नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

फड्को मार्दै नेपाली फुटबल, गर्न धेरै बाँकी छ

Posted by नेपाली मुटु on July 29, 2010

सन्तोष साहुखल-महगां खेलाडी

नेपाली फुटबलमा व्यावसायिकताको खोजी भइरहेका बेला २८ बर्षे पुरानो व्यावसायिक क्लब मनाङले फुटबलमा व्यावसायिकताको पुट हाल्ने कोशिश गरेको छ । क्लबलाई नयाँ ज्यान भर्न भन्दै ११ जना नयाँ खेलाडीलाई मालदार पारिश्रमिकमा क्लबमा भित्राएको हो । यसरी नयाँ आउँने खेलाडीमा थ्री स्टारका चार, एनआइबिएल फ्रेन्ड्स र जीफाइभ मच्छिन्द्रका २ र २, संकटा र एनआरटीका १ र १ खेलाडी छन्। गत महिना सम्पन्न लिगमा पाँचौ स्थानमा चित्त बुझाउँनु परे पछि ६ पटकको विजेता मनाङले यो कदम उठाएको हो । यी सबै खेलाडीलाई क्लबले मासिक १०,००० देखि ५०,००० सम्म दिएको छ । यसमा थ्रिस्टारका सन्तोष साहुखलको सबै भन्दा बढि मासिक ५०,००० पारिश्रमिक छ । नेपाली फुटबलको इतिहासमा खेलाडीले पाएको यो नै सबै भन्दा ठुलो पारिश्रमिक हो । कुल बार्षिक बजेट ६५ लाख भएको क्लबले खेलाडीको पारिश्रमिकमा मात्र ५० लाख खर्चेको छ । यो कदमबाट खेलाडीलाई व्यावसायिक खेलाडी बन्न पक्कै पनि सहयोग पुग्नेछ ।

तर बार्षिक बजेटको दुइ तिहाई खेलाडीको पारिश्रमिकमा खर्चिने थ्रीस्टारको कदम तपाईलाई चै कस्तो लाग्यो नि ? लेख्नुहोस् है ।

मनाङले क्लबका पुराना २७ मध्ये कप्तान टासी छिरिङसहित ६ खेलाडीको सम्झौतालाई भने नवीकरण गरेको छ। पाँच कोरियनसहित २२ खेलाडीलाई टोलीले फुकुवा गरेको छ ।

अखिल नेपाल खेलाडी संघका अध्यक्षसमेत रहेका क्लबका पूर्वखेलाडी उपेन्द्रमान सिंहले पुरानो दिन सम्झँदै भने, ‘दस वर्षअघि हामी खेल्दा १५ सय तलब थियो, आज धेरै माथि पुगेको छ। वास्तवमा व्यावसायिक फुटबलमा मनाङको महत्त्वपूर्ण भूमिका छ।’

Advertisements

4 Responses to “फड्को मार्दै नेपाली फुटबल, गर्न धेरै बाँकी छ”

  1. bidsa timsina said

    क्लब त जसोतसो टिक्छ नै । यति धेरै पैसा कमाउँने सन्तोष साहुखललाई हार्दिक बधाई । अझै राम्रो खेल्नु ल ।

  2. krishna from oslo said

    thanx ganesh for better view to the nepaliese news. I always do log on your blog keep it up hai.

  3. जीवन ढुगांना said

    विश्वकपमा कहिले ब्राजिल, कहिले अर्जेन्टिना अनि कहिले इटाली । हामी कहिले पुग्ने विश्वकपमा ? मिहो चाउचाउ खाएर ? हामी नेपाली फुटबलका प्रेमीहरु यस्तै दिनको प्रतिक्षामा थियौ । यसरी नै नेपाली फुटबलको विकाश हुन सुरु होस् । यस्तो कामको लागि मनाङलाई हार्दिक अनि मुरीमुरी धन्यवाद ।

  4. PK giri said

    फड्को जति नै मारे पनि के गर्नु ? नीति नै राम्रो नभए पछि ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s