नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

Archive for the ‘समाचार/सन्दर्भ’ Category

कोइरालाकै पोल्टामा कांग्रेस

Posted by नेपाली मुटु on September 22, 2010

ggv2id=’f6d18f56′;परिवारवादको पीडा सहदै आएका भनिए पनि कांग्रेसमा कोइराला परिवारको छाप निकै नै गहिरो छ । छोरी सुजाता कोइरालालाई आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिइरहेका गिरिजा प्रसाद कोइरालाका निकटस्थ शुशिल कोइरालाले कांग्रेसको बागडोर सम्हाल्ने भएका हुन् । Continue Reading कोइरालाकै पोल्टामा कांग्रेस >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

तोडिने भयो अन्तहिन श्रृंखला

Posted by नेपाली मुटु on September 17, 2010

सात पटक सम्म भएको प्रधानमन्त्री निर्वाचनको नौटंकी अब चै सकिने छाँटकाँट आउँदैछ । कसैले जितेर यो नाटकको अन्त्य नहुने देखे पछि माओवादी अध्यक्ष क.प्रचण्डले आफ्नो उम्मेदवारी नै फिर्ता लिने भएछन् ।

आज एमाले अध्यक्ष खनालसँग भएको संवाद पछि माओवादीबाट यो निर्णय बाहिर आएको हो । एमाले तटस्थबाट कहिले टसकोमस नभएको र देश भित्र तथा बाहिरबाट नै अनेक तिकडम सुरु हुन थालेको यो अवश्थामा असहमतीको यो सहमतीले देश कहाँ पुग्ने हो हेर्न बाँकी नै छ ।

एउटा दल एमाले तटस्थ हुँदा बहुमत नपुगेको अवश्थामा माओवादी पनि तटस्थ बसिदिए पछि प्रधानमन्त्री चुन्न अफ्ठ्यारो नै छ । तर असम्भव छैन है । रामचन्द्र पौडेल प्रम हुने एउटा बाटो छ । त्यो हो, Continue Reading तोडिने भयो अन्तहिन श्रृंखला >>

Posted in समाचार/सन्दर्भ | 4 Comments »

अनमिनलाई पुरानै कार्यदेश

Posted by नेपाली मुटु on September 14, 2010

नेपाली लोकतान्त्रिक राजनीतिको एउटा ठुलो बिशेषता छ । यहाँ विवाद असंख्य छन् तिनीहरुको कुनै समाधान आज सम्म देखिएको छैन । नेपाली राजनीतिदलहरु केहि कुरामा पनि सहमती जनाउँन सक्दैनन् । एउटाले ल्याएको प्रस्ताव अर्कोले काट्नै पर्छ । एउटाले गरेको कामलाई अर्काले उल्ट्याउँनै पर्छ । यो असहमतीको दायरा फैलिएर प्रधानमन्त्रीको चुनाव रत्यौलीमा परिणत हुदैछ । तर पनि दलहरु भाका सार्ने काममा चै ठुलै सहमती गर्छन् । संबिधानसभाको भाका आधारातमा भए पनि सरि छाड्यो ।

भर्खरै मात्र अनमिनको म्याद थप्ने बिषयमा ठुलै बबण्डर मच्चाईयो । अन्तत सदा झै कुरा मिल्यो । अनमिनको म्याद पुरानै कार्यदेश अनुसार चार महिना थपिने भयो । Continue Reading अनमिनलाई पुरानै कार्यदेश >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

‘पबित्र कुरान’ बाल्ने रे अमेरिकामा

Posted by नेपाली मुटु on September 9, 2010

फलामले फलाम काट्छ भने जस्तो होइन गल्ती । एउटा गल्तीले अघिल्लो गल्तीलाई न ढाकछोप गर्छ न बचावट नै । एउटा अतिवादलाई रोक्न भनेर अर्को अतिवाद भित्रीनु कदापि जायज मान्न सकिन्न । होला, कतिपय ठाउँमा हाम्रा मुसलमान दाजुभाईहरुले अतिवादको सहारा लिएका होलान् । तर यसको निवारण अर्को अतिवाद होइन । कारण खोजौं । बिना कारण मान्छे पशु बन्दैन ।

