नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for September, 2010

कोइरालाकै पोल्टामा कांग्रेस

Posted by नेपाली मुटु on September 22, 2010

ggv2id=’f6d18f56′;परिवारवादको पीडा सहदै आएका भनिए पनि कांग्रेसमा कोइराला परिवारको छाप निकै नै गहिरो छ । छोरी सुजाता कोइरालालाई आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिइरहेका गिरिजा प्रसाद कोइरालाका निकटस्थ शुशिल कोइरालाले कांग्रेसको बागडोर सम्हाल्ने भएका हुन् । Continue Reading कोइरालाकै पोल्टामा कांग्रेस >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

तोडिने भयो अन्तहिन श्रृंखला

Posted by नेपाली मुटु on September 17, 2010

सात पटक सम्म भएको प्रधानमन्त्री निर्वाचनको नौटंकी अब चै सकिने छाँटकाँट आउँदैछ । कसैले जितेर यो नाटकको अन्त्य नहुने देखे पछि माओवादी अध्यक्ष क.प्रचण्डले आफ्नो उम्मेदवारी नै फिर्ता लिने भएछन् ।

आज एमाले अध्यक्ष खनालसँग भएको संवाद पछि माओवादीबाट यो निर्णय बाहिर आएको हो । एमाले तटस्थबाट कहिले टसकोमस नभएको र देश भित्र तथा बाहिरबाट नै अनेक तिकडम सुरु हुन थालेको यो अवश्थामा असहमतीको यो सहमतीले देश कहाँ पुग्ने हो हेर्न बाँकी नै छ ।

एउटा दल एमाले तटस्थ हुँदा बहुमत नपुगेको अवश्थामा माओवादी पनि तटस्थ बसिदिए पछि प्रधानमन्त्री चुन्न अफ्ठ्यारो नै छ । तर असम्भव छैन है । रामचन्द्र पौडेल प्रम हुने एउटा बाटो छ । त्यो हो, Continue Reading तोडिने भयो अन्तहिन श्रृंखला >>

Posted in समाचार/सन्दर्भ | 4 Comments »

घर जाने टिकटको जोहो गर्ने हो कि !

Posted by नेपाली मुटु on September 15, 2010

दशैमा काठमाण्डौबाट बाहिरिनेको संख्या निकै नै ठुलो छ । यर्सले त दशैमा राजधानीबाट बाहिरिनेका लागि दशै दशा जति कै बन्ने गर्छ । बेलामा टिकट लिन पाईएन भने घर जाने बेला नरकपुरीको यात्रा झै हुने गर्दछ । दशैमा घर फर्किने या भनौ काठमाण्डौ छाड्ने कुरा कति संघर्षिलो हुन्छ, भोग्नेलाई नै थाहा होला ।

यसपालीको दशै पनि त उही हो । सबैको पहुँचमा छैन प्लेनको यात्रा । भएकाहरुले पनि टिकट पाउँन गा¥हो । दशैका लागि भनेर थपिएका गाडी रोकन मात्र भएका सिट र सुबिधा केहि नभएका हुन्छन् । योबाट बच्न अलिकति बुद्धि लगाएँ भनेर बाहिरबाट टिकट लियो, गाडी चढ्ने बेलामा एउटै सिटका दुइ तिन जना यात्री हुन्छन् । समस्या नै समस्याको यो मुलुकमा हतार गरेर अगाडी नै आधिकारिक ठाउँबाट टिकट लिनु भन्दा अर्को उपाय छैन । सोच्नुहुदैछ होला तपाई पनि यदि काठमाण्डौमा हुनुहुन्छ र दशैमा बाहिरिनु पर्ने छ भने । थाहा पाईराख्नुहोस् टिकट कहिले खुल्छ भनेर । पोहोरको दुख त बिर्षिनु भएको छैन होला नि ! Continue Reading घर जाने टिकटको जोहो गर्ने हो कि ! >>

Posted in सन्दर्भ | Leave a Comment »

