नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

श्यामशरणलाई कसले बोलायो ?

Posted by नेपाली मुटु on August 5, 2010

प्रधानमन्त्रीबाट प्रचण्डले राजिनामा दिए पछि भनेका थिए, “भारतको बिशेष दुतसँग कुरा गर्न चाहेको थिएँ, पाइएन ।” उनको भारत विरुद्धको पहिलेको अभिव्यक्तीसँग विपरित प्रतिक्रिया आए पछि धेरैले माओवादीले भारतसँगको सम्बन्ध सुधार्न चाहेको माने । तर बहुचर्चित बानेश्वर भाषणमा नोकर छोडेर मालिकसँग सिधै कुरा गर्ने’ प्रचण्डको उद्घोषले उनले कुन आधारमा भारतसँग बिशेष दुत मगाएका थिए भन्ने कुराको अर्को कोणबाट आंकलन गर्न थालियो । जुन सुकै कारण भए पनि अब भने प्रचण्डको भारतसँग सिधै कुरा गर्ने चाहना पुरा हुने देखिन्छ । हिजो मात्रै आफुलाई भारतिय प्रधानमन्त्री मनमोहन सिहंको बिशेष दुत बताउँदै पुर्व भारतिय राजदुत श्यामशरण नेपाल आएका छन् ।

नेपालमा भइरहेको सरकार निर्माणको ढिलाई हटाउँन सहजकर्ताको भुमिका निभाउँन उनलाई नेपाल पठाइएको बताउँछन् । नेपालको मामिलाले भारतलाई पनि अफ्ठ्यारो पार्ने भएकाले यो समाधान हुनु पर्ने उनको भनाइ छ ।

उनको नेपाल प्रवेशसँगै राजनीतिक वृतका केहि समस्याहरु सल्टिने अनि केहि समस्याहरु बल्झिने धरातलको श्रृजना हुनेछ । तत्कालिन सात राजनीतिक दल र माओवादी बिचको १२ बुँदे सहमतीका सहजकर्ताका रुपमा श्यामशरण नेपाल र भारतमा चर्चित छन् । उनको यही छविका कारण उनलाई नेपाली राजनीतिक वृतमा आफ्नो पकड बनाउँन सजिलो पर्नेछ । सहमती र सहकार्यका लागि सहज वातावरण बनाउँन भने पनि उनको मुख्य कार्यभार माओवादी बाहेकको पुरानै गठबन्धनबाट प्रधानमन्त्री बनाउँने रहने छ । यसकारण एमालेलाई उनी सकभर तटस्थ बस्न दिने छैनन् । त्यस्तै मधेसवादी दलहरु भारतको इशाराको खाँचोमा किमकर्तव्यविमुढ भएको भनाई त्यही दलका कतिपय नेताबाट बाहिर आईरहेको बेलामा श्यामशरणले ति दललाई पनि रामचन्द्रको पक्षमा मत दिन दबाब दिने छन् ।

उनको पहिलो कार्यभार सफल हुन नसक्ने आधारहरु पनि प्रशस्त छन् । जस्तो कि एमाले बहुमतीयमा तटस्थ बस्ने जनाएको छ, मधेसीदलहरु मात्रको मतले कांग्रेसको बहुमत नपुग्ने भएकाले माओवादीलाई समर्थन गर्न मोर्चा भित्र दबाब बढिरहेको छ, कतिपय साना दलहरुले तेस्रो चुनावमा माओवादीलाई समर्थन गर्न थालिसकेका छन् । यसैले श्यामशरणको दोस्रो कार्यभार माओवादीलाई मनाएर आफ्नो पक्षमा पार्ने रहने छ । यस बिचमा उसले माओवादीबाट केहि जलबिद्युत, केहि साना ठुला परियोजना र पानी माथीको अधिकारको माग गर्नेछ । यो पुरा हुने देखेमा माओवादीलाई समर्थन गर्न उसलाई गा¥हो पर्ने छैन ।

तर नेपालको मामिलामा सँधै जित हात नपारेको भारत यसपाली पनि निराश भए आफ्नो विपरितको दललाई पाठ पढाउँने डिजाईन गर्न तयार रहने छ । भारत परस्त दलहरु भएकै कारण यो उसको कदमको सम्भावना पनि बढि नै देखिन्छ ।

श्यामशरणले नेपाल आएर नेपालको राजनीतिक डेडलक हटाउँलान् वा नहटाउलान् यो भिन्न छलफलको बिषय हुन सक्छ । तर उनी जुन हैसियतमा नेपाल आएका छन् यसको बारेमा भने खुल्ला छलफल हुन आवश्यक छ । तर कुनै पनि देशको आन्तरिक मामिलामा त्यो देशले नबोलाई कन विदेशबाट विशेष दुत आउँन मिल्छ कि मिल्दैन ? यदि मिल्दैन भने श्यामशरणलाई नेपालमा कसले बोलाएको हो ? नागरिकले थाहा पाउँनु पर्छ या पर्दैन ? कहिले नेपालको राजनीति बिग्रन्छ र आफ्नो फाईदामा लिन पाइन्छ भनेर भारत लोथा थापेर बसेको कुरा उसको विगतको आचरणले देखाइसकेको छ । यसैले उसले के गर्दैछ भन्ने भन्दा पनि हामीले उसलाई यो स्पेस किन दिइरहेका छौ ? यो जटिल प्रश्न हो ।

यसपाली हाम्रा दलहरुले ठुलो छाती पारेर तपाई चाहिदैन, हाम्रो कुरा हामी आफै मिलाउँछौ भनेर श्यामशरणलाई भनिदिए कति राम्रो हुन्थ्यो है ।

Advertisements

7 Responses to “श्यामशरणलाई कसले बोलायो ?”

  1. surya said

    तपाईले ठिक विश्लेषण गर्नु भएछ । त्यसको लागि धनयवाद । अनि अरु यस्तै विश्लेषण को आवश्यकता पछि पनि दिदै गर्नु होला ।

  2. sanjiv said

    अनि भारतियलाई सुल्सुलेलाई कस्ले बोलाउनु प¥यो र ? ति आफै पनि आउँछन् नि ।

  3. This is not hidden from Nepalese people that India has a decisive role in Nepalese politics. I suggest our political bigwigs to study Nehru’s doctrine before making any secret deals to safeguard their interests. Its high time that we stand on our own and practise sovereignty. Indian envoy’s visit is no more a matter of curiousity as it is known to even a layman in the country. Concern is about how our leaders act under his direction, keep a watch and expose it. Nepali Mutu, its challenging but not impossible.

  4. Bimalesh said

    जति करा गरे पनि हाम्रो हातमा केहि छैन । खाली भोट दिने बेलामा गल्ती भयो । इी सबैलाई हराउँने कुनै उपाय सोच्न सकेनौ । हामी भन्दा शक्तिशाली भारतिय दुत रहेछन् ।

  5. sambhu said

    paap dhuri baata karayo….

  6. निर्जोल said

    कोही त होला नि पक्कै । त्यसै प्रचण्डले भारतिय प्रभु भनेका होइनन् नि । अब एमालेले कांग्रेसलाई भोट दियो भने अचम्म नमाने हुन्छ ।

  7. rajib said

    hami aafai aafno decision lina sakne kaile hune hola hai

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s