नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,523 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

महराको अडियो प्रकरण : के हो वास्तविकता ??

Posted by नेपाली मुटु on September 4, 2010

भारतिय लगानीमा सञ्चालित नेपाली भाषाको भारतिय टेलिभिजन नेपाल वान ले हिजो माओवादीको विदेश विभाग हेर्ने नेता तथा पूर्वमन्त्री कृष्णबहादुर महरा र एक जना चिनियाँको भनिएको टेलिफोन वार्ताको अडियो सार्वजनिक गरे पछि यो बिषयले नेपाल भित्र र बाहिर क्रमश: चर्चा पाउँदैछ । टेपमा प्रत्येक सभासदका लागि एक करोड रुपैयाँका दरले ५० जनाका लागि ५० करोड रुपैया मागिएको छ । यो टेप प्रकरणलाई चिनीया दुँतावास र महरा दुबैले खण्डन गरिसकेका छन् ।

सहमतीका लागि हुने प्रयासलाई बिथोल्न भारतद्धारा सुनियोजित रुपमा यो टेप प्रकरण ल्याइएको महराको भनाई छ । के होला त यसको वास्तविकता ?

के छ अडियोमा ?

अडियोमा दुइ जनाको संवाद सुनिन्छ । दुबैले अंग्रेजीमा संवाद गरे पनि अंग्रेजी एकदमै कमजोर छ । चाइनिज भनिएकाको स्वर चाइनिजको जस्तो सुनिदैन भने महराको भनिएको स्वर पनि महराको हो कि जस्तो मात्रै सुनिन्छ । एकातर्फबाट बोल्ने महरा भनिए पनि अर्का चाइनिज भनिएका व्यक्ती को हुन् ? अडियो सार्वजानिक गर्नेले पनि खुलाएका छैनन् ।

दुईको कुराकानीमा नेपालको राजनीतिक अवस्था, सांसद किनबेचको कुरा र सांसद किन्न पैसाको सहयोग, पैसा कहाँ बुझाउनेरलिने आदि बारेमा कुरा गरिएको छ।

अडियो सुन्नुहोस्

संवादको नेपालीमा रुपान्तरित पाठ
चिनिया पक्ष: मिस्टर, महरा, नेपालमा कस्तो छ ? प्रधानमन्त्रीको निर्वाचन आउदैछ, तपाईंलाई के लाग्छरु परिणाम आउला ?

महरा : निर्वाचन नजिक आइसक्यो। परिणामको बारे अहिले भन्न सकिन्न।

चिनिया पक्ष : के माओवादीले बहुमत ल्याउन सक्ला ?

महरा : ल्याउला जस्तो छैन। हामी कोसिस गर्दैछौं तर धेरै गाह्रो छ।

चिनिया पक्ष : बहुमत पुर्योउन के समस्या छ ?

महराः हामीसग १०–१५ जना सभासद छन्। तर ५० जति अझ चाहिन्छ।

चिनिया पक्ष : तपाईंलाई अन्य ५० जना सभासद चाहिन्छ ? मिस्टर महरा, ५० सभासदको समर्थन पाउन कस्तो सहयोग चाहिन्छ ?

महरा : यो असाध्यै गाह्रो छ। किनकि दक्षिणी शक्तिले उनीहरुलाई नियन्त्रण गर्दैछन्। त्यसैले पहिलो कुरो दक्षिणी शक्तिलाई तटस्थ बनाउनु आवश्यक छ। दोस्रो कुरा केही पैसा समेत चाहिन्छ।

चिनिया पक्ष : कति रकम चाहिन्छ ?

महराः यो अहिले भन्न सकिंदैन, यो कुरा अध्यक्षसग छलफल गर्नुपर्छ।

चिनिया पक्ष : मिस्टर महरा, मेरो एउटा साथी छ,जसले मद्दत गर्न खोजिरहेको छ। तर, ऊ नेपाल आउन सक्दैन। त्यसैले हामीहरु छलफल गर्न कुनै अन्य ठाउमा बस्न सक्छौं।

महरा : उनको लागि कुन स्थान सजिलो होला ?

