नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘कला संस्कृति’ Category

देशमा नै हेर्न पाइन्छ विदेशी नाटक

Posted by नेपाली मुटु on November 17, 2010

आजदेखि आरोहण गुरुकुलमा ‘काठमाण्डौ अन्तराष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ । यसको औपचारिक कार्यक्रममा के भयो, जान पाईन । तर जब म केहि साथीहरुसँग साँझमा गुरुकुल पुगे, गुरुकुलको मुहार पुरै फेरिएको थियो । पुरानो तरिकाले वर्णन गर्ने भए बेहुली झै सिंगारिएको थियो भने हुन्छ । आँगन भरि नेपाली र विदेशी अनुहारहरु मिसिएर उभिएका थिए । म पुग्दा फिनल्याण्डका एक निर्देशक आफ्नो घडि देखाउँदै नेपाली समय अनुसार उनको घडी मिलाइदिन अनुरोध गर्दै आए । समय मिलाइदिए पछि मैले उनको नाम मागें, उनले मुसुमुसु हास्दै भित्तामा झुण्डिएको पर्चामा आफ्नो नाम देखाए, ‘एडम ड्यारियस’ । मैले बधाई दिएँ । उनले नमस्ते पो गरे । सायद नमस्ते कति कति बेला गरिन्छ थाहा रहेनछ ।

उनी मात्र होइन, नेपाल र नेपालीका बारेमा जानेका वा नजानेका पन्ध्र देशबाट यो नाटक महोत्सवमा आएका रहेछन् । आज नेपाली नाटक ‘अग्नीको कथा’ देखाईयो । भोली २ मसिंरबाट २१ मसिंर सम्म नेपालबाहेक पन्ध्र वटा देशका २० वटा नाटक र मसिंर २० मा भने चर्चित नाटक ‘कर्णाली दख्खिन बग्दो छ’ का कलाकारहरुको अर्को नाटक ‘सुइना कर्णालिका’ देखाइने तालिका आरोहणले प्रकाशित गरिसकेको छ । नाटक प्रदर्शनीको तालिका हेर्न भित्र आउँनुहोस् >>

Posted in कला संस्कृति | 2 Comments »

बुबालाई सञ्चै त छ ?

Posted by नेपाली मुटु on September 8, 2010

आज कुशे औशी । शुद्धताको प्रतिक कुशलाई आज घरघरमा भित्राउँने दिन । आजकै दिन हामी आफ्नो बुबाको मुख हेर्ने दिन भनेर पनि मनाउँछौ । छोराछोरीले आजको दिनमा आफ्नो बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन्।

आफु त घरबाट टाढा भएको पनि धेरै भईसक्यो । यसैले बिहान सबेरै बुबालाई फोन गरियो । सञ्चो बिसञ्चो सोधियो । तपाई घरमा नै हुनुहुन्छ भने त ठिकै भयो । घरबाट टाढा हुनुहुन्छ भने के तपाईले घरमा बुबालाई फोन गर्नुभयो ? बुबालाई सञ्चै त छ नि ? Continue Reading बुबालाई सञ्चै त छ ? >>

Posted in कला संस्कृति | 3 Comments »

हाम्रो पनि छ भ्यालेन्टाइन्स् डे

Posted by नेपाली मुटु on September 1, 2010

आज कृष्ण अष्टमी । भगवान् बिष्णुको आँठौ अवतार, चञ्चल कृष्णको जन्मदिन । भगवानहरुमा कृष्ण जति चकचके कोही थिएनन् रे । आफ्नो मुहार, बोली र बाँसुरीले संसारलाई मोहमा राख्न सक्थे रे । मोहको कारणले उनको जन्म जेलमा भएपनि उनलाई जेलबाट गोकुलमा पु¥याएको कसैले थाहा पाएनन् रे । यसैले आजको रातलाई मोह रात्री पनि भनिन्छ । उनका रानी मात्रै १६ सय भन्दा बढि थिए रे । प्रेमको पयार्यवाचीका रुपमा पनि उनलाई लिने गरिन्छ । यसैले आजको दिनलाई पश्चिमा भ्यालेन्टाइन्स् डे सँग पनि तुलना गर्ने गरिन्छ । हामी संस्कृति प्रेमीहरुले आजको दिनलाई प्रेम दिवसका रुपमा मनाईदिए हाम्रो संस्कृति मै भएको कुरा पश्चिमा संस्कृतिबाट सापट लिइ रहनु पर्ने थिएन कि ! Continue Reading हाम्रो पनि छ भ्यालेन्टाइन्स् डे >>

Posted in कला संस्कृति | 1 Comment »

लौ ! आज गाइजात्रा !!!

Posted by नेपाली मुटु on August 25, 2010

नेपालमा गाइजात्रा बर्षै भरि मनाइन्छ । संबिधानसभा भवन बानेश्वर त गाइजात्राका लागि विश्वभर नै प्रसिद्ध भइसक्यो । त्यो बाहेक नेपाल सरकार, कर्मचारी, व्यापारी, बिद्यार्थी, कलाकर्मी आदि इत्यादि सबै बर्ष भरि नै दिक्क लाग्दो गाइजात्रा देखाएर हामीलाई रुञ्चे हासो हसाईरहन्छन् । नहेरौ भन्यो हेर्नु पर्छ, नसुनौ भन्यो सुन्नु पर्छ । एकापट्टीको गाइजात्रा देखेर अर्को तिर फर्कियो, उतै तिर घमासान गाइजात्रा भइरहेको हुन्छ । यसैले गाइजात्रा हाम्रो लागि खासै नयाँ त होइन । तर पनि आज केहि फरक छ । आजको गाइजात्रा अरु समयको भन्दा विशेष र सुन्दर हुन्छ । आजको गाइजात्रा हाम्रो संस्कृति भित्र पर्छ, अरु बेलाको हाम्रो कुकृतिमा । यो संस्कृतिले अरु कुकृतिलाई हटाउँन सकोस्, मनमा रहेका पीर र वेदनालाई पखाल्न सकोस्, सबैलाई गाइजात्राको मिठो शुभकामना । Continue Reading लौ ! आज गाइजात्रा !!! >>

Posted in कला संस्कृति | 4 Comments »

गुरुपुर्णिमाको शुभकामना

Posted by नेपाली मुटु on July 25, 2010

‘गु’ को अर्थ अन्धकार अनि ‘रु’ को अर्थ हटाउँने भन्ने हो रे । यसैले गुरु भनेको जिवनको अन्धकार हटाउँने जो कोहि भनेर बुझ्न सकिने भो । सामान्य भाषामा भन्दा नजानेको कुरा सिकाउँने व्याक्ति नै गुरु हो । यसैले एक जना मात्र गुरु होलान् भनेर सोच्न पनि सकिन्न । आज तिनै सबै गुरुहरुलाई गुरु पुर्णिमाको शुभकामना ।

तपाईले दिनु भयो त आफ्ना गुरुहरुलाई शुभकामना ? Continue Reading गुरुपुर्णिमाको शुभकामना >>

Posted in कला संस्कृति | Leave a Comment »