नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

लाईन लाग्न जानुहोस्, पैसा आउँछ

Posted by नेपाली मुटु on July 30, 2010

नेपाल विकाश बैक खारेजीमा गए पछि निक्षेपकर्ताको सबै रकम डुब्ने देखिएको थियो । यसैले धेरैले त आफ्नो पैसाको माया मारिसकेका थिए । तर पुनरावेदन अदालत पाटनको एक बर्ष अगाडीको आदेश अनुसार आज देखि साना बचतकर्ता संस्था वा व्याक्तिहरुको रकम फिर्ता गरिने भएको छ । नेपाल विकास बैँक लिक्विडेटरको कार्यालय, हेरिटेज प्लाजा, कमलादीबाट साना बचतकर्ताहरुलाई आज दिउँसो २ बजे देखि चेक हस्तान्तरण गरिन लागेको हो ।

यसैले तपाईले पनि नेपाल विकाश बैकमा बचत गर्नु भएको थियो र, फिर्ता आउँने दिन पर्खेर बसिरहनु भएको छ भने चाँडो जानुहोस् है । फेरि ठ्याक्कै तपाईको अगाडी चेक सकिएला नि ।

यो बैंकमा तीनहजार सर्वसाधारणको २१ करोड रुपैयाँ निक्षेप छ । उनीहरुले बढी ब्याज दिने र टेलिभिजन उपहार पाइने आशामा निक्षेप जम्मा गरेका थिए । झण्डै तीन वर्ष अघि नै राष्ट्र बैंकले यो बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो । यो बैंकको कुल नोक्सानी ६८ करोड ८६ लाख रुपैयाँ थियो।

बैंक खारेजीमा लैजाने निर्णयसँगै ठूला निक्षेपकर्ताहरु कर्मचारी सञ्चय कोष र नेपाली सेनाको कल्याणकारी कोषले आफूले पहिलो प्राथमिकता पाउनुपर्ने दाबी गर्दै आएका थिए। सञ्चय कोषको ३३ करोड र सेनाको कल्याणकारी कोषको १८ करोड रुपैयाँ बैंकमा छ।

Advertisements

4 Responses to “लाईन लाग्न जानुहोस्, पैसा आउँछ”

  1. निर्मोही कान्छो said

    नेपाल सरकारले तिर्ने भएछ कि बैकले नै तिर्ने भएछ ? बैकसँग त पक्कै पैसा थिएन होला ।

  2. migab said

    नेपालमा यत्ति धेरै बैक भए कि अब त बैकहरुको नाम पनि जुध्ला भन्ने भइ सक्यो । यति धेरै बैकहरु भए पछि घाटामा जानु कुन नौलो र अचम्मको कुरा भयो । यसैले बैकहरुमा फेरि पनि यही नेपाल विकाश बैकको घटना दोहोरिन नदिन बैकहरुको संख्या घटाउँनु अति नै आवश्यक छ । सरकारले यता ध्यान पु¥याउँनु पर्ला ।

  3. Rohan Karki said

    जे पायो तै । कति न पैसा पाउँने जस्तो । मरिमरि कमाको पैसा लगेर राखेको छ, त्यै आफ्नै पैसा पाउँदा पनि हर्क मान्नु पर्ने । कस्तो जमाना आयो गाँठे ।

  4. Rupa Tamang said

    कहिलेकाँही बैकहरु पनि घाटामा जानु पर्छ । नत्र मान्छेले कसरी थाहा पाउँने कि बैकहरु पनि घाटामा जान्छ र, सेयर लगानी जुवा जस्तै हो भनेर । जे भयो राम्रै भयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s