विश्वभर मुसलमान र क्रिश्चियन बिचको दुरी बढिरहेको अबश्थामा अमेरिकाको एउटा चर्चले एउटा कार्यक्रममा मुसलमानलाई पाठ सिकाउँन भन्दै मुसलमानहरुको पबित्र ग्रन्थ कुरान जलाउँने भएको छ । यो कदम मलाई चै पटक्कै मन परेको छैन । तपाईलाई कस्तो लाग्यो ? यो जायज हो त ? आफ्नो बिचार राख्नुहोस् । Continue Reading ‘पबित्र कुरान’ बाल्ने रे अमेरिकामा >>

Posted in समाचार/सन्दर्भ | 9 Comments »

प्रचण्डले भने रे, “यसै लाज हरायो, उसै लाज हरायो ।”

Posted by नेपाली मुटु on September 7, 2010

आज सातौं पटकको प्रम चुनावको नाटक पनि बानेश्वरको हलमा मञ्चन भयो । सबै पात्रहरुले भिन्न–भिन्न भुमिका खेली रहे । दुई उम्मेदवार लडेर अझै थाकेका छैनन् । एमालेको तटस्थको सुगा रटाइ उस्ताको उस्तै । अलिकति केहि तरङ्ग देखिएको मधेसी मोर्चामा पनि तरिका मात्र फरक भयो । फोरम यादवले आज पनि नो भोटको नीति लियो । अर्को फोरम गच्छेदार त निर्वाचन प्रक्रियामा नै सामेल भएन । (अपडेट : तमोलोपाका सभासदहरुले माओवादीलाई नै भोट हाल्ने भनेर दबाब दिए पछि सिहंदरबारमा बैठकको नाममा थुनेर राखिएको थियो रे । यता चुनाव सकिए पनि उता तमलोपाको चै बैठक कस्लाई मत हाल्ने भनेर चलिरहेको छ भन्थे रे महन्त ठाकुर ।)

चुनावबाट केहि नतिजा ननिस्किए पनि मुहार भरि चम्किलो मुस्कान लिएर कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल बाहिर निस्किए । उनले पत्रकारको भिडमा सुनाए, “प्रचण्डजीले भन्नु भयो, यसै लाज हरायो, उसै लाज हरायो ।” Continue Reading प्रचण्डले भने रे, “यसै लाज हरायो, उसै लाज हरायो ।” >>

Posted in समाचार/सन्दर्भ | 6 Comments »

एमालेका घुस्याहा सभासद हिरासतमा

Posted by नेपाली मुटु on August 31, 2010

बिशेष अदालतमा उपस्थित हुदै कार्की

नयाँ संबिधान बनाउँलान् र नेपाललाई विकशीत तुल्याउँलान् भनेर संबिधानसभामा चुनिएका सभासदहरु बिभिन्न नौटकीबाज र चरित्रहिन सन्दर्भमा जोडिन थालेका छन् । विश्वकै सबैभन्दा समावेशी भनिने ६०१ को त्यो मण्डलीमा सनकी, अल्छि, अर्धचेत कमिशनखोरका रुपमा त बेला–बेला देखिएकै थिए । अब अर्का सभासद घुस लिदा–लिदै रङ्गे हात पक्राउ परेका छन् । एक दृष्टिबिहिन साधु ुस्वामी एक हजार आठु ब्रहमानन्द उदासिनलाई सहयोगी बनाएर उनले पुलिसमा भर्ना गरिदिने भन्दै धेरैबाट नगद पैसा घुस स्वरुप लिएको आरोप छ । उनलाई आजै विशेष अदालतले तिस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अख्तियारलाई अख्तियारी दिइसकेको छ । Continue Reading एमालेका घुस्याहा सभासद हिरासतमा >>

Posted in समाचार/सन्दर्भ | 7 Comments »

अग्नी एअर दुर्घटनास्थल (फोटो र भिडियो सहित)

Posted by नेपाली मुटु on August 25, 2010

अग्नी एअरको दुर्घटित विमान : निल्यो १४ जनालाई

दुर्घटनामा कोही पनि बाँच्न सकेनन् । विमान उत्तरपूर्वबाट आएर एक्कासी त्यहाँ बज्रिएको थियो। डेढ सय मिटर परसम्म विमानका भग्नावशेषहरु छरपष्टिएका थिए। दुर्घटना यति डरलाग्दो भयो कि कसैको लाश पनि सग्लो थिएन । उद्धार टोली घटना भएको चार घण्टा पछि मात्र घटनास्थल पुगेको थियो । घटनास्थलका कुनै पनि फोटो साँझसम्म सार्वजनिक भएका थिएनन्। साँझ नेपाली सेनाले केही फोटोहरु प्रेस विज्ञप्तिसँगै पठाएको थियो। हेर्नुहोस् घटनास्थलका केहि तस्विर र भिडियो : Continue Reading अग्नी एअर दुर्घटनास्थल (फोटो र भिडियो सहित) >>

