नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for March, 2010

गर्ने हैन त ब्लाक आउट ? : आज संसारभर ‘ब्ल्याक आउट’ गरिने

Posted by नेपाली मुटु on March 28, 2010

कति बाचिएला यस्तोमा ?

विश्वव्यापी तापमान वृद्धि तथा असामायिक जलवायु परिवर्तनबारे हालसम्म कानमा तेल हालेर बस्ने शक्ति राष्ट्रलाई सचेत गर्ने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले आइतबार संसारभर एक घन्टा बत्ती निभाई बृहत ‘अर्थ आवर’ दिवस मनाउन आह्वान गरेको छ ।

सन् २००७ मा सिड्नीमा मनाउन सुरु गरिएको यस अर्थ आवर दिवस अभियानलाई गुगल, कोकाकोला, म्याकडोनाल्डलगायत अन्य ठूला र विश्वव्यापी सञ्जाल भएका व्यापारिक प्रतिष्ठान तथा अत्यन्त धेरै राष्ट्रले समर्थन गरेकाले यस अभियान अत्यन्त सफल भई प्रत्येक वर्ष मनाइँदै आएकामा निरन्तरता दिन यस वर्ष विश्वका प्रख्यात पर्यटन केन्द्रलगायत अन्य महत्त्वपूर्ण स्थलमा बत्ती निभाइ उक्त दिवस मनाइने भएको छ ।

विश्वका एक सय १५ मुलुकमा अवस्थित ठूला भवन तथा व्यापारिक केन्द्र गरी करोडौँ भवनमा बत्ती निभाउने टि्वटर र फेसबुकजस्ता लोकपि्रय कम्प्युटर प्रोग्रामले आफ्ना नियमित सेवाको सट्टा अँध्यारो पर्दामात्र प्रदर्शन गरी सो अभियानलाई सघाउने कार्यक्रम रहेको जनाइएको छ । Continue Reading गर्ने हैन त ब्लाक आउट ? : आज संसारभर ‘ब्ल्याक आउट’ गरिने >>

Posted in समाचार/सन्दर्भ | 2 Comments »

गजल

Posted by नेपाली मुटु on March 26, 2010

अनुभव शर्मा

आफ्नै बिचार सेरेर बसियो
दुईचार गजल केरेर बसियो

जब देश मिचे बिदेशिले
स्वास्निको गुन्यु बेरेर बसियो

Continue Reading आफ्नै बिचार सेरेर बसियो >>

Posted in पहुनाको पालो | 1 Comment »

रामदेवले भने, “बुद्ध नेपालमै जन्मिएका हुन्”

Posted by नेपाली मुटु on March 26, 2010

भोली देखि काठमाण्डौको टुडिखेलमा योग प्रशिक्षण दिन आएका रामदेवले काठमाण्डौ टेक्ने बित्तिकै पत्रकार सम्मेलन गरेर आफु नेपाल आएको जनाएका थिए । यसै क्रममा उनले नेपालको सास्कृतिक तथा जैविक सम्पदाको प्रशंसा गर्दै भने, “नेपाल जैविक रुपमा एकदमै सम्भावना बोकेको मुलुक हो । यहाँ पाइने जडिबुटि संसारकै दुर्लभ र उन्नत छन् ।” एक प्रसगंमा उनले भने, “भगवान गौतम बुद्ध नेपाल मै जन्मिएका हुन् । भारतमा बुद्ध जन्मिएको भन्ने प्रचार भारतको कुटिल र घृणित चाल मात्र हो ।” नेपाली राजनितीमा पनि उनको चासो र जानकारी थाहा पाउन सकिन्छ । उनले नेपाली भाषा प्रयोग गरेरै भने, “नेपाल लोकतान्त्रिक गणतन्त्रमा गएको छ । वास्तवमै राजतन्त्र भन्दा लोकतन्त्र धेरै नै राम्रो हो । नेपाली जनताको यो कदमलाई म सम्मान गर्दछु ।” गिरिजा प्रसाद कोइरालाको मृत्युले आफु स्तब्ध भएको भन्न उनले छुटाएनन् । Continue Reading रामदेवले भने, “बुद्ध नेपालमै जन्मिएका हुन्” >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

फेरी बोल्यो ज्ञानेन्द्र : राजसंस्था सकिएको कुरा hypothetical मात्रै

Posted by नेपाली मुटु on March 24, 2010

“राजसंस्था सकिएको छैन रे. जानकी मन्दिरमा मेरो यसरी जय-जयकार गरे कि म त चकित भए. राजसंस्था सकिएको कुरा त hypothetical मात्रै पो रहेछ” ज्ञानेन्द्र एस्तो बरबराउन थाल्यो .