चिनिया पक्ष : के तपाईंका लागि हङकङ सजिलो पर्ला ?

महरा : उहा कोसग भेट्न चाहनुहुन्छ ?

चिनिया पक्ष : यसका लागि अध्यक्षसग नै छलफल गर्नुपर्छ। अरुले हुदैन।

महरा : अध्यक्षका लागि अहिलेको समयमा यताउता जानु ठीक हुदैन। उहा हङकङ जानु भयो भने सबैले शंका गर्छन्। किनकि, उहा प्रधानमन्त्रीको उम्मेदवार पनि हुनुहुन्छ।

चिनिया पक्ष : त्यसो भए तपाईं अध्यक्षको प्रतिनिधि भएर मेरो साथीसग भेट्नु हुन्छ त ?

महरा : ठीक छ, म तयार छु। म जहा पनि जान सक्छु। तर, यो संवाद अध्यक्ष प्रचण्डसम्म पुर्या उनुपर्ने हुन्छ। तपाईंले यो संवाद प्रचण्डलाई पुर्यासइदिनु भयो भने उहाले मलाई सबै अधिकार दिनुहुन्छ।

चिनिया पक्ष : हाम्रो प्लान यस्तो भयो मिस्टर महरा, ५० सभासदको समर्थन जुटाउन कति मद्दत चाहिन्छ, यसको बारेमा तपाईंसग भेट हुदा कुरो गरौंला।

महरा : सबैभन्दा राम्रो चीन नै हुनेथियो। चीनको चेङ्दु, यो स्थानको बारेमा कसैलाई थाहा छैन।

चिनिया पक्ष : यो अत्यन्तै संवेदनशील विषय हो। यसमा सरकारको संलग्नता देखिनुहुदैन। तपाईंले बुझ्नु भयो म के भन्दैछु।

महरा : ठीक छ, सिंगापुर कस्तो होलारु हङकङमा धेरै नेपालीहरु छन्। सिंगापुर सबैभन्दा राम्रँ होला।

चिनिया पक्ष : ठीक छ, म साथीसग कुरा गर्छु।

महरा : हङकङ पनि ‘‘। म बेलुकी तपाईंलाई फोन गर्छु।

चिनिया पक्ष : के दुई दिनभित्र हङकङका सम्भावित स्थानबारे तपाईं बताउनुहुन्छ ?

महरा : फोनमा ?

चिनिया पक्ष : ठीक छ, म तपाईंको फोनको प्रतीक्षा गर्दैछु, यही नम्बरमा।
महरा : तपाईं आफ्नो स्रोतको माध्यमबाट हाम्रो अध्यक्षलाई खबर गरिदिनुहोस्।

चिनिया पक्ष : के म तपाईंको अध्यक्षसग कुरा गरौं त ?

महरा : म तपाईंलाई फोन गर्छु।

भिडियो आउँनुको कारण
पाँच पटक भयो नेपाली संसदले प्रधानमन्त्री दिन नसकेको । नेपाली राजनीतिको यो अस्पष्टताको कारण विभिन्न चलखेलहरु सुरु भएको छ । भाइ फुटे गँवार लुटे भन्ने नेपाली उखानले फेरि एक पटक सार्थकता पाएको छ । बन्न नसकेको सहमतीलाई लम्ब्याउँन र नेपाली राजनीतिलाई डरलाग्दो असहमतीको खाडलमा हाल्न देश भित्र र बाहिरबाट अनेक क्रियाकलापहरु भइरहेका छन् । नेपाली राजनीतिको पकड आफ्नो हातमा पारिरहन भारतले गर्ने छद्म युद्ध हामीबाट कहिले पनि लुकेको छैन । माओबादी नेता कृष्ण बहादुर महराको भनिएको अडियो प्रकरण पनि यही छद्म युद्धको नयाँ श्रृंखला मात्र हुन सक्छ ।

