नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

शोभराज पत्नी निहिता र उनकी आमालाई पकड्न सर्वोच्चको आदेश

Posted by नेपाली मुटु on August 1, 2010

‘म त डुब्छु–डुब्छु, तिमीलाई पनि लिएर डुब्छु’ सुन्नु भएकै थियो होला नि यो उखान । चाल्र्स शोभराजसँग यो उखान ठ्याक्कै मिलेको छ । उनी त हत्याको अभियोगमा अब १४ बर्ष जेलमा थन्किने नै छन् । उनको सजायसँगै उनका श्रीमती र सासु तथा वकिल पनि अदालतमा तानिएका छन् । शोभराजकी पत्नी निहिता विश्वास तथा निहिताकी आमा शकुन्तला थापाले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चले तिन दिन भित्र अदालतमा उपस्थित हुन चिठ्ठी काटेको हो । तोकिएको समयमा अदालतमा उपस्थित नभए प्रहरीले पक्राउ गरेर भएपनि अदालतमा उपस्थित गराउँन सर्वोच्चको आदेश छ । यो कदमले नेपालमा अदालतको सम्मान अझै बढाउँने छ । अदालत विरुद्ध जे पायो त्यही बोल्ने कुकृति नेपालमा बढ्दो रहेको अवश्थामा अदालतको यो कदमले आफ्नो महत्वलाई बढाउँन कोसेढुगां हुनेछ । अदालतको यो कदम तारिफयोग्य छैन त ?

सर्वोच्चले शुक्रबार पुनरावेदन अदालतको निर्णयलाई सदर गर्दै शोभराजलाई सर्वस्वहरण सहित आजिवन कारावासको सजाय सुनाएको थियो । सोभराज पत्नी विश्वासले आफ्नो पक्षमा फैसला नआएको झोँकमा राष्ट्रिय(अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि सामु ‘भ्रष्ट न्यायाधीशलाई जेल हाल्नुपर्ने’ प्रतिक्रिया दिएकी थिइन्। उनले सर्वोच्च परिसरमै ‘ब्लडी जजेज’ भन्दै न्यायाधीशले घुस खाएर चार्ल्सविरुद्ध फैसला गरेको आरोप लगाएकी थिइन्। निहीता र उनकी आमाका सार्वजनिक अभिव्यक्तिले अदालत तथा न्यायाधीशको मान हानी गरेको भन्दै शान्ता सेढाईं सापकोटा र राजन अधिकारीले मुद्दा दायर गरेका थिए।

“तीन दिनभित्र यस अदालतमा उपस्थित हुनु, तारेख थाम्न पाइने छैनु,” रामकुमारप्रसाद शाहको इजलासले कारण देखाउ आदेश जारी गर्दै भनेको छ, ‘वारेस लाग्नै छैन भनी निजहरुको नाउमा छिटो सूचना दिनु।’

मुद्दाका सम्बन्धमा अदालतको सहयोगीको रुपमा बहस गर्न इमिकस क्युरीको रुपमा कम्तिमा ३ जनाको दरले वरिष्ठ र अधिवक्ता तोकी पठाउन नेपाल बार र सर्वोच्च बारलाई अनुरोध गरिएको छ। साथै सर्वोच्चले अदालत परिसरमा निहीता विश्वास र सकुन्तला थापाले न्यायालय र न्यायाधीशविरुद्ध बोलेको भिडियो तथा अडियो टेप उपलब्ध गराएर सहयोग गर्न इलेक्ट्रोनिक मिडियाहरुलाई आग्रह गरिएको छ।

निहिताको आक्रोस हेर्नुहोस्:

7 Responses to “शोभराज पत्नी निहिता र उनकी आमालाई पकड्न सर्वोच्चको आदेश”

  1. Bista Bhim said

    हो पकड्नु पर्छ । जो कानुन र कानुनी राज्य माथी धावा बोल्छ, उसलाई कानुनको कठगरामा ल्याउँनु पर्छ । कानुनको आदेश पालन नगर्नेलाई कस्टडीमा राख्नु पर्छ । अपराधीसँग साँठगाँठ राख्ने पनि अपराधी नै हुन् । को हो निकिता ? शोभराजको पत्नी नै हो भन्ने प्रमाण छ र ? त्यो अपराधीको सञ्जाल मात्र हो । कारवाही हुनै पर्दछ ।

  2. मलाई पनि अचम्म लागेको थियो । कान्तिपुरमा श्रीमती शोभराजको अन्तवार्ता हेरेको थिए । प्रेम अन्धो हुन्छ भनेको हो रहेछ ।

  3. Binod Gadal said

    तै त एउटा सेतो छालासँग बिहे गरे भनेर कति चडेकी त्यो निकिता । फेरि त्यसकी आमा किन त्यसरी बौलाक िहो । म त छक्कै पर्छु बा । सँगै लगेर राखिदिनु पर्ने मिल्ने भए त । यीनीहरुलाई कडा भन्दा कडा सजया हुनु पर्छ

  4. मेरो बिचारमा त त्यस्तो अपराधीलाई सहयोग गर्ने पनि अपराधी नै हुन्छ । त्यसैले यीनीहरु दुई जनालाई नै कारवाही गर्नु पर्छ । यीनीहरु भनेको देशद्रोही हुन् । एक अपराधीको संरक्षण गर्नेहरु हुन् ।

  5. यो संसारमा कस्तो मान्छे पनि देख्नु पर्ने ६६ बर्षे बुढोको काँध थाप्ने २२ बर्षे तरुनी

  6. निहिता जस्तै अरु केटीहरुले पनि बाफ्नो लाई विश्वास गरे राम्रो हुन्थ्यो ।

  7. Surya ji…love is love

Leave a comment