नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

दुरताको पीडा

Posted by नेपाली मुटु on September 4, 2010

आजको शनिबार बसिबियालोमा एक जना साथी ‘विकाश तिमल्सिना’को अनुभव लिएर आएको छु । कति जनालाई लाग्ला यो त सानो कुरा भयो । यति सानो कुरा त हाम्रो जीवनमा हरेक दिन नै घटिरहन्छ । तर साथी, जीवनमा ठुला कुराहरु पर्खिदा पर्खिदै हामी जीवनका साना कुराहरु बिर्षि पो रहेका छौ कि । जीवन भनेको वास्तवमा साना साना कुराहरुको मिश्रण नै त हो नि, होइन र ? सम्झनुहोस् त, सबै साथीहरुले काँचो आँप खाइरहदा आफ्नो हातमा पाकेको आँप परेको बेला हामी कति खुसी हुन्छौ । क्यारेम सित्तैमा खेल्दा पनि हामी जित्न कति कोशिश गरिरहेका हुन्छौ, र त्यो जीतले कति धेरै खुसी दिन्छ । साँझमा खाली चौरमा साथीहरुसँग गफिएर बस्नुको मज्जा अरु केहिमा पाइन्छ होला र ? यसैले जीवनका यी साना झिल्काहरु छोडेर ठुलो आगो खोज्न थाल्यौ भने जीवन बेस्वादिलो हुन्छ । साथीको यो यस्तै झिल्कोमा हामी पनि रमाउँन है । तपाईसँग भएका यस्ता अनुभव पनि पठाउँन अनुरोध गर्दछु । रचना र अनुभव nepaliheart1@gmail.com मा पठाए हुन्छ ।

विकाश तिमल्सिना

“फोन गर्दै गर्नु है ।”

“आ के फोन गर्नु ? को हौ र तिमी ? बोल्ने भए तिमी फोन गर, म बोलिदिउँला ।”

छुट्टिने दिन मलाई गाडीमा चढाउँन आउँदा भएको उसको र मेरो सानो संवाद हो यो । मैले ख्यालख्यालैमा भनिदिएँ, ‘के फोन गर्नु भनेर ।’ मैले यो पनि भनिदिएँ कि ‘तिमी को हौ र भनेर’ , उसले सुनिरही । केहि प्रतिक्रिया नै नजनाई । सायद उसलाई थाहा छ, म उबाट टाढा भए पनि दुरताको महसुस गर्न सक्दिन भन्ने । बिना सञ्चार रहन सक्दिन भन्ने । यसैले उसले कुनै अबरोध बिना नै मेरो कुरा भनि सक्न दिई । उ बुझ्छे, मेरो ओठको शब्द र मुटुको धड्कनमा कति फरक छ ?

बिदाईको क्ष्यण पनि अचम्मको हुन्छ । त्यो बेलाको भावना प्रसव वेदनामा रहेकी कुनै युवती झै पिडादायी हुन्छ । कँहि जाने कुराको खुसी त छदैछ । पछि फर्केर आउँदा पाइने आत्मियता त छदैछ तर पनि छुट्टिनु पर्ने विवशताले मुटु चिरिन्छ ।

मलाई थाहा थियो, उ मेरो जीवनको अभिन्न अंग हो । मलाई थाहा थियो, उ बिना मलाई धेरै गा¥हो हुन्छ । तर जब गाडी छुट्ने बेला उसँग बिदाईको हात हल्लाउँने बेला भयो तब थाहा पाएँ उ मेरो मुटु बनिसकिछ । उ मेरो सास बनिसकिछ, जसलाई छाड्दा जीवन बिहिन हुनु पर्ने रहेछ । आँखामा आँसु भरियो । कसैले देख्ला कि भन्ने डर उत्तिकै छ । गलामा केहि अड्किए जस्तै भयो । केहि बोल्न सकिन । जति उ बाट टाढा हुन्छु । लाग्छ, मुटु छोडिदैछ मेरो शरिरबाट । मृत्युको एक किसिमको अनुभव गरे मैले । हिडिरहेको गाडीबाट फाल हाली उसलाई अगांल्न मन लाग्यो । चिच्याएर एक पल्ट उसलाई बोलाउँन मन लाग्यो । तर लाचार म आफ्नै मुटु छोडी अन्तै दौडिरहे …………….।

Advertisements

4 Responses to “दुरताको पीडा”

  1. मदन said

    मैले कहि सुनेको थिए, साना साना झिल्काहरुले नै जिन्दगी रमाइलो बनाउँछ रे । यो जिन्दगीको झिल्को आन्दोलनमा तपाईलाई स्वागत छ । विकाशजी छोटो मिठो अनुभवको लागि धन्यवाद ।

  2. सनम तामाङ्ग said

    सबैलाई यस्तै हुदो रहेछ । म त मलाई मात्र हो कि भन्ठानेको

  3. Rohan Dhimal said

    nice Bikash ji…..keep it up………..its a human behavior…..

  4. embee ghising said

    dat happens 2 everybody n dis is life………..
    ………thanx for d lovely feelings……..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s