नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘विश्वकप बिशेष’ Category

विश्वकप : कसले के जित्यो ?

Posted by नेपाली मुटु on July 12, 2010

विश्वकप फुटबलको १९ औ संस्करण आयोजना गर्न जब दक्षिण अफ्रिकालाई जिम्मेवारी दिइयो तब धेरैले फिफाको आलोचनात्मक समर्थन गरेको कुराले विश्वस्तरमा चर्चा पायो । तर विश्वकपको यो संस्करण सफलता पुर्वक सम्पन्न भएको छ । यसको जस फिफा र दक्षिण अफ्रिकालाई नदिरहन सकिदैन । एकदमै तामझाम साथ गरिएको समापन कार्यक्रममा अफ्रिकाको संस्कृती र विकाश दुबै देख्न पाइयो । तिनीहरुको संस्कृति हेरिरहदा मैले पनि मनमनमा विश्वकपको समापनको दिन मैदानमा हजारौको उपस्थितीमा सनाइ, मादल र लोकगीतका बाजा बजेको कल्पना गरिरहेथें । तपाईले पनि त हेर्नु भयो होला नी, तपाईलाई चाँही कस्तो लाग्यो ? यही विश्वकपमा निकै खेलाडीको भाग्य चम्किएको छ । यस मध्ये आधिकारिक रुपमा कसले के अवार्ड पाए त ? Continue Reading विश्वकप : कसले के जित्यो ? >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

विश्वविजेता बन्यो स्पेन

Posted by नेपाली मुटु on July 12, 2010

एक महिना देखि दक्षिण अफ्रिकामा चलिरहेको फुटबलको महाकुम्भ विश्वकप स्पेनको जितसँगै सकिएको छ । विश्वकपको १९ औ संस्करण सम्म आइपुग्दा स्पेनले पहिलो पटक विश्वकप माथि कब्जा जमाएको हो । यो सँगै विश्वकप जित्ने स्पेन आठौ मुलुक भएको छ । समुह चरणको खेलमा स्विट्जरल्याण्डसँग एक गोलले पराजित स्पेनले अपराजित नेदरल्याण्डसँग अन्तिम खेलमा १–० को कठिन जित हाशिल गरेको हो । Continue Reading विश्वविजेता बन्यो स्पेन >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

जर्मनीलाई सान्तवना जित

Posted by नेपाली मुटु on July 12, 2010

विश्वकपको दाबेदार मानिएको जर्मनीले विश्वकपको यो संस्करणमा धेरै आश्चर्य जनक नतिजा दिए पनि विश्वकपको दौडमा स्पेनसँग हारे पछि उ पछि प¥यो । तर तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वे विरुद्ध ३–२ को जित हात पारेर जर्मनीले सान्तवना जित हाशिल गरेको छ । यो सँगै अक्टोपसको सातौं भविष्यवाणी पनि मिल्न गएको छ। अक्टोपसले यस बिश्वकपमा जर्मनी तेस्रो हुने भविष्यवाणी गरेको थियो । Continue Reading जर्मनीलाई सान्तवना जित >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

नयाँ इतिहासको रचना

Posted by नेपाली मुटु on July 8, 2010


अफ्रिकामा पहिलो पटक भएको विश्वकप फुटबल प्रतियोगिताको उपाधि अहिलेसम्म उपाधि नजितेको टिमले जितेर नयाँ इतिहास रच्ने पक्का भएको छ। जर्मनी र स्पेनबीचको अहिले भर्खर सकिएको सेमी फाइनल खेलमा जर्मनीलाई १-०ले हराएपछि स्पेन र नेदरल्यान्डसबीच उपाधिका लागि भिडन्त हुने भएको हो। यी दुवै युरोपेली टिमले अहिलेसम्म विश्वकप जितेका छैनन्। स्पेन पहिलो पटक फाइनलमा पुगेको हो भने डच टिम ७० को दशकमा दुई पटक फाइनलमा पुगेर पनि उपाधिविहीन भएको हो। क्वार्टर फाइनलका खेलहरुदेखि नै स्पेन र नेदरल्यान्ड्सबीच फाइनल होस् भन्ने मेरो चाहना र आशा व्यक्त गर्दा कतिले खिसी गरेका थिए। यस पटक इटाली, फ्रान्स, ब्राजिल, अर्जेन्टना, जर्मनी लगायत सबै परम्परागत टिम पाखा लागे र अन्ततः यी दुवै टिमबीच नै फाइनल हुने भो। Continue Reading नयाँ इतिहासको रचना >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