भारतिय दुतावासले नेपाली पत्रकारितामा हस्तक्षेप गर्न खोजे पछि नेपालमा स्वतन्त्र पत्रकारिताको माग गर्दै भारतिय दुतावासको बिरोध गरियो । भारतले यसैको बदला स्वरुप पत्रकारिताकै उपयोग गर्दै नेपाली राजनीतिमा प्रहार गरेको हुन सक्छ ।

कहाँबाट आयो अडियो ?
निस्सन्देह यो अडियोको स्रोत भारतीय एजेन्सी हुन्। भारतले नै यसलाई सार्वजनिक गर्न लगाएको हो। किनभने यो अडियो सबैभन्दा पहिले भारतीय मिडियाले नै प्रसारण गर्यो । भारतीय मिडिया र भारतीय लगानी भएको नेपाली मिडियामा नै अहिले यसबारे सबैभन्दा चासो व्यक्त गरिएको छ।

अडियोको प्रसारण सबैभन्दा पहिले नेपाल वन टेलिभिजनले गरेको हो। नेपाल वन नेपाली भाषामा प्रसारण हुने भए पनि भारतबाट प्रसारण हुने भारतीय लगानीको भारतीय टेलिभिजन हो। भारतीय दृष्टिकोणका समाचार यसमा प्रसारण हुने गर्छन्। यो टेलिभिजनले माओवादीले सांसद खरिद गर्न पैसा खर्च गरेको आरोप लगाएको यो पहिलो पटक हैन। माधवकुमार नेपालले राजीनामा नदिँदै अविश्वास प्रस्ताव ल्याउन माओवादीले ठमेलको होटलमा यति करोड पैसा राखेको छ भन्दै समाचार प्रसारण गर्ने च्यानल पनि नेपाल वन नै हो। नेपाल वनको समाचार कति विश्वसनीय हुन्छ भन्ने कुरा त एसएलसीको रिजल्ट बारे यसले प्रसारण गरेको समाचारले पनि प्रष्ट पार्छ। रिजल्ट आउनु केही दिनअघि नै यसले रिजल्ट आइसकेको समाचार प्रसारण गर्दा निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो। परीक्षा नियन्त्रण कार्यालयले पछि यस्ता हल्लामा विश्वास नगर्न आग्रह समेत गर्नुपरेको थियो। भारतीय च्यानल भएकोले हाकाहाकी झुठो समाचार दिँदा पनि नेपाल वनलाई कुनै कारबाहीको दायरामा ल्याउन भने सकिएन।

यदि यो अडियो साँचो हो भने
यदि यो अडियो साँचो हो भने नेपाली राजनीतिमा अब उत्तर चिन पनि सक्रियता खोजिरहेको छ भन्ने प्रस्ट हुन्छ । नेपाली राजनीतिमा खसीबोका जस्तो सांसद किनबेच हुनु कुनै नौलो घटना होइन । महाकाली सन्धी देखि देशका साना मसिना मुद्दाहरुमा पनि सांसद किनबेच भएको प्रशस्त घटना बाहिर आएकै हुन् । यसैले लोकतान्त्रिक राजनीतिको घिनलाग्दो पाटोले नेपाली राजनीतिलाई नछाडेको प्रस्ट हुन्छ ।

यो अडियोमा उल्लेख गरिएका व्यहोरा सही हो भने ५० करोड रुपैयाँ माओवादीको पोल्टामा परिसकेको हुनुपर्छ र किनबेचका लागि सांसद समक्ष पनि पुर्‍याइसकेको हुनुपर्छ। त्यो हो भने त २० गतेको निर्वाचनमा बहुमत माओवादी कै आउनु पर्छ।

अर्को डरलाग्दो बिषय गोपनियताको पनि हो । यदि यो अडियो साँचो हो भने यसले देखाउँछ भारतिय गुप्तचरहरु नेपालमा कति गहिरो गरेर बसेका रहेछन् भन्ने । र, हाम्रो गोपनियता कहाँ सम्म गोप्य रहन सक्ने रहेछ भन्ने ।