अनमिनलाई पुरानै कार्यदेश

Posted by नेपाली मुटु on September 14, 2010

नेपाली लोकतान्त्रिक राजनीतिको एउटा ठुलो बिशेषता छ । यहाँ विवाद असंख्य छन् तिनीहरुको कुनै समाधान आज सम्म देखिएको छैन । नेपाली राजनीतिदलहरु केहि कुरामा पनि सहमती जनाउँन सक्दैनन् । एउटाले ल्याएको प्रस्ताव अर्कोले काट्नै पर्छ । एउटाले गरेको कामलाई अर्काले उल्ट्याउँनै पर्छ । यो असहमतीको दायरा फैलिएर प्रधानमन्त्रीको चुनाव रत्यौलीमा परिणत हुदैछ । तर पनि दलहरु भाका सार्ने काममा चै ठुलै सहमती गर्छन् । संबिधानसभाको भाका आधारातमा भए पनि सरि छाड्यो ।

भर्खरै मात्र अनमिनको म्याद थप्ने बिषयमा ठुलै बबण्डर मच्चाईयो । अन्तत सदा झै कुरा मिल्यो । अनमिनको म्याद पुरानै कार्यदेश अनुसार चार महिना थपिने भयो । Continue Reading अनमिनलाई पुरानै कार्यदेश >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

‘पबित्र कुरान’ बाल्ने रे अमेरिकामा

Posted by नेपाली मुटु on September 9, 2010

फलामले फलाम काट्छ भने जस्तो होइन गल्ती । एउटा गल्तीले अघिल्लो गल्तीलाई न ढाकछोप गर्छ न बचावट नै । एउटा अतिवादलाई रोक्न भनेर अर्को अतिवाद भित्रीनु कदापि जायज मान्न सकिन्न । होला, कतिपय ठाउँमा हाम्रा मुसलमान दाजुभाईहरुले अतिवादको सहारा लिएका होलान् । तर यसको निवारण अर्को अतिवाद होइन । कारण खोजौं । बिना कारण मान्छे पशु बन्दैन ।

विश्वभर मुसलमान र क्रिश्चियन बिचको दुरी बढिरहेको अबश्थामा अमेरिकाको एउटा चर्चले एउटा कार्यक्रममा मुसलमानलाई पाठ सिकाउँन भन्दै मुसलमानहरुको पबित्र ग्रन्थ कुरान जलाउँने भएको छ । यो कदम मलाई चै पटक्कै मन परेको छैन । तपाईलाई कस्तो लाग्यो ? यो जायज हो त ? आफ्नो बिचार राख्नुहोस् । Continue Reading ‘पबित्र कुरान’ बाल्ने रे अमेरिकामा >>

Posted in समाचार/सन्दर्भ | 9 Comments »

बुबालाई सञ्चै त छ ?

Posted by नेपाली मुटु on September 8, 2010

आज कुशे औशी । शुद्धताको प्रतिक कुशलाई आज घरघरमा भित्राउँने दिन । आजकै दिन हामी आफ्नो बुबाको मुख हेर्ने दिन भनेर पनि मनाउँछौ । छोराछोरीले आजको दिनमा आफ्नो बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन्।

आफु त घरबाट टाढा भएको पनि धेरै भईसक्यो । यसैले बिहान सबेरै बुबालाई फोन गरियो । सञ्चो बिसञ्चो सोधियो । तपाई घरमा नै हुनुहुन्छ भने त ठिकै भयो । घरबाट टाढा हुनुहुन्छ भने के तपाईले घरमा बुबालाई फोन गर्नुभयो ? बुबालाई सञ्चै त छ नि ? Continue Reading बुबालाई सञ्चै त छ ? >>

Posted in कला संस्कृति | 3 Comments »

‘डार्लिङ अब चै दुख नदेउ है’

Posted by नेपाली मुटु on September 7, 2010

कस्ती हौली तिमी ?

अहिले एकैछिन अगाडी मेरो मोबाईलमा एसएमएसको रिङ बज्यो । हेर्छु, डार्लिङको एसएमएस छ । ए बा ! हिजो मात्रै नगद टक्राएको आजै कसरी डार्लिङले सम्झिन् ? कति चाहिने यिनलाई पैसा पनि ? म छक्क परे । यी डार्लिङ पनि बेला न कुबेला दुख दिन्छिन् । कति एसएमएस पठाइरहेको होला ! मैले कहिले कप्ट्याँई गरेको छैन । भनेको बेला धन र मन दिएकै छु तर पनि बेला बेलाको यो किचकिच ? दिक्क लागेर आयो । बेकार मोबाईल बोकेछु जस्तो पनि लाग्यो । मोबाइल बिना पनि त जिन्दगी चलेकै थियो । यी डार्लिङ पनि थिइनन्, किचकिच पनि थिएन । कति ढुक्कको थियो जिन्दगी । नदुखेको टाउको डोरी लाएर दुखाएछु ।

