नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

आज ह्याट्रिक हुन्छ सायद

Posted by नेपाली मुटु on August 2, 2010


अपडेट : ह्याट्रिक भएरै छाड्यो आखिरमा । तर पनि अस्ति भन्दा केहि ध्रुविकरणको सुरुवात भने देख्न पाईयो । मधेसी जनअधिकार फोरमका १२ सभाषदले भने माओवादीका उम्मेदवारलाई मत हालेका छन् । यसले मधेसी मोर्चामा विभाजनको लक्षण सतहमा आएको छ । पहिले देखि नै सत्ताका लागि पटक पटक विभाजित भएको मधेसी मोर्चामा यसपाली पनि विभाजनको रोग देखिएको छ । यसबाट अर्को पटक चाँही प्रधानमन्त्री चुनिने सम्भावना बढेको छ ।

प्रधानमन्त्रीको चुनावमा दुई पटक पराजय भोगिसकेका रामचन्द्र पौडेल र प्रचण्डले आज पनि ३०१ को समर्थन पाउँने सम्भावना एकदमै कम देखिदैछ । एमालेले आजको चुनावमा पनि तटस्थ बस्न आफ्ना सभाषदलाई ह्वीप जारी गरिसकेको छ । मधेसीदलहरु अहिले सम्म मत हाल्ने वा नहाल्ने द्धिविधाले ग्रस्त छन् । यसैले पौडेलको पराजय त निश्चित छ भने मधेसीदलले माओवादीलाई समर्थन नगर्ने निर्णय गरे प्रचण्डको पनि सपना तुहिनेछ । यसो भएमा दुई वरिष्ट नेताहरुले पराजयमा ह्याट्रिक गर्नेछन् । यो ह्याट्रिकमा केहि कुराले त सम्मान गर्नै पर्ने हो । तपाईसँग सम्मानका शब्द छन् भने पोख्नुहोस् यहाँ ।

चुनाव आज अपरान्ह हुने भनिएको छ । तर मधेसवादी दलहरुलाई उनीहरुको प्रस्तावको जवाफ स्वरुप माओवादी र कांग्रेसले पत्र पठाइसकेका छन् । दुबै दलले मधेसबादी दलको एक मधेस एक प्रदेशको प्रस्ताव अस्विकार गरिसकेका छन् । यही पत्रमा आधारित भएर आज दिनभर मधेसी दलहरुको बैठक बस्नेछ । यसले चुनावको समयमा पनि पक्कै असर त देखाउँने नै छ ।
संबिधानसभाबाट टुङ्गो लगाउँने मुद्दा भन्दै मधेसी दलहरुले एक मधेस एक प्रदेशको माग स्थगित गरेका छन् ।

Advertisements

2 Responses to “आज ह्याट्रिक हुन्छ सायद”

  1. Shamelessness has also a limit but…………….?

  2. देश र जनताको माया यीनीहरुलाई भए पो । काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर । झन संविधान बनाउनु पर्नेमा कुर्सी र सत्ताका ब्वाँसाहरु आफ्नै स्वार्थ पुरा गर्नमा मात्र लिन छन् । थुक्क नेपालका नेताहरु , Same on you.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s