नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

नौटकी आमा-छोरी पनि थुनामा

Posted by नेपाली मुटु on August 4, 2010

आक्रोसको प्रतिफल

नेपालको गाउँ गाउँमा यो उखान प्रचलित छ, “प्रजातन्त्र आ’कै छ, जे भन्न नि पा’कै छ ।” सबैलाई यसै भन्ने लागेको थियो कि प्रजातन्त्र र लोकतन्त्रमा वाक स्वतन्त्रता हुन्छ । यही स्वतन्त्रताको आधार मान्दै यहाँ जसले जसलाई पनि गाली गर्ने गरिन्छ । अझ नेताहरु र सभाषदलाई त यति गाली गरिन्छ कि त्यसको कुनै लेखाजोखा नै गर्न सकिन्न । तर वाक स्वतन्त्रताको पनि कानुनी दायरा हुन्छ भनेर अदालत पुष्टि गर्न लागिरहेको छ ।

भर्खर मात्र हत्यारा शोभराजलाई कारवाही गरियो भनेर देशी तथा विदेशी सञ्चार माध्यम सामू अदालत र प्रधानन्यायधिसलाई तथानाम गाली गरियो । शोभराजकी वकिल तथा सासु शकुन्तला थापा र श्रीमती निहिता विश्वासले गरेको गाली बेइज्जती उपर अदालतमा प्रश्न उभ्याइएको थियो । यसैको सुनुवाई गर्ने क्रममा समय अपुग भए पछि आमा छोरीलाई नै थुनामा राखिएको हो ।

बलराम केसी र रामप्रसाद कुमार शाहको इजालसमा भइरहेको सुनुवाइ बुधबार नसकिएपछि उनीहरुलाई थुनामा पठाउने निर्णय गरिएको हो।

थुनामा पठाउने अदालतको आदेशलाई अधिवक्ता थापाले सुनियोजित भएको आरोप लगाएकी छन्। “हामी विरुद्ध यो सुनियोजित षड्यन्त्र हो”, थुनामा पठाउने इजलासको निर्णयपछि नागरिकन्युजसँग थापाले भनिन् “यो प्रतिशोध साँध्ने हिसाबले गरिएको गैर न्यायिक कार्य हो।”

सर्वोच्च अदालतका स.प्रवक्ता हेमन्त रावलले भने वयान चलिरहेको अवस्थामा थुनामा राखेर कानुनी प्रक्रिया चलाइने प्रावधान रहेको उल्लेख गरे। “यो कानुनी प्रावधान हो” रावलले भने, “बयान नसकिएको अवस्थामा थुनामा पठाउनु सामान्य हो।”

सर्वोच्चले साउन १४ मा फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सर्वस्व सहित जन्मकैद गर्ने पुनरावेदन अदालतको फैसला सदर गरेपछि निहिता विश्वास र कानुन व्यवसायी थापाले सर्वोच्चविरुद्ध आक्रोस व्यक्त गरेका थिए। विश्वासले शोभराजविरुद्धको सर्वोच्चको निर्णयलाई ‘भ्रष्ट न्यायाधीशको निर्णय’ भनी टिप्पणी गरेकी थिइन्।

“न्यायाधीशले पैसा खाएर निर्णय गरेका छन्, अब हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्तर्राष्ट्रिय अदालतमा जान्छौ”, सर्वोच्चको फैसलापछि क्रुद्ध बनेकी विश्वासले सञ्चारकर्मीसँग भनेकी थिइन्।

मुद्दामा शोभराजको तर्फबाट बहस गर्दै आएकी अधिवक्ता तथा निहिताकी आमा शकुन्तला थापाले पनि सरकार र अदालतले पूर्वाग्रही भएर शोभराजराई फसाएको आरोप लगाएकी थिइन्। सर्वोच्चले सोभराजको पक्षमा फैसला नसुनाएपछि आक्रोसित भएकी थापाले भनेकी थिइन्, “यहाँको सरकार र सर्वोच्च अदालतले पुरै बायस डिसिजनु गरेको छ।”

आमा छोरीको यी भनाइले न्यायालय र न्यायाधीशको मानहानी गरेको भन्दै अधिवक्ताद्वय राजन अधिकारी र शान्ता सेढाईले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। आइतबार मुद्दा प्रक्रिया अघि बढाउँदै सर्वोच्चले आमा-छोरीलाई नै तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो। आफैँ अदालतमा उपस्थित नभए प्रहरीमार्फत अदालतमा बुझाउन आदेश दिएपछि विश्वास र थापा आज अदालतमा उपस्थित भएका थिए।

Advertisements

4 Responses to “नौटकी आमा-छोरी पनि थुनामा”

  1. jiban acharya said

    it’s a good job that our court done. i appriciate it.

  2. jiban acharya said

    यी आमा छोरी त सति प्रथा नै भित्र्याउँन लागि परेका जस्ता छन् । पहिले सति जाँदा स्वास्नी जान्थे रे, अहिले त सासु पनि सँगै जान थालेछन् । घोर कलियुग प्रभु

  3. निर्जोल said

    यीनीहरुको पनि के कुरा गरेर समय खर्च गरेको होला । को हुन् र यीनीहरु

  4. sagar thapa said

    ramro bhayo ajai eniharul sovrajsanganai pathaidiyahuncha nakhuma

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s