नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

प्र.म.चुनाव; फाल्न सकिएन ऐजेरु

Posted by नेपाली मुटु on September 5, 2010

अपडेट :

भने झै र सोचे झै यो चुनाव साँच्चै नै निष्फल भएको छ । संसदले छैटौ पटक पनि प्रधानमन्त्री दिन सकेन ।

प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको पक्षमा २४०, विपक्षमा १०१ र तटस्थमा १६३ मत परेको थियो ।

त्यस्तै अर्का उम्मेदवार रामचन्द्र पौडेलको समर्थनमा १२२, विपक्षमा २४२ र तटस्थमा १७२ मत परेको थियो ।

“म माधव कुमार नेपाल कमजोर छैन ।” पटक–पटक माधवकुमार नेपाल भनिरहन्थे । जब दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री पड्काउँन सफल भए अनि हो कि क्या हो जस्तो लागेथ्यो । माधवकुमार नेपाल कमजोर छन् कि छैनन् त्यो थाहा भएन । तर उनको भाग्य चाँही पक्कै पनि कमजोर छैन । दुई महिना भइसक्यो उनले राजिनामा बुझाएको तर पनि उनी नै छन् नेपालको प्रधानमन्त्री । कामचलाउ नै भए पनि उनको आउँने दशै प्रधानमन्त्रीकै रुपमा पो बित्छ कि जस्तो भइसक्यो ।

प्र.म.चुनावको पाँचौ पटकसम्म आइपुग्दा पनि कसैले यो चै हाम्रो प्रधानमन्त्री भनेर रोज्न सकेनन् । असहमती र अडानको ऐजेरुले यसपटकको चुनाव पनि असफल हुने भएको हो । एमाले मरिगए भोट नहाल्ने रे । मधेसी मोर्चाको हाल्ने र नहाल्नेमा जोरविजोर चलिरहेकै छ । यस्तो जान्दा–जान्दै फेल हुनकै लागि आज परिक्षा चल्ने छ ।

नेपाली राजनीतिमा देखिएको असहमती र अडानको ऐजेरु फाल्न नसकिए अर्को चुनाव पनि निष्फल हुने सम्भावना अधिकतम छ । यसलाई तोड्न नयाँ किसिमको सहमती अनिवार्य छ । सरकार बिहिनताको फाइदा उठाउँन देशी विदेशी सबै सक्रिय छन् । यसलाई तोड्नु आजको आवश्यकता हो ।

यो निर्वाचनले पनि प्रधानमन्त्री चुन्न नसके नयाँ रणनितीबाट अगाडी बढ्ने माओवादीले घोषणा गरिसकेको छ । हेरौं, के हुन्छ ?

Related Post:
चक्रेको चक्रिय प्रधानमन्त्री
प्रधानमन्त्री नेपालले देशवासीका नाममा गरेका सम्बोधनको पूर्ण पाठ
प्रधानमन्त्रीको प्रचारमोह / छपाइमा अनियमितता

10 Responses to “प्र.म.चुनाव; फाल्न सकिएन ऐजेरु”

  1. सम्भव होला चाँडै । नेताहरु पैसा जोड्दै हुनुहुन्छ, सरकार बने पछि हाम्रो टाउकोमा रिनको भारी बोकाउन लाई ।

  2. Bishnu Nepali said

    एमालेले २०४६ साल देखि गएको २० बर्षमा गरेको एउटा गतिलो निर्णय नै येही ‘तटस्थ बस्ने नीति’ हो | झलनाथको आफ्नै पीम हुने शोचले होस् नै सहि, तरैपनि यो नीति ठींक छ | तर नेपाली काँग्रेस खास गरि रामचन्द्र लाइ पीम बनाउन हुँदैन | सहमतीय प्रणाली मा आएर बाबुराम भट्टराई वा झलनाथ वा प्रन्चंदा वा देउबा नै सहि, यिनीहरु बाट पीम हुन् |

    साबधान अहिलेको अबस्थामा ओली र रामचन्द्र दुवै उस्तै हुन् , माकुने वा मदेश पार्टी बाट भन्दा झन् खतम |

  3. Bhim Lama said

    अरु नेता को दिन बिग्रेको होला तर जुन जोगी आए पनि कानै चिरेको, हामी जनता……….

  4. Biru said

    we have a cancer on our political system…….so we should remove this…..

  5. निर्मोही कान्छो said

    माकुनेको त कुरै अर्को भयो नि । छोटा जुङ्गामा ताउ लाउँदै कँहि बसेर मज्जा लिइ रहेको होला । नेपालको भाग्य इसतो भएर माकुने जस्ताको भाग्य बलियो भएको हो ।

  6. धन्यवाद मित्र समाचारको लागि। तर यो समाचारले विश्वसामू के न्युज जान्छ होला । म जस्तो देश बाहिर बस्नेलाई त सा¥है नै लाज मर्दो हुन्छ । अरु देशको मान्छेसँग कसरी शिर ठाडो पार्ने । यी चोरहरु त लाज पचेका त भए भए साथै हामी पनि लाज मर्दो बनाईदिए ।

  7. अब दुइ प्रत्यासी मध्ये एकले देश र जनताको लागि त्याग गर्दै नाम फिर्ता लिए अथवा नारायणमान बिजुक्छे र कमल थापाको भनाई जस्तै जनयुद्ध, १२ बुँदे को सफलता…..बनाएको सांसदको विघटन गरी नयाँ जनादेशमा जानु पर्ला, हैन र ? नभए हामीहरु नपुसंक भएर लामो समय बस्दैनौ भन्ने फ्लोर क्रस गरी एक पक्षलाई विजय बनाउँनु पर्ला ।

  8. Rosman Rai said

    हामी त निकै भाग्यमानी रहेछौ है मित्र । जहाँ जनताको लागि भन्ने नेताहरु कुर्सीको लागि पछारिदै उठ्दै गर्छन् । तर पनि हार्दैनन् । यसमा हामीले गर्व गर्नु पर्छ कि नेपालीहरु पछि हट्न जान्दैनन्……….

  9. खोइ कहिले नेताले शान्ति देलान् । अब त धेरै भयो संविधान पनि बन्दैन ।

  10. प्रधानमन्त्रीको लागि गतिलो उम्मेदवार हुनु प¥यो नि, कि कसो ? सबै आफ्नो स्वार्थको लागि मात्रै राजनीति गर्ने नेताहरु छन् । नेपाली राजनीतिक दलहरुमा । सबै राष्ट्रघाती दलालहरु छन् ।

Leave a comment