नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for June, 2010

प्रधानमन्त्री नेपालले देशवासीका नाममा गरेका सम्बोधनको पूर्ण पाठ

Posted by नेपाली मुटु on June 30, 2010

आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु!

तेह्र महिनाअघि मैले प्रधान मन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन्। तत्कालीन प्रधान मन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका–संसदबाट म विधिवत् प्रधान मन्त्रीमा निर्वाचित भएको थिएँ। ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश, जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु। राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात–अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु । Continue Reading प्रधानमन्त्री नेपालले देशवासीका नाममा गरेका सम्बोधनको पूर्ण पाठ >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

माकुने अनि राजिनामा ? कलियुग सकिएछ क्यारे

Posted by नेपाली मुटु on June 30, 2010

अपडेट : साँच्चै राजिनामा दिए माधवकुमार नेपालले । धेरै कुरा के भनुँ, साधुबाद माकुनेलाई ।

मैले सपनामा पनि चिताएको थिइन । माधव कुमार नेपालले राजिनामा दिन्छु भन्लान् भनेर । नेपालको इतिहासमै विवादित प्रधानमन्त्री माधवकुमार नेपाल पदमा बसेको एक घण्टा पनि नभई उनी पदमा बसिरहनु पर्ने औचित्य सकिएको बताउँनेको संख्या नेपालमा कम थिएन । एकिकृत ने.क.पा. (माओबादी) होस् या उनकै दल एमाले (?) (खै ! उनको पार्टी यही हो भन्न पनि गा¥हो भयो ।) अथवा नागरिक समाजका गन्ने मान्नेहरु माधवकुमारलाई पटक–पटक पद छाडिदेउ भन्न पछि परेनन् । उद्योग बाणिज्य महासंघका हरुले त गाली पनि खाए क्यारे । अब त सबै थाकीसकेका थिए । फेरि पनि माधवकुमार नेपालले किन हो राजिनामा दिने भएछन् । राजिनामाको बारेमा छलफल गर्दै छन् रे माधवकुमार नेपाल । आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरेर छाड्छन् रे पद । जे होस् गाँठो परिरहेको नेपाली राजनिती केहि खुकुलो हुने भयो । यसका लागि चै उनलाई साधुवाद भन्न मन लागेको छ । भरे राजिनामा दिए छन् भने भनुला ।
के भन्लान् माधवकुमार नेपालले सम्बोधनमा ? पढ्नलाई भित्र आउँनुहोस् Continue Reading माकुने अनि राजिनामा ? कलियुग सकिएछ क्यारे >>

Posted in मेरो भन्नु | Leave a Comment »

क्रिष्टियानो रोनाल्डोको पोर्चुगल बिश्व कपबाट बाहिरियो

Posted by नेपाली मुटु on June 30, 2010

उफ् ! हार सहन कति गा¥हो छ !! हार पछाडी पोर्चुगलका खेलाडी

विश्वकपमा पोर्चुगलका रोनाल्डोबाट धेरैले धेरै आशा गरेका थिए । नेपालमा पनि उनका समर्थकहरुको संख्या कम छैन । मोडलिङ, फुटबल र व्यक्तिगत चर्चाबाट विश्व भर छाएका रोनाल्डोको टोलीले विश्वकपमा सोचे अनुसारको सफलता हात पार्न सकेन । समुह चरणको पहिलो खेलमा आइभोरिकोष्टसँग शुन्य गोलको बराबरी खेलेको पोर्चुगलले जब उत्तर कोरियालाई सात गोल ग¥यो तब धेरैले पोर्चुगल खेलमा फर्किएको विश्वास गरेका थिए । तर समुहको उपविजेता बनेर अर्को खेलमा उक्लेको पोर्चुगलले विश्वकप भरि नै सात गोलमा रहनु प¥यो । Continue Reading क्रिष्टियानो रोनाल्डोको पोर्चुगल बिश्व कपबाट बाहिरियो >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

