नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘समाचार विश्लेषण’ Category

हातपात पनि भयो, अब हुन बाँकी के छ र ?

Posted by नेपाली मुटु on November 20, 2010

हामीले भर्खरै मात्र लोकतन्त्रको अभ्यास गरेको भए पनि के भयो र ? हामीले संसदिय व्यवश्थाको पुरापुर अनुभव लिइरहेकै छौ । संसद भित्र जति बबण्डर हुनु पथ्र्यो, हाम्रा नेताहरुले त्यो भन्दा बढि नै गरेका होलान् । संसदिय व्यवश्थाको सबै भन्दा ठुलो हतियार चुनावलाई मानिन्छ । प्रधानमन्त्रीको चुनाव सत्रौ पटक गरेर यसको पनि अभ्यास र अनुभव लिइरहेकै छौ । रातारात बैठक, सहमती अनि अरु अरु पक्रिया पनि चलिरहेकै छन् । हुन बाँकी यति थियो कि संसद भवन भित्र कुटाकुट भएको थिएन, अब त्यसको पनि अभ्यास पुरा भएको छ । बजेट भाषण गर्न उठेका सुरेन्द्र पाण्डेलाई माओवादी सभाषदहरुले हात नै हाले । बजेटको ब्रिफकेस नै तोडियो । हिजो हुने भनिएको बजेट भाषण बिथोलियो र, आकस्मिक रुपमा संसद अधिवेशन टुङयाईयो ।

हाम्रा नेताहरु मिल्दैनन् भन्ने त जगजाहेर नै छ । तर यसरी खुल्लमखुल्ला मुक्का हानाहानमा नै उत्रेलान् भनेर चाँही सोचिएको थिएन । हाम्रा नेताहरु यो कुरामा चै हामीले भने भन्दा बढ्ता नै रहेछन् ।

कहाँ बिग्रियो कुरा ?
हाम्रा नेताहरु गोप्य बैठक भन्दै कहाँ कहाँ जमघट जमाउँथे । ति बैठकमा के हुन्थ्यो थाहा भएन । तर अहिले आएर थाहा पाए अनुसार माओवादीले राष्ट्रपतीले बाधा अड्काउ फुकाएर ल्याउने बजेटमा हामी प्रतिपक्षमा बस्ने छौ भनेर जवाफ दिएको थियो रे । अर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन् , “सामान्य बिरोध होला भन्ने ठानेका थियौ तर अति नै भयो । ” Continue Reading हातपात पनि भयो, अब हुन बाँकी के छ र ? >>

Posted in समाचार विश्लेषण | Leave a Comment »

रेफ्रि नभई पनि खेल हुन्छ र ?

Posted by नेपाली मुटु on September 6, 2010

नेपालको शान्ति प्रक्रियासँगै जोडिएर आएको अनमिन पछिल्लो समय केहि विवादमा तानिएको छ । गैर माओवादी दलहरु अनमिनलाई आक्षेप लगाउँनमा निकै अगाडी छन् । माओवादीको अधिनमा अनमिन रहेको तथा माओवादीलाई निगरानीमा राख्न नसकेको तर सेनाका काम कारवाहीमा खुट्टा अड्काएको उनीहरुको आरोप छ । माओवादी नेपालमा अनमिनको उपस्थिती अनिवार्य भनिरहेको छ । यसैले अनमिनको म्याद थप गर्न वा नगर्न भनेर दलहरु बाँडिएका छन् । शर्त सबैका आफ्ना आफ्ना छन् ।

शान्ति प्रक्रिया र संबिधान निर्माणका लागि भने पनि दलहरु यसलाई एउटा खेल मात्र भनिरहेका छन् । उनीहरुको क्रियाकलाप हेर्दा यो एउटा खेल भन्दा अरु केहि हो भन्ने नै लाग्दैन । कहिलेकाँही खेलको नियमबाट बाहिरिए जित्नका लागि जे पनि गर्न तयार छन् हाम्रा दलहरु । अत अन्तराष्ट्रिय समर्थन प्राप्त अनमिनलाई यो खेलको रेफ्रि नै मान्नु पर्छ । अब खेल नै खेल्ने भए पछि रेफ्रि त पक्कै चाहिन्छ नि । रेफ्रि बिनाको पनि खेल हुन्छ र ? Continue Reading रेफ्रि नभई पनि खेल हुन्छ र ? >>