उरुग्वेलाई पछार्दै नेदरल्याण्डस फाइनलमा

Posted by नेपाली मुटु on July 7, 2010


जित्नुको मज्जा नै बेग्लै

समुह चरणको सबै खेल जितेर समुह च्याम्पियन बनेर अर्को चरणमा प्रवेश गरेको नेदरल्याण्डसले विजयी अभियान चालु राखेको छ । युरोपियन महारथी नेदरल्याण्डस पहिलो सेमीफाइनलमा दक्षिण अमेरिकी टोली उरुग्वेलाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस अघि विश्वकपका दुइ संस्करणमा फाईनलमा पुगेको नेदरल्याण्डसले उपाधी हाशिल गर्न सकेको छैन । नेदरल्याण्डस विश्वकप १९७४ र १९७८ मा फाइनलमा पुगेको थियो । Continue Reading उरुग्वेलाई पछार्दै नेदरल्याण्डस फाइनलमा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

सेमिफाइनलमा युरोपियन बर्चश्व/स्पेन पनि सेमीमा

Posted by नेपाली मुटु on July 4, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा स्पेनले पाराग्वेलाइ एकमात्र गोलले पराजित गरेको छ। अब स्पेनले सेमीफाइनलमा जर्मनीसंग भीड्ने छ। स्पेनले १९५० पछी अहिले सेमीफाइनलमा प्रवेश गरेको छ। Continue Reading सेमिफाइनलमा युरोपियन बर्चश्व/स्पेन पनि सेमीमा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

के रे, अर्जेन्टिना बाहिरियो रे ?

Posted by नेपाली मुटु on July 3, 2010

सपना जस्तो पारिदियो यसपालीको विश्वकप अर्जेन्टिनाले । विश्वकपको सुरुवात देखि नै अर्जेन्टिनाले जित्छ भनेर विश्वकप हेरिरहेका म जस्ता अर्जेन्टिनाका फ्यानहरुलाई आजको नतिजा पत्याउँन नै गा¥हो भईरहेको छ । आजको खेललाई फाइनल जस्तो मानेर हेर्नेको संख्या साँच्चै नै कम थिएन होला । मैले पनि त्यस्तै सोचेर अर्जेन्टिना र खास गरि मेस्सीको चमत्कार हेर्न बसेको थिए । तर चमत्कार त जर्मनीले पो देखाईदियो । पत्याउँनै नसकिने, सपना जस्तो नतिजा आयो ० का बिरुद्ध ४ को ।

गुडबाई अर्जेन्टिना !!!!


खेल हेर्दा लाग्थ्यो अर्जेन्टिनाका खेलाडीहरु खाली संख्या पु¥याउँन मात्रै मैदानमा आएका हुन् ।नठाटी एकै शब्दमा भन्दा लाजै भयो नि । तपाईलाई चै कस्तो लाग्यो त ? Continue Reading के रे, अर्जेन्टिना बाहिरियो रे ? >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

यो विश्वकपकै कठिन खेल, के भयो टाइब्रेकरमा

Posted by नेपाली मुटु on July 3, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत भएको दोस्रो क्वाटरफाइनलमा उरूग्वेले घानालाइ टाइब्रेकरमा ४-२ ले पराजित गरेर सेमीफाइनलमा प्रवेस गरेको छ। थप समय सम्म दुबै टोली १-१ बरावरीमा थियो। यस जीतका साथ लामो समय पछी ब्राजिल तथा अर्जेन्टिना बाहेक सेमीफाइनल पुग्ने दक्षिण अमेरिकी महादेशको राष्ट्र बनेको छ। यस खेलमा दुबै टोलीले उतकृष्ट खेलको प्रदर्शन गरे बाट फुटबलका पारखीहरूले यस खेललाइ यस बिश्वकपकै हालसम्मको सबभन्दा प्रतिस्पर्धात्मक खेल मानेका छन्।

