नेपाली मुटु

truly a NEPALIBLOG………

  • नेपाली पात्रो

    download गर्न फोटोमा click गर्नुहोस्

  • नेपाली समाचार

  • Archives

  • यात्री संख्या

    • 12,513 यात्रीहरु
  • wordpress को ढोका

  • इमेल बाट सूचना पाउन आफ्नो इमेल ठेगाना लेख्नुहोस.

    Join 7 other followers

  • मत बिभाजन ……

‘राजनितीमा स्थायी शत्रु र स्थायी मित्र हुदैन’

Posted by नेपाली मुटु on July 23, 2010

मैले सानै देखि सुनेको कुरा, राजनितीमा स्थायी शत्रु र स्थायी मित्र हुदैन । अहिले आएर साँच्चै नै हो भन्नेमा पुगेको छु । अब यसका लागि कुनै साक्षी वा विशेष प्रमाणको खाँचो रहेन । कति नै बर्ष भएको छ र प्रचण्डको टाउकाको मोल राखेको ? अनि कति नै बर्ष भयो र, कमल थापालाई राजनितीक अछुत मानिएको ? तर आज यही राजनितीले यि दुबै नेतालाई एक ठाउँमा ल्याउँन सक्ने बनाएको छ । हामी आम मानिसका लागि त यो एकदमै अपत्यारिलो, रोचक र विस्मयकारी हुन्छ । तर राजनितिज्ञका लागि यो केहि नयाँ रहदैन । आज मात्र एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले घरैमा गएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट गरे ।

यी तिनै कमल थापा हुन् जो कुनै बेला राजाका शरणमा बसेर माओवादीका टाउकोमा ट्याग झुण्ड्याउँथे । आज पनि राजा आउ देश बचाउ भनेर कहिले सडकमा र कहिले मन्दिरमा हिन्दी बोल्ने बाबाजीका शरणमा कराइरहेका हुन्छन् । र, यी तिनै तिलस्मी प्रचण्ड हुन् जसले दश बर्षमा राजनितीका ठुला भन्दा ठुला खेलाडीलाई पानी चटाए । जसको नेतृत्वमा भएको जनयुद्धले नेपालबाट राजतन्त्र बिदा ग¥यो । यी तिनै प्रचण्ड हुन् जो राजतन्त्रको नाम सुन्न चाहदैनन् अनि राजा फर्कन सक्ने सबै ढोका बन्द गर्न फेरि अर्को जनयुद्ध सञ्चालन गर्ने हिम्मत बोक्न सक्छन् । यस्ता ३६ का आँकडा भएका दुइ नेता बिचमा घरै सम्म पु¥याएर भेट गराउँन सक्ने राजनितीको महिमालाई बखान गर्न हजारौ मुख भएका शेषनागले पनि सक्दैनन्, म बिचराले के सकुला र ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s