभए पनि हिङ बाँधेको टालो हुँ – ज्ञानेन्द्र >>

Posted in अनौपचारिक | Leave a Comment »

हलिउड अभिनेत्रीको सम्पत्ति नेपालीलाई

Posted by नेपाली मुटु on May 14, 2010

साँचो नेपाली मनको पुरस्कार

वर्षौंको सेवा र वफादारीको इनाम के हुनसक्छ? नेपाली मूलका अमेरिकी इन्द्र तामाङ उदाहरण बनेका छन्। पहिले घरायसी कामदार रहेका तामाङ अहिले आफै लगभग एक करोड डलर मूल्यको धनसम्पत्तिका मालिक भएका छन्। उनलाई यी सबै सम्पत्ति गत वर्ष ९८ वर्षको उमेरमा निधन भएकी हलिउड फिल्म अभिनेत्री रुथ फोर्डबाट प्राप्त भएको हो। रुथको महल न्युयोर्क सिटीका भव्य महलहरूमा गनिन्थ्यो। रुथको महलसँगै उनका भाइ लेखक तथा फिल्मकर्मी चार्ल्स हेनरी फोर्डको पनि घर छ। सन् २००० मा निधन हुनुअघि चार्ल्सले उक्त घर रुथलाई सुम्पेका थिए। ती दुवै महलका बगैंचा, भान्सा र बैठकमा तामाङले ३५ वर्ष सेवा गरेका थिए र अहिले दुवै महलको स्वामित्व उनमा आएको छ। ‘म एकदम खुसी छु, आफूलाई सम्मानित महसुस गर्दैछु र मालिकहरूको उदारतादेखि निकै प्रभावित छु,’ तामाङले भने। लगभग एक करोड अमेरिकी डलरको मूल्यांकन गरिएको सम्पत्तिमा दुई घर र ती घरभित्र झुन्डिएका दुर्लभ चित्रहरू समावेश छन्।

सन् १९३७ मा बनाइएको रुथकै मुहारचित्र गत महिना १० लाख डलरमा बिकेको थियो। आफूले आफ्ना मालिकहरूसँग स्थापित गरेको दरिलो सम्बन्धका कारण सम्पत्ति पाएकोमा तामाङलाई आश्चर्य भने लागेको छैन। उनल भने, ‘यो मेरो लागि दोस्रो परिवारजस्तै हो र उहा”हरूले पनि मलाई परिवारकै हिस्सा ठान्नुभएको थियो।’

तर, सम्पत्तिसँगसँगै तामाङमाथि लाखौं डलरको करको जिम्मेवारी पनि सरेको छ। त्यसैले उनले दुईमध्ये एक भवनलाई बिक्री गर्ने सोच बनाइसकेका छन् र उनले अपेक्षा गरेको मूल्य हो, ४५ लाख डलर। तामाङ अहिले क्विन्सको छुट्टै घरमा १० वर्षीया छोरी र पत्नीसँग बस्छन्। ‘जहाँ तिम्रो छाना, खाना र नाना छ, त्यहीँ खुसी हुनुपर्छ,’ तामाङले भने। तामाङ नेपालका एक किसान परिवारबाट २२ वर्षको उमेरमा अमेरिकामा प्रवेश गरेका थिए। ‘मैले मेरो बुबाको घर र दुई बच्चालाई घरमा छाडेर अमेरिकामा आई काम गर्न थालेको हुँ,’ उनले सुनाए। Continue Reading हलिउड अभिनेत्रीको सम्पत्ति नेपालीलाई >>

Posted in अनौपचारिक | Leave a Comment »

पशुपतिमा एक बिहान

Posted by नेपाली मुटु on April 19, 2010

उनको नाम मनमाया र उमेर ६५ बर्ष भयो रे । उनको घर सुन्दरीजल तिर भन्थिन् । शनिबार र सोमबार पशुपतिनाथको दर्शन गर्न जादैहुनुहुन्छ भने गेट छेउको देब्रे कुनामा याद गर्नुहोस्, उही मनमाया तपाइलाई चप्पल जुत्ता फुकालेर जान भन्दै हुन्छिन् । तपाईले जुत्ता चप्पल राख्ने बेलामा एक पटक सोध्नुहोला, “जुत्ता चप्पल राखेको कति दिनु ?” हासोको फोहोरा छोड्दै उनी भन्छिन्, “दिनुहोस् न, हजार बा¥ह सय ।” अब हास्नु भन्दा अर्काे बिकल्प तपाइसँग कहाँ रहन्छ र ? मैले उनलाई सँधै यही यसरी नै बस्नुहुन्छ भनेर सोधें, उनले जवाफ दिइन्, “शनिबार र सोमबार चैं सँधै नै बस्छु ।” अरु दिन उनी पसल गर्छिन् रे । के को पसल गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै उनले भनिन्, “तपाइ जस्ता तन्नेरीलाई एक छाक हुने आलु र अलिकति खोर्सानी र थोरै मुठ्ठा साग ।”

बाँच्न जानेकी एक बुढ़ी आमै

Continue Reading पशुपतिमा एक बिहान >>

Posted in अनौपचारिक | Leave a Comment »

नयाँ बर्षको शुभकामना !!!

Posted by नेपाली मुटु on April 13, 2010

यस ब्लगका पाठकहरु र शुभचिन्तकहरुमा नयाँ बर्ष २०६७ सालको सुखद उपलक्ष्यमा सु–स्वास्थ्य, समृदी र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ बर्षले निकै आशा लिएर आउँछ र, नया बर्षमा सबै आफ्नो सपना पूरा होस भनेर त्यस्कै कुरा गर्छन । तर हाम्रा नेताहरुको शुभकामना सन्देशमा पनि घमण्ड, शंका, सन्देह र आन्दोलनले

आकार लिन सकुन सबैका सपनाहरुले !!!

छोडेन । पढ्नुहोस् शुभकामना सन्देशको केहि अंश –

माधबकुमार नेपाल – स्वाभाविक संवैधानिक प्रक्रिया अन्तर्गत आफू २२ राजनीतिक दलको सहमति र समर्थनमा प्रधानमन्त्री निर्वाचित भएको हुँ। अतिवादका सामू घुडा नटेकि लडिरहन्छु ।

राष्ट्रपति – नेपालको दुरगामी यात्रा बीचबाटोमै अल्मलिने हो कि भन्ने आशंकाले आम नेपालीलाई पिरोलिरहेको छ ।

कमरेड प्रचण्ड – सबैखाले प्रतिक्रान्तिकारी षड्यन्त्रहरूलाई परास्त गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न नयाँ वर्ष २०६७ ले सबैमा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु। Continue Reading नयाँ बर्षको शुभकामना !!! >>

Posted in अनौपचारिक | Leave a Comment »