Posted in समाचार विश्लेषण | 4 Comments »

प्र.म.चुनाव; फाल्न सकिएन ऐजेरु

Posted by नेपाली मुटु on September 5, 2010

अपडेट :

भने झै र सोचे झै यो चुनाव साँच्चै नै निष्फल भएको छ । संसदले छैटौ पटक पनि प्रधानमन्त्री दिन सकेन ।

प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको पक्षमा २४०, विपक्षमा १०१ र तटस्थमा १६३ मत परेको थियो ।

त्यस्तै अर्का उम्मेदवार रामचन्द्र पौडेलको समर्थनमा १२२, विपक्षमा २४२ र तटस्थमा १७२ मत परेको थियो ।

“म माधव कुमार नेपाल कमजोर छैन ।” पटक–पटक माधवकुमार नेपाल भनिरहन्थे । जब दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री पड्काउँन सफल भए अनि हो कि क्या हो जस्तो लागेथ्यो । माधवकुमार नेपाल कमजोर छन् कि छैनन् त्यो थाहा भएन । तर उनको भाग्य चाँही पक्कै पनि कमजोर छैन । दुई महिना भइसक्यो उनले राजिनामा बुझाएको तर पनि उनी नै छन् नेपालको प्रधानमन्त्री । कामचलाउ नै भए पनि उनको आउँने दशै प्रधानमन्त्रीकै रुपमा पो बित्छ कि जस्तो भइसक्यो ।

प्र.म.चुनावको पाँचौ पटकसम्म आइपुग्दा पनि कसैले यो चै हाम्रो प्रधानमन्त्री भनेर रोज्न सकेनन् । असहमती र अडानको ऐजेरुले यसपटकको चुनाव पनि असफल हुने भएको हो । एमाले मरिगए भोट नहाल्ने रे । मधेसी मोर्चाको हाल्ने र नहाल्नेमा जोरविजोर चलिरहेकै छ । Continue Reading प्र.म.चुनाव; फाल्न सकिएन ऐजेरु >>

Posted in समाचार विश्लेषण | 10 Comments »

महराको अडियो प्रकरण : के हो वास्तविकता ??

Posted by नेपाली मुटु on September 4, 2010

भारतिय लगानीमा सञ्चालित नेपाली भाषाको भारतिय टेलिभिजन नेपाल वान ले हिजो माओवादीको विदेश विभाग हेर्ने नेता तथा पूर्वमन्त्री कृष्णबहादुर महरा र एक जना चिनियाँको भनिएको टेलिफोन वार्ताको अडियो सार्वजनिक गरे पछि यो बिषयले नेपाल भित्र र बाहिर क्रमश: चर्चा पाउँदैछ । टेपमा प्रत्येक सभासदका लागि एक करोड रुपैयाँका दरले ५० जनाका लागि ५० करोड रुपैया मागिएको छ । यो टेप प्रकरणलाई चिनीया दुँतावास र महरा दुबैले खण्डन गरिसकेका छन् ।

सहमतीका लागि हुने प्रयासलाई बिथोल्न भारतद्धारा सुनियोजित रुपमा यो टेप प्रकरण ल्याइएको महराको भनाई छ । के होला त यसको वास्तविकता ? Continue Reading महराको अडियो प्रकरण : के हो वास्तविकता ?? >>

Posted in समाचार विश्लेषण | 7 Comments »