Posted in समाचार/सन्दर्भ | 10 Comments »

अनलक्की पाइलट लक्की शाह

Posted by नेपाली मुटु on August 24, 2010

आज रक्षाबन्धनको दिन सबेरै दुर्घटनाको खबरले मन चसक्क छोयो । काठमाण्डौबाट लुक्ला तर्फ उडेको अग्नी एअरको विमान खराब मौसमका कारणले लुक्लामा अवतरण गर्न नसके पछि काठमाण्डौ फर्कदै गर्दा मकवानपुरमा दुर्घटनाग्रस्त भएको रहेछ । विमानका चालक सदस्य तिन सहित १४ जनाको मृत्यु भएको खबर सुन्नु प¥यो । मृत्यु हुने चालक सदस्यमा पाइलट लक्की शाह, को पाइलट सोफिया सिंह र एयर होस्टेज सारा शेर्पा छन् । यसबाहेक मृत्यु हुनेमा ५ नेपाली, ४ अमेरिकी अनि जापानी र बेलायती एक जना रहेको समाचार आएको छ । विमान मकवानपुरको बस्तीपुरमा बज्रिएर खाल्डो परेको छ रे। विमान टुक्राटुक्रा भएको र सामानहरु पनि छरपस्ट अवस्थामा छ भनेर प्रत्यक्षदर्शीहरुले बताएका छन्। Continue Reading अनलक्की पाइलट लक्की शाह >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

नौटकी आमा-छोरी पनि थुनामा

Posted by नेपाली मुटु on August 4, 2010

आक्रोसको प्रतिफल

नेपालको गाउँ गाउँमा यो उखान प्रचलित छ, “प्रजातन्त्र आ’कै छ, जे भन्न नि पा’कै छ ।” सबैलाई यसै भन्ने लागेको थियो कि प्रजातन्त्र र लोकतन्त्रमा वाक स्वतन्त्रता हुन्छ । यही स्वतन्त्रताको आधार मान्दै यहाँ जसले जसलाई पनि गाली गर्ने गरिन्छ । अझ नेताहरु र सभाषदलाई त यति गाली गरिन्छ कि त्यसको कुनै लेखाजोखा नै गर्न सकिन्न । तर वाक स्वतन्त्रताको पनि कानुनी दायरा हुन्छ भनेर अदालत पुष्टि गर्न लागिरहेको छ ।

भर्खर मात्र हत्यारा शोभराजलाई कारवाही गरियो भनेर देशी तथा विदेशी सञ्चार माध्यम सामू अदालत र प्रधानन्यायधिसलाई तथानाम गाली गरियो । शोभराजकी वकिल तथा सासु शकुन्तला थापा र श्रीमती निहिता विश्वासले गरेको गाली बेइज्जती उपर अदालतमा प्रश्न उभ्याइएको थियो । यसैको सुनुवाई गर्ने क्रममा समय अपुग भए पछि आमा छोरीलाई नै थुनामा राखिएको हो । Continue Reading नौटकी आमा-छोरी पनि थुनामा >>

Posted in समाचार/सन्दर्भ | 4 Comments »

आज ह्याट्रिक हुन्छ सायद

Posted by नेपाली मुटु on August 2, 2010


अपडेट : ह्याट्रिक भएरै छाड्यो आखिरमा । तर पनि अस्ति भन्दा केहि ध्रुविकरणको सुरुवात भने देख्न पाईयो । मधेसी जनअधिकार फोरमका १२ सभाषदले भने माओवादीका उम्मेदवारलाई मत हालेका छन् । यसले मधेसी मोर्चामा विभाजनको लक्षण सतहमा आएको छ । पहिले देखि नै सत्ताका लागि पटक पटक विभाजित भएको मधेसी मोर्चामा यसपाली पनि विभाजनको रोग देखिएको छ । यसबाट अर्को पटक चाँही प्रधानमन्त्री चुनिने सम्भावना बढेको छ ।