ढल्यो जापान, बाहिरियो एसिया

Posted by नेपाली मुटु on June 29, 2010

कठिन जित

एसिया यो पटकको विश्वकपबाट पनि बाहिरिएको छ । यो पहिलो पटक चाही होइन तर असफलता जति दोहोरिन्छ, सहन उति गा¥हो बन्दै जान्छ । विश्वकपमा एसियाको सहभागिताको निकै लामो इतिहास छ । तर अहिले सम्म कुनै यस्तो विश्वकप छैन जसमा कुनै पनि एसियाली मुलुक फाइनलमा पुगेको होस् । खाली सहभागिताको लागि सहभागी भइरहेका छन् एसियाली मुलुकहरु विश्वकपमा । यसपालीको विश्वकपमा कप र एसियाको दुरी केहि घट्ने अनुमान गरिए पनि सबै अनुमानमा सिमित भएको छ । सँधै झै एसियाली मुलुक उही इतिहास दोहो¥याउँदै विश्वकपको दोस्रो चरणबाटै बाहिरिएका छन् । Continue Reading ढल्यो जापान, बाहिरियो एसिया >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

प्रधानमन्त्रीको प्रचारमोह / छपाइमा अनियमितता

Posted by नेपाली मुटु on June 29, 2010

माकुनेको प्रचारमोह पनि अचम्मको रहेछ । पहिला पहिला पञ्चायत कालमा राजा र उसका भरौटेले गर्थे रे । आफ्नो शासनकालको अन्त्य ताका पुर्वराजा ज्ञानेन्द्रले पनि खुब प्रचार युद्ध गरेका थिए । आज हाम्रा लिसो प्रधानमन्त्रि माधवकुमार नेपाल पनि खुब प्रचारमा जुटेका रहेछन् । यसलाई त अझ व्यक्तिगत फोटो एल्वम् भन्दा पनि हुने रहेछ । आफ्नो व्यक्तिगत तस्विरहरुको पुस्तक सरकारी खर्चमा निकाल्ने त्यो पनि अनियमित तवरबाट । वाह ! मान्नै पर्छ हाम्रा प्रधानमन्त्रिलाई त । आखिर उनले बुझिसकेका छन् जनता भनेका केहि होइनन् । नत्र दुई ठाउँबाट हारेका र संविधानकै पक्षमा नरहेका उनलाई किन पो प्रधानमन्त्रि मानिरहन्थे । हेर्नुहोस् e-kantipur.com.np बाट लिइएको बलराम बानियाँ र सरोजराज अधिकारीबाट तयार पारिएको समाचारको पुर्ण विवरण

Posted in जस्ताको त्यस्तै | Leave a Comment »

ह्याप्पी असार १५

Posted by नेपाली मुटु on June 29, 2010

आज असार १५ । थाहा छ नि असार १५ भनेको के हो ! हामी नेपालीहरुका अनेक चाडपर्वहरु छ्यापछ्यापी छन् तर यो असार १५ यस्तो चाड हो जुन कुनै पात्रोमा खोजेर पाइदैन । कुनै शास्त्रमा पनि असार १५ मा यो गर्नु वा त्यो गर्नु भनेर उल्लेख गरेको छैन रे । तर असार १५ जहाँ सुकै मनाईन्छ । दहि चिउरा खाएर हिलोमा खेल्दै थाकेको शरिरमा नयाँ प्राण भर्न असार १५ सदिऔं देखि हामी माझमा छ ।

हिलो छ्याप्दै असार १५ मनाउँदै किशोरीहरु


तपाई शहरमा हुनुहुन्छ भने पनि असार १५ मनाउँन सक्नुहुन्छ । अलिकति दहि चिउरा खानुहोस र, छेउमा जो छ उसलाई एक बाल्टि पानी खन्याइदिनुहोस् । गाउँमा हुनुहुन्छ भने त आहा ! असार १५ तपाईले जसरी त कस्ले मनायो होला र ? तपाई मनाउँनु भएको छ कहिलै असार १५ ? छ भने कसरी भन्नुहुन्छ कि !!! Continue Reading ह्याप्पी असार १५ >>

Posted in आफ्ना मान्छेहरु | 2 Comments »

ब्राजिल छैटौ जितमा अग्रसर

Posted by नेपाली मुटु on June 29, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले चीलीलाइ ३-० ले पराजित गरेको छ। यस जीतका साथ ब्राजिलले चीलीसंग २००५ देखी खेलिएका सबै सात खेलहरूमा बिजय हासिल गरेको छ।

