नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 13,035 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other subscribers
  • मत बिभाजन ……

चुनाव नै कि अर्को उपाय गर्ने हो ?

Posted by नेपाली मुटु on July 28, 2010

कार्टुन साभार: नागरिक द्धैनिक

आज १२ गते पनि भइसक्यो । तर दलहरु सबै आ–आफ्नै डम्फु बजाएर बेसुरा गीत गाउँन छाडेका छैनन् । एमाले र मधेसी दलहरु पुनः हुने चुनावमा पनि मत नहाल्ने अड्डि कसरै बसेका छन् । तिनीहरुलाई टसको मस पार्ने कुनै उपाय देखिएको छैन ।

यस्तो स्थितीमा अझै कति बसिरहने हो देश कामचलाउ प्रधानमन्त्रीलाई शिरमा बोकेर । अब नियमावली परिवर्तन गरेर पुनः नेतृत्वको खोजी गर्नु पर्दछ भन्नेको पनि आवाज बाक्लिदै आउँदैछ । तपाई के भन्नुहुन्छ ? पुरानै उम्मेदवारबाट जति पटकमा भए पनि प्रधानमन्त्री छान्ने हो कि नियमावली परिवर्तन गरेर नयाँ उम्मेदवारी खोज्ने हो ? आफ्नो कुरा लेख्नुहोस् है ।

7 Responses to “चुनाव नै कि अर्को उपाय गर्ने हो ?”

  1. Mahesh Nepali said

    यस्तो ताल भएरै त माधव कुमार नेपाललाई चिठ्ठा परेको हो नि । अहिले पनि नियमावली परिवर्तन ग¥यो भने पनि हुने त्यस्तै त होला नि । को आउँछ, आउँछ ? हे भगवान एउटा प्रधानमन्त्री पठाइदेउ ।

  2. Sabitra Niraula said

    ढिलो होस् तर छोरै (प्रचण्ड) होस् ।

  3. जीवन said

    सबैको भाग पुगेकै छ । झलनाथलाई नयाँ भाग लाग्ला भन्ने सोचेको त्यो पनि भएन । काँतर रैछन् । पार्टी फुट्ला भनेर फिर्ता लिइ हाले । अब रामचन्द्रलाई सल्लाह गरेर दिए त भै हाल्यो नि । बिस्तारै फेरि प्रचण्डको पनि त पालो आइहाल्छ ।

  4. simrik said

    जे गरे पनि हुन्छ । आखिर जुनै जोगी आए नि कानै चिरेको ।

  5. Ghanashyam Roka said

    मलाई बनाउ भनेको मान्दैनन् । मेरो त कान पनि चिरेको छैन, simrikजी ।

  6. Govinda Piya said

    जो आए पनि नयाँ संविधान दिन सक्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँन सक्ने र सबैलाई मिलाएर लान सक्ने आओस् । कसरी हुन्छ, त्योसँग मतलब नै भएन ।

  7. निर्मोही कान्छो said

    भने पछि ढोकैबाट आए पनि भयो, झ्यालबाट आए पनि भयो होइन त गोविन्दसर ?

Leave a comment