नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for July, 2010

मानव अधिकार

Posted by गणेश कार्की on July 31, 2010

-गणेश कार्की-

भोली मानव अधिकार दिवस । उनलाई आज खुब हतारो छ किनकी उनले आज नै भाषण कण्ठ गरिसक्नु पर्ने थियो । भोली मानव अधिकार सभामा यही भाषण गर्नु थियो । यसैले उनी भाषण घोक्दै थिए । अर्काले सुन्ला कि भन्ने डर उत्तिकै थियो । यसैले उनी विस्तारै भए पनि रट्दै थिए, “ …..यस संसारका सबै मानव बराबर हुन् । कसैले कोही माथी हक जमाउँन पाइदैन । कसैले कसैलाई थिचोमिचो र प्रताडित गर्नु हुदैन ……….. ।”

आफ्ना मालिकको यस्ता मिठा कुरा रामेलाई फेरि दोहो¥याएर सुन्न मन लाग्यो । र, मालिकलाई आँटैले भन्यो, “हजुर ! के गर्नु हुदैन रे ?” जत्ति सुकै दोहो¥याउँदा पनि कण्ठ नभएकाले अघि देखि झ्वाँक चलिरहेको बेला अझ यो सानो मुखको ठुलो कुरो उनलाई सही नसक्नु भयो । रामेका छातीमा लात बजार्दै उनले भने, “देखिस्, यै गर्नु हुदैन भनेको ।” Continue Reading मानव अधिकार >>

Posted in शनिबार बसिबियालो | 7 Comments »

छिरेन एयरपोर्टबाट हात्ती

Posted by नेपाली मुटु on July 30, 2010

कुख्यात अपराधी चाल्र्स शोभराजको पाँच बर्ष अगाडी देखि झुण्डिरहेको मुद्दाको आज फैसला भएको छ । पटक–पटक फैसला हुने भनिए पनि म्याद सर्दै आएको शोभराजको मुद्दा आज पनि टुङ्गिनेमा धेरैको सन्देह थियो । तर सबैको शंका विपरित उनलाई दोषी ठहर गर्दै अदालतले थप १४ बर्षको जेल सजाय तोकेको हो । नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउँन सक्छु भनेर नेपाली व्यवश्थालाई ठाडो चुनौती दिएका शोभराजको विगत अनि नेपालको कानुनी क्षेत्रमा रहेको भ्रष्टचारको कारण उनले सजाय पाउँन कुरा एकदमै चुनौतीपुर्ण मानिएको थियो । तर अदालतको यो कदमले कानुनको खरिद बिक्री गर्नेहरुलाई गतिलो झापड दिएको छ । ३ दशकअघि उनको हातबाट मारिएकी अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजको आत्मालाई बल्ल आफ्ना दोषीले सजाय पाएको देखेर शान्ति महसूस भयो होला । Continue Reading छिरेन एयरपोर्टबाट हात्ती >>

Posted in समाचार विश्लेषण | 2 Comments »

लाईन लाग्न जानुहोस्, पैसा आउँछ

Posted by नेपाली मुटु on July 30, 2010

नेपाल विकाश बैक खारेजीमा गए पछि निक्षेपकर्ताको सबै रकम डुब्ने देखिएको थियो । यसैले धेरैले त आफ्नो पैसाको माया मारिसकेका थिए । तर पुनरावेदन अदालत पाटनको एक बर्ष अगाडीको आदेश अनुसार आज देखि साना बचतकर्ता संस्था वा व्याक्तिहरुको रकम फिर्ता गरिने भएको छ । नेपाल विकास बैँक लिक्विडेटरको कार्यालय, हेरिटेज प्लाजा, कमलादीबाट साना बचतकर्ताहरुलाई आज दिउँसो २ बजे देखि चेक हस्तान्तरण गरिन लागेको हो ।

यसैले तपाईले पनि नेपाल विकाश बैकमा बचत गर्नु भएको थियो र, फिर्ता आउँने दिन पर्खेर बसिरहनु भएको छ भने चाँडो जानुहोस् है । फेरि ठ्याक्कै तपाईको अगाडी चेक सकिएला नि । Continue Reading लाईन लाग्न जानुहोस्, पैसा आउँछ >>