ब्राजिलले यी सात खेलहरूमा २८ गोल गरेको तथा ३ गोल खाएको थियो। हालसम्म ब्राजिल तथा चीली बीच हालसम्म ६६ खेलहरू खेलिएकोमा ब्राजिलले ४७ खेलमा तथा चीलीले ७ खेलमा बिजय हासिल गरेको थिए। यी दुइ टोलीहरूकाबीच १२ खेल बरावरीमा टुंगिएको थियो। Continue Reading ब्राजिल छैटौ जितमा अग्रसर >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

नेदरल्याण्ड विजयपथमा

Posted by नेपाली मुटु on June 29, 2010

समुह चरणको सबै खेल जितेर प्रि क्वाटरफाईनलमा उपस्थित भएको नेदरल्याण्डले सोमबार भएको स्लोभाकियासँग पनि दमदार प्रदर्शन गरेको छ । डिफेन्डिङ च्याम्पियन इटालीलाई हराउँदै समुहको उपविजेता बनेर समुह चरण पार गरेको स्लोभाकिया धेरै अवसरहरु प्राप्त गरे पनि अर्को चरणमा उक्लन सफल हुन सकेन । Continue Reading नेदरल्याण्ड विजयपथमा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

अर्जेन्टिनाको अपराजित यात्रा

Posted by नेपाली मुटु on June 28, 2010

कस्ले रोक्न सक्ला यो गतिलाई विश्वकप जित्नबाट ? बल दौडाउँदै अर्जेन्टिनाका लिओनेल मेस्सि

दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले मेक्सिकोलार्इ ३-१ ले पराजित गरेको छ। Continue Reading अर्जेन्टिनाको अपराजित यात्रा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

रेफ्रीले नदेखेको तर विश्वले देखेको गोल

Posted by नेपाली मुटु on June 28, 2010

इंग्ल्यान्डलाई शानदार ढंगले ४-१ले पराजित गर्दै जर्मनी क्वार्टर फाइनलमा प्रवेश त गर्‍यो, तर जर्मनीको विजयभन्दा पनि बढी चर्चा इतिहासमा सँधै इंग्ल्यान्डका लाम्पार्डले गरेको यो गोलको हुने निश्चित छ। मध्यान्तर अगाडि २-१ ले इंगल्यान्ड पछाडि पर्दा विश्वले देखेको यो गोल दुर्भाग्यपूर्ण रुपमा उरुग्वेका रेफ्रीले भने देखेन। यो खेलमा सबै अधिकारीहरु उरुग्वेका नै थिए। मुख्य रेफ्री जोर्गे ल्यारिओन्डा, लाइन्सम्यानहरु पाब्लो फान्डिनो, माउरिसियो एस्पिनोसा र मार्टिनो भाज्कुएज सबै उरुग्वे कै थिए। तर यो गल्तीका लागि रेफ्री मात्र हैन, समग्रमा फुटबलको नियम बनाउने अधिकारीहरु नै दोषी देखिने छन्। किनभने ती अधिकारीहरुले नै गोल लाइन प्रविधि र टिभी रिप्लेलाई अस्वीकार गर्दै आएका छन्। उनीहरुको तर्क छ- ९० मिनेटको खेलमा प्रविधिको सहायता लिँदा खेलको मानवीय पक्ष मर्छ र प्रविधि हावी हुन्छ। अनि के रेफ्रीले तानाशाह जस्तो जस्तो गलत निर्णय गरे पनि स्वीकारिरहने ? यो घटनाले यो विषयमा बहस चर्काउने छ। तपाईँलाई के लाग्छ ? प्रविधिको प्रयोग गर्नुहुन्छ कि हुन्न ? Continue Reading रेफ्रीले नदेखेको तर विश्वले देखेको गोल >>

Posted in जस्ताको त्यस्तै | Leave a Comment »

इङ्गल्याण्ड माथि जर्मनीको 4-1 को शानदार जित

Posted by नेपाली मुटु on June 27, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको प्रि-क्वाटरफाइनलमा जर्मनले इगंल्याण्डलाइ ४-१ ले पराजित गरेको छ।