अडियो आए पछिको परिदृष्य
अब माओवादीका लागि सहमती बनाउँन अझ गा¥हो हुने छ । जुन दल माओवादीलाई समर्थन गर्नेछन् तिनीहरुलाई बिकेको पगरी गुथाउँन सजिलो हुने छ । यसैले नेपाली राजनीतिलाई यो अडियोले केहि पछाडि धकेल्न सक्नेछ । र, यो एकदमै खराब र हानिकारक कुरा हो ।

Advertisements

7 Responses to “महराको अडियो प्रकरण : के हो वास्तविकता ??”

  1. यदि यो बोल्ने महरा नै हे भने अंग्रेजी चै बबाल रहेछ, हा हा हा, यदि यस्तै हो भने सेमिनार, मिटिङ को लागि विदेश जाँदा के हालत होला श्र

  2. यो सबै माओवादीले रचेको प्रपोगोन्डा हो । हा हा हा

  3. यो सबै भारतिय दलालहरुको माओवादीलाई बदनाम गराउँने चाल मात्र हो ।

  4. यो केही पनि होइन । माओवादीलाई फसाउँन खोजेको हो । उनीहरुको सरकार बनाउँन नदिने षड्यन्त्र हो । यसलाई यत्ति ठुलो मान्नु हुन्न ।

  5. samyok said

    यो कुरालाई कुन हद सम्म बयान गर्ने ! सर्ब प्रथम म माओ बादी समर्थन व्यक्ति पनि होइन वास्तविक कुराको अड्कल गर्नु पर्दा यो टेप रेकर्ड गरिएको आवाज कुनै चाइनिज व्यक्तिले बोलेको होइन किनकि हामीपनि देश खाएर शेष भएका हौ कुन देशको मान्छेले कसरि एन्ग्लिश बोल्छ त्यो एक सब्द मै थाहा हुन्छ फेरी यो टेप रेकोर्ड मा कुरा गरेको सुन्दा खेरि कुनै पनि म्यचर एन्ग्लिश बोलेका छैनन् सबै प्राइमरी स्तरको एन्ग्लिश वोर्ड्स बोलेका छन् के कुनै पनि दुइ देशका बरिस्ठ व्यक्ति हरु सम्झौता गर्दा येस्तई खालका वोर्ड्स मात्र प्रयोग हुन्छ त ? ? ? यो टेप कुनै पनि व्यक्ति हरुले मोहराको जस्तै बोलि बनाएर बोलेको हो भन्न सकिन्छ अनि के मोहराको एन्ग्लिश येस्तै मात्र छ यदि येस्तै मात्र हो भने मोहरा नर्सरी मा नाम लेखेर एन्ग्लिश पड्दा हुन्छ अनि अर्को कुरा के भने यदि यो टेलिफोन बार्ता रेकोर्ड गरेको हो भने नेपाल को कुन नंबेर बाट चिना को कुन फोन मा गरेको थियो यो किन प्रमाण दिन सकेन जब सम्म प्रमाणित हुदैन तब सम्म यो कुरा पत्याउन सकिन्न !

  6. madan bajracharya said

    मलाई जस्तै धेरै साथीहरुलाई यो कुरामा बिस्वाश नभएको देखियो/ तर मानी लिउं कि महराले पैसा मागेकै रहेछ/ यसले दुई कुराहरु देखाउंछ; एक हामीकहाँ राजनीति विकृत बाटो बात चलिरहेको छ बा चलाउन खोजि रहेको छ/ जुन बडो दुखत कुरा हो/ दोश्रोकुरा नेपालमा गोपनियेटता भनेको केहि रहेन/ सबै नेताहरुको टेलिफोन भारतले त्याप गरिएको रहेछ/ यो कुरा पहिलो कुरा जस्तै दुखत मात्र नभईकन खतरनाक रहेको देखिन्छ/ आखिर भारत नेपालको राजनीतिमा यति बिघ्न किन चासो लिई राखेको छ?

