नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

फर्कनु पर्दैन कि इराकबाट

Posted by नेपाली मुटु on July 27, 2010

१५ दिन भित्र इराकबाट ३० हजार नेपाली कामबाट नेपाल फिर्ता हुनु पर्ने अमेरिकी सेनाले जनाएको थियो । नेपाली र फिलिपिनो नागरिकहरु गैरकानुनी रुपमा अन्य देशको बाटो हुदै इराक पुगेर काम गर्दै आएका थिए । तर अमेरिकी सेनाको गैरकानुनी कामदार आफ्नै मुलुक फिर्ता हुनु पर्ने नियम जारी गरे पछि नेपाली र फिलिपिनो नागरिकमा अन्यौलताको सृजना भएको थियो । मुलुक भित्र बेरोजगार युवकहरु धेरै पैसा कमाउँने उद्देष्यले भारतको बाटो हुदै इराक प्रवेश गर्ने गर्छन् । यसरी इराक पुग्ने नेपालीको संख्या तिस हजार पुगिसकेको त्यहाँ स्थित अमेरिकी सेनाले बताएको छ । तर नेपाल सरकारलाई त्यहाँका कामदारले इमेलबाट आफ्नो स्थितीको जानकारी दिए पछि नेपाल सरकारले इराक प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

कामदारको रोजगारी मात्र नभएर उप्रति आश्रित परिवारको जीवन स्थितीमा नै असर पर्ने र जोखिमको स्थिती रहे पनि रोजगारीको प्रशस्त सम्भावना रहेकाले सरकारले प्रतिबन्ध हटाउँने भएको हो ।

नेपाल सरकारको यो कदमसँगै इराक पुगेका नेपालीले रोजगारी पाउँने छन् । सेनाले त्यहाँ स्थित कम्पनीहरुलाई गैरकानुनी कामदार हटाउँनु भन्ने पत्र दिए पनि प्रतिबन्ध फुकुवा पछि गैरकानुनी रुपमा इराक पुगेका नेपालीले काम गर्न पाउँने कुरा कम्पनीले बताएको त्यहाँका कामदार बताउँछन् ।

२०६१ भदौमा १२ नेपालीको अपहरण र हत्यापछि नेपालले आफ्ना नागरिकलाई इराक प्रवेशमा रोक लगाएको थियो। हत्याको विरोधमा काठमाडौंलगायत देशमा विभिन्न स्थानमा म्यानपावर कम्पनी, मस्जिद तथा सञ्चार गृहमाथि समेत आक्रमण भएको थियो।

लौ है । इराकमा काम गर्ने नेपालीहरुलाई बधाइ छ । र, शुभकामना पनि ।

Advertisements

One Response to “फर्कनु पर्दैन कि इराकबाट”

  1. निर्मोही कान्छो said

    जे होस् नेपाल सरकारले यो कुरामा चाँही बेलैमा बुद्धि पु¥याएछ । खुसी लाग्यो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s