नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,523 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

तोडिने भयो अन्तहिन श्रृंखला

Posted by नेपाली मुटु on September 17, 2010

सात पटक सम्म भएको प्रधानमन्त्री निर्वाचनको नौटंकी अब चै सकिने छाँटकाँट आउँदैछ । कसैले जितेर यो नाटकको अन्त्य नहुने देखे पछि माओवादी अध्यक्ष क.प्रचण्डले आफ्नो उम्मेदवारी नै फिर्ता लिने भएछन् ।

आज एमाले अध्यक्ष खनालसँग भएको संवाद पछि माओवादीबाट यो निर्णय बाहिर आएको हो । एमाले तटस्थबाट कहिले टसकोमस नभएको र देश भित्र तथा बाहिरबाट नै अनेक तिकडम सुरु हुन थालेको यो अवश्थामा असहमतीको यो सहमतीले देश कहाँ पुग्ने हो हेर्न बाँकी नै छ ।

एउटा दल एमाले तटस्थ हुँदा बहुमत नपुगेको अवश्थामा माओवादी पनि तटस्थ बसिदिए पछि प्रधानमन्त्री चुन्न अफ्ठ्यारो नै छ । तर असम्भव छैन है । रामचन्द्र पौडेल प्रम हुने एउटा बाटो छ । त्यो हो, एमालेबाट कांग्रेसलाई सघाउँनेहरु फुटेर रामचन्द्रलाई भोट हाल्नु पर्छ । अनि मधेसी दलहरुको पनि मत पाए रामचन्द्र प्रधानमन्त्री हुने पक्का ।

अब पुरै टुंगो चै कांग्रेसको महाधिवेशन पछाडी मात्रै लाग्नेछ । पर्खौ र हेरौ, के के देख्न पाईने हो अझै ।

Related Post:
प्रचण्डले भने रे, “यसै लाज हरायो, उसै लाज हरायो ।”
भिष्म प्रतिज्ञा
बरु भोकै–नाङ्गै बसिन्छ, राजनीति छाडिदैन
मधेसीको बार्गेनिङ : माओवादीको जवाफ
श्यामशरणलाई कसले बोलायो ?

Advertisements

4 Responses to “तोडिने भयो अन्तहिन श्रृंखला”

  1. प्रह्लाद मिश्र said

    हाम्रा नेताहरुको अलिकति पनि बुद्धि भएको भए यस्तो अवस्था आउने थिएन . प्रधानमन्त्री को पोस्ट छोड्ने कांग्रेसी गणेशमान सिंह र प्रधानमन्त्री को लागि मरिहत्ते गर्ने कांग्रेसी राम चन्द्र पौडेल मा कति धेरै फरक .
    आफ्नै पार्टी को सरकार ले रजिनाम दिए पछि फेरी पनि कुर्सि को लागि मरिहत्ते गर्नु झलनाथ को कुर्सि प्रति को लोभ मात्रै हो
    सरकार चलाउन नसक्नु अनि विविध आरोप लगऊँदै रजिनाम दिने प्रचण्ड ले पनि कुर्सि को लोभ गर्न छोड्नु पर्छ
    अइले को अवस्था मा मिलिजुली सरकार को कुनै विकल्प छैन
    मिलिजुली सरकार बनाएर देश लाई प्रगति पथ मा धकेल्नु पर्छ
    संधै कुर्सि को लागि मर्ने हाम्रा नेताहरुले कैले देश को विकास गर्छन?हाम्रो संबिधान कैले लेखिन्छ?
    हामीले तिरेको कर बाट तलब र भत्ता लिने,आफ्नै लागि प्रधानमन्त्री छान्न नसक्ने, के यसरि देशलाई अनिर्णय को बन्दि बनाउने अधिकार छ उनीहरुलाई?
    आज सम्पूर्ण नेपालीहरुले सोच्ने बेला आएको छ, यस्तो अनिर्णय को मौका मिलाएर यदि इंडिया ले हाम्रो सिमाना मा हमला गरेको थियो भने त्यसको जिम्मेबार को हुने र जवाफदेही को हो ?
    जो मानिस लाई हामीले विश्वास गरेर सभासद बनायु उनीहरुले केइ गर्न सकेनन हाम्रा लागि अब हामीहरुले पनि उनीहरुको काम को मुल्यांकन गर्नुपर्छ र फेरी हुने चुनाब हरु मा सोचविचार गरेर मात्रै प्रतिनिधि छान्नुपर्छ
    अइले को अवस्था मा हाम्रा नेताहरुलाई कुर्सि को भन्दा देश र जनता प्रति जिम्मेबार बनाउन हामीहरुले धेरै दबाब दिन आवस्यक छ

    प्रह्लाद मिश्र
    झापा हाल सिंगापुर

  2. sanu said

    यसको बिस्लेशन जसरि गरिए पनि मैले चाही यसलाई प्रचण्ड द्वारा लिएको स्वागत योग्य कदम ठानेको छु. जसले जति हठ गरे पनि सरकार बन्ला तर सम्भिधान चाही सहमति नहुन्जेल बन्दैन. ठुलो दल भएको तथा सम्भिधान सभा आफ्नो माग भएकाले त्यसलाई सफल बनाउने जिम्मेवारी माओवादीको सब भन्दा बढी छ. जनताको मत नै माओवादीलाइ सम्भिधान बनाउने प्रक्रिया तिमि नेत्रित्वो गर र कांग्रेस,एमाले लाई चाही तिमि सहयोग र सचेत गर भन्ने हो. बेकारमा सबै दलले सरकारको झमेलामा धेरै समय बर्बाद गरे.
    प्रचण्डले लिएको यो कदमले सहमति बढाउन मदत पुर्याउने छ …सबै दलका रस्त्रवादी मिले भने बाहिय तत्वो लाई नि निर्मुल पर्न मदत मिल्ने छ. चाडै सहमति होस्…सम्भिधान सभाको सफलता , शान्ति प्रक्रियाको टुङ्गो र देशमा नया पद्धति स्थापना भएमा त्यसको सबै भन्दा धेरै जस पनि माओवादीले नै पाउनु पर्छ. देश त्यहिँ बाटोमा लागोस मेरो सुभकामना.

  3. mahesh said

    ठीक छ कामरेड प्रचंड नहुने अबस्था माँ केपी माकुने बिद्या जस्ता दलाल हरु को समर्थन माँ “चाकाड़ी शिरोमणि” रामचन्द्रे हुनु भन्दा तुलानात्मक रूप माँ रास्त्र्बादी ब्याक्ति झलनाथ प्रधानमन्त्री हुन नै उपयुक्त हुन्छ. झल नाथ प्रधानमंत्री बनेमा र उनले “loyalty ” नबदलेमा १ एमाले भित्र का भारतीय दलाल हरू केपी ओली, बिद्या भंडारी(ओली) र माकुने जस्ता दलाल हरु को चुरिफुरी ९०% समाप्त हुन्छ र नेपाल लाइ आफ्नो बिर्ता सम्झिएको भारत लाइ “तैले नचाहेको ब्याक्ति पनी प्रधानमंत्री बनाऊं सकिन्छ” भन्ने सन्देश जान्छ तेसैले यो सकारात्मक कुरा नै हो.

  4. Dinesh Rai said

    nothing to worry dude….its our country nepal which can tolerate all these bastard.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s