प्रधानमन्त्रीको चुनावमा दुई पटक पराजय भोगिसकेका रामचन्द्र पौडेल र प्रचण्डले आज पनि ३०१ को समर्थन पाउँने सम्भावना एकदमै कम देखिदैछ । एमालेले आजको चुनावमा पनि तटस्थ बस्न आफ्ना सभाषदलाई ह्वीप जारी गरिसकेको छ । मधेसीदलहरु अहिले सम्म मत हाल्ने वा नहाल्ने द्धिविधाले ग्रस्त छन् । यसैले पौडेलको पराजय त निश्चित छ भने मधेसीदलले माओवादीलाई समर्थन नगर्ने निर्णय गरे प्रचण्डको पनि सपना तुहिनेछ । यसो भएमा दुई वरिष्ट नेताहरुले पराजयमा ह्याट्रिक गर्नेछन् । यो ह्याट्रिकमा केहि कुराले त सम्मान गर्नै पर्ने हो । तपाईसँग सम्मानका शब्द छन् भने पोख्नुहोस् यहाँ । Continue Reading आज ह्याट्रिक हुन्छ सायद >>

Posted in समाचार/सन्दर्भ | 2 Comments »

शोभराज पत्नी निहिता र उनकी आमालाई पकड्न सर्वोच्चको आदेश

Posted by नेपाली मुटु on August 1, 2010

‘म त डुब्छु–डुब्छु, तिमीलाई पनि लिएर डुब्छु’ सुन्नु भएकै थियो होला नि यो उखान । चाल्र्स शोभराजसँग यो उखान ठ्याक्कै मिलेको छ । उनी त हत्याको अभियोगमा अब १४ बर्ष जेलमा थन्किने नै छन् । उनको सजायसँगै उनका श्रीमती र सासु तथा वकिल पनि अदालतमा तानिएका छन् । शोभराजकी पत्नी निहिता विश्वास तथा निहिताकी आमा शकुन्तला थापाले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चले तिन दिन भित्र अदालतमा उपस्थित हुन चिठ्ठी काटेको हो । तोकिएको समयमा अदालतमा उपस्थित नभए प्रहरीले पक्राउ गरेर भएपनि अदालतमा उपस्थित गराउँन सर्वोच्चको आदेश छ । यो कदमले नेपालमा अदालतको सम्मान अझै बढाउँने छ । अदालत विरुद्ध जे पायो त्यही बोल्ने कुकृति नेपालमा बढ्दो रहेको अवश्थामा अदालतको यो कदमले आफ्नो महत्वलाई बढाउँन कोसेढुगां हुनेछ । अदालतको यो कदम तारिफयोग्य छैन त ? Continue Reading शोभराज पत्नी निहिता र उनकी आमालाई पकड्न सर्वोच्चको आदेश >>

Posted in समाचार/सन्दर्भ | 7 Comments »

लाईन लाग्न जानुहोस्, पैसा आउँछ

Posted by नेपाली मुटु on July 30, 2010

नेपाल विकाश बैक खारेजीमा गए पछि निक्षेपकर्ताको सबै रकम डुब्ने देखिएको थियो । यसैले धेरैले त आफ्नो पैसाको माया मारिसकेका थिए । तर पुनरावेदन अदालत पाटनको एक बर्ष अगाडीको आदेश अनुसार आज देखि साना बचतकर्ता संस्था वा व्याक्तिहरुको रकम फिर्ता गरिने भएको छ । नेपाल विकास बैँक लिक्विडेटरको कार्यालय, हेरिटेज प्लाजा, कमलादीबाट साना बचतकर्ताहरुलाई आज दिउँसो २ बजे देखि चेक हस्तान्तरण गरिन लागेको हो ।

यसैले तपाईले पनि नेपाल विकाश बैकमा बचत गर्नु भएको थियो र, फिर्ता आउँने दिन पर्खेर बसिरहनु भएको छ भने चाँडो जानुहोस् है । फेरि ठ्याक्कै तपाईको अगाडी चेक सकिएला नि । Continue Reading लाईन लाग्न जानुहोस्, पैसा आउँछ >>

Posted in समाचार/सन्दर्भ | 4 Comments »

