नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,523 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

प्रचण्डले भने रे, “यसै लाज हरायो, उसै लाज हरायो ।”

Posted by नेपाली मुटु on September 7, 2010

आज सातौं पटकको प्रम चुनावको नाटक पनि बानेश्वरको हलमा मञ्चन भयो । सबै पात्रहरुले भिन्न–भिन्न भुमिका खेली रहे । दुई उम्मेदवार लडेर अझै थाकेका छैनन् । एमालेको तटस्थको सुगा रटाइ उस्ताको उस्तै । अलिकति केहि तरङ्ग देखिएको मधेसी मोर्चामा पनि तरिका मात्र फरक भयो । फोरम यादवले आज पनि नो भोटको नीति लियो । अर्को फोरम गच्छेदार त निर्वाचन प्रक्रियामा नै सामेल भएन । (अपडेट : तमोलोपाका सभासदहरुले माओवादीलाई नै भोट हाल्ने भनेर दबाब दिए पछि सिहंदरबारमा बैठकको नाममा थुनेर राखिएको थियो रे । यता चुनाव सकिए पनि उता तमलोपाको चै बैठक कस्लाई मत हाल्ने भनेर चलिरहेको छ भन्थे रे महन्त ठाकुर ।)

चुनावबाट केहि नतिजा ननिस्किए पनि मुहार भरि चम्किलो मुस्कान लिएर कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल बाहिर निस्किए । उनले पत्रकारको भिडमा सुनाए, “प्रचण्डजीले भन्नु भयो, यसै लाज हरायो, उसै लाज हरायो ।”

माधवकुमार नेपाल पनि पत्याउँने कुरा त त्यती गर्दैनन् किनकी उनी प्रमाणित कुरा भन्दा सुनेको र अरे भन्ने कुरा बढि गर्छन् । यदि प्रचण्डले भने कै रहेछन् भने यो प्रधानमन्त्रीको खेल अझै लामै जान्छ भन्ने संकेत हो यो ।

आजको चुनावमा माओवादीका अध्यक्ष प्रचण्डको समर्थनमा २५२ मत, विपक्षमा ११० मत र तटस्थमा १५९ मत प्राप्त गर्नु भयो । त्यस्तै रामचन्द्र पौडेलको पक्षमा ११९ मत, विपक्षमा २४५ र तटस्थमा १५१ मत परेको थियो ।

नेपाली कांग्रेसको महाअधिवेशनको कारण अर्को चुनाव असोज १० गते मात्र हुने भयो । अब चाँही लामो रेस्ट पछि हुने चुनावमा केहि नतिजा निस्किएला कि !

Related Post:
छिरेन एयरपोर्टबाट हात्ती
नाटक फेरि १७ गते रे
के रे, अर्जेन्टिना बाहिरियो रे ?
माकुने अनि राजिनामा ? कलियुग सकिएछ क्यारे
रेफ्रीले नदेखेको तर विश्वले देखेको गोल

Advertisements

6 Responses to “प्रचण्डले भने रे, “यसै लाज हरायो, उसै लाज हरायो ।””

  1. विनया चौधरी said

    भएको लाज पो हराउँथ्यो । कहिले पो लाज थियो र । हामीलाई पो लाज भइसक्यो त । साँच्चै हो रहेछ …… लाई भन्दा देख्नेलाई लाज भनेको ।

  2. Hahahahaha… Aba k vanun tani..

  3. अब यो चर्तिकला के देखाई राख्य होला? अब त केहि परिवर्तन गरे हुदैन र? फेरी अर्को चुनाव गर्ने? हे पशुपनिनाथ हामी सबै को रक्षा गर!!!!!!!!!!!!!!!!!!!!!!

  4. kiran kasam said

    के को लाज र प्रचण्ड जी । तपाईले केहि गर्नु भएके छैन । भारतलाई तपाईले दिइरहेको चुनौतीलाई हामीले कहिल्यै पनि बिर्षन सक्ने छैनौ । लाज त भोट बाट भाग्नेलाई पो हुनु पर्ने ।

  5. गरिब का छोराहरु को खुन पसिना को मुल्य र पसुजन्य व्यवहार गर्ने जुन पनि कुनै नेता होस् तेस्को अब देश मा कुनै जरुरत छैन बिहान बेलुकिब छाक टार्न गारो भैसक्यो गरिब लाई नेता हरु भने मस्त छन् किन ?के जनता लाई यहिदीन देखाउना हो लड्न को लागि १० वर्ष खायको?खबदार! यहाँ जनता का छोरा उपचार को लागि भिक् माग्न बाध्य छन् टीबी मा सहयोग गर्नुस भनेर कति चोटी आग्रह गरियो कुनै नेता ले सुनेन बरु गरिब ले आफ्नो मानो बाट सहयोग गर्न पछी परेनन् !तर नेता ले सुनेन माधब प्रचण्ड बाबुराम ओली सेरबहादुर गिर्जा रामचन्द्र यादव सबैका पुर्खौली सम्पति कति थियो? र अहिले कति छ? कहाँ बाट आयो इनका छोरा ले विदेश बाट कमायका पनि होइनन! भने कसरि कमयै यो सम्पूर्ण सवाल हो नेपाल का निमुखा गरिब जनता को विचार गरौ !सत्ता मा पुराउने पनि गरिब जनता नै हुन्, भोट दिन धनि मान्छे चर्को घाम मा लाम लाग्दैन,आज जनता ले गरेको मत दान को आड मा करोड खानी पजेरो चढने भाका छौ,भोक,तिर्खा,बास,स्वस्थ्य,उपचार,रोजगार त केहि पनि दिन सकेनौ कमसेकम सान्तिसंग बस्न त देउ यो सानो लेखाई मा गल्ति होला सुधारि पढ्नु होला मा कुनै नेता त होइन मात्र सामान्य जनता हु जो गरिबी को कारण विदेश मा मजदुरी गर्छु नेता हरुको रबैया ले लेखना बाध्य bhaya हस्त मेरोयो सानो लेखाई लाई सुधारी पढ्नु होला गल्ति मा माफ पाऊ धन्यवाद ….onbehalf of mohan sharma

  6. इज्जत नै नभको मान्छेलाई के को लाज हरायो नि ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s