नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘जस्ताको त्यस्तै’ Category

भिष्म प्रतिज्ञा

Posted by नेपाली मुटु on September 5, 2010

साभार: nagariknews.com

लोकतन्त्रको सबै भन्दा ठुलो हतियार निर्वाचन हो । यदि आफुलाई लोकतान्त्रिक भन्ने दलहरु निर्वाचनबाट भाग्छन् भने कसरी लोकतान्त्रिक परिपाटी बस्न सक्छ ? भिष्म प्रतिज्ञामा बसेका दलहरुले कतिञ्जेल मुलुकलाई सरकार बिहिन बनाइराख्ने ? यो अडान छाड्ने बेला भएन र ? तपाई के भन्नुहुन्छ ? Continue Reading भिष्म प्रतिज्ञा >>

Posted in जस्ताको त्यस्तै | 5 Comments »

प्रधानमन्त्रीको प्रचारमोह / छपाइमा अनियमितता

Posted by नेपाली मुटु on June 29, 2010

माकुनेको प्रचारमोह पनि अचम्मको रहेछ । पहिला पहिला पञ्चायत कालमा राजा र उसका भरौटेले गर्थे रे । आफ्नो शासनकालको अन्त्य ताका पुर्वराजा ज्ञानेन्द्रले पनि खुब प्रचार युद्ध गरेका थिए । आज हाम्रा लिसो प्रधानमन्त्रि माधवकुमार नेपाल पनि खुब प्रचारमा जुटेका रहेछन् । यसलाई त अझ व्यक्तिगत फोटो एल्वम् भन्दा पनि हुने रहेछ । आफ्नो व्यक्तिगत तस्विरहरुको पुस्तक सरकारी खर्चमा निकाल्ने त्यो पनि अनियमित तवरबाट । वाह ! मान्नै पर्छ हाम्रा प्रधानमन्त्रिलाई त । आखिर उनले बुझिसकेका छन् जनता भनेका केहि होइनन् । नत्र दुई ठाउँबाट हारेका र संविधानकै पक्षमा नरहेका उनलाई किन पो प्रधानमन्त्रि मानिरहन्थे । हेर्नुहोस् e-kantipur.com.np बाट लिइएको बलराम बानियाँ र सरोजराज अधिकारीबाट तयार पारिएको समाचारको पुर्ण विवरण

Posted in जस्ताको त्यस्तै | Leave a Comment »

रेफ्रीले नदेखेको तर विश्वले देखेको गोल

Posted by नेपाली मुटु on June 28, 2010

इंग्ल्यान्डलाई शानदार ढंगले ४-१ले पराजित गर्दै जर्मनी क्वार्टर फाइनलमा प्रवेश त गर्‍यो, तर जर्मनीको विजयभन्दा पनि बढी चर्चा इतिहासमा सँधै इंग्ल्यान्डका लाम्पार्डले गरेको यो गोलको हुने निश्चित छ। मध्यान्तर अगाडि २-१ ले इंगल्यान्ड पछाडि पर्दा विश्वले देखेको यो गोल दुर्भाग्यपूर्ण रुपमा उरुग्वेका रेफ्रीले भने देखेन। यो खेलमा सबै अधिकारीहरु उरुग्वेका नै थिए। मुख्य रेफ्री जोर्गे ल्यारिओन्डा, लाइन्सम्यानहरु पाब्लो फान्डिनो, माउरिसियो एस्पिनोसा र मार्टिनो भाज्कुएज सबै उरुग्वे कै थिए। तर यो गल्तीका लागि रेफ्री मात्र हैन, समग्रमा फुटबलको नियम बनाउने अधिकारीहरु नै दोषी देखिने छन्। किनभने ती अधिकारीहरुले नै गोल लाइन प्रविधि र टिभी रिप्लेलाई अस्वीकार गर्दै आएका छन्। उनीहरुको तर्क छ- ९० मिनेटको खेलमा प्रविधिको सहायता लिँदा खेलको मानवीय पक्ष मर्छ र प्रविधि हावी हुन्छ। अनि के रेफ्रीले तानाशाह जस्तो जस्तो गलत निर्णय गरे पनि स्वीकारिरहने ? यो घटनाले यो विषयमा बहस चर्काउने छ। तपाईँलाई के लाग्छ ? प्रविधिको प्रयोग गर्नुहुन्छ कि हुन्न ? Continue Reading रेफ्रीले नदेखेको तर विश्वले देखेको गोल >>

Posted in जस्ताको त्यस्तै | Leave a Comment »