    भारतको नियत ठिक छैनन् भनि स्पस्ट गर्ने धेरै कुराहरु छन्/ १९५०को सन्धि देखि, नेपाललाई रास्ट्र संघको सदस्य बन्नमा समेत बिरोध गरे बात नेपाललाई भारतले मात्र अंतर्रस्त्रिये औपचारिकता निभाउन मात्रै स्वोतान्त्त्र देस मानिआएको देखिन्छ/ भारत आफैमा बिशाल रास्ट्र हो, उसको आफ्नै मुलुक उसले सम्हाल्न सकी रहेको छैन/ बिस्वोको अगाडी भारतले प्रबिधि विज्ञानमा केहि उपलब्धि देखाउन सके पनि भारत समस्त रुपमा कङ्गाल मुलुक नै हो/

    एक अरव नाघ्दै गरेको जनता अधिकांस त् गरिबको रेखा मुनि मात्रै होयिन कंगालिमा बिताउन बाध्य छ/ अरब नाघ्दै गरेको जनताको निमित उ सिट न पर्याप्त खेति योग्य जमिन छ न पिउन र सिचाई गर्न सकिने पानि छ/ भारतले भौतिक बिकास जति गर्दै जान्छ त्यो भन्दा बढी अभाव र अभावमा बस्न बाध्य हुने जनता थपिंदै गई रहेको छ/ भारतको सरकारलाई यो ठुलो टाउको दुखाई हो/

    जातिय राज्यहरुमा विभाजित भारतमा सांस्कृतिक एकता छैन/ धर्म निर्पेछ्य भनिएता पनि भारतमा जस्तो धार्मिक क्लेश कहीं छैन/ नाम हिन्दुस्थान राखिएको छ तर आफुलाई हिन्दु मान्न र हिन्दी बोल्न समेत घिनाउनेहरु एक आपसमा लड्दै आएको छ/ मौका पाए स्वाधीन बन्न नखोज्ने उसको कुन राज्य छ?

    भारतको राज्यहरु झण्डाले मात्रै समेटिएको छ/ हामीलाई कसैले तपाईं को हुनु हुन्छ भनेर सोधे हामी नेपाली हौँ भन्छौं/ तर यहि प्रश्न तपाईं भारतियेलाई सोध्नुस उनीहरु आफुलाई कोहि बंगाली भन्ला कोहि शिख भन्ला/ भारतको सबै राज्यमा भारतको रास्ट्र भाषा मात्र कागजी भाषा हो/ हाम्रो नेपालीभाषा हामि सबैको साझा भाषा हो/ हामि सांस्कृतिक एकतामा बाँधिएको छ/ तर भारतीयहरु एक राज्य अर्को राज्यको भारतियेहरु विभाजित मानाशिकता पालेर बसेकोछ/ एक राज्यको नदीको पानि अर्को राज्यलाई उपभोग गर्न दिन चाहँदैन/ लडाईं नै नगरे पनि दंगात गर्दै आएकै हो/

    भारतमा सय-हजारलाई कङ्गाल बनाएर यक धनि बनेको छ/ जति तेस्ता धनि हरु बढ्दै गए त्याहा कंगालीहरु अझै थपिंदै गए/ भारतमा सयौंलाई झोपडी पनि होयिन ढलको पायिपमा, सडकमा बस्न बाध्य बनाएर मात्रै एउटा ठुलो भवन बनेको छ/ यस्तो अबस्था हामि नेपाली छैन/ कङ्गाल नेपालीहरु पनि भारतको गरिब भन्दा धनि छन्/ कसरि? यो सबै नेपालको पानि र माटोको गुणले हो/

    भारतको सरकारलाई उसका कङ्गाल बन्दै गएको नागरिकहरुलाई खाना खुवाउन अधिक से अधिक अन्न उब्जाउनु छ/तेस्को लागि भारतलाई नेपालको पानि चाहिएको छ/ त् पाउने कसरि? कसै गरि उसले कोशी र गन्धकी मात्रै कब्जा गर्न सकेको छ/ महाकाली सन्धि बिबाद मा फसेकोले टनकपुर बाँधमा समेत बिबाद उठ्ने लगभग निश्चित छ/ तनक पुर् बाध बनाउन दिएकोमा सम्झौता मुराबिक नेपालले बर्सेनि पाउनु पर्ने १००० क्युसेक पानि उसले आज सम्म न दिएकोले पनि अन्तारास्त्रिये कोर्टमा नेपालले चाहेमा टनकपुर सन्धि संसोधन बा खारिज गर्न सक्छ/