Posted in समाचार/सन्दर्भ | 4 Comments »

फड्को मार्दै नेपाली फुटबल, गर्न धेरै बाँकी छ

Posted by नेपाली मुटु on July 29, 2010

सन्तोष साहुखल-महगां खेलाडी

नेपाली फुटबलमा व्यावसायिकताको खोजी भइरहेका बेला २८ बर्षे पुरानो व्यावसायिक क्लब मनाङले फुटबलमा व्यावसायिकताको पुट हाल्ने कोशिश गरेको छ । क्लबलाई नयाँ ज्यान भर्न भन्दै ११ जना नयाँ खेलाडीलाई मालदार पारिश्रमिकमा क्लबमा भित्राएको हो । यसरी नयाँ आउँने खेलाडीमा थ्री स्टारका चार, एनआइबिएल फ्रेन्ड्स र जीफाइभ मच्छिन्द्रका २ र २, संकटा र एनआरटीका १ र १ खेलाडी छन्। गत महिना सम्पन्न लिगमा पाँचौ स्थानमा चित्त बुझाउँनु परे पछि ६ पटकको विजेता मनाङले यो कदम उठाएको हो । यी सबै खेलाडीलाई क्लबले मासिक १०,००० देखि ५०,००० सम्म दिएको छ । यसमा थ्रिस्टारका सन्तोष साहुखलको सबै भन्दा बढि मासिक ५०,००० पारिश्रमिक छ । नेपाली फुटबलको इतिहासमा खेलाडीले पाएको यो नै सबै भन्दा ठुलो पारिश्रमिक हो । कुल बार्षिक बजेट ६५ लाख भएको क्लबले खेलाडीको पारिश्रमिकमा मात्र ५० लाख खर्चेको छ । यो कदमबाट खेलाडीलाई व्यावसायिक खेलाडी बन्न पक्कै पनि सहयोग पुग्नेछ ।

तर बार्षिक बजेटको दुइ तिहाई खेलाडीको पारिश्रमिकमा खर्चिने थ्रीस्टारको कदम तपाईलाई चै कस्तो लाग्यो नि ? लेख्नुहोस् है । Continue Reading फड्को मार्दै नेपाली फुटबल, गर्न धेरै बाँकी छ >>

Posted in समाचार विश्लेषण | 4 Comments »

लौन ! अब त केहि सिकौं !!

Posted by नेपाली मुटु on July 29, 2010

यो फोटो मोबाइलबाट खिचिएको हो । यसैले स्तरियतालाई भन्दा बढि भावलाई अर्थ दिन अनुरोध गर्दछु । र, यो अलिक पहिलेको फोटो पनि हो । देश बनाउँने भनेर चुनिएकाहरु कुर्सीका लागि लुछाचुडि गरिरहेको समयमा पशुपतीका यी बाँदरहरुको आत्मियताले केहि सन्देश दिन्छ कि भनेर ब्लगमा राखेको हुँ । जब म यो फोटो हेर्छु प्रश्न जाग्छ, फोटोमा निदाइरहेको बाँदर जत्तिकै निष्फिक्री हुन सक्ने दिन कहिले आउला ? तपाईलाई चै कस्तो लाग्यो नि ? Continue Reading लौन ! अब त केहि सिकौं !! >>

Posted in मलाई मन परेको फोटो | 6 Comments »

इराकको प्रतिबन्ध हट्यो, समाधान यही हो ?