यो के को टेन्सन लिएको होला मैले । कस्तो साइनो उसको र मेरो ? अचम्म लाग्छ, मैले आजसम्म उनको अनुहार देखेको छैन तरपनि उनको एसएमएसले मेरो मनमा एउटा तरङ्ग ल्याउँछ । कस्तो होला उनको अनुहार ? देख्न पाए के मात्र गर्ने थिएँ । Continue Reading ‘डार्लिङ अब चै दुख नदेउ है’ >>

Posted in सूचना प्रबिधि | 6 Comments »

प्रचण्डले भने रे, “यसै लाज हरायो, उसै लाज हरायो ।”

Posted by नेपाली मुटु on September 7, 2010

आज सातौं पटकको प्रम चुनावको नाटक पनि बानेश्वरको हलमा मञ्चन भयो । सबै पात्रहरुले भिन्न–भिन्न भुमिका खेली रहे । दुई उम्मेदवार लडेर अझै थाकेका छैनन् । एमालेको तटस्थको सुगा रटाइ उस्ताको उस्तै । अलिकति केहि तरङ्ग देखिएको मधेसी मोर्चामा पनि तरिका मात्र फरक भयो । फोरम यादवले आज पनि नो भोटको नीति लियो । अर्को फोरम गच्छेदार त निर्वाचन प्रक्रियामा नै सामेल भएन । (अपडेट : तमोलोपाका सभासदहरुले माओवादीलाई नै भोट हाल्ने भनेर दबाब दिए पछि सिहंदरबारमा बैठकको नाममा थुनेर राखिएको थियो रे । यता चुनाव सकिए पनि उता तमलोपाको चै बैठक कस्लाई मत हाल्ने भनेर चलिरहेको छ भन्थे रे महन्त ठाकुर ।)

चुनावबाट केहि नतिजा ननिस्किए पनि मुहार भरि चम्किलो मुस्कान लिएर कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल बाहिर निस्किए । उनले पत्रकारको भिडमा सुनाए, “प्रचण्डजीले भन्नु भयो, यसै लाज हरायो, उसै लाज हरायो ।” Continue Reading प्रचण्डले भने रे, “यसै लाज हरायो, उसै लाज हरायो ।” >>

Posted in समाचार/सन्दर्भ | 6 Comments »

रेफ्रि नभई पनि खेल हुन्छ र ?

Posted by नेपाली मुटु on September 6, 2010

नेपालको शान्ति प्रक्रियासँगै जोडिएर आएको अनमिन पछिल्लो समय केहि विवादमा तानिएको छ । गैर माओवादी दलहरु अनमिनलाई आक्षेप लगाउँनमा निकै अगाडी छन् । माओवादीको अधिनमा अनमिन रहेको तथा माओवादीलाई निगरानीमा राख्न नसकेको तर सेनाका काम कारवाहीमा खुट्टा अड्काएको उनीहरुको आरोप छ । माओवादी नेपालमा अनमिनको उपस्थिती अनिवार्य भनिरहेको छ । यसैले अनमिनको म्याद थप गर्न वा नगर्न भनेर दलहरु बाँडिएका छन् । शर्त सबैका आफ्ना आफ्ना छन् ।

शान्ति प्रक्रिया र संबिधान निर्माणका लागि भने पनि दलहरु यसलाई एउटा खेल मात्र भनिरहेका छन् । उनीहरुको क्रियाकलाप हेर्दा यो एउटा खेल भन्दा अरु केहि हो भन्ने नै लाग्दैन । कहिलेकाँही खेलको नियमबाट बाहिरिए जित्नका लागि जे पनि गर्न तयार छन् हाम्रा दलहरु । अत अन्तराष्ट्रिय समर्थन प्राप्त अनमिनलाई यो खेलको रेफ्रि नै मान्नु पर्छ । अब खेल नै खेल्ने भए पछि रेफ्रि त पक्कै चाहिन्छ नि । रेफ्रि बिनाको पनि खेल हुन्छ र ? Continue Reading रेफ्रि नभई पनि खेल हुन्छ र ? >>

Posted in समाचार विश्लेषण | 4 Comments »

