आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ? किताबका पाना–पानामा पढेर नसकिने गरि लेखिएका छन् पानीका लागि हजारौं कविता, गीत र लेखहरु तर कहिले भेटिन्छ अञ्जुली भर पानी ? विश्वको दोस्रो जलसम्पदामा धनी देश । हिमालका कोखबाट कहिलै नरित्तिने गरि बगिरहेका सयौं नदिनालाहरु । मनै हर्ने सुन्दरताका धनी ताल र पोखरीहरु । यस्ता मिठा–मिठा उपमाहरु सुन्दा लाग्छ यो खाली कितावका पानाहरुमा सुहाउछ, वास्तविकता यो हो कि हामीबाट ति सम्पदाहरुको उपस्थितीमा खाली प्रश्न चिन्हमात्र लाग्नेछ ।
एकपटक हाम्रो धरातल हेर्ने हो भने सबै कति फिक्का, औपन्यासिक र केटौले लाग्छन् । मलाई बुझ्न भई रहेछ हाम्रो वास्तविकता के हो ? हामी धनी हौ कि गरिब हौ ? म अहिले सम्पुर्ण बिषयको उत्तर चाहन्न, मेरो प्रश्न केवल पानीसँग समन्धित छ । मलाई गणितिय तथ्याकं र अनेक प्रमाणिक विवरणहरु चाहिएको छैन, मलाई नेपालका नदिनालाबाट प्रत्येक सेकेण्डमा कति घनमिटर पानी बग्दछ जान्नु छैन, म केवल यत्ति जवाफ चाहन्छु कि निर्धक्कसँग अञ्जुलीभर पानी घरमै थाप्न कहिले पाईन्छ ? Continue Reading आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ? >>
Archive for February, 2010
आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ?
Posted by नेपाली मुटु on February 25, 2010
Posted in मेरो भन्नु, Uncategorized | Tagged: Uncategorized | 1 Comment »
स्वार्थी संसार
Posted by गणेश कार्की on February 21, 2010
उ हास्यो. पेट मिची-मिची हास्यो. उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले. उ धेरै जनासंग केहि बेर हासिरह्यो.
उ रोयो. छाती पिटी-पिटी रोयो. उ रोएको देखेर अरु कोहि पनि रोएनन बरु अलिक पर पुगेर उ रूदाको अभिनय गर्दै हास्न थाले. उ एक्लै धेरै बेर रोहिरह्यो. Continue Reading स्वार्थी संसार >>
Posted in कथा/लघुकथा | Leave a Comment »
प्रश्न सहअस्तित्वको
Posted by गणेश कार्की on February 19, 2010
म को हुँ ?
तिमी जस्तो हो कि होईन ?
यो देश,
जसलाई तिमी आफ्नो भन्छौ
यो मेरो चाहीँ हो कि होईन ?
आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ
मेचीमा तिम्रो रगत बग्दा
कालीमा मेरो पनि रगत बग्दैथियो
आगोमा तिम्रो पाउ पर्दा
मेरो शरिर पनि जल्दैथियो
जति तिमीले सह्यौ,
त्यती नै मैले भोगेको छु ।
जति तिमीले देख्यौ,
त्यती नै मैले सहेको छु ।
फेरि किन तिम्रो लागि मेरो बलिदानले अर्थ लिएन ?
मलाई आज अर्थ चाहिन्छ ।
Continue Reading प्रश्न सहअस्तित्वको >>
Posted in कविता | 3 Comments »
जीवन एक पानीको फोका
Posted by गणेश कार्की on February 17, 2010
हरेक दिन ज्ञानेश्वरबाट बागबजार ट्युसन पढ्न जान्छु भनेर लेख्नुमा के अर्थ भेटिएला र ? ( त्यो पनि पैदल )
हरेक दिन ट्युसन पछि क्याम्पस फेरि हिड्दै जान्छु भनेर लेख्नुमा पनि त अर्थ छैन । क्याफेमा बसेर चिया पिएको कुराले जीवन असर पार्दाे हो त ?