Posted by नेपाली मुटु on July 28, 2010

छ बर्ष देखि नेपाली राहदानीमा ‘इराक बाहेक’ भनेर लेख्न थालिएको थियो । तर यही ‘इराक बाहेक’ भनेर लेखिएको राहदानी बोकेर तिस हजार भन्दा बढि नेपाली नागरिकहरु इराक पुगिसेकेका रहेछन् । अमेरिकन सेनाले गैरकानुनी कामदारलाई निकाल्ने भने पछि उत्पन्न भएको सन्त्रास नेपाल सरकारले पनि थाहा पायो । र, ६ बर्ष देखि लगाउँदै आएको इराक प्रवेशको प्रतिबन्ध आज हटायो । यो निर्णय अहिले इराकमा रहेका नेपालीलाई मात्र लागु हुने भनिएको छ । नयाँ कामदार जान र पठाउँन भने पाइदैन । यति भए पछि नेपाली कामदारहरुले अब कामबाट निस्किनु पर्दैन रे ।

गैर कानुनी हुदा–हुदै तिस हजार बढि नेपाली इराक पुग्दा पनि थाहा नपाउँने सरकारले ‘नयाँले नपाउँने’ भन्दा मात्र यो क्रम रोक्न सक्ला र ? एउटा समस्या त सल्टियो तर विगतमा जस्तै वा त्यो भन्दा खतरनाक समस्या नआउला भनेर कस्ले ग्यारेण्टी गर्न सक्छ ? यो बिषयमा नेपाल सरकारले सोचेको छ कि छैन ? नेपाल सरकार यो कदमलाई तपाई चै के भन्नुहुन्छ नि ? Continue Reading इराकको प्रतिबन्ध हट्यो, समाधान यही हो ? >>

Posted in समाचार विश्लेषण | 5 Comments »

चुनाव नै कि अर्को उपाय गर्ने हो ?

Posted by नेपाली मुटु on July 28, 2010

कार्टुन साभार: नागरिक द्धैनिक

आज १२ गते पनि भइसक्यो । तर दलहरु सबै आ–आफ्नै डम्फु बजाएर बेसुरा गीत गाउँन छाडेका छैनन् । एमाले र मधेसी दलहरु पुनः हुने चुनावमा पनि मत नहाल्ने अड्डि कसरै बसेका छन् । तिनीहरुलाई टसको मस पार्ने कुनै उपाय देखिएको छैन ।

यस्तो स्थितीमा अझै कति बसिरहने हो देश कामचलाउ प्रधानमन्त्रीलाई शिरमा बोकेर । अब नियमावली परिवर्तन गरेर पुनः नेतृत्वको खोजी गर्नु पर्दछ भन्नेको पनि आवाज बाक्लिदै आउँदैछ । तपाई के भन्नुहुन्छ ? पुरानै उम्मेदवारबाट जति पटकमा भए पनि प्रधानमन्त्री छान्ने हो कि नियमावली परिवर्तन गरेर नयाँ उम्मेदवारी खोज्ने हो ? आफ्नो कुरा लेख्नुहोस् है । Continue Reading चुनाव नै कि अर्को उपाय गर्ने हो ? >>

Posted in चुप लाग्न नसक्दा | 7 Comments »

फर्कनु पर्दैन कि इराकबाट

Posted by नेपाली मुटु on July 27, 2010

१५ दिन भित्र इराकबाट ३० हजार नेपाली कामबाट नेपाल फिर्ता हुनु पर्ने अमेरिकी सेनाले जनाएको थियो । नेपाली र फिलिपिनो नागरिकहरु गैरकानुनी रुपमा अन्य देशको बाटो हुदै इराक पुगेर काम गर्दै आएका थिए । तर अमेरिकी सेनाको गैरकानुनी कामदार आफ्नै मुलुक फिर्ता हुनु पर्ने नियम जारी गरे पछि नेपाली र फिलिपिनो नागरिकमा अन्यौलताको सृजना भएको थियो । मुलुक भित्र बेरोजगार युवकहरु धेरै पैसा कमाउँने उद्देष्यले भारतको बाटो हुदै इराक प्रवेश गर्ने गर्छन् । यसरी इराक पुग्ने नेपालीको संख्या तिस हजार पुगिसकेको त्यहाँ स्थित अमेरिकी सेनाले बताएको छ । तर नेपाल सरकारलाई त्यहाँका कामदारले इमेलबाट आफ्नो स्थितीको जानकारी दिए पछि नेपाल सरकारले इराक प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । Continue Reading फर्कनु पर्दैन कि इराकबाट >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

गजल

Posted by गणेश कार्की on July 26, 2010

खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा ?
पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।
स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।
पुरा पढ्न भित्र आउँनुहोस्

