नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘आफ्ना मान्छेहरु’ Category

‘तँ आँट्, म पुरा गर्छु’

Posted by नेपाली मुटु on August 30, 2010

Like this at Facebook!

मानिसको आँटलाई देवताले पनि पछ्याँउछन् रे । यसैले देवताले भन्छन् रे तँ आँट्, म पुरा गर्छु । यो आँटको, हिम्मतको कुनै सिमाना हुदैन । र, अवसर दिए सबैको हिम्मत र चाहनाले मुर्तरुप लिन सक्छ । यसैले त अब disable हैन differently able भनिनु पर्ने कुरा आइरहेको छ । उसुका राष्ट्रिय खेलाडी समी लामाको सहयोगमा नेपाल स्पाइनल कर्ड इन्ज्युरी स्पोर्टस् एसोसिएसनले मेरुदण्ड पक्षघात भएकाप्रति सामाजित दृष्टिकोण सकारात्मक पार्ने उद्देश्यले पौडी प्रतियोगिता आयोजना गरेको थियो । महिला र पुरुष दुइ बिधामा भएको प्रतिस्प्रधामा दश जना पक्षघातबाट पिडितहरुले सहभागिता जनाएर आफ्नो आँट र सक्षमताको उदाहरण दिएका छन् । Continue Reading ‘तँ आँट्, म पुरा गर्छु’ >>

Posted in आफ्ना मान्छेहरु | 1 Comment »

गुरुकुलमा सपनासँग एकछिन

Posted by नेपाली मुटु on July 19, 2010

ठ्याक्कै मिती त बिर्षीसकेछु । एक द्धैनिक पत्रिकाको कभर पेजमा नै थियो, राजनितीक विश्लेषक सीके लालको एउटा लेख । शिर्षक पनि सम्झिन निकै गा¥हो भइरहेको छ, पक्कै गणतन्त्रको अदालतमा सपनाको साविती हुनुपर्दछ । यसो हेरे । बाँकी अर्कै पेजमा थियो । सरासर भनिएको पेज पल्टाएथें । त्यो त त्यो पेज भरि लमतन्न भएर अरु पेजमा पनि फैलिएको थियो । द्धैनिक पत्रिकामा नढाटी भन्दा मलाई लामा–लामा लेखहरु पढ्न निकै भारी लाग्छ । लामै लेख नै पढ्नु परे अरु साप्ताहिक र मासिक अनि द्धैमासिक तथा बहुमासिक म्यागेजिनहरु किने भइहाल्यो नि । द्धैनिक पत्रिकामा छोटा लेख र समाचारहरु मात्र सुहाउँछन् । (यसका लागि फेरि पनि साथीहरुसँग अझै विवाद गर्न म तयार छु ।) खैर, भन्नु यत्ति हो, नागरिक द्धैनिकमा छापिएको सीके लालको त्यो लेख मैले पढिन । तर जब गुरुकुलमा त्यो लेखको नाटक मञ्चन हुदैछ भन्ने थाहा पाए । घर भरि खोजेर पनि त्यो नभेटे पछि थकथकाउँनुको अर्को विकल्प रहेन । जडसिद्धान्तले दुःख दिन्छ भन्थे हो रहेछ । Continue Reading गुरुकुलमा सपनासँग एकछिन >>

Posted in आफ्ना मान्छेहरु | Tagged: , | Leave a Comment »

ह्याप्पी असार १५

Posted by नेपाली मुटु on June 29, 2010

आज असार १५ । थाहा छ नि असार १५ भनेको के हो ! हामी नेपालीहरुका अनेक चाडपर्वहरु छ्यापछ्यापी छन् तर यो असार १५ यस्तो चाड हो जुन कुनै पात्रोमा खोजेर पाइदैन । कुनै शास्त्रमा पनि असार १५ मा यो गर्नु वा त्यो गर्नु भनेर उल्लेख गरेको छैन रे । तर असार १५ जहाँ सुकै मनाईन्छ । दहि चिउरा खाएर हिलोमा खेल्दै थाकेको शरिरमा नयाँ प्राण भर्न असार १५ सदिऔं देखि हामी माझमा छ ।

हिलो छ्याप्दै असार १५ मनाउँदै किशोरीहरु


तपाई शहरमा हुनुहुन्छ भने पनि असार १५ मनाउँन सक्नुहुन्छ । अलिकति दहि चिउरा खानुहोस र, छेउमा जो छ उसलाई एक बाल्टि पानी खन्याइदिनुहोस् । गाउँमा हुनुहुन्छ भने त आहा ! असार १५ तपाईले जसरी त कस्ले मनायो होला र ? तपाई मनाउँनु भएको छ कहिलै असार १५ ? छ भने कसरी भन्नुहुन्छ कि !!! Continue Reading ह्याप्पी असार १५ >>