उरुग्वेका गोलकिपरले दुई पेनाल्टी किक रोके


खेलको शुरूमा उरूग्वे घानामाथी हावी भएको थियो। तर तालमेलको अभावमा उरूग्वेले कुनै फाइदा उठाउन सकेन। घानाले बिस्तारै यसको फाइदा उठाउँदै सटिक पासको सहायताले उरूग्वे माथी डरलाग्दा आक्रमणहरू गर्न थाल्यो। उरूग्वेको शक्तिशाली रक्षापंक्तीलाइ भेड्न घानालाइ निकै कुश्किल परेको थियो तर मध्यान्तरको ठिक अगाडी घानाका मून्तरीले ३५ गज टाढाबाट उतकृष्ट गोल प्रहार गरेका थिए। Continue Reading यो विश्वकपकै कठिन खेल, के भयो टाइब्रेकरमा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

जोगाएन साख ‘नम्बर एक’ ले

Posted by नेपाली मुटु on July 3, 2010

धेरैको आशा थियो यसपालीको विश्वकप ब्राजिलले उठाउँने छ । ब्राजिललाई समर्थन गर्नेको त कुरै अर्को । काका काका त यत्ति भन्थे कि मानौ ब्राजिलका काका साख्खै १३ दिने काका हुन् । तर, ब्राजिलको खेल हेरेर आफ्नो रोजाईको टिमले हार्ला भनेर डराउँनेको संख्या पनि कम थिएन । अब त्यो सबै इतिहास भएको छ । पाँच पटकको विश्वकप विजेता फिफा बरियताको प्रथम मुलुक विश्वकपको क्वाटरफाईनलबाट बाहिरिएको छ ।

के बोलुन् काका !!! हार पछिको मौनता


आज भएको खेलमा ब्राजिल युरोपेली मुलुक नेदरल्याण्डसँग 2-1 ले पराजित भएको छ । कति ब्राजिल मात्रले जित्नु नयाँ र राम्रो खेल्ने पनि खेल जित्नु पर्छ भन्ने ठानेर मैले नेदरल्याण्डको पक्ष लिएर खेल हेरे । तर ब्राजिलको जितमा रमाउँन बसेकाहरुको खुसी पहिलो हार्फ भरि नै उत्सकर्षमा थियो । Continue Reading जोगाएन साख ‘नम्बर एक’ ले >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

क्रिष्टियानो रोनाल्डोको पोर्चुगल बिश्व कपबाट बाहिरियो

Posted by नेपाली मुटु on June 30, 2010

उफ् ! हार सहन कति गा¥हो छ !! हार पछाडी पोर्चुगलका खेलाडी

विश्वकपमा पोर्चुगलका रोनाल्डोबाट धेरैले धेरै आशा गरेका थिए । नेपालमा पनि उनका समर्थकहरुको संख्या कम छैन । मोडलिङ, फुटबल र व्यक्तिगत चर्चाबाट विश्व भर छाएका रोनाल्डोको टोलीले विश्वकपमा सोचे अनुसारको सफलता हात पार्न सकेन । समुह चरणको पहिलो खेलमा आइभोरिकोष्टसँग शुन्य गोलको बराबरी खेलेको पोर्चुगलले जब उत्तर कोरियालाई सात गोल ग¥यो तब धेरैले पोर्चुगल खेलमा फर्किएको विश्वास गरेका थिए । तर समुहको उपविजेता बनेर अर्को खेलमा उक्लेको पोर्चुगलले विश्वकप भरि नै सात गोलमा रहनु प¥यो । Continue Reading क्रिष्टियानो रोनाल्डोको पोर्चुगल बिश्व कपबाट बाहिरियो >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