Posted in गजल | 1 Comment »

गुरुपुर्णिमाको शुभकामना

Posted by नेपाली मुटु on July 25, 2010

‘गु’ को अर्थ अन्धकार अनि ‘रु’ को अर्थ हटाउँने भन्ने हो रे । यसैले गुरु भनेको जिवनको अन्धकार हटाउँने जो कोहि भनेर बुझ्न सकिने भो । सामान्य भाषामा भन्दा नजानेको कुरा सिकाउँने व्याक्ति नै गुरु हो । यसैले एक जना मात्र गुरु होलान् भनेर सोच्न पनि सकिन्न । आज तिनै सबै गुरुहरुलाई गुरु पुर्णिमाको शुभकामना ।

तपाईले दिनु भयो त आफ्ना गुरुहरुलाई शुभकामना ? Continue Reading गुरुपुर्णिमाको शुभकामना >>

Posted in कला संस्कृति | Leave a Comment »

नेकपा एमाले, न पोथी न भाले

Posted by नेपाली मुटु on July 24, 2010

>राजनीतिक वृतमा पहिलै देखि एमालेलाई उसको ढुलमुले प्रवृति प्रति तिव्र कटाक्ष गर्दै ‘न पोथी न भाले’को उपमा दिदै आइएको थियो । अहिले सहमतीय राजनीतिको माला जपेर एमालेले आफ्नो चरित्रलाई उपमाको निकट उभ्याएको छ । महाभारतमा श्रीकृष्णले अर्जुनलाई भन्छन्, “हे अर्जुन ! यो धर्म युद्ध हो । यहाँ कि कौरव पक्ष रहनेछन् कि पाण्डव पक्ष । जो तटस्थ हुन्छ, त्यसले पापलाई पक्षपोषण गर्दछ । त्यसैले, यो युद्धमा कोही पनि तटस्थ रहन पाउँने छैनन् या रहनु हुदैन ।” यो कुष्णको उपदेश आज नेपालको राजनीतिक वृतमा समयसापेक्ष भएको छ । राजनीतिक द्धन्द बढ्दो छ र, उम्मेदवारी अनुसार नेपालको राजनीतिक दलहरु दुइ धु्रवमा बाँडिनु पर्ने हो । यसले मात्र नेपालको राजनीतिक द्धन्दलाई निकास दिन सक्छ । Continue Reading नेकपा एमाले, न पोथी न भाले >>

Posted in मेरो भन्नु | 2 Comments »

नाटक फेरि १७ गते रे

Posted by नेपाली मुटु on July 24, 2010

भाका सार्नको पनि एउटा हद हुन्छ नि । दुई बर्षमा नयाँ संविधान दिने भनेको एक बर्षको भाका थपियो । सेना समायोजनको त कुरा नै छाडौं । त्यो पनि पुरा हुन्छ होला भनेर धेरै नेपालीलाई विश्वास लाग्दैन, त्यै पनि भाका सरिरहन्छ । हुँदा–हुँदा सरकार तसहमतीको नभए पनि बहुमतको त भनेको समयमा नै बन्ने गथ्र्यो । अब त त्यसको पनि भाका सर्न थालेको छ । आज भएको चुनावमा न त प्रचण्ड न त रामचन्द्र पौडेल, कसैले पनि बहुमत पु¥याउँन सकेनन् । पुगोस् पनि कसरी एमाले, मधेसी दलहरु र अरु साना दलहरु रिसाएर माइत गएकी दुलही जस्ती भएर भोट नहाल्ने भएर बसेका छन् । अनि माओवादी र कांग्रेसका त आफ्ना आफ्ना उम्मेदवार छदैछन् । यसैले सबैले सोचे अनुसार आज पनि नयाँ सरकारको टुङ्गो लागेन । अब साउन १७ गते नाटकको अर्को भाग पस्किने रे । यो भाका सार्न र नयाँ नयाँ नाटक देखाउँन हाम्रा नेताहरु यत्ति सक्षम छन् कस्ले सोचेको थियो होला र ? Continue Reading नाटक फेरि १७ गते रे >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