भिष्म प्रतिज्ञा

Posted by नेपाली मुटु on September 5, 2010

साभार: nagariknews.com

लोकतन्त्रको सबै भन्दा ठुलो हतियार निर्वाचन हो । यदि आफुलाई लोकतान्त्रिक भन्ने दलहरु निर्वाचनबाट भाग्छन् भने कसरी लोकतान्त्रिक परिपाटी बस्न सक्छ ? भिष्म प्रतिज्ञामा बसेका दलहरुले कतिञ्जेल मुलुकलाई सरकार बिहिन बनाइराख्ने ? यो अडान छाड्ने बेला भएन र ? तपाई के भन्नुहुन्छ ? Continue Reading भिष्म प्रतिज्ञा >>

Posted in जस्ताको त्यस्तै | 5 Comments »

प्र.म.चुनाव; फाल्न सकिएन ऐजेरु

Posted by नेपाली मुटु on September 5, 2010

अपडेट :

भने झै र सोचे झै यो चुनाव साँच्चै नै निष्फल भएको छ । संसदले छैटौ पटक पनि प्रधानमन्त्री दिन सकेन ।

प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको पक्षमा २४०, विपक्षमा १०१ र तटस्थमा १६३ मत परेको थियो ।

त्यस्तै अर्का उम्मेदवार रामचन्द्र पौडेलको समर्थनमा १२२, विपक्षमा २४२ र तटस्थमा १७२ मत परेको थियो ।

“म माधव कुमार नेपाल कमजोर छैन ।” पटक–पटक माधवकुमार नेपाल भनिरहन्थे । जब दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री पड्काउँन सफल भए अनि हो कि क्या हो जस्तो लागेथ्यो । माधवकुमार नेपाल कमजोर छन् कि छैनन् त्यो थाहा भएन । तर उनको भाग्य चाँही पक्कै पनि कमजोर छैन । दुई महिना भइसक्यो उनले राजिनामा बुझाएको तर पनि उनी नै छन् नेपालको प्रधानमन्त्री । कामचलाउ नै भए पनि उनको आउँने दशै प्रधानमन्त्रीकै रुपमा पो बित्छ कि जस्तो भइसक्यो ।

प्र.म.चुनावको पाँचौ पटकसम्म आइपुग्दा पनि कसैले यो चै हाम्रो प्रधानमन्त्री भनेर रोज्न सकेनन् । असहमती र अडानको ऐजेरुले यसपटकको चुनाव पनि असफल हुने भएको हो । एमाले मरिगए भोट नहाल्ने रे । मधेसी मोर्चाको हाल्ने र नहाल्नेमा जोरविजोर चलिरहेकै छ । Continue Reading प्र.म.चुनाव; फाल्न सकिएन ऐजेरु >>

Posted in समाचार विश्लेषण | 10 Comments »

महराको अडियो प्रकरण : के हो वास्तविकता ??

Posted by नेपाली मुटु on September 4, 2010

भारतिय लगानीमा सञ्चालित नेपाली भाषाको भारतिय टेलिभिजन नेपाल वान ले हिजो माओवादीको विदेश विभाग हेर्ने नेता तथा पूर्वमन्त्री कृष्णबहादुर महरा र एक जना चिनियाँको भनिएको टेलिफोन वार्ताको अडियो सार्वजनिक गरे पछि यो बिषयले नेपाल भित्र र बाहिर क्रमश: चर्चा पाउँदैछ । टेपमा प्रत्येक सभासदका लागि एक करोड रुपैयाँका दरले ५० जनाका लागि ५० करोड रुपैया मागिएको छ । यो टेप प्रकरणलाई चिनीया दुँतावास र महरा दुबैले खण्डन गरिसकेका छन् ।

सहमतीका लागि हुने प्रयासलाई बिथोल्न भारतद्धारा सुनियोजित रुपमा यो टेप प्रकरण ल्याइएको महराको भनाई छ । के होला त यसको वास्तविकता ? Continue Reading महराको अडियो प्रकरण : के हो वास्तविकता ?? >>

Posted in समाचार विश्लेषण | 7 Comments »