“जनता मसँग रिसाएका मात्रै छन, मैले गल्ति गरेकै हो, यसैले जनताले मलाई पाठ पढ़ाएका मात्र हुन. राजा भनेका अभिभावक हुन भन्ने जनताले कहिले पनि बिर्सिने छैनन. देशमा शान्ति-सुरक्षा हुन्छ भनेर मात्रै हामीले छोडेका हौ ” ज्ञानेन्द्रको यो बोली सुन्दा लाग्छ, जनताको मनमा छारो हाल्न सक्छु भन्ने उनमा अनौठो आशा अझै बांकी रहेछ. जनता जागेको कुरा हाम्रो पैसाले उभ्याएको उनको महलको पर्खालले छेल्छ क्यारे. Continue Reading फेरी बोल्यो ज्ञानेन्द्र : राजसंस्था सकिएको कुरा hypothetical मात्रै >>

Posted in मेरो भन्नु | 3 Comments »

छोरा नै किन चाहियो र?

Posted by नेपाली मुटु on March 22, 2010

गिरिजाप्रसाद कोइराला अब हाम्रो स्मृतिमा मात्र रहनेछन्। उनको भौतिक शरीर हिजो खरानी भइसकेको छ। परम्परागत हिन्दू मान्यतालाई चुनौति दिँदै उनलाई दागबत्ती दिने काम गरिन उनकी एक मात्र छोरी सुजाता कोइरालाले। Continue Reading छोरा नै किन चाहियो र? >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

रहेनन गिरिजा प्रसाद कोइराला

Posted by नेपाली मुटु on March 20, 2010

बिदा गिरिजाबाबू

नेपाली राजनीतिको सधै शिखरमा रहेका नेपाली कांग्रेसका सभापति तथा नेपालका पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला को आज निधन भएको छ. आजको मितिमा उनका संपूर्ण अवगुणहरुलाई बिर्सदै र उनका महान्ताको सम्झना गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दछू. Continue Reading रहेनन गिरिजा प्रसाद कोइराला >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

उफ़ अझै बढ्यो loadshedding

Posted by नेपाली मुटु on March 12, 2010

हाम्रोमा कहिले नेप्से घटेर दिक्क पर्छ, कहिले तापक्रम घटेर उस्तै, संबिधान बनाउने दिन उस्तै गरि घटिरहेको छ. हामीलाई यो केहि मात्रै बढ़ी दिए हुन्थ्यो जस्तो लागिरा बेला loadshedding पो प्वाक्क बढेछ. अब दिनको १२ घण्टा बत्तिले आराम गर्ने भयो. अस्ति भर्खर मात्रै हाम्रा उर्जा कि बुर्जा मंत्री कस्सिदै थिए, “अब loadshedding मरी गए बढ्दैन.”

हामी सबैलाई थाहा छ, हामीसंग चाहिए जति बिजुली छैन. तर उर्जा कि बुर्जा मंत्रीले किन ढाटनु ? नहुने कुरा बोलेर किन आश देखाउनु ? यस्ता नचाहिदा तिकड़मे कुरा गरेर बस्नु भन्दा CFL कै बारेमा बोल्नु, अझ भएन alternative production को कुरा गर्नु-काम गर्नु. फोगटिया गुड्डी हाकेर हुन्छ ? Continue Reading उफ़ अझै बढ्यो loadshedding >>

Posted in मेरो भन्नु | Leave a Comment »

