नेपाली मुटु

truly a NEPALIBLOG………

Archive for the ‘कविता’ Category

“शान्ति ! शान्ति !! शान्ति !!!”

Posted by गणेश कार्की on May 8, 2010

भोक लाग्यो,
मैले भात माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

मसँग पाखुरी छ,
मैले जमिन माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म बिरामी छु,
मैले औषधी माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म अज्ञानी छु,
मैले शिक्षा माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म यो देशको नागरिक,
मैले आफ्नो अधिकार माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!” Continue Reading “शान्ति ! शान्ति !! शान्ति !!!” >>

Posted in कविता | 3 Comments »

स्पष्टिकरण

Posted by गणेश कार्की on April 2, 2010

एकोहोरो बातले पर्छार्छौ भने
धित नमरुञ्जेल
आकाशबाट चट्टानमा पछार मलाई
दुखोस् यो तन
र,म बुझ्न सकुँ
म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु
धित मरिसके पछि पनि
पुषको ठिहीमा
हिउँले पुर मलाई
र, पखालियोस् सारा धब्बाहरु/दागहरु

के गर्छौ ?
तिम्रो रहरले मेरो बाध्यता रोक्न सकेन
तिम्रो इच्छाले मेरो परिस्थिती फेर्न सकेन
दुख्नु नै थियो – दुखिरहेछु
हार्नु नै थियो – हारिरहेछु
Continue Reading स्पष्टिकरण >>

Posted in कविता | 2 Comments »

एउटा ज्ञ को अन्त्य

Posted by गणेश कार्की on March 10, 2010

मैले पहिले नै लेखेको थिए र कही अगाड़ी ब्लगमा पनि post गरे तर फेरी यसको महत्व बढेको जस्तो लाग्यो. कुलमंडल खां ( कवितामा ‘क’ ) बाट सुरु भएको राजतन्त्र ज्ञानेन्द्र ( कवितामा ‘ज्ञ’) मा हामीले सक्यौ तर फेरी टाउको उठाउन खोज्दैछ,

बाबु छोरा बोलिदे न
यो अन्धकार रातमा
एउटा दियो बालिदे न
किन ? तँ निदाउँन लागिस् कि क्या हो ?
किन ? तैले दिक्क मानिस् कि क्या हो ?
तेरो मसालको आगो अझै निभिसकेको छैन
तेरो छातीको घाउ अझै निख्रिसकेको छैन
छोरा तँ युद्ध सकिएको भ्रममा परिस् कि क्या हो ?
भन्छस् नि तँ त
क ख हरु सबै ज्ञ मा गएर सकिए
पापहरु सबै धुरीमा उक्लेर कराए
तर बाबु के उ अब चुपचाप बस्ला र ?
Continue Reading एउटा ज्ञ को अन्त्य >>

Posted in कविता | 1 Comment »

मृत इश्वर

Posted by गणेश कार्की on March 6, 2010

इश्वर बाचुन्जेल
यत्र-तत्र घुमिरह्यो
अनेक ठक्कर खाएर
सयों भुमरिमा रुमल्लिएर
कहाँ-कहाँ मात्र पुगेन इश्वर
के-के मात्र भोगेन इश्वरले
जीवनको बृत बनाउन
कुन-कुन बाटो मात्र हिडेन इश्वर
जब समयलाई उछिन्न सकेन
जब जीवनको बृत बनेन
मृत इश्वर धेरै दिनसम्म
सड़क किनार ढलिराह्यो

चाहे तिमी मान या नमान
इश्वरको पनि आयु हुन्छ
तिमी जसरी नै जन्मन्छ
अनि,
भयानक मृत्यु मर्दछ
मान्छे,
इश्वरको लाश माथि चढेर भाषण दिन्छ
इश्वर अमर छ
इश्वर अजर छ
इश्वर यत्र-तत्र-सर्बत्र छ Continue Reading मृत इश्वर >>

Posted in कविता | 2 Comments »

प्रश्न सहअस्तित्वको

Posted by गणेश कार्की on February 19, 2010

म को हुँ ?
तिमी जस्तो हो कि होईन ?
यो देश,
जसलाई तिमी आफ्नो भन्छौ
यो मेरो चाहीँ हो कि होईन ?
आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ

मेचीमा तिम्रो रगत बग्दा
कालीमा मेरो पनि रगत बग्दैथियो
आगोमा तिम्रो पाउ पर्दा
मेरो शरिर पनि जल्दैथियो
जति तिमीले सह्यौ,
त्यती नै मैले भोगेको छु ।
जति तिमीले देख्यौ,
त्यती नै मैले सहेको छु ।
फेरि किन तिम्रो लागि मेरो बलिदानले अर्थ लिएन ?
मलाई आज अर्थ चाहिन्छ ।
Continue Reading प्रश्न सहअस्तित्वको >>

Posted in कविता | 3 Comments »

मेरो सन्सार पनि तिम्रै जस्तो छ

Posted by गणेश कार्की on February 17, 2010

हो साथि
म अहिले भूतकालमा बाचिरहेको छु
तिमीले अस्ति देखेको सन्सार
म आज देख्दैछु
तिमीले हिजो भोगेको जीवन
मैले भोलि भोग्न पाए
म एक्काइसौ शताब्दी टेकेको मान्नेछु
म आजभोली
यो बाटो नपुगेको सभ्यतामा
बासि अखवारका पन्ना बाट
ताजा समाचारहरु छान्दैछु

तिम्रो र मेरो जीवनमा
यत्ति फरक म सोच्न सक्दिन
किन तिमि उचाइमा छौ
किन म धर्तीमा छु ?
किन तिमि त्यस्ता भयौ
किन म यस्तो छु ?
तिमीले पसिना बगाउदा
मैले रगत बगाए
तिमीले माटो छुदा
मैले ढुंगा पल्टाए
तर आज
तिमि इन्टरनेट को फूलबारीमा छौ
र ,
ब्लोगिंग खेल्दैछौ
म जंगलमा गिठ्थासंगा छु
र , दंदिबियोमा रमाउदैछु
तर हेर
कुनै दिन हामी एउटी धरातलमा थियौ
र , फेरी
एक दिन उस्तै परिवेशमा हुनेछौ
जब म
मेरो बारीको नस्पातिको फेदबाट
Continue Reading मेरो सन्सार पनि तिम्रै जस्तो छ >>

Posted in कविता | 1 Comment »