नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,518 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

रेफ्रि नभई पनि खेल हुन्छ र ?

Posted by नेपाली मुटु on September 6, 2010

नेपालको शान्ति प्रक्रियासँगै जोडिएर आएको अनमिन पछिल्लो समय केहि विवादमा तानिएको छ । गैर माओवादी दलहरु अनमिनलाई आक्षेप लगाउँनमा निकै अगाडी छन् । माओवादीको अधिनमा अनमिन रहेको तथा माओवादीलाई निगरानीमा राख्न नसकेको तर सेनाका काम कारवाहीमा खुट्टा अड्काएको उनीहरुको आरोप छ । माओवादी नेपालमा अनमिनको उपस्थिती अनिवार्य भनिरहेको छ । यसैले अनमिनको म्याद थप गर्न वा नगर्न भनेर दलहरु बाँडिएका छन् । शर्त सबैका आफ्ना आफ्ना छन् ।

शान्ति प्रक्रिया र संबिधान निर्माणका लागि भने पनि दलहरु यसलाई एउटा खेल मात्र भनिरहेका छन् । उनीहरुको क्रियाकलाप हेर्दा यो एउटा खेल भन्दा अरु केहि हो भन्ने नै लाग्दैन । कहिलेकाँही खेलको नियमबाट बाहिरिए जित्नका लागि जे पनि गर्न तयार छन् हाम्रा दलहरु । अत अन्तराष्ट्रिय समर्थन प्राप्त अनमिनलाई यो खेलको रेफ्रि नै मान्नु पर्छ । अब खेल नै खेल्ने भए पछि रेफ्रि त पक्कै चाहिन्छ नि । रेफ्रि बिनाको पनि खेल हुन्छ र ?

जति नै मन नपराए पनि सरकारले अनमिनको म्याद चार महिना थप गर्ने भएको छ । तर उसको कार्यदेशको पुन ब्याख्या गर्ने गरि उसको म्याद थपिन लागेको हो । अनमिनको उपस्थितीको सुरु देखि नै विरोध गरिरहेको भारतको पनि यसमा भुमिका रहेको शंका गरिन्छ ।

नेपालमा अनमिनको भुमिका रेफ्रि बराबर पनि छैन । किनभने अनमिनले गलत भन्न सक्छ, तर रातो कार्ड देखाउँन पाउँदैन । अनमिनको भुमिका नैतिकतामा आधारित छ भने पनि हुन्छ । उसको यो कार्यदेशलाई स्वयम् संयुक्त राष्ट्रसघंले पनि कमजोर भनिसकेको छ । यसबाट थाहा हुन्छ अनमिन आफ्नो कार्यदेश प्रति सन्तुष्ट छैन ।

अनमिनले पाएको कार्यदेश पनि राम्ररी निभाउँन नसकेको आरोप झेलिरहेको अनमिनसँगको विवाद गत माघबाट निकै चर्किरहेको छ । गत माघ १८ गते सरकारले शिविरमा रहेका माओवादी लडाकूहरूको नाम, ठेगाना र तस्विरसहितको विस्तृत विवरण उपलब्ध गराउन पहिलोपल्ट अनमिनलाई आग्रह गर्यो । त्यही पत्रमा शिविरबाट बिदा गरएिका अयोग्य लडाकूबारे पनि विवरण मागिएको थियो । दुई सातासम्म कुर्दा पनि त्यस्तो विवरण नपाएपछि सरकारले फागुन ३ गते अर्को पत्र पठायो । शान्ति तथा पुनःनिर्माण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको त्यो आग्रह नै अहिले विवादको कारण बनेको छ । अनमिनले बृहत् शान्ति सम्झौता र हतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतालाई अघि सार्दै यस्तो विवरण दिन नमिल्ने अडान लिएपछि विवाद घनिभूत हुँदै गयो । अनमिनले गलत व्याख्या गरेको दाबी गर्दै विस्तृत विवरण पाउनु पर्ने सरकारी अड्डी कसिलो भएपछि त विवादले गम्भीर रूप नै धारण गररिहेको छ । यसैले नेपालका केहि राजनीतिक दलहरु अनमिनलाई अंकुश लगाएर मात्र नेपालमा राख्न हुने विचार पोखिरहेका छन् ।

नेपालमा भएको विवादलाई वान कि मुनले पनि प्रस्ट भाषामा स्पष्टिकरण दिईसकेका छन् । उनले नेपालमा अनमिनको कार्यदेशका बारेमा छलफल गर्ने समय नभएको बताएका छन् । यो जुहारीमा जसले जिते पनि आखिरमा नेपालमा अनमिनको उपस्थिती मात्रले पनि राजनीतिक दलहरुलाई जिम्मेवार बनाउँने र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउँन मद्दत गर्ने मत पनि धेरैको छ ।

Related Post:
रेफ्रीले नदेखेको तर विश्वले देखेको गोल
हाम्रो पनि छ भ्यालेन्टाइन्स् डे
पोले पनि घामै राम्रो
नौटकी आमा-छोरी पनि थुनामा
अमेरिकालाई चिठ्ठा, इङ्ल्याण्ड पनि उत्रियो

Advertisements

4 Responses to “रेफ्रि नभई पनि खेल हुन्छ र ?”

  1. निर्मोही कान्छो said

    नियम संगत खेल खेल्न पो रेफ्रि चाहिन्छ । नियम बाहिर उफ्रिनका लागि रेफ्रिको के काम ? अनमिनलाई खेदाएर दाँई गर्ने यीनीहरुको सोचाई हो ।

    अब अनमीन माओवादीमा लाग्यो भन्नु पनि चाहिदो कुरा हो त ? जे पनि बोल्छन् है । लाज छैन गतिछाडाहरुलाई ।

  2. Gaurav BK said

    अनमिनको के काम ? हामी आफ्नो कुरा हामी आफै मिलाउँन सक्दैनौ र ? युद्ध सुरु गर्दा अनमिनलाई सोधेर गरेको थियो र अहिले माओवादी अनमिन खोज्छ ?

  3. Ram kumar Rai said

    सोल्टी यो खेल होइन नि त । so we don’t need refree…

  4. Kn Gyawali said

    बिना रेफ्रिको खेल खेलिरहेको नेपाली राजनीतिको खेलाडीलाई रेफ्रि बस्दा केहि अफ्ठ्यौ भएको होला नि !!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s