खेलको २० औं मिनेटमा जर्मनीका मिलोस्लाभ क्लोजले एस्ले कोललाइ छकाउदै पहिलो गोल गरेको थियो। यसको लगत्तै जर्मनीकालागि पोडस्कीले खेलको ३२ औं मिनेटमा दोस्रो गोल गरेका थिए। यस खेलमा दुबै टोलीले लामा लामा पास दिएर तीब्र गतीको खेल प्रदर्शन गरेका थिए। दुबै टोलीले एक अर्का माथी निकै खतरनाक आक्रमणहरू गरेका थिए। Continue Reading इङ्गल्याण्ड माथि जर्मनीको 4-1 को शानदार जित >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

अफ्रिकाको नाक बचायो घानाले

Posted by नेपाली मुटु on June 27, 2010


दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह शनिबार भएको प्रि-क्वाटरफाइनलमा घानाले अमेरिकालाइ २-१ ले पराजित गरेर क्वाटरफाइनलमा प्रवेस गरेको छ। घाना बिश्वकपको क्वाटरफाइनलमा पुग्ने तेस्रो अफ्रिकी राष्ट्र भएको छ। यो विश्वकपमा घानाले मात्र अफ्रिकाको प्रतिनिधित्व गरेको छ । Continue Reading अफ्रिकाको नाक बचायो घानाले >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

उरूग्वे पुग्यो क्वाटरफाइनलमा

Posted by नेपाली मुटु on June 26, 2010


दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह शनिबार भएको पहिलो प्रि-क्वाटरफाइनलमा उरूग्वेले दक्षिण कोरियालाइ २-१ ले पराजित गरेर क्वाटरफाइनलमा प्रवेस गरेको छ। यस जीतका साथ धेरै पछी ब्राजिल तथा अर्जेन्टिना बाहेक क्वाटरफाइनल पुग्ने दक्षिण अमेरिकी महादेशको राष्ट्र बनेको छ। Continue Reading उरूग्वे पुग्यो क्वाटरफाइनलमा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

विश्वकप रणसंग्राम, को को भिड्छन् को को सँग

Posted by नेपाली मुटु on June 26, 2010

समुह एच् को अन्तिम चरणको खेलको समाप्तिसँगै अन्तिम सोह्रमा जाने टिमको पनि छिनोफानो भएको छ । विश्वकप कुनै रणसंग्राम भन्दा कम छैन भनेर समुह चरणका खेलहरुले स्पष्ट पारिसकेका छन् । यस पटकको विश्वकपको समुह चरण पनि कम रोमाञ्चक भएन, अनौठा र चमत्कारिक नतिजाहरुले धेरै समर्थकलाई स्तब्ध पा¥यो भने आकस्मिक खुसी हुनेको संख्या पनि उल्लेख्य नै रहेको छ । एसियालाई तुलनात्मक रुपमा कम आँकिए पनि समुह चरणको खेलमा एसियाको उपस्थिती सम्मानजनक रह्यो । जापान र दक्षिण कोरिया आफ्नो छुट्टै खेल बिधीको सफलता देखाउँन सफल रहे । युरोपेली समुहका लागि यो विश्वकप त्यती फलदायी रहेको छैन । युरोपेली महारथीहरु एक पछि अर्को ढलिरहदा दक्षिण अमेरिकन टिमहरु विश्वकपमा आफ्नो दाबेदारी अझ मजबुत बनाउँन सफल भईरहे । दाबेदार भनिएका कतिपय टिमहरु समुह चरणबाट नै घर फर्किन बाध्य भए पछि यसपालीको विश्वकप धेरै हदसम्म अनुमान भन्दा बाहिर गएको थाहा हुन्छ । यसैले त भनिन्छ, खेलको आँखा हुदैन ।

विश्वकपमा को को कसरी अघिल्लो चरणमा पुगे र, अब कोसँग कहिले भिड्नेछन् । Continue Reading विश्वकप रणसंग्राम, को को भिड्छन् को को सँग >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

स्पेन र चीली दोस्रो चरणमा

Posted by नेपाली मुटु on June 26, 2010

दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह एच अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट स्पेन तथा चीली दोस्रो चरणमा प्रवेस पाएको छ । स्विजरल्याण्ड तथा होन्डुरस भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

Continue Reading स्पेन र चीली दोस्रो चरणमा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »