नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

मेरी हजुरआमा

Posted by नेपाली मुटु on February 17, 2010

मेरी हजुरआमा, तिन छोरा र पाँच छोरीहरुकी आमा, २९ नाती-नातिना र अझै धेरै पनाति-पनातिनीहरुकी आफ्नै ममतामयी धरोहर हुनुहुन्छ. उहाँको अनौठो बिसेषता हामी यति धेरै हाँगा हरु उहाँबाट फैलिएका छौ तर पनि हामी हरेकको लागि उहाँ बिसेष हुनुहुन्छ. म सुन्थे हामी सानै देखि एक-अर्का संग विवाद गर्थ्यौ कि हजुरआमाले सबै भन्दा बढी मलाई माया गर्नुहुन्छ.

म कहिले बिर्सिन सक्दिन उहाँ बाट पाउने साना-साना तर मुल्यवान उपहारहरु, ति जे पनि हुन सक्थे एउटा मिश्रीको डल्लो, मिठो कसैले उहाँलाई भनेर ल्यैदिएको कुरौनी, उहाँको पुरानो र हाम्रो लागि संसारको सबै भन्दा बढी पैसा भएको थैलीबाट दिएको १ रुपयांको नोट आदि आदि. अनि म ठान्थे उहाँले मलाई जति माया सायदै कसैलाई गर्नु हुन्छ.

आज सम्झिन्छु. मेरो उमेर पनि बढ्दै छ, म पक्का बयस्क बन्दै छु, वोली मेरा पनि यस्तै धेरै हाँगाहरु फैलिएलान, म पनि हजुरबुबा बनुला तर के म सक्छु होला तेसरी सबैको लागि उतिनै माया पुर्याउन? तर मेरी हजुरआमाले मलाई तै शिक्षा दिनु भएको छ, सबैलाई माया गर. सबैको लागि उतिनै आत्मियता, उतिकै न्यानोपन, उही सम्झनाहरु.

मेरी हजुरआमा आज पनि मलाई उस्तै गर्नुहुन्छ जब म उहाँको अगाडी पुग्छु एउटा सानो मिश्रीको झझल्को सधै आउछ, कुरौनी बासना मनमा उस्तै गाढा छ. म आज पनि जब उहाँको हात मेरो शिर माथि पाउछु, म मन-मननै भन्छु, मेरी हजुरआमाले मलाई जति माया अरुलाई सायदै गर्नु हुन्छ.

Leave a comment