नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

मानव अधिकार

Posted by गणेश कार्की on July 31, 2010

-गणेश कार्की-

भोली मानव अधिकार दिवस । उनलाई आज खुब हतारो छ किनकी उनले आज नै भाषण कण्ठ गरिसक्नु पर्ने थियो । भोली मानव अधिकार सभामा यही भाषण गर्नु थियो । यसैले उनी भाषण घोक्दै थिए । अर्काले सुन्ला कि भन्ने डर उत्तिकै थियो । यसैले उनी विस्तारै भए पनि रट्दै थिए, “ …..यस संसारका सबै मानव बराबर हुन् । कसैले कोही माथी हक जमाउँन पाइदैन । कसैले कसैलाई थिचोमिचो र प्रताडित गर्नु हुदैन ……….. ।”

आफ्ना मालिकको यस्ता मिठा कुरा रामेलाई फेरि दोहो¥याएर सुन्न मन लाग्यो । र, मालिकलाई आँटैले भन्यो, “हजुर ! के गर्नु हुदैन रे ?” जत्ति सुकै दोहो¥याउँदा पनि कण्ठ नभएकाले अघि देखि झ्वाँक चलिरहेको बेला अझ यो सानो मुखको ठुलो कुरो उनलाई सही नसक्नु भयो । रामेका छातीमा लात बजार्दै उनले भने, “देखिस्, यै गर्नु हुदैन भनेको ।”

Advertisements

7 Responses to “मानव अधिकार”

  1. krishna said

    यही गतिले देश कहाँ पुगिसक्यो । सबै नाटक देखाउँने मात्रै । व्यवहारमा सबै उस्तै त भए नि ।

  2. Sher Singh said

    मानव अधिकार पेशा बनेर रहेको छ । पैसा कमाउँनका लागि मानव अधिकारको स्वाङ रच्नेहरुको नेपालमा कमि छैन । यही तथ्य उजागर गर्न खोज्नु भएकोमा धेरै धेरै धन्यवाद ।

  3. Nisha Bajracharya said

    ए रामे ठुला मान्छे कुरा मात्रै राम्रा गर्छन् क्या । तँ भने जति सबै पत्याउँदो रैछस् अनि तैले लात नखाए कस्ले खाने ? तँ आफै भन् त ।

  4. Aananda Bista said

    मलाई तपाईको लघुकथा मन प¥यो । म पनि कहिलेकाँही लेख्ने गर्छु । मेरो पनि प्रकाशन गर्न मिल्छ होला नि, होइन ?

  5. रोशन घोर्साने said

    मानव अधिकार भनेको के हो ? के अमेरिकाले जे व्याख्या गर्छ, त्यही मात्र मानव अधिकार हो । एउटा सेतो छाला भएको मानिसको नाक औल्याउँदा कहिले मानव अधिकार हनन हुन्छ । तर इराक र अफगानिस्तान अमेरिकन गोला बारुदले मरेका मानिसको मानव अधिकार थियो कि थिएन । के मुस्लिम हुनु मानव नहुनु हो ? यहाँ रामेको संख्या यत्ति धेरै छ कि जो मानव अधिकारका दुइ बचन सुन्न हजार लात खान विवश भइरहेका छन् ।

  6. निर्जोल said

    तपाईलाई मानव अधिकार भनेको थाहा नै रहेन छ । मानव अधिकार भनेको अमेरिाको देखाउँने दाँत हो । मानव अधिकार कै कुरा गरेर उ संसारलाई आफ्नो दास बनाइ रहेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s