नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

इराकको प्रतिबन्ध हट्यो, समाधान यही हो ?

Posted by नेपाली मुटु on July 28, 2010

छ बर्ष देखि नेपाली राहदानीमा ‘इराक बाहेक’ भनेर लेख्न थालिएको थियो । तर यही ‘इराक बाहेक’ भनेर लेखिएको राहदानी बोकेर तिस हजार भन्दा बढि नेपाली नागरिकहरु इराक पुगिसेकेका रहेछन् । अमेरिकन सेनाले गैरकानुनी कामदारलाई निकाल्ने भने पछि उत्पन्न भएको सन्त्रास नेपाल सरकारले पनि थाहा पायो । र, ६ बर्ष देखि लगाउँदै आएको इराक प्रवेशको प्रतिबन्ध आज हटायो । यो निर्णय अहिले इराकमा रहेका नेपालीलाई मात्र लागु हुने भनिएको छ । नयाँ कामदार जान र पठाउँन भने पाइदैन । यति भए पछि नेपाली कामदारहरुले अब कामबाट निस्किनु पर्दैन रे ।

गैर कानुनी हुदा–हुदै तिस हजार बढि नेपाली इराक पुग्दा पनि थाहा नपाउँने सरकारले ‘नयाँले नपाउँने’ भन्दा मात्र यो क्रम रोक्न सक्ला र ? एउटा समस्या त सल्टियो तर विगतमा जस्तै वा त्यो भन्दा खतरनाक समस्या नआउला भनेर कस्ले ग्यारेण्टी गर्न सक्छ ? यो बिषयमा नेपाल सरकारले सोचेको छ कि छैन ? नेपाल सरकार यो कदमलाई तपाई चै के भन्नुहुन्छ नि ?

इराकबारे श्रम मन्त्रालयले गरेको पाँच निर्णयको पूर्ण पाठ

१. नेपाल सरकारले भदौ १६ मा इराकमा नेपाली कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउने।

२. नेपाली नागरिकका निमित्त जारी हुने राहदानीमा इराक बाहेक भनी छाप हान्ने प्रणाली हटाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने।

३. प्रतिबन्ध हटेको जानकारी सहित इराकमा कार्यकरत नेपाली कामदारको सुरक्षा र उनीहरुको रोजगारीको निरन्तरताको निमित्त उच्चस्तरमा निरन्तर कुटनीतिक पहलको लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने‍।

४. यसअघि इराकमा नेपाली कामदारलाई लगाउँदै आएको प्रतिबन्ध हटेता पनि नयाँ कामदार पठाउने सम्बन्धमा त्यहाँको सुरक्षा अवस्था नेपाली कामदाहरुको सुरक्षा तथा संरक्षणसँग सम्बन्धित विषयमा सिंहावलोकन गरी कामदारको प्रकृति तालिम संस्थागत रुपमा कामदार पठाउँदा तोक्नुपर्ने शुल्क तथा प्रवर्द्धनको अर्थ लगायतको लागत खर्च बीमा लगायतको मापदण्ड निर्धारण भएपछि अनुमतिको नयाँ प्रक्रिया अघि बढाउने।

५. प्रतिबन्ध फुकुवा भएको निर्णय परराष्ट्र मन्त्रालयमार्फत इराक सरकार तथा अमेरिकी सरकारलाई जानकारी गराउने।

Advertisements

5 Responses to “इराकको प्रतिबन्ध हट्यो, समाधान यही हो ?”

  1. केशब आचार्य said

    नेपाल सरकारको यो कदमलाई मैले दुई कोणबाट विश्लेषण गरेको छु । अहिलेको स्थितीमा हेर्दा देशको आर्थिक स्थिती नै रेमिट्यान्सबाट धानिएको छ । नेपालका परिवारहरु त अझै रेमिट्यान्स प्रति यति धेरै निर्भर छन् कि रेमिट्यान्स आउँन छाड्यो भने परिवारको जीवनस्तर कहाँ पुग्छ, सोच्न पनि सकिन्न । यस्तो स्थितीमा रोजगारीको स्थिती श्रृजना गराउँन र त्यहाँ नेपालीको आश्रित परिवारलाई सहज बनाउँन पनि नेपाल सरकारको यो कदम आवश्यक थियो ।

    तर फेरि तपाईले भने जस्तै भोलीका दिनमा आउँने समस्या चाँही धेरै हदसम्म अफ्ठ्यारा नै देखिन्छन् । प्रतिबन्धित हुँदा त रोक्न नसक्ने सरकारले दोहोरो नीति अपनाए पछि आफ्ना नागरिकलाई इराक प्रवेश गर्नबाट कसरी रोक्छ ? साथै भोलीका दिनमा जहाँ गए पनि भइ हाल्यो नि सरकारले बचाइ हाल्छ, भन्ने गलत नजिर बस्ने हो कि भन्ने तिर सबैको ध्यान जान जरुरी छ ।

    यसैले सरकारले केहि कडाइ गरेर पुनः इराक प्रवेश गर्न नपाउँने अवश्थाको श्रृजना गराउँनु नै एक मात्र समाधानको बाटो हो ।

  2. सम्राट बस्नेत said

    अब गलत नजिर बस्ने भयो । अब कहाँ कहाँ गएका नागरिकलाई मात्र बचाउँन सक्छ सरकारले ? त्यती संवेदनशिल र खतरनाक मुलुकबाट नागरिकलाई फर्काउनु नै बुद्धिमत्ता हुन्छ । नत्र म्यानपावर पर्व नदोहोरिएला भन्न सकिन्न ।

  3. MADAN NEUPANE said

    अब इराक जाने तरखर तिर लाग्नु पर्ला जस्तो छ । तर के गर्नु आफुसँग पासपोर्ट छैन एमआरपी कहिले आउँने हो थाहा छैन ।

  4. Mahesh Binod said

    It’s a great job that our government did. When I first heard the news of Nepali labor in Iraq, I thought government will reach to the decision in next two years . But government fail me. I love this type of failure.

  5. Ajay Lamichhane said

    This is not good. Government should not make free to go Iraq . Its very dangerous.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s