सब बेकार छ, बेअसर कुराहरु । खाली दिन कट्यो भनेर जनाउँने सुचकहरु । Continue Reading जीवन एक पानीको फोका >>
Posted in निबन्ध | 4 Comments »
गजल
Posted by गणेश कार्की on February 17, 2010
खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति
हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति ।
छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन्
तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।।
तिमी नि लजायौ, आँखा पर्दा तिमीमा कसैका
छ्रैनौं निर्धक्क? तिमीमा नजरका बिटा कति ।
Continue Reading खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति >>
Posted in गजल | 2 Comments »
fact
Posted by नेपाली मुटु on February 17, 2010
Electricity generated by wind in China = 11,000 MW
Electricity generated by wind in India = 12,000 MW
Electricity generated by wind in Nepal = 0 MW
I heard it on Avenues TV just a few days back. And well if u think about it, हाम्रो government is NOT even thinking of alternate productions. I mean कति बिधी मात्र visionless. At least अहिले देखि केही initiate गरेको भए पछि हाम्रा साखा-सन्तान त अँध्यारोमा बस्न पर्दैनथ्यो!! तर no matter what, हामीले छोराछोरीहरुलाई चाहिं dialogue हान्न पाइने भो;
“हाम्रा पालामा बत्ती त हुन्न थियो!! ‘कस्तो दु:ख गरेर पढेको’ तिमीहरुलाई के थाहा?..यस्तो आनन्द कहाँ थियो र?” Continue Reading fact >>
Posted in मेरो भन्नु | Leave a Comment »
घर जानु अगी
Posted by नेपाली मुटु on February 17, 2010
आज परीक्षा सकियो. त्यति राम्रो त भएन तै पनि परीक्षा सकिनुको छुटै मज्जा छ. बल्ल बल्ल केहि दिन कै लागि भए पनि मेसिन जस्तो जिन्दगी बाट छुट्टी मिलेको छ. म यो समयलाई जति सक्दो राम्ररी उपयोग गर्न चाहन्छु, मैले धेरै सोचे के गर्दा छुट्टी राम्रो र रमाइलो हुन्छ होला, आखिरमा एउटा राम्रो जुक्ति आयो दिमागमा, एक्कासी मनले भन्यो म घर जान्छु.
मेरो घर, जहाँ म संसार भरिका खुसीहरू पाउन सक्छु, आफ्नो मनलाई जसको सामु पनि निर्धक्क फुकाउन सक्छु. मलाई घरमा बस्न पाउनु संसारका सारा खुसीहरू मध्येको उत्तम लाग्छ. अझ डेरामा दुइटा कोठामा खुम्चिएको जिन्दगीले फैलिनका आकाश पाए जस्तो लाग्नु आफ्नो ठाउँमा छदै नै छ. मलाई एकदम खुसि लगेर आउछ जब मेरा भतिजाहरु बाटामै मेरो झोला लिन आइपुग्छन, कसैबाट आधि बाटैमा हात समाउदै आफ्नो प्यारो घर लगिनुको खुसि म कसै गरेपनि लेख्न सक्दिन. Continue Reading घर जानु अगी >>
Posted in आफ्ना मान्छेहरु | Leave a Comment »
मेरी हजुरआमा
Posted by नेपाली मुटु on February 17, 2010
मेरी हजुरआमा, तिन छोरा र पाँच छोरीहरुकी आमा, २९ नाती-नातिना र अझै धेरै पनाति-पनातिनीहरुकी आफ्नै ममतामयी धरोहर हुनुहुन्छ. उहाँको अनौठो बिसेषता हामी यति धेरै हाँगा हरु उहाँबाट फैलिएका छौ तर पनि हामी हरेकको लागि उहाँ बिसेष हुनुहुन्छ. म सुन्थे हामी सानै देखि एक-अर्का संग विवाद गर्थ्यौ कि हजुरआमाले सबै भन्दा बढी मलाई माया गर्नुहुन्छ.
म कहिले बिर्सिन सक्दिन उहाँ बाट पाउने साना-साना तर मुल्यवान उपहारहरु, ति जे पनि हुन सक्थे एउटा मिश्रीको डल्लो, मिठो कसैले उहाँलाई भनेर ल्यैदिएको कुरौनी, उहाँको पुरानो र हाम्रो लागि संसारको सबै भन्दा बढी पैसा भएको थैलीबाट दिएको १ रुपयांको नोट आदि आदि. अनि म ठान्थे उहाँले मलाई जति माया सायदै कसैलाई गर्नु हुन्छ. Continue Reading मेरी हजुरआमा >>
Posted in आफ्ना मान्छेहरु | Leave a Comment »
मलाई माया गर्छु भन्ने ए मान्छे
Posted by गणेश कार्की on February 17, 2010
मलाई माया गर्छु भन्ने ए मान्छे
यसरी नै सधै भरि माया गर्न सक्छौ के?
बसन्त र बहार मात्रै हैन यो जीवन
चल्ने गर्छ यदाकदा होस् उडाउने तुफान.
खुसीमा मुहार भरि मुस्कान दिए जस्तै
दुख पर्दा काखमा शिर राख्न दिन्छौ के?
जुन भनि फुल भनि तिमीलाई बोलाउँला
रिसाउदै बिनाकारण चित्त दुखाउला.
मिठा-मिठा पहिलेका कुरा मनमा खेलाउदै
कहिलेकहिको झर्को फर्को सहन सक्छौ के?
Continue Reading मलाई माया गर्छु भन्ने ए मान्छे >>
Posted in गीत | Leave a Comment »
बाँच्न देउ
Posted by गणेश कार्की on February 17, 2010
तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ.
मलाई बाच्न देउ तिम्रो वरिपरी
मेरो हरेक यात्रामा हिउँ नापरिदेउ
मा बस्ने चौतारीमा हुरी नचलाइदेउ
तिम्रो साथमा सबै-सबै ऋतु छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ.
