नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘पहुनाको पालो’ Category

गजल

Posted by नेपाली मुटु on May 14, 2010

घनेन्द्र ओझा

तिमी जातका कुरा गर्र्छौ म त मान्छे एक भन्छु
परैबाट आँखा तर्र्छौ म त मान्छे एक भन्छु ।

त्रि्रोजस्तै रूप-रङ्ग, भावना छ तिमीजस्तै
अन्धविश्वासमात्रै छर्र्छौ म त मान्छे एक भन्छु ।
Continue Reading तिमी जातका कुरा गर्र्छौ म त मान्छे एक भन्छु >>

Posted in पहुनाको पालो | Leave a Comment »

यो आन्दोलन, सपना र मेरा नजर

Posted by नेपाली मुटु on May 6, 2010

प्रा.डा. अभि सुवेदी

आन्दोलन सपनाधारीहरूले अनुशासनमा रहेर आफ्नो निश्चित उद्देश्यप्राप्तिका लागि सहरी क्षेत्रमा सञ्चालन गर्ने दबाबमूलक गतिविधि हो। तर, आन्दोलन दिशाहीन र हिंसापूर्ण गतिविधि भने होइन। मूलतः आन्दोलन सहर र सकडमै हुन्छ। आन्दोलनको पनि विभिन्न रूप हुन्छन् र यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । एउटा मान्छेभित्रै पनि आन्दोलन भइरहेको हुन्छ । एउटा मान्छेले आफ्नै जीवन भोगाइमा घटित कुनै घटना या दुर्घटनाको कारण असहमति महसुस गर्छ । ऊभित्रका चेतनाबीच अन्तरविरोध पैदा हुन्छ । सामूहिक रूपमा आन्दोलित हुनुका धेरै कारण हुन सक्छन् । तर, समग्रमा कुनै समूहले जब आफ्नो समाज या देशमा आफ्नो समूह दमित र सीमान्तकृत भएको बोध गर्छ, त्यस देशको सत्ता या सरकारसँग असहमति उत्पन्न हुन्छ । त्यसवेला त्यो दमित समूह आन्दोलित हुन पुग्छ । Continue Reading यो आन्दोलन, सपना र मेरा नजर >>

Posted in पहुनाको पालो, Uncategorized | Tagged: | Leave a Comment »

म काठमाडौंको मान्छे

Posted by नेपाली मुटु on April 10, 2010

By कर्मठ सुवेदी

म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ,
यहाँ पहिरोले मलाई केहि लर्छादैन,
भूकम्पले पनि साना टहरा भत्काउलान्
मेरो सिमेन्टले बनेको बलियो महल ढाल्दैन ।
हिजो जब डर र त्रासमा तिमीहरु
बाचेँको अभिनय गर्दै थियौ,
म निर्धक्क भएर सिनेमा हेरी रहेको हुन्थे,
तिमी जब भोकले रन्थनेर,
कुहिएको चामालको लागि तछाड मछाड गथ्र्यै,
म लाईन लागेर पाँथतारे होटलको पार्टीमा
गरम मेलामाइनका प्लेटहरु भर्दै हुन्थे,
तिमीले आफ्नो गोली लागेको छोराको लाश उठाउँदाको तस्वीर
हेरी रहेका मेरो बाबुको Mood On गर्न
गिलासमा हाली महँगो रक्सी पिलाएको छु मैले,
तिम्रो विदुवा बुहारीलाई जंगलमा लगि
ब्वाँसोहरुले लुछ्दै खाँदै गर्दा,
म मेरी प्रीयासँग मखमली ओछ्यानमा
योवन साट्दै गरेको हुन्थें,
तिमी तेल किन्न नसकी
ओभानो तरकारी खाँदा
म Petrol को लाईन बस्नु पर्याे
भनि गुनासो गर्दै थिएँ, Continue Reading म काठमाडौंको मान्छे >>

Posted in पहुनाको पालो | Leave a Comment »

गजल

Posted by नेपाली मुटु on March 26, 2010

अनुभव शर्मा

आफ्नै बिचार सेरेर बसियो
दुईचार गजल केरेर बसियो

जब देश मिचे बिदेशिले
स्वास्निको गुन्यु बेरेर बसियो

Continue Reading आफ्नै बिचार सेरेर बसियो >>

Posted in पहुनाको पालो | 1 Comment »