नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,526 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

नाटक फेरि १७ गते रे

Posted by नेपाली मुटु on July 24, 2010

भाका सार्नको पनि एउटा हद हुन्छ नि । दुई बर्षमा नयाँ संविधान दिने भनेको एक बर्षको भाका थपियो । सेना समायोजनको त कुरा नै छाडौं । त्यो पनि पुरा हुन्छ होला भनेर धेरै नेपालीलाई विश्वास लाग्दैन, त्यै पनि भाका सरिरहन्छ । हुँदा–हुँदा सरकार तसहमतीको नभए पनि बहुमतको त भनेको समयमा नै बन्ने गथ्र्यो । अब त त्यसको पनि भाका सर्न थालेको छ । आज भएको चुनावमा न त प्रचण्ड न त रामचन्द्र पौडेल, कसैले पनि बहुमत पु¥याउँन सकेनन् । पुगोस् पनि कसरी एमाले, मधेसी दलहरु र अरु साना दलहरु रिसाएर माइत गएकी दुलही जस्ती भएर भोट नहाल्ने भएर बसेका छन् । अनि माओवादी र कांग्रेसका त आफ्ना आफ्ना उम्मेदवार छदैछन् । यसैले सबैले सोचे अनुसार आज पनि नयाँ सरकारको टुङ्गो लागेन । अब साउन १७ गते नाटकको अर्को भाग पस्किने रे । यो भाका सार्न र नयाँ नयाँ नाटक देखाउँन हाम्रा नेताहरु यत्ति सक्षम छन् कस्ले सोचेको थियो होला र ?

दिक्क भइसक्यो यो नाटक हेर्दा हेर्दा । कहिलै नसकिने र आम नागरिकलाई मनै नपर्ने यो नाटक कहिले टुङ्गिन्छ । अब त आ जो सुकै होस् प्रधानमन्त्री, कसैको बहुमत पुगिदिए हुन्थ्यो भन्ने भइसक्यो । तपाईलाई चै कस्तो लागिरहेको छ ? यो पढ्ने बित्तिकै कमेन्ट लेख्नुहोस् है ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s