नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

हाम्रो पनि छ भ्यालेन्टाइन्स् डे

Posted by नेपाली मुटु on September 1, 2010

आज कृष्ण अष्टमी । भगवान् बिष्णुको आँठौ अवतार, चञ्चल कृष्णको जन्मदिन । भगवानहरुमा कृष्ण जति चकचके कोही थिएनन् रे । आफ्नो मुहार, बोली र बाँसुरीले संसारलाई मोहमा राख्न सक्थे रे । मोहको कारणले उनको जन्म जेलमा भएपनि उनलाई जेलबाट गोकुलमा पु¥याएको कसैले थाहा पाएनन् रे । यसैले आजको रातलाई मोह रात्री पनि भनिन्छ । उनका रानी मात्रै १६ सय भन्दा बढि थिए रे । प्रेमको पयार्यवाचीका रुपमा पनि उनलाई लिने गरिन्छ । यसैले आजको दिनलाई पश्चिमा भ्यालेन्टाइन्स् डे सँग पनि तुलना गर्ने गरिन्छ । हामी संस्कृति प्रेमीहरुले आजको दिनलाई प्रेम दिवसका रुपमा मनाईदिए हाम्रो संस्कृति मै भएको कुरा पश्चिमा संस्कृतिबाट सापट लिइ रहनु पर्ने थिएन कि !

महाभारतको युद्धमा उनले अर्जुनलाई दिएको उपदेश र दिव्य ज्ञानलाई गीताको रुपमा हिन्दु धर्मालम्बीले पुज्य ग्रन्थको रुपमा लिने गर्दछन् । जीवन र जगतको सम्पुर्ण गाँठो फुकाउँन सक्ने भनेर यो ग्रन्थ निकै चर्चित पनि छ ।

Advertisements

One Response to “हाम्रो पनि छ भ्यालेन्टाइन्स् डे”

  1. मोहन said

    तर हामीलाई त रोटी भन्दा पिज्जा नै मन पर्छ नि त

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s