फर्कनु पर्दैन कि इराकबाट

Posted by नेपाली मुटु on July 27, 2010

१५ दिन भित्र इराकबाट ३० हजार नेपाली कामबाट नेपाल फिर्ता हुनु पर्ने अमेरिकी सेनाले जनाएको थियो । नेपाली र फिलिपिनो नागरिकहरु गैरकानुनी रुपमा अन्य देशको बाटो हुदै इराक पुगेर काम गर्दै आएका थिए । तर अमेरिकी सेनाको गैरकानुनी कामदार आफ्नै मुलुक फिर्ता हुनु पर्ने नियम जारी गरे पछि नेपाली र फिलिपिनो नागरिकमा अन्यौलताको सृजना भएको थियो । मुलुक भित्र बेरोजगार युवकहरु धेरै पैसा कमाउँने उद्देष्यले भारतको बाटो हुदै इराक प्रवेश गर्ने गर्छन् । यसरी इराक पुग्ने नेपालीको संख्या तिस हजार पुगिसकेको त्यहाँ स्थित अमेरिकी सेनाले बताएको छ । तर नेपाल सरकारलाई त्यहाँका कामदारले इमेलबाट आफ्नो स्थितीको जानकारी दिए पछि नेपाल सरकारले इराक प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । Continue Reading फर्कनु पर्दैन कि इराकबाट >>

Posted in समाचार/सन्दर्भ | 1 Comment »

नाटक फेरि १७ गते रे

Posted by नेपाली मुटु on July 24, 2010

भाका सार्नको पनि एउटा हद हुन्छ नि । दुई बर्षमा नयाँ संविधान दिने भनेको एक बर्षको भाका थपियो । सेना समायोजनको त कुरा नै छाडौं । त्यो पनि पुरा हुन्छ होला भनेर धेरै नेपालीलाई विश्वास लाग्दैन, त्यै पनि भाका सरिरहन्छ । हुँदा–हुँदा सरकार तसहमतीको नभए पनि बहुमतको त भनेको समयमा नै बन्ने गथ्र्यो । अब त त्यसको पनि भाका सर्न थालेको छ । आज भएको चुनावमा न त प्रचण्ड न त रामचन्द्र पौडेल, कसैले पनि बहुमत पु¥याउँन सकेनन् । पुगोस् पनि कसरी एमाले, मधेसी दलहरु र अरु साना दलहरु रिसाएर माइत गएकी दुलही जस्ती भएर भोट नहाल्ने भएर बसेका छन् । अनि माओवादी र कांग्रेसका त आफ्ना आफ्ना उम्मेदवार छदैछन् । यसैले सबैले सोचे अनुसार आज पनि नयाँ सरकारको टुङ्गो लागेन । अब साउन १७ गते नाटकको अर्को भाग पस्किने रे । यो भाका सार्न र नयाँ नयाँ नाटक देखाउँन हाम्रा नेताहरु यत्ति सक्षम छन् कस्ले सोचेको थियो होला र ? Continue Reading नाटक फेरि १७ गते रे >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »

माछा माछा भ्यागुतो भो झलनाथलाई

Posted by नेपाली मुटु on July 22, 2010

झलनाथ : लास्टमा त्यै भो, रित्तो हात !

हिजो राजनितीक वृतमा एमाले अध्यक्ष एक्कासी हावी भए । प्रधानमन्त्रीको दाबेदारी गर्दै उम्मेदवारी दिदा सम्म उनको सम्भावनालाई न्यून नै मानिएको थियो । तर एकाबिहानै माओवादीले खनाललाई समर्थन गर्ने निर्णय गरे पछि भने उनको सम्भावना अकाशियो । भटाभट एमाले अध्यक्षलाई समर्थनका पत्रहरु प्राप्त हुन थाले । संसद बैठक हुने समयसम्म उनलाई ३९१ मत प्राप्त भइसकेको थियो । बाँकी १० मत नै उनको लागि दुर्भाग्यपुर्ण रह्यो । यसैले स्पष्ट बहुमत हुदाहुदै पनि दिल्लीका प्रभु र उनका चरणदास ओली र नेपालको चुक्लीले उनी नेपालको ३४ औ प्रधानमन्त्री हुने दौडबाट बाहिर निकालिए । जसोतसो उनले उम्मेदवारी त दिए, तर माओवादीका छनौटका नेता भएकै कारण दिल्ली र सिल्लीका नजरमा उनी नालायक भए अनि लोकतन्त्रका ढर्रा पिट्ने कमनिष्टहरुबाटै रेडकार्ड देखाइए । शुक्रबार हुने फाइनलमा अब खनाल हुने छैनन् । Continue Reading माछा माछा भ्यागुतो भो झलनाथलाई >>

Posted in समाचार/सन्दर्भ | Leave a Comment »