नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

गुरुपुर्णिमाको शुभकामना

Posted by नेपाली मुटु on July 25, 2010

‘गु’ को अर्थ अन्धकार अनि ‘रु’ को अर्थ हटाउँने भन्ने हो रे । यसैले गुरु भनेको जिवनको अन्धकार हटाउँने जो कोहि भनेर बुझ्न सकिने भो । सामान्य भाषामा भन्दा नजानेको कुरा सिकाउँने व्याक्ति नै गुरु हो । यसैले एक जना मात्र गुरु होलान् भनेर सोच्न पनि सकिन्न । आज तिनै सबै गुरुहरुलाई गुरु पुर्णिमाको शुभकामना ।

तपाईले दिनु भयो त आफ्ना गुरुहरुलाई शुभकामना ?

गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले पनि मनाउने गरिआएका छन्। हिन्दु धर्मावलम्बीहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज गुरुपूर्णिमाका रूपमा मनाउँछन्।

आजका दिन गुरुका रूपमा ज्ञानको पूजा गरिन्छ, गुरु अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी आफ्ना शिष्यलाई उज्यालोतर्फ लैजानुहुने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ।

द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो।

चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यहरूलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूर्णिमाका दिनका रूपमा मनाउने परम्परा बसेको हो।

आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।

हिन्दु मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटीमा पर्दछन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s