नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘शनिबार बसिबियालो’ Category

दुरताको पीडा

Posted by नेपाली मुटु on September 4, 2010

आजको शनिबार बसिबियालोमा एक जना साथी ‘विकाश तिमल्सिना’को अनुभव लिएर आएको छु । कति जनालाई लाग्ला यो त सानो कुरा भयो । यति सानो कुरा त हाम्रो जीवनमा हरेक दिन नै घटिरहन्छ । तर साथी, जीवनमा ठुला कुराहरु पर्खिदा पर्खिदै हामी जीवनका साना कुराहरु बिर्षि पो रहेका छौ कि । जीवन भनेको वास्तवमा साना साना कुराहरुको मिश्रण नै त हो नि, होइन र ? सम्झनुहोस् त, सबै साथीहरुले काँचो आँप खाइरहदा आफ्नो हातमा पाकेको आँप परेको बेला हामी कति खुसी हुन्छौ । क्यारेम सित्तैमा खेल्दा पनि हामी जित्न कति कोशिश गरिरहेका हुन्छौ, र त्यो जीतले कति धेरै खुसी दिन्छ । साँझमा खाली चौरमा साथीहरुसँग गफिएर बस्नुको मज्जा अरु केहिमा पाइन्छ होला र ? यसैले जीवनका यी साना झिल्काहरु छोडेर ठुलो आगो खोज्न थाल्यौ भने जीवन बेस्वादिलो हुन्छ । साथीको यो यस्तै झिल्कोमा हामी पनि रमाउँन है । तपाईसँग भएका यस्ता अनुभव पनि पठाउँन अनुरोध गर्दछु । रचना र अनुभव nepaliheart1@gmail.com मा पठाए हुन्छ । Continue Reading दुरताको पीडा >>

Posted in शनिबार बसिबियालो | 4 Comments »

ढोगाईको सर्त

Posted by नेपाली मुटु on August 28, 2010

Like This!

एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए ।

“यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म तिमीलाई ढोग्छु होला ?” गरिबले भन्यो ।

“यदि मैले मेरो आधा सम्पती दिए भने नी ?” धनीले फेरि भन्यो । “आधा सम्पती पाए पछि त म पनि तिमी बराबरको भइहाल्छु नि, अनि मैले तिमीलाई किन ढोग्नु र ?” गरिबले जवाफ दियो ।

“यदि मैले मेरो सबै सम्पती तँलाई दिए भने मलाई ढोग्छस् त ?” धनीले मुसुक्क हास्दै सोध्यो । Continue Reading ढोगाईको सर्त >>

Posted in शनिबार बसिबियालो | 6 Comments »

मानव अधिकार

Posted by गणेश कार्की on July 31, 2010

-गणेश कार्की-

भोली मानव अधिकार दिवस । उनलाई आज खुब हतारो छ किनकी उनले आज नै भाषण कण्ठ गरिसक्नु पर्ने थियो । भोली मानव अधिकार सभामा यही भाषण गर्नु थियो । यसैले उनी भाषण घोक्दै थिए । अर्काले सुन्ला कि भन्ने डर उत्तिकै थियो । यसैले उनी विस्तारै भए पनि रट्दै थिए, “ …..यस संसारका सबै मानव बराबर हुन् । कसैले कोही माथी हक जमाउँन पाइदैन । कसैले कसैलाई थिचोमिचो र प्रताडित गर्नु हुदैन ……….. ।”

आफ्ना मालिकको यस्ता मिठा कुरा रामेलाई फेरि दोहो¥याएर सुन्न मन लाग्यो । र, मालिकलाई आँटैले भन्यो, “हजुर ! के गर्नु हुदैन रे ?” जत्ति सुकै दोहो¥याउँदा पनि कण्ठ नभएकाले अघि देखि झ्वाँक चलिरहेको बेला अझ यो सानो मुखको ठुलो कुरो उनलाई सही नसक्नु भयो । रामेका छातीमा लात बजार्दै उनले भने, “देखिस्, यै गर्नु हुदैन भनेको ।” Continue Reading मानव अधिकार >>

Posted in शनिबार बसिबियालो | 7 Comments »