    नेपालमा सच्चा रास्ट्र बादी नेताहरुको लोकतान्त्रिक सरकार बनेमा महाकाली सन्धिमा ठुलै फेर बादल हुनेछ/ महाकाली सन्धि सिट टनकपुर र शारदा ब्यारेज समेत गाँजिएको छ/ महाकाली सन्धि ले पूर्णता नपाए भारतलाई ठुलै अप्ठ्यारो पर्ने कुरा निश्चित छ/ फेरी कोशी गन्धकी सम्झौतामा नेपाल ठगिएको बुँदा हरु संसोधन गर्न बाध्य हुनु पर्ने छ/

    महेन्द्रले रास्ट्र संघको सदस्य बनि सके पछी भारतलाई अंतर्रस्त्रिये कानुनको हवाला दिएर कोशी सम्झौता मा ठुलै फेर बादल गर्न बाध्य बनाएको भारतले भुल्ने कुरा नै होयिन/ कोसीको पहिलो सम्झौता अनुसार समस्त कोशी नदि र बाँध बनाएको भुमि पूर्ण त् भारतको अधिनमा अनन्त काल सम्म रहने भनिएको थियो/ यी कुरा अंतर्रस्त्रिये कानुनको बिरुद्ध थियो/ महेन्द्रले भारतलाई बाध्य बनाएर कोशी नदि र बाँध बनाएको भूमिको मालिक नेपालनै रहने र त्यो बाँध पनि १९९ बर्ष पछी नेपाललाई फर्काउनु पर्ने बनाए/ हुन् त् बध ९९ बर्स्मै फर्काउनु पर्ने अडान राखिएको थियो तर कुनै बिके नेपालमा/ तेसै कारण ९९ लाई १९९ बनायिये/

    नेपालमा अलिकति मात्रै स्थिर सरकार बनेमा भारत सिट गरिएको अरु कयौं सम्झौताहरु यसरि नै संसोधित बा खारिज समेत हुनेछ/ यसै कारण भारत नेपालमा उसैको पिथ्ठुलाई पनि स्थिर सरकार बनाउन दिंदैन/ लोकतान्त्रिक सरकारको त् कुरै छोदुं/ भारत सिटको असमान सन्धिको बिरोध गर्नेहरु सबै भारतको सत्रु बनेको छ/ नेपाल भित्र मवोबादिलायी आलोचना गर्न नेपालीको आफ्नै कारण छन्/ तर भारतले मावोबदिले जनता माथि अति गरे भनेर मावोबादीको बिरोध गरेको होयिन/ जान युद्ध को बेला मावोबादीको बन्दुक बात निक्लिएको गोलि बात कुने नेपालको ज्यान गएको थियो भने त्यो बन्दुक र गोलि मावोबादी लाई जान युद्ध को बेला भारतले ठम्याएको थियो/ आज भारत बडो सज्जन बन्न खोजि रहेको छ/ तर सबैले बुझेको छ कि भारतले मावोबादीको बिरोध गरेको कारण के हो भनेर/