ढल्यो जापान, बाहिरियो एसिया

Posted by नेपाली मुटु on June 29, 2010

कठिन जित

एसिया यो पटकको विश्वकपबाट पनि बाहिरिएको छ । यो पहिलो पटक चाही होइन तर असफलता जति दोहोरिन्छ, सहन उति गा¥हो बन्दै जान्छ । विश्वकपमा एसियाको सहभागिताको निकै लामो इतिहास छ । तर अहिले सम्म कुनै यस्तो विश्वकप छैन जसमा कुनै पनि एसियाली मुलुक फाइनलमा पुगेको होस् । खाली सहभागिताको लागि सहभागी भइरहेका छन् एसियाली मुलुकहरु विश्वकपमा । यसपालीको विश्वकपमा कप र एसियाको दुरी केहि घट्ने अनुमान गरिए पनि सबै अनुमानमा सिमित भएको छ । सँधै झै एसियाली मुलुक उही इतिहास दोहो¥याउँदै विश्वकपको दोस्रो चरणबाटै बाहिरिएका छन् । Continue Reading ढल्यो जापान, बाहिरियो एसिया >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

ब्राजिल छैटौ जितमा अग्रसर

Posted by नेपाली मुटु on June 29, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले चीलीलाइ ३-० ले पराजित गरेको छ। यस जीतका साथ ब्राजिलले चीलीसंग २००५ देखी खेलिएका सबै सात खेलहरूमा बिजय हासिल गरेको छ।

ब्राजिलले यी सात खेलहरूमा २८ गोल गरेको तथा ३ गोल खाएको थियो। हालसम्म ब्राजिल तथा चीली बीच हालसम्म ६६ खेलहरू खेलिएकोमा ब्राजिलले ४७ खेलमा तथा चीलीले ७ खेलमा बिजय हासिल गरेको थिए। यी दुइ टोलीहरूकाबीच १२ खेल बरावरीमा टुंगिएको थियो। Continue Reading ब्राजिल छैटौ जितमा अग्रसर >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

नेदरल्याण्ड विजयपथमा

Posted by नेपाली मुटु on June 29, 2010

समुह चरणको सबै खेल जितेर प्रि क्वाटरफाईनलमा उपस्थित भएको नेदरल्याण्डले सोमबार भएको स्लोभाकियासँग पनि दमदार प्रदर्शन गरेको छ । डिफेन्डिङ च्याम्पियन इटालीलाई हराउँदै समुहको उपविजेता बनेर समुह चरण पार गरेको स्लोभाकिया धेरै अवसरहरु प्राप्त गरे पनि अर्को चरणमा उक्लन सफल हुन सकेन । Continue Reading नेदरल्याण्ड विजयपथमा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

अर्जेन्टिनाको अपराजित यात्रा

Posted by नेपाली मुटु on June 28, 2010

कस्ले रोक्न सक्ला यो गतिलाई विश्वकप जित्नबाट ? बल दौडाउँदै अर्जेन्टिनाका लिओनेल मेस्सि

दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले मेक्सिकोलार्इ ३-१ ले पराजित गरेको छ। Continue Reading अर्जेन्टिनाको अपराजित यात्रा >>

Posted in विश्वकप बिशेष | Leave a Comment »

इङ्गल्याण्ड माथि जर्मनीको 4-1 को शानदार जित

Posted by नेपाली मुटु on June 27, 2010

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको प्रि-क्वाटरफाइनलमा जर्मनले इगंल्याण्डलाइ ४-१ ले पराजित गरेको छ।

खेलको २० औं मिनेटमा जर्मनीका मिलोस्लाभ क्लोजले एस्ले कोललाइ छकाउदै पहिलो गोल गरेको थियो। यसको लगत्तै जर्मनीकालागि पोडस्कीले खेलको ३२ औं मिनेटमा दोस्रो गोल गरेका थिए। यस खेलमा दुबै टोलीले लामा लामा पास दिएर तीब्र गतीको खेल प्रदर्शन गरेका थिए। दुबै टोलीले एक अर्का माथी निकै खतरनाक आक्रमणहरू गरेका थिए। Continue Reading इङ्गल्याण्ड माथि जर्मनीको 4-1 को शानदार जित >>

Posted in विश्वकप बिशेष | Leave a Comment »