नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,518 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

‘पबित्र कुरान’ बाल्ने रे अमेरिकामा

Posted by नेपाली मुटु on September 9, 2010

फलामले फलाम काट्छ भने जस्तो होइन गल्ती । एउटा गल्तीले अघिल्लो गल्तीलाई न ढाकछोप गर्छ न बचावट नै । एउटा अतिवादलाई रोक्न भनेर अर्को अतिवाद भित्रीनु कदापि जायज मान्न सकिन्न । होला, कतिपय ठाउँमा हाम्रा मुसलमान दाजुभाईहरुले अतिवादको सहारा लिएका होलान् । तर यसको निवारण अर्को अतिवाद होइन । कारण खोजौं । बिना कारण मान्छे पशु बन्दैन ।

विश्वभर मुसलमान र क्रिश्चियन बिचको दुरी बढिरहेको अबश्थामा अमेरिकाको एउटा चर्चले एउटा कार्यक्रममा मुसलमानलाई पाठ सिकाउँन भन्दै मुसलमानहरुको पबित्र ग्रन्थ कुरान जलाउँने भएको छ । यो कदम मलाई चै पटक्कै मन परेको छैन । तपाईलाई कस्तो लाग्यो ? यो जायज हो त ? आफ्नो बिचार राख्नुहोस् ।

मुस्लिम धर्मलाई राक्षसहरुको धर्म भन्दै अमेरिकाको फ्लोरिडा राज्यको एउटा चर्चका धर्म गुरु टेरि जोन्सले कुरान जलाउँने भएका हुन् । उनले सेप्टेम्बर ११ को नवौ सम्झना दिवशका दिन बिहान ६ बजे देखि ९ बजे सम्म निरन्तर कुरानका हजारौ प्रति जलाउँने कार्यक्रम बनाएका हुन् । उनले सामाजिक इन्टरनेट सञ्जाल फेसबुक र ट्विटर मार्फत अरुलाई पनि यो काममा सरिक हुन आमन्त्रण गरेका छन् ।

अफगानिस्तानमा रहेका अमेरिकी सेनाका प्रमुखहरुले यो कार्यक्रमको बिरोध गर्दै सरकारलाई यो कार्यक्रममा रोक लगाउँन अनुरोध गरिसकेको छ । तथा अन्तराष्ट्रिय व्याक्तित्वहरुले पनि यसको बिरोध र समर्थन गरिरहेका छन् । तर अमेरिकी सरकार यसबारेमा मौनता साँधेर बसेको छ ।

अमेरिकी चर्चको यो कदमबाट विश्वभर धर्म बिचको सहिष्णुता हुनेमा शंका छैन । एउटा धर्मले अर्को धर्मलाई नियन्त्रण र सखाप पार्न सुरु गरेको खण्डमा विश्वमा पुनः धर्म कै लागि अर्को युद्ध नहोला भन्न सकिन्न । सबैलाई आफ्नो धर्म मान्ने छुट छ । तर यसले अरुको जीवनमा असर पार्न हुदैन । आशा छ अमेरिका जो आफुलाई संसारकै प्रजातान्त्रिक मुलुक भनेर चिनाउँछ यसले प्रजातान्त्रिक मुल्य र मान्यता भित्र रहेर कार्यहरु गर्न लगाउँने छ ।

Related Post:
यसरी लेखियो उर्गेनको घोडा
लोकतन्त्र कालो हुन्छ/विश्वलाई जित्ने नेपाली भिडियो (भिडियो सहित)
आम्मामा !!! कस्तो भोक प्रचारको
गुरुकुलमा सपनासँग एकछिन
अवज्ञा संस्कार

Advertisements

9 Responses to “‘पबित्र कुरान’ बाल्ने रे अमेरिकामा”

  1. निर्मोही कान्छो said

    यो त अति नै भयो । के अमेरिकनहरु आफुलाई देवता र अरुलाई राक्षस नै सम्झन्छन् ? एउटा बिन लादेनको कुरुपतालाई ढाक्न र त्यसको निउ पारेर लाखौ निर्दोषहरुलाई दिएको दुख के हो ? अमेरिकन चोर मुर्दावाद ।