मिसेल ओवामा नेपाली डिजाइनरको पोशाकमा

Posted by नेपाली मुटु on March 12, 2010

अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओवामाले नेपाली ड्रेस डिजाइनर प्रवल गुरुङले तयार पारेको पोशाक लगाएर एक कार्यक्रममा सहभागिता जनाएकी छिन्। स्मिथसोनियन म्युजियम अफ अमेरिकन हिस्ट्रीको फस्ट लेडी कलेक्सनमा कपडा दिने समारोहमा उनले गुरुङको डिजाइनमा तयार भएको पोशाक लगाएकी हुन्।
उनले गुरुङले डिजाइन गरेको व्ल्याक एन्ड ह्वाइट स्लिभलेस लगाएर कार्यक्रममा सहभागिता जनाएको इन्डियन एक्सप्रेसले जनाएको छ। उनले लगाएको सेतो स्लिभलेसमा कालो रङको गुलाव पेन्ट गरिएको छ। गुरुङले यसअघि नै अमेरिकी आफू ओवामा पत्नीका लागि पोशाक डिजइन गर्न उत्सुक रहेको जनाएका थिए। उनले पहिले नै ह्वाइट हाउसमा मिसेल ओवामाको प्रवेशले त्यहाँ ग्ल्यामरको प्रवेश भएको टिप्पणी गरेका थिए।

इको डोमेन फेसन फाउन्डेसन विजेता गुरुङले त्यतिखेर गरेको टिप्पणीले अहिले स्वरुप पाएको हो। मिसेलले लगाएको यो पोशाक गुरुङको २०१० कलेक्सन हो। न्युयोर्क फेसन सप्ताहमा प्रबलले दिएको अन्तरवार्तामा अमेरिकी महिलाहरुलाई थप आधुनिक देखिनसक्ने बताएका थिए। Continue Reading मिसेल ओवामा नेपाली डिजाइनरको पोशाकमा >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

एउटा ज्ञ को अन्त्य

Posted by गणेश कार्की on March 10, 2010

मैले पहिले नै लेखेको थिए र कही अगाड़ी ब्लगमा पनि post गरे तर फेरी यसको महत्व बढेको जस्तो लाग्यो. कुलमंडल खां ( कवितामा ‘क’ ) बाट सुरु भएको राजतन्त्र ज्ञानेन्द्र ( कवितामा ‘ज्ञ’) मा हामीले सक्यौ तर फेरी टाउको उठाउन खोज्दैछ,

बाबु छोरा बोलिदे न
यो अन्धकार रातमा
एउटा दियो बालिदे न
किन ? तँ निदाउँन लागिस् कि क्या हो ?
किन ? तैले दिक्क मानिस् कि क्या हो ?
तेरो मसालको आगो अझै निभिसकेको छैन
तेरो छातीको घाउ अझै निख्रिसकेको छैन
छोरा तँ युद्ध सकिएको भ्रममा परिस् कि क्या हो ?
भन्छस् नि तँ त
क ख हरु सबै ज्ञ मा गएर सकिए
पापहरु सबै धुरीमा उक्लेर कराए
तर बाबु के उ अब चुपचाप बस्ला र ?
Continue Reading एउटा ज्ञ को अन्त्य >>

Posted in कविता | 1 Comment »

गृहराज्य मन्त्री मो रिजवान अन्सारीले राजीनामा दिए

Posted by नेपाली मुटु on March 10, 2010

आफु दुई-दुई ठाऊबाट हार्नु छ अनि आफ्नै मंत्री मंडलमा जितेको मान्छे गृह राज्यमंत्री भएर बसिरहेको छ. यस्तो कसैलाई मन पर्ला त? पहिले देखिनै के निहु झिंकू र पाखा लगाऊ जस्तो भैरहेको थियो बल्ल मौका मिल्यो माधव कुमार नेपालज्युलाई. अन्त्यमा राजीनामा मागेरै छाडे. नमागुन पनि कसरी जब राज्य मंत्री अगाड़ी आउछन जिस्काउन आए जस्तो लागिरहन्थ्यो होला . अब कोही हारेको मान्छे ताने त आफु जस्तै हुने भयो. आखिर हारेकोले हारेकोलाई त मज्जाले नचाउन सकिहालिन्छ नि. कहाँ सबै सुजाता जस्ता हुन्छन् र ? सबैको बाऊ होइनन नि गिरिजा पनि. Continue Reading गृहराज्य मन्त्री मो रिजवान अन्सारीले राजीनामा दिए >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

यस्तै तालले बन्ला त संबिधान ?