डा. बाबुराम भट्टराई चढेको गाडीमा शंकास्पद (?) ठक्कर

Posted by नेपाली मुटु on September 3, 2010

नेपालको राजनीतिमा मरिनु र मारिनु कुनै नौलो कुरा होइन । इतिहास साक्षी छ, नेपालको राजनीतिमा कति रगत पोतिएको छ ? कुनै हिन्दी चलचित्रको भयानक दृष्य जस्तो लासको खातबाट बौद्धिकतालाई टक्कर दिदै उच्च पदमा पुग्नेको नेपाली इतिहासमा लामै सुची तयार पार्न सकिन्छ । कति ओपन सेक्रेट छन्, पमाण छैन । कति प्रमाण छन् बोल्न मिल्दैन । नेपाली राजनीतिका दिग्गजहरु सधै वैरिका आँखाका कसिगंर बनिरहेका हुन्छन् । त्यसैले राजनीतिज्ञ माथिको सानो भन्दा सानो दुर्घटनालाई पनि सोच्नु पर्ने अबश्था आएको छ । डा। बाबुराम भट्टराईको नेपाली राजनीतिमा उपस्थितीले पनि उनी माथिको दुर्घटनालाई फरक किसिमले सोच्न बाध्य बनाएको छ । Continue Reading डा. बाबुराम भट्टराई चढेको गाडीमा शंकास्पद (?) ठक्कर >>

Posted in समाचार विश्लेषण | 6 Comments »

बरु भोकै–नाङ्गै बसिन्छ, राजनीति छाडिदैन

Posted by नेपाली मुटु on August 27, 2010

Like This!

हामी नेपाली, विर नेपाली । हाम्रो पहिचान स्वरुप विश्वभर यही आउँछ तर सायद अब हाम्रो पहिचान फेरिदैछ । हामी हरेक नेपाली राजनीतिज्ञका रुपमा विश्वभर प्रसिद्ध हुदैछौ । हामीलाई भोकै नाङ्गै भए पनि राजनीति गर्ने शोख छ । यसैले सायद हाम्रो राजनीति पनि आफ्नो मात्र भोक हर्ने र आङ ढाक्ने स्वरुपमा अगाडी बढिरहेको छ । जस्तो सुकै होस्, हामीलाई राजनीति प्यारो छ । हलो जोत्दै गरेका बेलामा होस् या बाली उठाउँदै गरेका बेलामा होस् । चिया पसल र साना ठुला क्याफे सबै तिर राजनीतिले जति चर्चा केहिले पाउँदैन । हाम्रो नसा–नसामा राजनीति छ । हामी घर परिवार छोडेर जहाँ पुग्न सक्छौ तर राजनीतिको आँगन सम्म छाड्न सक्दैनौ । यसको ज्वलन्त उदाहरण हो, मलेसियामा नेपालीहरुको संगठनको संख्या । मलेसियामा राजनीतिक र सहयोग संगठनका नाममा ७३ वटा संस्था क्रियाशील छन्। यसैले नेपाली कामदारहरु राजनीतिमा लागेको भनेर मलेसियामा नेपाली कामदार लिन अस्विकार भइरहेको छ । Continue Reading बरु भोकै–नाङ्गै बसिन्छ, राजनीति छाडिदैन >>

Posted in समाचार विश्लेषण | 10 Comments »

फेरि उस्तै, दिन मात्र फेरिएछ

Posted by नेपाली मुटु on August 6, 2010

चौथो पटक चुनाव भए पनि कथा उस्तै भएको छ । प्रचण्डले पहिलो स्थान हाशिल गर्न सके पनि उनको पक्षमा तिन सय मत पुगेन । पुनः चुनाव भाद्र २ मा हुने भएको छ ।

पौडेलको सम्भावना यसै थिएन उनले १ सय २२ मत मात्र पाए। Continue Reading फेरि उस्तै, दिन मात्र फेरिएछ >>

Posted in समाचार विश्लेषण | Leave a Comment »

श्यामशरणलाई कसले बोलायो ?

