नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

डा. बाबुराम भट्टराई चढेको गाडीमा शंकास्पद (?) ठक्कर

Posted by नेपाली मुटु on September 3, 2010

नेपालको राजनीतिमा मरिनु र मारिनु कुनै नौलो कुरा होइन । इतिहास साक्षी छ, नेपालको राजनीतिमा कति रगत पोतिएको छ ? कुनै हिन्दी चलचित्रको भयानक दृष्य जस्तो लासको खातबाट बौद्धिकतालाई टक्कर दिदै उच्च पदमा पुग्नेको नेपाली इतिहासमा लामै सुची तयार पार्न सकिन्छ । कति ओपन सेक्रेट छन्, पमाण छैन । कति प्रमाण छन् बोल्न मिल्दैन । नेपाली राजनीतिका दिग्गजहरु सधै वैरिका आँखाका कसिगंर बनिरहेका हुन्छन् । त्यसैले राजनीतिज्ञ माथिको सानो भन्दा सानो दुर्घटनालाई पनि सोच्नु पर्ने अबश्था आएको छ । डा। बाबुराम भट्टराईको नेपाली राजनीतिमा उपस्थितीले पनि उनी माथिको दुर्घटनालाई फरक किसिमले सोच्न बाध्य बनाएको छ ।

गोर्खाबाट काठमाडौं आइरहेका माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा एक बसले शङ्कास्पद तरिकाले ठक्कर दिएको छ। मुगलिन(गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस(९ तिस्लिङमा बिहान ११ स् १० मा उनी चढेको वा १ छ ७५८ नं। को गाडीमा लु १ ख ६१३९ नं। को बसले ठक्कर दिएको हो।

ठक्कर दिए पनि उनी दुर्घटनाबाट जोगिएका छन्। बुटवलबाट काठमाडौं आइरहेको गाडीले भट्टराई चढेको गाडीमा शङ्कास्पद तरिकाले ठोक्काएको उनका सहयोगी विश्वदीप पाण्डेले बताए।

ुहामी दुई किलोमिटर परैबाट अगाडि जान हर्न दिइरहेका थियौं तर बस ड्राइभरले साइड दिइरहेका थिएनन्ु, पाण्डेले नागरिकन्युजसँग भने( बल्लबल्ल बसले प्रहरीको स्कर्टिङलाई साइड दियो, त्यसको पछिपछि जाँदा असहज ढङ्गले पछाडिको भागमा गाडी ठोक्कायो। जसबाट गाडीको ढोका कुच्चिएको छ।

ड्राइभर टेकमान तामाङको संयमताले भट्टराई दुर्घटनामा पर्नबाट जोगिएको पाण्डेले बताए। बस ठोक्किएपछि पाल्पा घर भएका बस ड्राइभर जीवन रानाले गाडीको रफ्तार बढाएका थिए। लगत्तै बाबुरामको सुरक्षा गरिरहेका जनसेनाले उक्त बस नियन्त्रणमा लिइ ड्राइभर रानासहित गजुरी इलाका प्रहरी कार्यालयमा बुझाएका थिए।

प्रहरीको गाडी स्कर्टिङमा हुँदाहुँदै बसले साइड नदिनु र प्रहरीको गाडीलाई दिइसकेपछि बाबुराम चढेको जिपमा रहस्यमय ढङ्गले ठोक्काउनुले हामीलाई गम्भीर शङ्का लागेको छु, पाण्डले भने( घटना शङ्कास्पद भएकाले त्यसप्रति सत्यतथ्य छानबिन गर्न सरकारसमक्ष जोडदार माग गर्दछौं।

Advertisements

6 Responses to “डा. बाबुराम भट्टराई चढेको गाडीमा शंकास्पद (?) ठक्कर”

  1. matraa thakkare garechhaa …… padera buddii navayakoo manchhee ho tyoo ….. desss bechna pachii pardainaaa….manis ko lageeee padaiii ra buddiii dheraiii balancee garna parchhaa .. tara chilloo gadimaa basera aniii five star ko rumjham maa sab bhul huna janchhhaa… deslae parivartann khojekoo ho hamii le pani thhaa chhaa tara … meraa pyraa jantaaa haruu sadaiii bhokooo raaa nangoo…matraa maukaa deuu vanee haruu dheraii dekhiyooo.. tesmmaa parchhaa baburam ….. so finally …..thakkar matra haina goleee hannaa parchhhaaa deskoo dhukutii ma aakhaa lagaunee lii..

  2. yedi janta chadyako motar bhaya sesa futai lutda aago lagai bus bhetrai marda pani chanbin garna paryo koi bhan6a ???

  3. birat maharjan said

    बस्नेत सर आफ्नो बोलीमा लगाम लगाउँनुहोस् । आज गाडीमा चढ्दा गाली गर्ने तपाई के हिजो जंगलमा दुख पाउँदा सँगै हुनुहुन्थ्यो । तपाई कहाँ के गरेर बस्नुहुन्छ थाहा चैन । तर नेपालीको हित गरेर नेपाललाई बिकाश गर्छु भन्ने बाबुरामहरु तपाईका लागि फटाहा भए ? बाबुरामले यदि पैसा नै कमाउँने भए सक्दैन थिए होलान् ? यसैले राम्रोलाई राम्रो देख्नुहोु् या आँखाको उपचार गर्नुहोस् । तर जथाभावी बोल्न पाईदैन बुझ्नु भयो ?

    • नमस्ते महर्जन सर,
      मेरो मतलब त्यो होइन । आज आफै हेर्नुहोस् देश कस्तो थियो र कस्तो भयो ? तपाई मलाई एउटा कुरा भन्नु के आज साँच्चै नै नेपाली जनता सुरक्षित छन् त ? सबै जना आज गोली र काटमारको कुरा किन गर्छन् ? हो, यसको जवाफ यहि हो । मैले बाबुरामलाई नराम्रो भनेको होइन तर पछाडि हिड्नेहरु कस्ता छन् तपाईलाई पनि थाहा होला । आज देशको कस्तो हाल भयो भन्ने कुरा म स्वयम् देख्दै छु । अब कुरा रह्यो लगामको यो एक्काइसौ शताब्दिमा तपाई के को लगामको कुरा गर्नु हुन्छ ? जब खुलेआम बोल्छन् तब भन्नुहोला । पहिलो आफ्नो प्रिय नेताहरुलाई भन्नुहोस् । र, सर एउटा कुरा ध्यानमा राख्नुहोस् म स्वयम् पनि बस्नेत भएकोले यो लेखेको होइन तर जे देखिन्छ त्यो बोलिन्छ । म पनि क्षत्रीको छोरा हो । देशको बिकाश यो दुइ बर्षमा कति भयो एक पटक आँखा चेक गराएर हेर्नु होला । जय नेपाल । पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

  4. निर्मोही कान्छो said

    बाबुराम जस्ता नेताको त सुरक्षा र सम्मान छैन भने नेपालको अधोगतिलाई कसले रोक्न सक्छ र ? साथीहरु बौद्धिकता र गर्नेहरुको सम्मान गर्न सिकौ । कमेन्ट लेख्दा सभ्य भाषको पनि प्रयोग गर्न सकिन्छ नि

  5. रीता said

    कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणि

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s