Posted by नेपाली मुटु on March 9, 2010

संविधान लेखनको कार्यतालिका मंगलबार दसौं पटक संसोधन भएको छ । अपरान्ह तीन बजे बस्ने संविधानसभाको बैठकले कार्यतालिका संसोधन गरेको छ । यसअघि विभिन्न शीर्षकमा संविधान लेखनको समय विभाजन गरिएको थियो । संवैधानिक समितिलाई नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्न माघ २१ देखि फागुन २१ गतेसम्मको समयाबधी दिइएको थियो । विषयगत समितिका प्रारम्भीक मस्यौदा प्रतिवेदनमा रहेका विवादित विषयलाई समाधान गरी संवैधानिक समितिमा पेश गर्न प्रतिवेदन अध्यययन समितिलाई जिम्मा दिइएपनि प्रमुख दलहरुबीचको आ-आफ्नै अडानले विवाद समाधान हुन सकेको छैन । दलहरुबीचको विवादका कारण ११ वटा विषयगत समितिमध्ये २ वटा समितिको प्रारम्भीक मस्यौदा प्रतिवेदन मात्र संवैधानिक समितिमा पेश भएको छ । दुई वटा प्रतिवेदनबाट मात्रै संविधान लेखनको सुरुवात गर्न नसकेर संवैधानिक समिति बेरोजगार जस्तै भएको छ । संविधान लेखनको अवधि अब ७९ दिन मात्र बाँकी छ । Continue Reading यस्तै तालले बन्ला त संबिधान ? >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

राजधानीमै सुरुङ मार्ग !

Posted by नेपाली मुटु on March 8, 2010

सचेन गौतम
नयाँ पत्रिका
काठमाडौं, २३ फागुन
बाटो काट्नका लागि ‘सब-वे’ प्रयोग गरिरहेका काठमाडौंका बासिन्दाले सार्वजनिक यातायातका लागि पहिलोपटक सुरुङ मार्ग प्रयोग गर्न पाउने भएका छन् ।

चाबहिल, कोटेश्वरलगायतका क्षेत्रमा गाडीको चापलाई कम गर्न काठमाडौंको तिलगंगाबाट गुह्येश्वरीसम्म ४ सय मिटरको सुरुङ बनाई वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको हो । पशुपति क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वलाई असर पर्न नदिन तिलगंगामा रहेको वाग्मतीको पुलबाट गुह्येश्वरीसम्म सुरुङ मार्ग निर्माण गर्न लागिएको डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख बलराम मिश्रले जानकारी दिए । Continue Reading राजधानीमै सुरुङ मार्ग ! >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

मृत इश्वर

Posted by गणेश कार्की on March 6, 2010

इश्वर बाचुन्जेल
यत्र-तत्र घुमिरह्यो
अनेक ठक्कर खाएर
सयों भुमरिमा रुमल्लिएर
कहाँ-कहाँ मात्र पुगेन इश्वर
के-के मात्र भोगेन इश्वरले
जीवनको बृत बनाउन
कुन-कुन बाटो मात्र हिडेन इश्वर
जब समयलाई उछिन्न सकेन
जब जीवनको बृत बनेन
मृत इश्वर धेरै दिनसम्म
सड़क किनार ढलिराह्यो

चाहे तिमी मान या नमान
इश्वरको पनि आयु हुन्छ
तिमी जसरी नै जन्मन्छ
अनि,
भयानक मृत्यु मर्दछ
मान्छे,
इश्वरको लाश माथि चढेर भाषण दिन्छ
इश्वर अमर छ
इश्वर अजर छ
इश्वर यत्र-तत्र-सर्बत्र छ Continue Reading मृत इश्वर >>

Posted in कविता | 2 Comments »

गजल

Posted by गणेश कार्की on March 5, 2010

म छु सँगै तिमी छौ अनि मेरा रहरहरु ज्यूदा छन्
बग्दछ माया यत्र तत्र, नदि नहर हरु ज्यूदा छन् ।

अभावमा तिम्रो साथ पाएँ, सुखमा पनि तिमी खोज्छु
आशा छन्, सयौं सपना छन्, अनि प्रहरहरु ज्यूदा छन् ।।

बढ्छ रे दुरता, राशी मिल्दैन ग्रहले दुख दिन्छ रे
पिडा–आँशु हुन्छ मान्छेमा, र त जहरहरु ज्यूदा छन् ।
Continue Reading म छु सँगै तिमी छौ अनि मेरा रहरहरु ज्यूदा छन् >>

Posted in गजल | Leave a Comment »