Posted by नेपाली मुटु on August 5, 2010

प्रधानमन्त्रीबाट प्रचण्डले राजिनामा दिए पछि भनेका थिए, “भारतको बिशेष दुतसँग कुरा गर्न चाहेको थिएँ, पाइएन ।” उनको भारत विरुद्धको पहिलेको अभिव्यक्तीसँग विपरित प्रतिक्रिया आए पछि धेरैले माओवादीले भारतसँगको सम्बन्ध सुधार्न चाहेको माने । तर बहुचर्चित बानेश्वर भाषणमा नोकर छोडेर मालिकसँग सिधै कुरा गर्ने’ प्रचण्डको उद्घोषले उनले कुन आधारमा भारतसँग बिशेष दुत मगाएका थिए भन्ने कुराको अर्को कोणबाट आंकलन गर्न थालियो । जुन सुकै कारण भए पनि अब भने प्रचण्डको भारतसँग सिधै कुरा गर्ने चाहना पुरा हुने देखिन्छ । हिजो मात्रै आफुलाई भारतिय प्रधानमन्त्री मनमोहन सिहंको बिशेष दुत बताउँदै पुर्व भारतिय राजदुत श्यामशरण नेपाल आएका छन् ।

नेपालमा भइरहेको सरकार निर्माणको ढिलाई हटाउँन सहजकर्ताको भुमिका निभाउँन उनलाई नेपाल पठाइएको बताउँछन् । नेपालको मामिलाले भारतलाई पनि अफ्ठ्यारो पार्ने भएकाले यो समाधान हुनु पर्ने उनको भनाइ छ । Continue Reading श्यामशरणलाई कसले बोलायो ? >>

Posted in समाचार विश्लेषण | 7 Comments »

मधेसीको बार्गेनिङ : माओवादीको जवाफ

Posted by नेपाली मुटु on August 1, 2010

एमाले फेरि पनि तटस्थ बस्ने वा नबस्ने टुङ्गो नभएको कारणले बहुमतको सरकार बनाउँन माओवादीलाई मधेसीदलको सहमती अपरिहार्य नै भएको छ । आफ्नो प्रस्ताव स्विकार्ने दललाई आफ्नो ८२ मत दिने घोषणा गरेको कारण उसको प्रस्तावलाई माओवादीले हिजो लिखित जवाफ दिएको छ । कांग्रेसले भने आज त्यसको लिखित जवाफ पठाउँने भएको छ । माओवादीको यो प्रस्ताव माथी छलफल गरेर आज जवाफ पठाउँने तयारीमा रहेको मधेसी मोर्चाका तिन दलहरु माओवादीलाई समर्थन गर्न अस्विकार गरिरहेका छन् । यसैले माओवादीको यो जवाफ औपचारिक मात्र हुने सम्भावना निकै नै बाक्लो छ ।

माओबादीको जवाफ यस्तो छ :
Continue Reading मधेसीको बार्गेनिङ : माओवादीको जवाफ >>

Posted in समाचार विश्लेषण | 4 Comments »

छिरेन एयरपोर्टबाट हात्ती

Posted by नेपाली मुटु on July 30, 2010

कुख्यात अपराधी चाल्र्स शोभराजको पाँच बर्ष अगाडी देखि झुण्डिरहेको मुद्दाको आज फैसला भएको छ । पटक–पटक फैसला हुने भनिए पनि म्याद सर्दै आएको शोभराजको मुद्दा आज पनि टुङ्गिनेमा धेरैको सन्देह थियो । तर सबैको शंका विपरित उनलाई दोषी ठहर गर्दै अदालतले थप १४ बर्षको जेल सजाय तोकेको हो । नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउँन सक्छु भनेर नेपाली व्यवश्थालाई ठाडो चुनौती दिएका शोभराजको विगत अनि नेपालको कानुनी क्षेत्रमा रहेको भ्रष्टचारको कारण उनले सजाय पाउँन कुरा एकदमै चुनौतीपुर्ण मानिएको थियो । तर अदालतको यो कदमले कानुनको खरिद बिक्री गर्नेहरुलाई गतिलो झापड दिएको छ । ३ दशकअघि उनको हातबाट मारिएकी अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजको आत्मालाई बल्ल आफ्ना दोषीले सजाय पाएको देखेर शान्ति महसूस भयो होला । Continue Reading छिरेन एयरपोर्टबाट हात्ती >>

Posted in समाचार विश्लेषण | 2 Comments »