    त्यो भन्दा पनि भारतको लागि भयाबह कुरा नेपालको सप्त कोसीमा बिस्वोमै अग्लो बाँध र जलाशाये बनाएर नेपालको समस्त पानि माथि याकधिकार बनाएर समस्त भारतमा पानि र बिजुलीको व्यवस्था गर्ने सपना सपनामै तुहिने छ/ यो उच्च बाध बनाउन उपयुक्त बातावरण र अध्ययन गर्न मात्रै भारतले २९ करोड निकासा गरेको छ/ त्यो २९ करोडको थैली बोकेका भारतीय अधिकारीहरु नेपालमा कार्यालाये नै खोलेर बसेको छ/ त्यो २९ करोडको थैली ले क कसलाई बिचार छ भारत को? हाम्रा नेताहरुको ताल यहि हो/ भारत लाई कसै गरि पनि महाकाली सन्धि उसले भनेकै शर्तमा गराउनु नै र सप्त कोसीमा उच्च बाध बनाउनु नै छ/ यति गर्न नसकेमा अहिले पानीको निमित आपश्मा दंगा मात्रै गर्दै गरेका उसका राज्यहरुको बिचमा युद्ध नै हुने छ र भारत बिखन्डन समेत हुन् सक्ने अबस्था न औला भन्न सकिंदैन/

    यसै कारण भारत नेपालमा बिखन्डन चाहिरहेको छ/ जनताले चुनेको कुनै पनि दललाई सरकारमा आउँन नदिन खोजि रहेको छ/ भारतले पंचायत स्विकारी बस भनि बि पी हरुलाई नाम को मेल मिलापको नारा लगाउन लगाएर भारतले तेसैले लखेटेको थियो/

    कांग्रेसीहरु समेत मेल मिलापको नाममा पन्चे बनेकै भए भारतलाई बिरोध गर्ने जनताको नेताहरु ले सरकार बनाउँला भनि चिन्ता गर्ने नपर्ने थियो/ तर भारतले नेपाली जनताको लोकतन्त्रको चाहना रोक्न चाहेर पनि रोक्न सकेनन/ तर लोकतान्त्रिक सरकार र संबिधान लोकतान्त्रिक मान्यता अनुशर नै बन्न दिनमा बाधा गर्न खोज्दै छ/ यो महारा माथिको आरोप पनि यहि शृंखला कै कुरा हो/

    यो हल्लाले jअब कुनै पनि दल तथा सभासदहरुले मावोबादीलाई निस्वार्थ समर्थन गरेर भोट दिन गए पनि पैसा ख्वाएर बा खाएर भोट दिएको लिएको आरोप लाग्न सक्ने त्राश को बातावरण बनाउन खोज्दै छ/

    नेपालमा अब जनताले लोकतन्त्रको चाहना गरे बात भारतको लागि यो अन्तिम अबशर हो/ भारत नेपालमा लोकतान्त्रिक संबिधान र सरकार उसैको मोडेल अनुशार बनाउन चाहि रहेको छ/ यो कुरा अस्ति शरणले दिएर गएको निर्देशनात्मक संदेशले स्पस्ट बनाएको छ/ नेपालको सम्पन्नताले भारतको विपन्नताको कारण बन्ने कुरा ले भारत् चितित छ/ तेसैले भारत अहिले हाला बाजीमा समेत उत्रिएको छ/

    नेपालमा भारतीय स्वार्थ अनुशारको कुरा हुने नसक्ने भएको अबस्थामा भारतले नेपालमा सैनिक बिबाद समेत ल्याउन खोज्ने छ भनेर अहिले “अनमिन” फर्काउन लगाएर “इनमिन” भित्राउने चालको सुरुवात समेत गरेकोछ/बर्दी नलगाएको एक मधेश बादी नामको “इनमिन” त् हली नै सके अब बर्दी लगाएको मात्रै आउन बाकि छ/

  7. Jeevan said

    अहिले सारा नेपाल र नेपाली ले भारतीय दुतावास बिरुद्ध प्रेस स्वतन्त्रता नारा लागिरहेको बेलामा त्यहि प्रेस स्वतन्त्रता को नाजायज फाइदा उठाएर भारतले नेपाल र नेपाली माथि गरेको प्रहार हो यो .. यो कुरालाई माओवादी विरुद्ध कुनै बिपक्षी दल अथवा नेताले नाजायज फाइदाको लागि प्रयोग गर्नु हुन्न किन भने यो माओवादी विरुद्ध भन्दा पनि नेपाल र नेपाली प्रेस विरुद्ध गरिएको सड्यन्त्र हो…. अब त धोतिहरुले अति गर्न थाले…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s