मलाई बाच्न देउ तिम्रो वरिपरी
हरेक साँझमा आकाश डढेको छ
हरेक बिहान झरी परेको छ
तिम्रो हासोमा सबै-सबै मौसम छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ.
मलाई बाच्न देउ तिम्रो वरिपरी
Continue Reading बाँच्न देउ >>
Posted in गीत | 1 Comment »
गजल
Posted by गणेश कार्की on February 17, 2010
तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला
तिमी बेल लटरम्म, म काग भएरै बाँचुला ।
डसेर घाउ दियौ, माया होला भनी सम्झिरहे
भन्छौ ऐले तिम्ले डस्यौ, लौ नाग भएरै बाँचुला ।।
आँखामा राखेको थिएँ, अहिले मात्र आँशु बाँकी
अझै ठान्छौ म बिझाएँ, लौ राग भएरै बाँचुला ।
Continue Reading तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला >>
Posted in गजल | Leave a Comment »
गजल
Posted by गणेश कार्की on February 17, 2010
अगस्तिको यो सन्सार देख्छु, र भोक लेख्न थाल्छु
देख्छु पिडा मानव जातको, र शोक लेख्न थाल्छु .
काल पल्क्यो कर्णालीमा, पिर्का भन्दा चिहान धेरै
गाउँ र बस्ति सखाप हुन्छ, र रोग लेख्न थाल्छु .
साला कागजे टुक्रोले मानवता पाखा लाउदा
तितो यथार्थले डस्छ, र मनभोग लेख्न थाल्छु.
Continue Reading अगस्तिको यो सन्सार देख्छु, र भोक लेख्न थाल्छु >>
Posted in गजल | Leave a Comment »
नेपालको सिमाना कति हो ?
Posted by नेपाली मुटु on February 17, 2010
नेपाल को सिमाना इतिहासमा पूर्वमा टिस्टा र पश्चिममा कांगडा सम्म पुगेको थियो भनेर हामीहरु किताबका पानाहरुमा चर्चा गर्छौ र आफ्ना बिर पुर्खाहरुमा गौरव गर्छौ. कैले काँही हामी सोच्छौ के हाम्रा पुर्खाहरु त्यति बिघ्न बहादुर थिए ? कसरि लडेहोलन खुकुरीले बन्दुक र तोप संग ?कति मरेहोलान तोपका ताता ताता गोलिहरुले ? तर पनि आफ्नो देश र आफ्नो भूमिलाई आफ्नो अस्तित्व सम्झेर बचाए , देश रहे हामी रहन्छौ वन्ने त्यो महान विचार सबैको मनमा एक साथ् कसरि ब्युतियो होला ? के त्यहिँ बिचारको कारण हैन हामीहरु नेपाली भएर बाच्न पाएका ? तर खोइ आज हाम्रो त्यो नेपाल ? खोइ हाम्रो त्यो भावनाहरु ? आऊ अब जुटौ महान नेपाल पाउन
नेपाल हाम्रो हो .हामीलाई कसैको एक इन्च जमिन चाहिएको छैन र कसैलाई हाम्रो एक इन्च जमिन दिन चाहन्नौ भनेर आवाज उठाउ. साच्चै नेपाल हाम्रो हो आज पनि पूर्व टिस्टा देखि पश्चिम कांगडा सम्म .
आधारहरु :- Continue Reading नेपालको सिमाना कति हो ? >>
Posted in मेरो भन्नु | Leave a Comment »
मेरो सन्सार पनि तिम्रै जस्तो छ
Posted by गणेश कार्की on February 17, 2010
हो साथि
म अहिले भूतकालमा बाचिरहेको छु
तिमीले अस्ति देखेको सन्सार
म आज देख्दैछु
तिमीले हिजो भोगेको जीवन
मैले भोलि भोग्न पाए
म एक्काइसौ शताब्दी टेकेको मान्नेछु
म आजभोली
यो बाटो नपुगेको सभ्यतामा
बासि अखवारका पन्ना बाट
ताजा समाचारहरु छान्दैछु
तिम्रो र मेरो जीवनमा
यत्ति फरक म सोच्न सक्दिन
किन तिमि उचाइमा छौ
किन म धर्तीमा छु ?
किन तिमि त्यस्ता भयौ
किन म यस्तो छु ?
तिमीले पसिना बगाउदा
मैले रगत बगाए
तिमीले माटो छुदा
मैले ढुंगा पल्टाए
तर आज
तिमि इन्टरनेट को फूलबारीमा छौ
र ,
ब्लोगिंग खेल्दैछौ
म जंगलमा गिठ्थासंगा छु
र , दंदिबियोमा रमाउदैछु
तर हेर
कुनै दिन हामी एउटी धरातलमा थियौ
र , फेरी
एक दिन उस्तै परिवेशमा हुनेछौ
जब म
मेरो बारीको नस्पातिको फेदबाट
Continue Reading मेरो सन्सार पनि तिम्रै जस्तो छ >>
Posted in कविता | 1 Comment »