दुरताको पीडा

Posted by नेपाली मुटु on September 4, 2010

आजको शनिबार बसिबियालोमा एक जना साथी ‘विकाश तिमल्सिना’को अनुभव लिएर आएको छु । कति जनालाई लाग्ला यो त सानो कुरा भयो । यति सानो कुरा त हाम्रो जीवनमा हरेक दिन नै घटिरहन्छ । तर साथी, जीवनमा ठुला कुराहरु पर्खिदा पर्खिदै हामी जीवनका साना कुराहरु बिर्षि पो रहेका छौ कि । जीवन भनेको वास्तवमा साना साना कुराहरुको मिश्रण नै त हो नि, होइन र ? सम्झनुहोस् त, सबै साथीहरुले काँचो आँप खाइरहदा आफ्नो हातमा पाकेको आँप परेको बेला हामी कति खुसी हुन्छौ । क्यारेम सित्तैमा खेल्दा पनि हामी जित्न कति कोशिश गरिरहेका हुन्छौ, र त्यो जीतले कति धेरै खुसी दिन्छ । साँझमा खाली चौरमा साथीहरुसँग गफिएर बस्नुको मज्जा अरु केहिमा पाइन्छ होला र ? यसैले जीवनका यी साना झिल्काहरु छोडेर ठुलो आगो खोज्न थाल्यौ भने जीवन बेस्वादिलो हुन्छ । साथीको यो यस्तै झिल्कोमा हामी पनि रमाउँन है । तपाईसँग भएका यस्ता अनुभव पनि पठाउँन अनुरोध गर्दछु । रचना र अनुभव nepaliheart1@gmail.com मा पठाए हुन्छ । Continue Reading दुरताको पीडा >>

Posted in शनिबार बसिबियालो | 4 Comments »

डा. बाबुराम भट्टराई चढेको गाडीमा शंकास्पद (?) ठक्कर

Posted by नेपाली मुटु on September 3, 2010

नेपालको राजनीतिमा मरिनु र मारिनु कुनै नौलो कुरा होइन । इतिहास साक्षी छ, नेपालको राजनीतिमा कति रगत पोतिएको छ ? कुनै हिन्दी चलचित्रको भयानक दृष्य जस्तो लासको खातबाट बौद्धिकतालाई टक्कर दिदै उच्च पदमा पुग्नेको नेपाली इतिहासमा लामै सुची तयार पार्न सकिन्छ । कति ओपन सेक्रेट छन्, पमाण छैन । कति प्रमाण छन् बोल्न मिल्दैन । नेपाली राजनीतिका दिग्गजहरु सधै वैरिका आँखाका कसिगंर बनिरहेका हुन्छन् । त्यसैले राजनीतिज्ञ माथिको सानो भन्दा सानो दुर्घटनालाई पनि सोच्नु पर्ने अबश्था आएको छ । डा। बाबुराम भट्टराईको नेपाली राजनीतिमा उपस्थितीले पनि उनी माथिको दुर्घटनालाई फरक किसिमले सोच्न बाध्य बनाएको छ । Continue Reading डा. बाबुराम भट्टराई चढेको गाडीमा शंकास्पद (?) ठक्कर >>

Posted in समाचार विश्लेषण | 6 Comments »

हाम्रो पनि छ भ्यालेन्टाइन्स् डे

Posted by नेपाली मुटु on September 1, 2010

आज कृष्ण अष्टमी । भगवान् बिष्णुको आँठौ अवतार, चञ्चल कृष्णको जन्मदिन । भगवानहरुमा कृष्ण जति चकचके कोही थिएनन् रे । आफ्नो मुहार, बोली र बाँसुरीले संसारलाई मोहमा राख्न सक्थे रे । मोहको कारणले उनको जन्म जेलमा भएपनि उनलाई जेलबाट गोकुलमा पु¥याएको कसैले थाहा पाएनन् रे । यसैले आजको रातलाई मोह रात्री पनि भनिन्छ । उनका रानी मात्रै १६ सय भन्दा बढि थिए रे । प्रेमको पयार्यवाचीका रुपमा पनि उनलाई लिने गरिन्छ । यसैले आजको दिनलाई पश्चिमा भ्यालेन्टाइन्स् डे सँग पनि तुलना गर्ने गरिन्छ । हामी संस्कृति प्रेमीहरुले आजको दिनलाई प्रेम दिवसका रुपमा मनाईदिए हाम्रो संस्कृति मै भएको कुरा पश्चिमा संस्कृतिबाट सापट लिइ रहनु पर्ने थिएन कि ! Continue Reading हाम्रो पनि छ भ्यालेन्टाइन्स् डे >>

Posted in कला संस्कृति | 1 Comment »