‘राजनितीमा स्थायी शत्रु र स्थायी मित्र हुदैन’

Posted by नेपाली मुटु on July 23, 2010

मैले सानै देखि सुनेको कुरा, राजनितीमा स्थायी शत्रु र स्थायी मित्र हुदैन । अहिले आएर साँच्चै नै हो भन्नेमा पुगेको छु । अब यसका लागि कुनै साक्षी वा विशेष प्रमाणको खाँचो रहेन । कति नै बर्ष भएको छ र प्रचण्डको टाउकाको मोल राखेको ? अनि कति नै बर्ष भयो र, कमल थापालाई राजनितीक अछुत मानिएको ? तर आज यही राजनितीले यि दुबै नेतालाई एक ठाउँमा ल्याउँन सक्ने बनाएको छ । हामी आम मानिसका लागि त यो एकदमै अपत्यारिलो, रोचक र विस्मयकारी हुन्छ । तर राजनितिज्ञका लागि यो केहि नयाँ रहदैन । आज मात्र एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले घरैमा गएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट गरे । Continue Reading ‘राजनितीमा स्थायी शत्रु र स्थायी मित्र हुदैन’ >>

Posted in मेरो भन्नु | Leave a Comment »

माछा माछा भ्यागुतो भो झलनाथलाई

Posted by नेपाली मुटु on July 22, 2010

झलनाथ : लास्टमा त्यै भो, रित्तो हात !

हिजो राजनितीक वृतमा एमाले अध्यक्ष एक्कासी हावी भए । प्रधानमन्त्रीको दाबेदारी गर्दै उम्मेदवारी दिदा सम्म उनको सम्भावनालाई न्यून नै मानिएको थियो । तर एकाबिहानै माओवादीले खनाललाई समर्थन गर्ने निर्णय गरे पछि भने उनको सम्भावना अकाशियो । भटाभट एमाले अध्यक्षलाई समर्थनका पत्रहरु प्राप्त हुन थाले । संसद बैठक हुने समयसम्म उनलाई ३९१ मत प्राप्त भइसकेको थियो । बाँकी १० मत नै उनको लागि दुर्भाग्यपुर्ण रह्यो । यसैले स्पष्ट बहुमत हुदाहुदै पनि दिल्लीका प्रभु र उनका चरणदास ओली र नेपालको चुक्लीले उनी नेपालको ३४ औ प्रधानमन्त्री हुने दौडबाट बाहिर निकालिए । जसोतसो उनले उम्मेदवारी त दिए, तर माओवादीका छनौटका नेता भएकै कारण दिल्ली र सिल्लीका नजरमा उनी नालायक भए अनि लोकतन्त्रका ढर्रा पिट्ने कमनिष्टहरुबाटै रेडकार्ड देखाइए । शुक्रबार हुने फाइनलमा अब खनाल हुने छैनन् । Continue Reading माछा माछा भ्यागुतो भो झलनाथलाई >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

तानातान, हानाहान, किनबेच : उफ् राजनिती

Posted by नेपाली मुटु on July 22, 2010

राजनितीको एउटा अचम्मको रुप देख्न पाइयो । सहमतीको रटान लाएर नथाक्ने ठुला दलहरुले प्रधानमन्त्रीको दाबेदारी गर्दै हुने सम्म गरे । यसलाई लोकतान्त्रिक परिपाटी हो भनेर मान्न पनि सकिएला । तर हिजो जे जे नाटकहरु मञ्चन भए के यही हो लोकतन्त्र ? यदि हो भने हाम्रो लागि लोकतन्त्र सहि छैन । तपाईले पनि त थाहा पाउँनु भयो होला नि, आज के भयो ? मलाई चै पटक्कै राम्रो लागेन । यसो भन्दैमा फेरि केहि राम्रा कुराहरु पनि देखिए । यसलाई भने म सकारात्मक नै मान्छु । आज दलहरु मेरो नजरमा : Continue Reading तानातान, हानाहान, किनबेच : उफ् राजनिती >>

Posted in मेरो भन्नु | Leave a Comment »