फड्को मार्दै नेपाली फुटबल, गर्न धेरै बाँकी छ

Posted by नेपाली मुटु on July 29, 2010

सन्तोष साहुखल-महगां खेलाडी

नेपाली फुटबलमा व्यावसायिकताको खोजी भइरहेका बेला २८ बर्षे पुरानो व्यावसायिक क्लब मनाङले फुटबलमा व्यावसायिकताको पुट हाल्ने कोशिश गरेको छ । क्लबलाई नयाँ ज्यान भर्न भन्दै ११ जना नयाँ खेलाडीलाई मालदार पारिश्रमिकमा क्लबमा भित्राएको हो । यसरी नयाँ आउँने खेलाडीमा थ्री स्टारका चार, एनआइबिएल फ्रेन्ड्स र जीफाइभ मच्छिन्द्रका २ र २, संकटा र एनआरटीका १ र १ खेलाडी छन्। गत महिना सम्पन्न लिगमा पाँचौ स्थानमा चित्त बुझाउँनु परे पछि ६ पटकको विजेता मनाङले यो कदम उठाएको हो । यी सबै खेलाडीलाई क्लबले मासिक १०,००० देखि ५०,००० सम्म दिएको छ । यसमा थ्रिस्टारका सन्तोष साहुखलको सबै भन्दा बढि मासिक ५०,००० पारिश्रमिक छ । नेपाली फुटबलको इतिहासमा खेलाडीले पाएको यो नै सबै भन्दा ठुलो पारिश्रमिक हो । कुल बार्षिक बजेट ६५ लाख भएको क्लबले खेलाडीको पारिश्रमिकमा मात्र ५० लाख खर्चेको छ । यो कदमबाट खेलाडीलाई व्यावसायिक खेलाडी बन्न पक्कै पनि सहयोग पुग्नेछ ।

तर बार्षिक बजेटको दुइ तिहाई खेलाडीको पारिश्रमिकमा खर्चिने थ्रीस्टारको कदम तपाईलाई चै कस्तो लाग्यो नि ? लेख्नुहोस् है । Continue Reading फड्को मार्दै नेपाली फुटबल, गर्न धेरै बाँकी छ >>

Posted in समाचार विश्लेषण | 4 Comments »

इराकको प्रतिबन्ध हट्यो, समाधान यही हो ?

Posted by नेपाली मुटु on July 28, 2010

छ बर्ष देखि नेपाली राहदानीमा ‘इराक बाहेक’ भनेर लेख्न थालिएको थियो । तर यही ‘इराक बाहेक’ भनेर लेखिएको राहदानी बोकेर तिस हजार भन्दा बढि नेपाली नागरिकहरु इराक पुगिसेकेका रहेछन् । अमेरिकन सेनाले गैरकानुनी कामदारलाई निकाल्ने भने पछि उत्पन्न भएको सन्त्रास नेपाल सरकारले पनि थाहा पायो । र, ६ बर्ष देखि लगाउँदै आएको इराक प्रवेशको प्रतिबन्ध आज हटायो । यो निर्णय अहिले इराकमा रहेका नेपालीलाई मात्र लागु हुने भनिएको छ । नयाँ कामदार जान र पठाउँन भने पाइदैन । यति भए पछि नेपाली कामदारहरुले अब कामबाट निस्किनु पर्दैन रे ।

गैर कानुनी हुदा–हुदै तिस हजार बढि नेपाली इराक पुग्दा पनि थाहा नपाउँने सरकारले ‘नयाँले नपाउँने’ भन्दा मात्र यो क्रम रोक्न सक्ला र ? एउटा समस्या त सल्टियो तर विगतमा जस्तै वा त्यो भन्दा खतरनाक समस्या नआउला भनेर कस्ले ग्यारेण्टी गर्न सक्छ ? यो बिषयमा नेपाल सरकारले सोचेको छ कि छैन ? नेपाल सरकार यो कदमलाई तपाई चै के भन्नुहुन्छ नि ? Continue Reading इराकको प्रतिबन्ध हट्यो, समाधान यही हो ? >>

Posted in समाचार विश्लेषण | 5 Comments »