Posted in आफ्ना मान्छेहरु | 2 Comments »

लोकतन्त्र कालो हुन्छ/विश्वलाई जित्ने नेपाली भिडियो (भिडियो सहित)

Posted by नेपाली मुटु on June 22, 2010


अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका एक युवा विजेता बनेका छन् । काभ्रेको महादेवस्थान गाविसका २० वर्षिय अनुप पौडेल बिजेता बनेका हुन् । उनले ‘डेमोक्रेसी इज ब्ल्याक’ नामक वृत्तचित्र बनाएर प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता रहेको थियो । भिडियो मार्फत डेमोक्रेसीको परिभाषा उल्लेख गर्नुपर्ने उक्त प्रतियोगीतामा उनले १ मिनेट ३० सेकेन्डको भिडियो क्लिप तयार पारेका थिए । उनले चारवटा फरकफरक रङ्गहरुको मिश्रण गरी डेमोक्रेसीलाई परिभाषित गरेका थिए । डेमोक्रेसी भनेको एकता, स्वतन्त्रता, शान्ति र मायालाई उनले परिभाषित गरेका थिए । मैले बनाएको भिडियो उत्कृष्ट भएकोमा साह्रै खुशी लागेको छ’ उनले भने ‘यो मेरो मात्र बिजय नभई नेपालको समेत बिजय हो ।’
Continue Reading लोकतन्त्र कालो हुन्छ/विश्वलाई जित्ने नेपाली भिडियो (भिडियो सहित) भिडियो हेर्न भित्र आउँनुहोस् >>

Posted in आफ्ना मान्छेहरु | 2 Comments »

घर जानु अगी

Posted by नेपाली मुटु on February 17, 2010

आज परीक्षा सकियो. त्यति राम्रो त भएन तै पनि परीक्षा सकिनुको छुटै मज्जा छ. बल्ल बल्ल केहि दिन कै लागि भए पनि मेसिन जस्तो जिन्दगी बाट छुट्टी मिलेको छ. म यो समयलाई जति सक्दो राम्ररी उपयोग गर्न चाहन्छु, मैले धेरै सोचे के गर्दा छुट्टी राम्रो र रमाइलो हुन्छ होला, आखिरमा एउटा राम्रो जुक्ति आयो दिमागमा, एक्कासी मनले भन्यो म घर जान्छु.

मेरो घर, जहाँ म संसार भरिका खुसीहरू पाउन सक्छु, आफ्नो मनलाई जसको सामु पनि निर्धक्क फुकाउन सक्छु. मलाई घरमा बस्न पाउनु संसारका सारा खुसीहरू मध्येको उत्तम लाग्छ. अझ डेरामा दुइटा कोठामा खुम्चिएको जिन्दगीले फैलिनका आकाश पाए जस्तो लाग्नु आफ्नो ठाउँमा छदै नै छ. मलाई एकदम खुसि लगेर आउछ जब मेरा भतिजाहरु बाटामै मेरो झोला लिन आइपुग्छन, कसैबाट आधि बाटैमा हात समाउदै आफ्नो प्यारो घर लगिनुको खुसि म कसै गरेपनि लेख्न सक्दिन. Continue Reading घर जानु अगी >>

Posted in आफ्ना मान्छेहरु | Leave a Comment »

मेरी हजुरआमा

Posted by नेपाली मुटु on February 17, 2010

मेरी हजुरआमा, तिन छोरा र पाँच छोरीहरुकी आमा, २९ नाती-नातिना र अझै धेरै पनाति-पनातिनीहरुकी आफ्नै ममतामयी धरोहर हुनुहुन्छ. उहाँको अनौठो बिसेषता हामी यति धेरै हाँगा हरु उहाँबाट फैलिएका छौ तर पनि हामी हरेकको लागि उहाँ बिसेष हुनुहुन्छ. म सुन्थे हामी सानै देखि एक-अर्का संग विवाद गर्थ्यौ कि हजुरआमाले सबै भन्दा बढी मलाई माया गर्नुहुन्छ.

म कहिले बिर्सिन सक्दिन उहाँ बाट पाउने साना-साना तर मुल्यवान उपहारहरु, ति जे पनि हुन सक्थे एउटा मिश्रीको डल्लो, मिठो कसैले उहाँलाई भनेर ल्यैदिएको कुरौनी, उहाँको पुरानो र हाम्रो लागि संसारको सबै भन्दा बढी पैसा भएको थैलीबाट दिएको १ रुपयांको नोट आदि आदि. अनि म ठान्थे उहाँले मलाई जति माया सायदै कसैलाई गर्नु हुन्छ. Continue Reading मेरी हजुरआमा >>

Posted in आफ्ना मान्छेहरु | Leave a Comment »