  2. अनिल पोखरेल said

    विश्व तथाकथित आतंकको धुमिल दुस्चक्रमा जकेडी रहेको बेला सेप्टेम्बर ११का दिन इस्लाम धर्मावलम्बी हरुको पबित्र ग्रन्थ कुरान जलाउने एक अमेरिकी क्रिस्चियन पादरीको घोषणाले विश्व राजनीतिको रंगमंचमा सरगर्मी बढेको छ! एक धर्मले अर्को धर्मको सम्मान गर्नु त परै जाओस, धार्मिक बितंडा फैलाउन पश्चिमाले यस किसिमका अराजकता फैलाउन उद्यत हुनु निस्चय नै दुर्दिनको संकेत हो! कहिले मुहम्मद्को बिबादास्पद कार्टून त कहिले कुरानका पबित्र हरफ माथि उडायिने धज्जी, यी कुराले इस्लामिक राष्ट्र र अमेरिकी एबम युरोपेली राष्ट्रका बिचमा अपुरणीय खाडलको सिर्जना भैरहेकोछ !

    अर्को दु:खको कुरा कुनै निश्चित समुहले गरेको आतंकबादी गतिबिधिका कारण पुरै मुस्लिम समुदाय नै बदनाम हुनु, आतंककारी कहलिनु र निहत्था जनताहरुले दुख पाउनु एउटा तीतो यथार्थ हो!कहिले इरान अनि कहिले इराकका नाममा हुने अन्याय कहिले सम्म?
    सायद यहि हो क्यारे! “ठुलो माछाले सधैं सानो माछा खान्छ भनेको!”

    शान्ति! शान्ति! शान्ति!

  3. आशिफ said

    म हरेक दिन कुरान पढ्ने गर्छु । मलाई कुरान प्रति विश्वास लाग्छ । तर पनि कुरानको आयातका कुरा गर्दै विश्वमा जबरजस्ती आफ्नो कुरा लाद्न खोज्ने मुसलमानको म सदैव बिरोधी हुँ । यसको अर्थ अमेरिकन पादरीले गर्न लागिएको यो कदमको म कुनै पनि हालतमा निन्दा नगरि रहन सक्दिन । क्रिश्चियनहरु पनि त पैसाको बलमा गरिबहरु माथि जबरजस्ती धर्म लाद्दै छन् । यो पाखण्डको बिरोधमा म बाइबल जलाउँ ?

    यो कदापी राम्रो हुदै होइन । अमेरिकी सरकारले यो रोक्नु पर्दछ । खास गरि ओबामाले नत्र तिनलाई दिएको नोबेल शान्ति पुरस्कार चर्पिमा फालिदिए हुन्छ ।

  4. Guest said

    Terry Jones like all extremist with devilish intentions for popularity through hatered. They always start by burning religious books they do not agree and later they promote hatered because the differences with others, he reminds me of Adolf Hitler and Saddam Hussein.

  5. anima said

    He is wasting everyone’s time here. Don’t reply him

  6. biswasi said

    go to hell america …..what the f… american doing

  7. Roshani Bista said

    गाली पनि के गर्नु र अमेरिका अनि अमेरिकनलाई । जब सम्म अमेरिका विश्वमा शक्तिशाली रहन्छ यस्तो भइरहन्छ ।

  8. Hardik said

    ठुलो माछाले सधैं सानो माछा खान्छ

  9. shiva prasad sapkota said

    कुरान जलाउनु राम्रो हैन तर अर्को कुरा मुस्लिन हरु पनि यक कुरा बुज्नु पर्छ कि जसरि हामी हिन्दू हरु ले सबै धर्म को सम्मान गर्दछौ यिनिहरु पनि अरुको धर्म पनि सम्मान गर्न जानुन नत्र भने अमेरिकामा मात्र हैन बिस्वो भरि नै कुरान जलाउ अभियान चल्न सक्छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s