नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

एमालेका घुस्याहा सभासद हिरासतमा

Posted by नेपाली मुटु on August 31, 2010

बिशेष अदालतमा उपस्थित हुदै कार्की

नयाँ संबिधान बनाउँलान् र नेपाललाई विकशीत तुल्याउँलान् भनेर संबिधानसभामा चुनिएका सभासदहरु बिभिन्न नौटकीबाज र चरित्रहिन सन्दर्भमा जोडिन थालेका छन् । विश्वकै सबैभन्दा समावेशी भनिने ६०१ को त्यो मण्डलीमा सनकी, अल्छि, अर्धचेत कमिशनखोरका रुपमा त बेला–बेला देखिएकै थिए । अब अर्का सभासद घुस लिदा–लिदै रङ्गे हात पक्राउ परेका छन् । एक दृष्टिबिहिन साधु ुस्वामी एक हजार आठु ब्रहमानन्द उदासिनलाई सहयोगी बनाएर उनले पुलिसमा भर्ना गरिदिने भन्दै धेरैबाट नगद पैसा घुस स्वरुप लिएको आरोप छ । उनलाई आजै विशेष अदालतले तिस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अख्तियारलाई अख्तियारी दिइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको एक विशेष टोलीले सभासद् डोलबहादुर कार्कीलाई उनका सहयोगी सहित भिमसेनगोला स्थित डेराबाट पक्राउ गरेको हो । सोमबार पक्राउ भएपछि उहाँहरूको स्वास्थ्य परीक्षण गरेर बयान लिइएको र बयानको क्रम नसकिएकाले अदालतबाट आजै म्याद थप गरी पछि मुद्दा दायर गर्नका लागि प्रमाण जुटाइने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिनुभयो । अन्तरिम संविधानको धारा ७७ ९५० बमोजिम फौज्दारी अभियोगमा सभासद् कार्की पक्राउ पर्नुभएको सम्बन्धमा आजै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई औपचारिक जानकारी दिइएको पनि उहाँले बताउनुभयो ।

अनुसन्धानका लागि कार्की र उनीसँगै पक्राउ परेका स्वामी ब्रम्हानन्द एक हजार आठ उदासिनलाई ३० दिन थुनाको माग राखेर अख्तियारले मंगलबार चार बजे विशेष अदालत लगेको थियो । अदालतले उनीहरुलासँग सोधपुछ गरी २० दिनका लागि मात्रै थुनामा राख्ने अनुमति दियो । साधु भएर पनि यस्तो काममा किन लागेको भन्दै कार्कीले उदासिनलाई पनि हपारेका थिए । “प्रारब्धमा जे लेखेको छ, त्यो नभोगी हुँदैन” आँखा पनि नदेख्ने ७० वर्षिय उदासिनले जवाफ दिएका थिए, “भाग्यमा लेखेको कसैले मेटेर मेटिँदैन ।” सभासद कार्कीले अध्यक्ष कार्कीसँग २० गते प्रधानमन्त्रीको चुनाव भएकाले आफूलाई नथुनिदिन आग्रह गरेका थिए ।

एमालेका सभासद् कार्की पार्टीको सङ्गठित सदस्य र किसान महासङ्घको जिम्मेवार कार्यकर्तासमेत हुन् । उनले भने आफु वामदेव निकट भएकाले पार्टी भित्रैबाट फसाइएको आरोप लगाएका छन् ।

Advertisements

7 Responses to “एमालेका घुस्याहा सभासद हिरासतमा”

  1. अब यो कामलाई निरन्तरता दिनु पर्छ । यदि छाडियो भने पार्टी प्रतिको विश्वास घट्नेछ । सुरुवात राम्रो छ ।

  2. rabin gautam said

    asta lai agi lagayera nepal khai kaha pugne ho?

  3. Biren Bhattarai said

    wtf ….its disguasting …….go to hell……..tai vayera ma vanchhu nepalma autocracy chahinchha……

  4. Kn Gyawali said

    bharastta savasad lai karbahi gar

  5. नेता र सभासद भनाउँदाहरुको कमाइ त्यही त हो । कुन नौलो कुरा भयो र ?

  6. नेपालको राजनीति भनेको पैसा कमाउँने अफिस हो ।

  7. harmo desh ko neta haru SLC pass vako chaina
    harmo desh ko neta haru SLC pass vako chaina
    harmo desh ko neta haru SLC pass vako chaina
    harmo desh ko neta haru SLC pass vako chaina
    harmo desh ko neta haru SLC pass vako chaina

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s